19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दोषी को...?

कथा राजु शर्मा June 28, 2012, 10:40 am

स्यान्ड्रो कार आएर सडकको छेउमा थ्याच्च रोकियो । अगाडिको ढोका खुल्यो । सडक पेटिवाट एउटा छम्द छायां कार भित्र फुत्त पलाएन भई । घत्रक्क डोका लाग्यो । कारले एक पल्ट स्वां गरेर सास फेर्यो , अनि तुफान कुदयो । निमेष भरमै दाहिने मोडियो । हेर्दा हेर्दै पलाएन भयो । उस्को आंखा बिझायो । रिस र आबेशको घुडको पियो । दांत चपायो । नसोचेको र नचिताएको दृष्यले उ कर्कत्यबिमूड वन्यो । आंखामा क्रोधको ज्वाला दन्कियो । नशाका धमनिहरुमा ग्लानीको भङगालो दौडियो । उ त्यहि भङगालो भित्र रुमल्लीयो । उ यथार्थतामा छ या सपनाको गहिराईमा छ उस्ले खुट्टयाउन सकेन् । उ रुमल्ली रह्यो ।

उ अर्थात जीबन प्रशाद लुईटेल । नामले त उ जीबननै हो । तर बास्तबिक जीबन कस्तो हुन्छ ! उस्ले बिर्सिसक्यो । बास्तबिक जीबन उस्ले जीउननै छाडि सक्यो । कृतिम जीबन बांचीरहेछ उ । बांच्नुको नाउमा श्वास फेरिरहेको छ । हेर्दा त उ एउटा जीबन्त प्राणिबनेर बांचीरहेकै छ । बिगतका आरोह अबरोहहरु घरी घरी उदाङगीएर ङिच्च दांत देखाउछन् । उस्लाई जीस्काईरहेका छन् । जीबनलाई थामेर र थेगेर जीउननै छाडिसकयो उस्ले । बा आमाले किन उस्को नाम जीबन राखे । बा आमा संग एक पल्ट प्रश्न गर्नु छ उस्लाई । उ अझै कार गएको बाटो तर्फनै आफुलाई केन्द्रति गरिनै रहेको थियो । पछाडिबाट एककास्सि कसैले च्याप्प समात्यो ।

“बाबा” कान्छी छोरी आस्था उस्लाई अंगाल्न आईपुगेकिथिई ।

उस्ले पनि मायांले मुसार्यो । स्नेहले पुकार्यो “छोरीं.......”.।

जुरुक्क उठाएर वोकु र धित मरुन्जेल मायांले चुम्न चाह्यो । तर उस्ले त्यसो गर्न सकेन् । चौध बर्षकी छोरी हल्क्क बडेर आफैं जत्रि भै सकेकी थिई । अगांलो हालेर एक छिन अघाउनजेल छातीमा टांस्यो । आखांबाट आंसुका थोपाहरु तप्कयो । आंसुले छोरीको शिर चुम्यो । उस्ले कुनै आभाष पाईन् । छोरीलाई केहि दिने अभिलाषा जाग्यो । खल्ती छाम छुम पार्यो । शयको एउटा नोट भेटयो । त्यहि नोट छोरीलाई दियो ।

“दिदी खोइत ?” ठुली छोरीको सम्झना गर्यो ।

“दिदी कलेज गएकी छ ।” ११ कक्षामा पढने आस्था कलेज जान थाली सकेकी थिई ।

अमिलो मन लिएर बाटो नाप्यो । बाटो भरी बीगतका आरोह अबरोहहरु उग्राउदै निल्दै गर्न थाल्यो । झन्डै ठक्कर...... दिएको । बतास्सिएर आएको मोटर साईकलको आगमनलाई उस्ले देखेन त्यसैले झण्डै ठक्कर दिएको थियो उस्लाई । उ झसङ भयो । आङ जीरिङ्ग गर्यो । शरीर भरी काडां उम्रियो । मोटर साईकल चलाउने प्रति निकै रिस उठयो । पल्सर नामको शहरमा निकै चलेको मोटर साईकल पछाडि गुजुल्टीएर टांस्सीएकी युबतिको ढाडलाई मात्र उस्ले देख्न भ्यायो । विहानको खाली बाटोमा मोटर साईकल निकै टाडा पुगिसकेको थियो ।

