पूर्वी नपालको पाँचथरमा जन्मिएका सुरेन उप्रेती नेपाली साहित्यका एक साधक र सेवक हुन् । हुन त उनी सँग मेरो भेट प्रवासमै केही बर्ष पहिलामात्र भएको हो तापनि उनको नृमाली साहित्य,कला र सँस्कृति प्रतिको मोहले मेरो सामिप्य बढ्यो । यसै क्रममा उनको प्रकाशोन्मुख कथा संग्रह अनन्त यात्राको पाण्डुलिपी पढ्ने मौका मिल्यो । विभिन्न साहित्यिक सिर्जनाहरू प्रकाशित गरि रहे उनका अघिल्ला पुस्तकाकार रूपमा प्रकाशित कृतिहरू तीनवटा वाल कथा संग्रह,एक वालगीत संग्रह, र एक कविता संग्रह छन् । साहित्य क्षेत्रमा उनको योगदान कार्यकारी सम्पादक भानु मासिक २०५२ .२०५३, व्यवस्थापक तथा कोषाध्यक्ष साहित्य सन्ध्या २०५४ .२०५५ ,अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास २००४.२०१० अटवा च्याप्टर , महासचिव अनेसास वासिङटन डिसि २००५६.२००८ आदि हुन । उनी विभिन्न नेपाली साहित्यिक प्रतिष्ठानका आजिवन सदस्य समेत रहेका छन् ।
जति टाढा भयो उती मनमा माया गाढा हुन्छ भन्छन् । त्यसलार्इ व्यक्त गर्ने माध्यम कित गीत हुन्छ कित प्रित । तर सुरेनका लागि भने कथा सशक्त माध्यम् भएको छ । शब्दार्थप्रकाशनको उक सराहनीय कदम र सुरेनको मेहनतलार्इ मेरो मर्फ बाट बधाइ छ ।
नौ डाँडामो हैन सातै समुन्द्रमारी अएर पनि आफ्नो अतित,बर्तमान र भविष्यलार्इ पनि प्रतिनिधित्व गर्ने गरी कथाको माध्यमबाट सुरेनले नेपाली भाषालार्इ ठूलो गुन लगाएका छन् । समष्टीमा भन्दा उतै मातृभूमीमा छुटेका प्रीत ,व्यथा र कथाहरूको संगालो हो यो अनन्त यात्रा । यसले सुरेनको आत्मामा रहेको मातृ भूमी र मातृभाषा प्रति रहेको अगाध प्रेमलार्इ उजागर गरको छ । मातृमूमीको सेवा इच्छा भए जहाँ बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् सुरेन यस कथा संग्रह मार्फत । विदेशमा कामको बोझले सोच्न पनि समय हुँदैन कसरी साहित्य सिर्जना गर्न सकिन्छ र भन्ने हामीहरूलार्इ यो कथासंग्रहले भागवत गीता पनि महाभारतको युद्भ् मैदानमा जन्मेको थियो भन्ने कुरा संस्मरण गर्न बाध्य गराउँछ ।
लाहुरे दिदीबाट शुरू भएका कथाहरूले अनन्त यात्रा गर्दै त्रसितवस्ती , परदेश हुँदै नमिलेको स्तरमा पुगेर विश्राम लिन्छ । हामी जस्ता परदेशिएकाहरूलार्इ एक्लो वृहस्पति भएर सोच्न बाध्यबनाएको छ । बम र बारूदको निस्सासिँदो बर्तमान विश्वमा सुन्दर सन्सार त सपना मात्र हो भन्छ भने छपारे रंगबदल्दै स्वर्ग यात्रमा पुगेका कारिन्दा आफ्नो हैसियत थाह पाउँदा तिल्मिलाउन पुग्छन् । प्रजातन्त्रले सँधै शक्ति कलियुगे लार्इ चरितार्थ गर्छ । पखेटालागे पछी गूँड छोडेकालार्इ आफ्नो धर्ती आपद विपदमा याद आउँदा धेरै नै ढिलो भर्इ सक्ने सन्देश दिन्छ । रण बहादूरले अनिच्छित युद्द् मा सारा नेपालीहरूको दश वर्षे युद्दकालको तितो यथार्थ प्रितनिधित्व गरेको छ ।
