17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खेमराज गाउँले June 10, 2012, 1:26 am

तिमीबाट पराइ बनेँ, गजलमै रम्न थालेँ

मनका पीर व्यथाहरु, गजलमै भन्न थालेँ ।

टुङ्गिन्थ्यो यात्रा मेरो, तिम्रो त्यो साथविना,

रोजेछु गजलयात्रा, गजलमै चल्न थालेँ ।

कति पाएँ धोकाहरु, कति सहेँ पीडाहरु,

सम्झदै ती क्षणहरु, गजलमै गन्न थालेँ ।

चौतारी साक्षी राखी खा’को कसम भूलिदियौ,

वेदनाका भावनाहरु, गजलमै बन्न थाले ।

कसैको साथ खोज्दिनँ अब, भर पर्दिनँ कसैको,

‘गाउँले’लाई अब हेर, गजलमै जम्न थालेँ ।

खुमेल, रोल्पा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।