आफू उभेको धरातल हेर
आफ्नो औकात अनि बल हेर
युद्ध उसै भो यो सजिलो छैन
कस्तो पसीना खलखल हेर
सोचे जसरी त्यो आराम गर्न
कहाँ मिल्दछ मलमल हेर
टेक्छौ कहाँ खै धारैधार सबै
कस्तो टल्किने टलटल हेर
भन्छु अझै म चुपचाप बस
नत्र गाह्रो छ पलपल हेर
तिम्रो लागि छ यो संगम गाह्रो
छोड त्यो नशा तलतल हेर
लिस्बोन, पोर्चुगल