19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तीर्थराज अधिकारी June 9, 2012, 5:23 pm

अब पीडा कहन्छन् सभासद

बरु अपमान सहन्छन् सभासद

कसरी भुलौँ त्यो मोज मस्ती

भन्दै धुरुधुरु रुन्छन् सभासद

विचार पुर्याऔँ काम लगाऔँ

तपाइँहाम्रै कपडा धुन्छन् सभसद

फेरि एकपटक ब्युँताइदिए

सबैका पाउ छुन्छन् सभासद

बेला यही हो मौका छोपौ

एक/एक कुरा अब सुन्छन् सभासद

चानुवा–५, धनकुटा, हाल: चाबहिल, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।