सार
प्रस्तुत लेख विनिर्माणिक सिद्धान्त र त्यस सिद्धान्तका आलोकमा राजेश्वर देवकोटाको उपन्यास द्वन्द्वको अवसानलाई विश्लेषण गर्नमा केन्द्रित छ । नेपाली समालोचनामा विनिर्माणिक सिद्धान्तका बारेमा प्रसस्तै व्याख्या पाइन्छन् तर तिनमा विनिर्माणलाई पूर्वीय चिन्तनस“ग तुलनात्मक किसिमले हेर्ने गरिएको त्यति भेटिएन । यस छोटो आलेखमा विनिर्माणलाई पूर्वीय विविध चिन्तनस“ग उस्तै हो कि ? पारेर हेर्ने छोटै प्रयास छ, अनि उपर्युक्त उपन्यासलाई त्यस कोणबाट अहिलेसम्म नहेरिएकालाई हेरिएको बनाउने अर्काे प्रयास ।
मुख्य शब्दहरू : अपोहवाद, कर्ण(राधेय), कृष्ण, डेरिडा, महाभारत, विनिर्माण, विपठन, शून्यवाद ।
१. विषय परिचय
नेपाली समालोचनामा उत्तर आधुनिकताले प्रवेश पाएको करिब दुइ दशक भइ सकेको छ । यस बिचमा उत्तर आधुनिकता सम्बन्धी थुप्रै सैद्धान्तिक बहसहरू भएका छन् । ग्रन्थहरू प्रकाशित भएका छन् । उत्तर आधुकितावादको आधार स्तम्भ ‘विनिर्माण’का बारेमा पनि विसङ्घटन, विपठन, विरचनावाद, विसंरचनावाद आदि नाममा प्रसस्तै वैचारिक बहसहरू भएको पाइन्छ । तर व्यावहारिक समालोचनाका दृष्टिकोणले विनिर्माणिक प्रक्रियाबाट साहित्यिक कृतिहरूको चर्चा अपेक्षित रूपमा भएको पाइ“दैन । कृष्ण गौतम, गोविन्द राज भट्टराई, मोहनराज शर्मा, अनुपमा रेग्मी तथा ज्ञानु अधिकारी जस्ता समीक्षकहरूबाट मात्र केही मात्रामा यस कोणबाट कृति (उपन्यास) हरूलाई हेर्ने काम भएको छ । सैद्धान्तिक चर्चा मात्रै हुनु तर व्यावहारिक रूपमा त्यसलाई ग्रहण नगर्ने हो भने त्यस्ता चर्चाको मूल्य कति हुन सक्छ र ? त्यसैले यस लेखमा नेपाली उपन्यास जगत्का चर्चित प्रतिभा राजेश्वर देवकोटाको बहुचर्चित उपन्यास द्वन्द्वको अवसानलाई विनिर्माणिक कोणबाट हेर्ने प्रयास गरिएको छ ।
नेपाली उपन्यास जगत्मा चर्चित र सार्थक रूपमा लिइने नाम हो राजेश्वर देवकोटा (वि.सं. १९८६) । आवर्तन (वि.सं. २०४१) बाट आप्mनो उपन्यास यात्रा थालेका देवकोटाका द्वन्द्वको अवसान (वि.सं. २०४२), पूर्वकथा (वि.सं. २०४३), उत्सर्ग प्रेम (वि.सं. २०४४), पूर्णिमा (वि.सं. २०५४) लगायतका उपन्यास पाठक सामु उपलब्ध छन् । उनका उपन्यासहरू कुनै न कुनै विशिष्टताका कारण चर्चामा रहने गरेका छन् । पौराणिक आख्यानलाई नवीनताका साथ भिन्न आ“खाले हेरिएको द्वन्द्वको अवसान आकारमा सानो भएर पनि प्रतिपाद्य विषय वस्तु र उपन्यास कलाका हिसाबले उच्च मूल्यको देखिन्छ । पौराणिक आख्यानलाई उनले कहा“निर कसरी भिन्न ढङ्गले हेर्ने काम गरेका छन् त्यसैको खोजी प्रस्तुत आलेखमा गरिएको छ ।
२. विनिर्माण ः सङ्क्षिप्त परिचय