मानव स्वास्थ क्षेत्रसँग सम्वन्धीत भएर होला समाजसेवी देवदुत रामदाइलार्इ नखाएको विष एच आइ भी लाग्छ विदेशमा र स्वदेश फर्केर यो रोग विरूद्दको सन्देश छर्छन् । कुनै कथाहरू यस्ता छन् कि एकपटक पाठकले ए म पनि कतै कथाको पात्र जस्तै भएकोत छैन ? भन्ने सोच्न बाध्य बनाउँछ । देशको युद्दकोघाउबाट बचेर परदेश जान बाध्य भएका छत्रहरूको परदेशी जीवनको मार्मिक चित्रण साह्रो पिडादायी छ । शुभराजको विह, विदेशी भूँमीमा अर्धाङगिनीलेकतिखेर सम्बन्ध विच्छेद गर्न वकिल लिएर आँउछिन् भन्ने कटु बोकेकोछ । भने नारी दिवसमा समाजका अगुवाले कसरी नारीलार्इ उपभोग्य बस्तु बनाउन खोज्छन् भन्ने सचेत गराएको छ । कथा संग्रहको अन्तिम कथा स्तर नमिलेपछि ले समाज परिवर्तनको अग्रगामी छलाङलार्इ बेजोड सँग प्रस्तुत गरेको छ । धनको पछि लागेर मनसँग खेल्ने खेलाडीहरूलार्इ यसले राम्रो पाठ पढाउँदछ ।
केही कथाहरूले समाजका केही पात्रहरूलार्इ मनोवल उकास्न सफल छ । सार्थक जीवन एउटै खुट्टामा पनि सम्भव छ आत्मविश्वास र लगनशीलताको खाँचो छ । ममता पग्लिए पछि जो पनि मातृत्व दिन सक्ने आमा हुन सक्छिन् । भन्दै कथाले नारी ममताको खानी हुन भन्ने सन्देश दिन्छ । अर्को तिर सूचना ले आफ्नो भौतिक सुखमा रमएर जन्मदिने आमा बावुलार्इ चटक्कै विर्षिएर हिँड्छन् र कतिखेर त्यही बैभवले किचिएर टुहुरा हुन पुग्दछन् भनेर सतर्कता अपनाउन सचेत गराउँछ ।
समग्रमा हेदर्दा प्रश्तुत कथाहरूले विभिन्न कालखण्डको प्रतिनिधित्व गरेका छन् । शूरूको कथा लाहुरेदिदीकारत्र क्षितिज छमेकी राष्टूबाट फैलिएर खाडी राष्ट्र र दक्षिण अफ्रिका सम्म पुगेको परिप्रेक्ष्यमा यस्ता कथाहरूले समाजलार्इ सचेत गराउन सके सुरक्षित समाज निर्माण होला भन्ने खपेक्षा गर्न सकिन्छ । स्तर नमिल्दा क्रान्तिको आगामा हामफाल्न बाध्य भएकाह्ररूले स्तर मिल्नेहरूलार्इ राम्रै सवक सिकाउन सक्छन्।
केही भाषागत त्रुटीहरू छन् । तर यस्ता साना तिना गल्तीहरू भिविष्यमा निस्कने ,परिस्कृत संरूकरणहरूमा न्यूनिकरण हुने नै छन् । किताव पढ्न थाले पछि नसकुल्जेल पाठकलार्इ कितावमै बाँधीराख्न सुरेन सफल भएकाछन् । भविष्यमा अन्य विध्धाका प्रकाशनहरू पिन ल्याउने छन् भन्ने मेरो आशा छ । अनन्त यात्रा जारी रहोस मेरो शुभकामना छ ।
अटवा