आँटै गरेन उसले, नत्र ऊ सक्थ्यो र गथ्र्यो
नेता भनाउँदो बुख्याँचाको आशै पो किन गथ्र्यो !
इच्छा आकाङ्क्षा उसका पूरा गरिदिनुपर्ने नेताले
यस्तै आशामुखीहरू नभइदिए कसरी जन्मनु नेताले ?
आशामुखीहरू देखेर उसको साथी नेता बन्यो
नेताहरू देखेर मेरो साथी व्यङ्ग्यकार बन्यो ।
के गर्नुहुन्छ, के गर्नुहुन्न, त्यो –मेरो साथीलाई थाहा छ
यो थाहा पाउनेले केही गर्दैन, त्यो –नेता बन्नेलाई थाहा छ ।
यी दुई थाहा बीचको फरक–
उसको साथी नेता बन्यो
मेरो साथी व्यङ्ग्यकार बन्यो ।।