विनिर्माण उत्तर आधुनिकतावादको खम्बा हो । उत्तर आधुनिकतावाद साहित्यिक सन्दर्भमा सर्जकीय उचाइलाई खस्काएर समालोचकीय उचाइलाई अग्ल्याउने एउटा बौद्धिक चिन्तन पनि हो । साहित्य होस् वा इतर साहित्य पहिलोलाई पछि धकेल्ने र पछि परि रहेकालाई समस्थानमा ल्याउन अतिशय बल गर्ने एउटा चिन्तन हो यो । संरचनावादबाट उत्तर संरचनावादतिर फड्को मारेका रोला“ बार्थले आखिरमा त्यही गरे – ‘लेखकको मृत्युको घोषणा ।’ सर्जक पहिलो र समालोचक (पाठक) दोस्रो दर्जाको साहित्य कर्मी हो भन्ने मान्यताले बलियो गरी जरा गाडि रहेको विश्व परिवेशमा समालोचकलाई पनि सर्जकको समकक्षी उभ्याउन खोज्ने यसको चेष्टा सकारात्मक थियो । तर यो अवधारणा हुर्क“दै जा“दा अहिलेको परिवेश केवल उल्टो भएर मात्र प्रकट भएको देखिन्छ । यो मान्यता अहिले सर्जकको लोकप्रियताको औडाहमा समालोचकीय ज्वालाको प्रतिविम्ब जस्तो मात्र भएको छ, जसले सर्जकहरूलाई डढाइ रहेको छ । किनभने यस अवधारणामा समालोचक (यो लेखक होइन ?) को मृत्यु हु“दैन केवल सर्जकको मात्र यसमा उपेक्षा गरिएको छ वा उसलाई पाठबाट अलग्ग गराइएको छ र समालोचकीय विचार र चिन्तनले साहित्यिक वृत्तमा निकै महŒव पाउने गरेको छ । यस विचारलाई कृष्ण गौतमको निम्न भनाइले धेरथोर बल दिन्छ – “लेखकहरू आपूmलाई पछि परेको ठान्छन् र उनीहरूमा पूर्ववर्ती लेखकप्रति इडिपस घृणा उत्पन्न हुन्छ । त्यसको दमनले उत्पन्न मनःस्थिति विपठनलाई प्रेरित गर्दै नया“ चेतना उघार्ने बाटो खोल्छ” (गौतम, २०६०ः३३२) । यिनै र अरू थुप्रै चिन्तनको आधार ज्याक्स डेरिडा (सन् १९३०–२००४) प्रतिपादित विनिर्माण (मभअयलकतचबअतष्यल) हो ।
अङ्ग्रेजी मभअयलकतचगअतष्यल को नेपाली रूपान्तरण विनिर्माण हो । यसलाई विसङ्घटन, विपठन, विरचनावाद, विसंरचनावाद आदि विभिन्न नाममा पनि प्रयोग गरिएको भेटिन्छ ।
विनिर्माण परम्परालाई प्रहार गर्ने वा भत्काउने चेष्टाले आएको एउटा बौद्धिक चिन्तन हो । मूलतः सस्युरका भाषिक मान्यता र त्यो मान्यतामा हुर्किएको संरचनावादलाई त्यसैमा टेकेर प्रहार गर्ने काम यसले गरेको छ । शब्दकेन्द्रवाद तथा वाक्केन्द्रवादलाई प्रहार गर्दै भाषिक शब्दले अर्थ उपस्थितिमा नभएर अनुपस्थिति (बदकभलअभ) तथा भिन्नता (मषाभचभलअभ) बाट दिने गर्दछ र त्यो सधै“ अस्थिर हुन्छ भन्ने मान्यता यस चिन्तनको मूल चुरो हो ।
पश्चिमी चिन्तन त्यो पनि मूलतः ग्रिसेली दर्शन ‘एक केन्द्रवाद’मा आधारित थियो । तर त्यही“ प्राचीन यहुदी दर्शनले ‘वहुवचनीयता’लाई पुरा सम्मान दिएको थियो (पचौरी, सन् २००५ः७८) । यहुदी परिवारमा जन्मे हुर्केका डेरिडालाई आप्mनो चिन्तन प्रस्तुत गर्न यहुदी दर्शन र क्रिस्चियानिटी उपेक्षाले मद्दत गरेको मान्न सकिन्छ । त्यस्तै फ्रेडरिक नित्सेको चिन्तन पनि विनिर्माणिक चेतनाको विकासमा महŒवपूर्ण आधार देखिन्छ ।