“बाबु तं जोईटिङग्रें भईस ! ” एक्कास्सि बुबाको मुखबाट खुसकीएको वाक्यले उ तिर्मिरायो । “स्वास्नी कस्का हुंदैनन र ! कसैको नभएको स्वास्नी तेरो मात्रै छे ? सबैले आ–आफनो स्थानमा बस्नु पर्छ बुझिस ।” बुबाको आक्रोश अझै सान्त भएको थिएन् ।

उ अवाक भएर अपराधिको रुपमा ठिङ्ग उभिरहयो । बुबाको उपदेश भनुभने झररा शब्दहरु ओईरिरहेका थिए । गाली भनु भने छिन छिनमा उपदेशहरुपनि फुत्किरहेका थिए , बुबाको मुखबाट । आफनो बाबुको उपदेश होस या गली यि सबलाई धैर्यता पूर्बक उ सुनिरहेको थियो । उस्ले एउटा स्कुटर किनेको थियो त्यो पनि सेकेन्डहयाण्डमा । उ त्यहि स्कुटरमा बिहानै बेलुकै जीबन संगिनीलाई पछाडिराखेर खुरुर ससुराली तर्फ लागि हाल्थयो । आफनी जीबन संगिनीले जे जे भन्छे उ सहर्ष स्विकार गर्दथ्यो । हुन पनि छोरीलाई माईती भनेपछि बिछिट्टै प्यारो हुन्छ । झन ज्वाई पनि ससुराली भक्त भए पछि त के चाहियो र ! त्यसैले त उ सखारै नास्ता खान ससुराली पुग्दथ्यो । खाना खान पनि ससुराली नै छिर्दथ्यो । बेलुका जीबन जल अर्थात आधुनिक रक्सी हाल्न पनि ससुरालीनै धाउथ्यो । उस्को ससुराको पनि जिबन जल अर्थात आधुनिक रक्सी संग पुरानो साईनो त छदैथियो , झन त्यस माथि ज्याईको पनि साथ पाए पछि त के चाहियो ! उस्को यस्तो रबैयालाई बा आमा कति दिन टुलु टुलु हेरेर बस्न सक्छन् र ! बुढेस कालको छोरो त्यो पनि तिन तिन छोरीहरु पछिको एउटै धरोहर । आंखाको नानी एक्लो छोरो कतै प्याच्च केहि भनिएला ! बा आमा अलि बडिनै सजक बन्न खोज्थ्ये । त्यसैले पनि केहि नभनि टुलु टुलु हेरेर बसिरहेका थिय । अचाक्ली भयो । सिमा नाध्यो । असैह्य भयो बाबु आमाले मन थाम्न सकेनन् । छोराकै भबिष्यलाई बिचार गरेर बाबुले मुख खोलेका थिए । “हेर बाबु गुलियो पनि धेरै खाए पछि तितो हुन्छ । त्यसैले जेगर्दा पनि बिचार पूर्याउनु पर्छ । ईस्ट मित्रकहां धैरै जानु हुन्न । त्यो पनि ससुरालिको पनि ईज्जत राख्नु पर्छ । तं आफै जान्ने सुन्ने छस बिचार पुर्यायस । ” तर विढम्बना जबानीको जोस , जीबन संगिनी प्रतीको बढि लगाब आदि , ईत्यदी कारणले गर्दा बाबुको उपदेश सल्लाह र सुझाबलाई उस्ले आफुप्रतिको उपहास सम्झियो । बिगतको तितो यथार्थताले चिमोटयो । अर्को कोल्टे फेरेर निदाउने प्रयत्न गर्यो ।

उ , निलम , जेठी छोरी आस्था र कान्छी छोरी आभा सगै कोठामा बसिरहेका थिय । आमाले पल्लो कोठामा बोलाएर भन्नु भयो ।“बाबु अब तैंले दोस्रो बिबाह गर्नु पर्छ । ”आमाको मुखबाट एक्कासी दोस्रो बिबाहको कुरा सुन्दा उ छाना बाट खसेजस्तो भयो ।

आमाको बोली आदेशात्मक रुपमा ओईरिरहेको थियो । आमा आबेशमा आउनु भएको जस्तो देखिन्थ्यो । ठुलो स्वरमा कडकिएर कराउदै धारा प्रबाहरुपमा प्रस्तुत भैरहनु भएको थियो । उस्को मथिङगल खल्बलियो । उ अबाक भएर आमाको हरेक बांणिलाई सुनिरहेको थियो ।

