ठूटो रूखको के छायाँ भन्नु
बिर्सीजानेलाई के माया भन्नु
यो आँशु जति बगाए पनि समुन्द्र पुगेन
रमितामा उ भुल्यो होला यो मनले भुलेन
आशाका सिढीँ थप्दा थप्दा कहिले पो देखुँला
ठेगाना पाए खबर गरे पो पत्र लेखुँला
विश्वास अझै संगै माथी आकाश छुनेनै
नसम्झे पछि नफर्के पछि यो मन रूनेनै
ठूटो रूखको के छायाँ भन्नु
बिर्सीजानेलाई के माया भन्नु