डेरिडाको चिन्तनस“ग पूर्वीय चिन्तन परम्परालाई मिसाएर हेर्दा त्यहा“ आश्चर्यजनक ढङ्गले चिन्तनगत समानताका लक्षणहरू भेटिन्छन् (नारङ्ग, सन् २०००ः१०८) । भर्तृहरिको स्फोटवाद, आनन्द वद्र्धनको ध्वनिवाद तथा अझ विशेष रूपले बौद्ध चिन्तकहरू दिङ्नाग व्याख्यायित अपोहवाद र नागार्जुन व्याख्यायित शून्यवाद बढी निकटका देखिन्छन् । स्वयम् गौतम बुद्धको अप्प दीपो भवः भन्ने उक्ति यस सन्दर्भमा विचारणीय देखिन्छ । अरूको भनाइलाई पूर्णतः पालन नगर अथवा अरूले देखेको सत्यलाई त्यसै नमान, सत्यलाई देख्ने हो भने आपै“m जागृत होऊ अथवा आप्mनो प्रकाश आपै“m बन भन्ने बुद्ध वचन आजसम्म पनि सान्दर्भिक देखिनु र अझ बिल्कुलै नया“ मानिएको चिन्तनमा ती कुरा भेटिनु सा“च्चै नै बहुमूल्य ठहर्दछ ।
भर्तृहरिको स्फोटवाद फुटाउने र भा“च्ने काममा अग्रसर हुन्छ भने बौद्ध अपोहवादको पश्चिमी रूप डेरिडाको डिफरेन्सलाई लिइन्छ (गौतम, २०६०ः३३०) । अपोहको अर्थ नै नकार हो, अपवर्जित हो । परिणामतः कुनै अभव्यक्ति वा अवधारणाबाट केवल त्यति नै अर्थ प्रकट हुन्छ जति उक्त अभिव्यक्तिमा ‘अनर्थ’ले विभेद स्थापित गर्छ (नारंग, सन् २०००ः११६) । डेरिडाको डिफरेन्स वा विभेदको मर्म र अपोहवादको मर्म विल्कुलै नजिकै देखा पर्दछन् ।
बौद्ध चिन्तनभित्र पनि नागार्जुन व्याख्यायित शून्यवाद डेरिडाको चिन्तनको निकै नजिक रहेको थाहा हुन्छ । डेरिडा र नागार्जुनमा भाषिक विखण्डन वा तोडका बारेमा धेरै नै समानता रहेको पाइन्छ । दुबैले भाषिक अर्थलाई अस्थिर मान्छन् अझ नागार्जुन त भाषाभित्र त्यस्तो केही (अर्थ) नै हु“दैन सम्म पनि भन्न पछि पर्दैनन् (पचौरी, सन् २००५ः८४–८५) । तर यिनीहरूबिचको भेद भनेको≤ डेरिडाको विखण्डनमा अर्थले सधै“ नै अस्थिरताको खेल खेल्छ वा पेन्डुलम जस्तो यता र उता गरि रहन्छ भन्ने हो त नागार्जुनको भाषिक चिन्तनमा शब्द र अर्थ (चिन्ह तथा भेद) दुबै विखण्डित हुन्छन् र भाषाभन्दा परको आनुभविक शून्यको अवधारणालाई उनी सम्भव मान्न पुग्छन् (पचौरी, सन् २००५ः८४–८५) । नागार्जुन व्याख्यायित शून्य वा समग्र बुद्ध दर्शनको शून्य केवल खाली, रित्तो वा खोक्रो होइन, यो हरेक अवस्थाको, वस्तुको परिवर्तनशीलता वा क्षण विशेषमै परिवर्तन भइरहने अथवा तिनको मूल स्वरूप वा मौलिकता केवल क्षणको रहन्छ र त्यो अतिक्रमित भइ रहन्छ (राई, २०६३ः३०) भन्ने हो । यो बोली डेरिडाली व्याख्यासित अधिक मिल्ने बोली हो । तर यहा“निर नागार्जुनीय भाषिक चिन्तनमा भाषाले आप्mनो सीमा देखाउ“छ र उनी भाषाभन्दा ‘पारी’ पनि पुग्दछन् तर डेरिडा हाम्रा समग्र चिन्तन, विचार, व्यवहार भाषामा नै अडेको तर त्यसले विविध सन्दर्भ अनुसार आप्mनो अर्थमा प्रस्ट््याइ“ खोजि रहने तर्क प्रस्तुत गर्न पुग्छन् । जेहोस् बौद्ध दर्शनस“ग डेरिडाको विनिर्माण चिन्तनको निकटता निकै प्रबल देखिन्छ । त्यसैले नै त कृष्ण गौतम डेरिडालाई “आलोचनाका बौद्ध शून्यवादी गुरु” (गौतम, २०६०ः३१९) भन्न रुचाउ“छन् ।
त्यस्तै पूर्वीय काव्य चिन्तक आनन्द वद्र्धनको ध्वनि सिद्धान्तले जुन दोस्रो अर्थ अथवा ध्वन्यार्थमा जोड दिन्छ त्यो सधै“ अनुपस्थिति (बदकभलअभ) मा रहन्छ । आनन्द वद्र्धन यसैलाई काव्यको आत्मा मान्दछन् अनि डेरिडा यसलाई भाषाको मूल (नारङ्ग, सन् २०००ः१२०) ।