आट गरेर उस्ले एउटै बाक्य दोहर्यायो तेहर्यायो । ”म बिबाह गर्दिन् “।

“किन गर्दैनस ।” आमाको प्र्रति प्रश्नमा उस्ले एउटै शब्द ओकल्यो ”गर्दिन् ।“

उस्को असहमतीले आमाको दृड ईच्छा शक्तिलाई कुल्चीन सकेन् । “तैंले दोस्रो बिबाह गर्नै पर्छ ।” आमा झन कडकिनु भयो ।

“मैले किन ! दास्रो बिबाह गर्ने” उस्ले प्रति प्रश्न गर्यो ।

“तेरो स्वास्नीबाट अब सन्तान हुंदैन् । सन्तान नहुने भए पछि छोरा हुनेत कुरै भएन् ! छोरा नभए पछि कुलको परम्परा कस्ले धान्छ ? कुलको नास हुंदैन ।” वल्ल आमाको भित्री ईच्छा बुझयो ।

“आभा र आस्था सन्तान होईनन र ! ती पनि मेरै सन्तान हुन ।” उस्ले आमा लाई मनाउने प्रयास गर्यो ।

“ति त छोरी हुन् अर्काको घरमा जाने जात” आमाको मानसिकतामा परिवर्तन देखा परेन् ।

“अहिलेको जमानामा पनि छोरा र छोरी भनेर छुटयाउनु राम्रो होईन् आमा ।” उस्ले आमालाई सम्झाउने प्रयत्न गर्यो । “छोरा र छोरीमा के नै फरक छ र ?” उस्ले सके जति बुझाउने प्रयत्न गर्यो ।

“तंलाई फरक नपरेर हुन्छ हामीलाई फरक पर्छ ।” आमा त झन टस मस हुनु भएन ।

झन ठुलो ठुलो स्वरमा कराउन थाल्नु भयो । “तेरो दुलहीले त्यो के पाठेघर छ नि ! हो त्यो पनि झीगेर फालेकी छ रे ! पाठेघरनै झिगेर फालेपछी कसरी सन्तान हुन्छ ।”

“रोग लागे पछि के गर्नु ।” अझै उस्ले बाताबरण सहझ बनाउने प्रयास जारी राख्यो ।

“कसैलाई नलागेको रोग लागेको नखरा पार्छे त्यरो स्वास्नी तं जोईटङिग्रे भएर उस्ले जे जे भन्छे त्यही मान्दै जा न पछि थहा पाउलास !” चेतावनीको भाषामा आमा प्रस्तुत हुनु भयो ।

“बिना सितैमा नचाहिने कुरामा अडको थाप्नु हुन्छ आमा उता निलमले सुनी भने उस्को दिमागमा कस्तो असर पर्छ ।” अब भने उ पनि अलि चर्कै स्वरमा प्रस्तु भयो ।

“तंलाई तेरो स्वास्नीको त्यत्रो चीन्ता हाम्रो चीन्ता कस्ले गर्ने ? भोली केटा हेर्न आउछन् । त्यरो स्वास्नीलाई पनि सम्झाईदिनु ।” आमा फत्फताउदै बाहिरिनु भयो ।

उ पनि आमाको पछि पछि बाहिरीयो ।

उस्लाई अझै निद्रा परेन त्यसैले पुन अर्को कोल्टे फेर्यो ।

“म एक जान्न दुई जान्न । ”उ निलमलाई मनाउने प्रयत्न गर्दै थियो तर निलम मानेकी थिईन् ।

“म त्यो घरमा ज्यान गए जान्न तिम्रा बा आमा संग म बस्न सग्दिन् । तिमिनै तिम्रा प्रिय बा आमालाई स्यारेर बस ।“ सासु ससुरा प्रतिको रिस अझै मरेको थिएन् ।

“आमाले भने र के भयो त मैले गर्दिन् भनि हाले , म ज्यान गए पनि अर्को बिबाह गर्दिन् , तिमिलाई मेरो विस्वास लाग्दैन् ?” निलमलाई मनाउने प्रयास जारी राख्यो ।

जुन दिन आमाले उस्को दास्रो बिबाह गर्ने कुरा नेपथ्यमा गर्नु भएको थियो । त्यस दिन देखि निलम दुई छोरी लिएर माईति आएर बसेकी थिई । उ निलमलाई मनाउन धेरै चोटी ससुराली धायो । तर उस्को प्रयास बालुवामा पानी हाले सरी भै रहेको थियो । अबत उस्ले ज्वाईले पाउने सत्कार पनि पाउन छोडी सकेको थियो । ससुरालीमा उ संग राम्ररी बोल्ने आफन्तहरु पनि टाडिसकेका थिए ।

“ज्वाई साहेबले पनि आमालाई सम्झाउनु पर्यो । यसरी चित्त दुख्ने गरि लान्छना लगाउनु भएन नी ! ” छोरीको तर्फबाट सासुल पनि वकालत गरिन् ।

“मलाई आफनी आमाले नाना भांतीको आरोप लगाउदा पनि ईनी सुनेर बसेका थिए । त्यसै बेला मैले ईनको भित्री आशय बझें । ” उ प्रति निलमको शंका घटेको थिएन् । झन बडेको पउदा के स्पस्ष्टीकरण दिएर संका निबारण गर्ने हो उस्ले खुटयाउनै सकेन् ।

“छोरी जान्न भने पछि घोक्रयाएर पठाउनु भएन् क्यारे ? ज्वाई साहेब....। उ त्यो घरमा जांदै जान्न भन्छे , बस्दिन भन्छे । अब ज्वाई साहेबले निर्णय लिने बेला आयो । ” सासु आमाले आशयलाई ज्वाई सामु तेस्राइदिईन् ।

ज्वाई शब्दले उस्मा अलिकति आस पलाएको थियो तर ज्वाइ साहेबले निर्णय लिने बेला आयो बाक्यले अलिकति पलाएको आशमा चिसो पस्यो । आमाहरुको छोरी प्रतिको चहना प्रति बिम्बित भएको महसुस गर्यो । अब भने उस्ले बा आमा र धर्म पत्नि दुई मध्य एकलाइ छान्नु पर्ने भयो । अब उ बिलखबन्धनमा पर्यो । बा आमाको एउटै छोरो कसरी छुट्टीएर बस्न सक्छ ! समाजले के भन्छ । आफन्तले के भन्छन् । उ बिलखबन्धनमा पर्यो । उस्ले निलमलाई धेरै फकायो । अनेकौ आस्वासन दियो । अनुनय बिनयको खोलो बगायो । हुनत यस भन्दा अगाडिनै उस्ले आमालाई बिबाह नगर्ने सर्तमा मन्जुर गराई सकेको थियो । आमालाई पनि मनाइसकेको आफु पनि दोस्रो बिबाह नगर्ने सर्त निलम सामु राख्यो । तर पनि निलमबाट सकारात्मक जबाफ पाउन सकेन् । उ रित्तो हात फर्किन बाध्य भयो । धेरै अनुरोध गर्दा पनि उस्ले निलमलाई फर्काएर लेराउन सकेन् फलस्वरुप निलम दुई छोरी सहित केहि समय माईतिमा बसि केहि समय पस्चात माईति नजिक कोठा भाडामा लिएर रहन लागि । त्यस बेला देखि उ एक्लो भयो । यसरी उस्ले एक्लो जीबन ब्यतित गरेको पनि पांच बर्ष लागि सकेको थियो । पांच बर्षमा घाम पानि नभनि उ प्रतेक दिन यसरिनै निलम बसेको कोठाको एक चक्कर लगाउने गर्दथ्यो ।

सदाझै विहान उठेर उ लाग्यो । त्यही समय , त्यहि स्थान् , त्यहि बाटो , त्यहि चाल ढाल , त्यहि उत्साह , त्यहि चाहना अनि अनैकौ तर्कनाहरुलाई उग्राउर्दै जुन गतिमा उस्का पाईतालाहरु चल्ने गर्छन त्यहि गतिमा अगाडि बडयो । त्यहि स्थान , अनि त्यहि परिचित बाताबरणको लालसामा उसले आखालाई केन्द्रित गर्यो । तर अपशोच आज त्याहांको बाताबरण उस्ले नसोचेको देख्यो । त्यो सुनसान चकमन्न स्थानमा मान्छेहरुका झुन्डनै जम्मा भैरहेका थिए । वातावरणनै सन्त्रास हुने गरि प्रहरीको उपस्थिति थियो । निला रंगका प्रहरीका सबारी साधनहरु तेस्राईएका थिए । झुन्ड झुन्डमा बिभक्त भएका मानिसहरुका मुखारबृन्दबाट अनकै शब्दहरु फुत्कीरहेका थिए । अब भने उस्को मनमा सांच्चिकै चिसो छिर्यो मुटुनै हल्लिने गरी । शरीरका सम्पूर्ण भागलाई चिस्याएर चिसो त बाहिर निस्कियो तर शकां र आशकांको बिज रोपेर । अब भने उस्ले आंट जुराएर एक जोडी आखा फाल्यो , परिचित अनुहारको आसमा । परिचित अनुहार त त्याहां छदैथिएन । पांच जना अपरिचतहरुको झुन्डमा गएर उ मिसियो । कान ठाडो पार्यो ।

पहिलो ( “जे गरि ठिक गरी ।”

दोस्रो ( “कस्ती नकचरी आईमाई रहिछ त्यत्रा त्यत्रा तरुनी छोरीहरु भएर पनि !”

तेस्रो ( “त्यैत भन्या आईमाइको विश्वास हुंदैन् भनेको यहि हो ।”

चौथो ( “लोग्ने मान्छे पनि छिप्पिएको रहेछ । कस्तो पात्तिएको बुढो घरमा बग्रेल्ती नाती नातीना होलान् ? उ भने बाहिर सल्किएर हिडदोरहेछ ।”

अब भने उस्लाई पक्का पक्कि नीलम प्रति शंका उब्जीयो । उस्को आखां अगाडी हिजोको कार , छम्द छायां , कार भित्रको अदबैंशे पुरुषको चीत्र झल झल्ती नाच्न थाल्यो । वास्तबिकता अझै नाङगीसकेको थिएन् ।

फेरि पहिलो बोल्यो ( “आमालाई त आँखा लगायो त्यतिले नपुगेर छोरीलाई पनि आँखा लगाएछ ।”

दास्रोले थप्यो ( “आमा पनि कस्ति कोठामा तरुनी छोरी हुंदा हुंदै कोठैमा नाठो खेलाउने ।”

तेस्रो मात्र किन चुप लाग्थ्यो र उस्ले पनि थप्यो ( “त्यति मात्र हो र ! दुबैले टन्न रक्सी पनि पिएका थिए रे ?”

चौथोलाई तेस्रोको कुरो अलि चित्त नबुझेर होकी ? बाताबरणलाई उत्तेजीत बनाउन हो ! उस्ले तस्रोबाट प्रस्ट हुन चाह्यो ( “रक्सि खाएको कुरा तैंले कसरी थहा पाईस ?”

“कोठामा रक्सिका बोतलहरु छरीएका देखिनस ।” तेस्रोले प्रस्टयाईदियो ।

पहिलोको पालो नआउदै उ त्याहांबाट पलाएन भयो । उ दौडिएर कोठ भित्र छिर्यो । पुलीसले रोक्न खोज्यो तर उस्लाई देख्ना साथ कान्छी छोरी दैडिएर अगांलिन आईपुगी त्यो दृष्यले पुलीस पन्छिएर छेउ लाग्यो । कान्छी छोरीको आँखाबाट बलीन्द्र धारा आंसु चुहिरहेका थिए । कोठाको अर्को कुनामा जेडी छोरी च्यातीएको लुगा , लुछीएको कपाल लिएर राईरहेकी थिई , त्यो दृष्यले उस्का पनि ओठ मुख सुके । उस्को ईसारामा जेठी छोरी पनि उस्लाई अंगाल्न आई पुगि । वातावरण एक छिन अर्कै तर्फ मोडियो , अर्थात सबेको नजर उस्मा गएर ठोकियो । सबैको नजर आफुतर्फ परेकोमा उस्को नजर भने लाजले झुक्यो । दुबै छोरीहरुको रोदनले कोठा घन्कीयो । कोठाको मध्यभागमा लम्पसार परेर ढलिरहेको अदबैशें पुरुष शरिरमा गएर उस्को आखा अडियो । रगतका टाटाहरु जमेर ढिक्का बनि सकेका थिए । सहजै अनुमान लगाउन सकिन्थ्यो लम्पसार शरिर लास बनिसक्यो । एउटा प्रहरीले भित्री कोठाबाट हातमा हतकडी लगाएर एउटी नारिलाई बाहिर निकाल्यो ।

“मामु..........मामु.........मामु.......।” दुबै छोरीहरु एकै पल्ट चिच्याए । छोरीहरुको रुवाईले अकस्मात नारीको मुन्टो ठडियो । उस्को आखां निलमको आंखामा गएर ठोकीयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।