यसरी हेर्दा के देखिन्छ भने डेरिडाले आजभन्दा करिब पा“च दशक अगाडि जुन अवधारणा प्रस्तुत गरे त्यसको बिज यहुदी दर्शन र मूलतः पूर्वीय दर्शन अनि त्यसभित्र पनि बौद्ध दर्शनमा प्रशस्त मात्रामा उपलब्ध रहेछ । यद्यपि डेरिडाको चिन्तन र यी माथि उल्लिखित चिन्तनमा पर्याप्त भेदहरू नदेदिने हैनन् तर पनि यो सामजस्यता जरुर नै विचारणीय देखिन्छ । नेपाली सिर्जना÷समालोचनामा इन्द्रबहादुर राई व्याख्यायित÷प्रतिपादित लिलालेखन विनिर्माणिक किसिमको चिन्तन छ, स्वयम् राई यस कुरालाई स्वीकार गर्छन् (राई,२०६३ः२५) । राईय लिलालेखनमा पश्चिमी चिन्तन मात्र नभएर पूर्वीय वैदिक चिन्तनदेखि बुद्ध हु“दै शङ्कराचार्यसम्मका जुन चिन्तन÷दर्शनको प्रभाव र व्याख्या देखिन्छ त्यसले विनिर्माणिक चेतनाको पूर्वीय सामजस्यतालाई झन् गहिरो गरी छामेको छ । राई निर्धक्क भन्छन् ः “विपठन (मिस रिडिङ्ग) बारे पश्चिमीयहरूबाट हामी सचेत बन्यौ“ तर हाम्रोमा हेर्दा यो अग्घिदेखि नै थिए छ हामीसित” (राई, २०६३ः७) ।
जेहोस् विनिर्माण विविध पृष्ठभूमिको संयोजनमा डेरिडाले जन्माएको तथा हिलिस मिलर, पौल डी म्यान, जेफ्रि हार्टम्यान, अल्थुजर, मिचेल फुको, एडवार्ड सइद आदिले आआप्mनै ढङ्गमा विस्तारित गर्दै लगेको एउटा शसक्त चिन्तन÷दर्शन हो जसले अहिले संसारभरि हरेक विषय र विधामा गहिरो गरी प्रभाव पारिरहेको छ । यसको मौलिक स्वरूप सन् १९८० को दशकमा निस्तेज भएको मानिए पनि (भट्टराई, २०६१ः११३) यसले उत्तर आधुनिकतावादका नारीवाद, नवइतिहासवाद, सन्दिग्ध सिद्धान्त लगायतका अन्य अन्य विविध विषय र क्षेत्रमा आप्mनो प्रभावलाई फरक र विस्तृत ढङ्गले देखाइ रहेको छ ।
भाषाका तŒवहरूमा विभेदका कारण अर्थोत्पत्तिको खेल भइरहनु, शब्दकेन्द्रवाद तथा वाक्केन्द्रवादको विरोध गर्नु, भाषामा आलङ्कारितालाई बढी महŒव दिनु, विपठनलाई अङ्गीकार गर्नु, हरेक मान्यतालाई अर्काे पाटोबाट पनि हेर्ने चेष्टा गर्नु, प्रारम्भदेखि आधुनिक कालसम्म गम्भीर ठानिएका धेरै कुराहरूलाई परिहासमय बनाएर प्रस्तुत गर्नु, एब्सोल्युट सत्यको नकार गर्नु, पाठको संरचना स्वतः विखण्डित हुन्छ भन्ने मान्नु, लेखक वा सर्जकलाई केवल अनुकर्ता र संयोजक मात्र मान्नु, कुनै पनि कृति सम्पूर्णतः मौलिक हुन्न भन्ने मान्नु आदि जस्ता विशेषता विनिर्माणका रहेका छन् । अति बौद्धिकताका कारण यस मान्यतालाई अर्मूतको आरोप पनि लाग्ने गरेको छ । विनिर्माण बुभ्mन र बुझाउन कठिन छ तर पनि यसको अर्थ डेरिडाले सुरुमा चाहेको भन्दा फरक र विस्तृत भने हु“दैछ (भट्टराई, २०६४ः५५८) ।
३. विनिर्माणिक कोणबाट ‘द्वन्द्वको अवसान’को विश्लेषण
द्वन्द्वको अवसान पौराणिक आख्यानको एक पुनराख्यान हो । महाभारतीय उद्योग पर्वदेखि सौप्तिक पर्वसम्मको अथवा युद्ध आरम्भ हुनु पूर्व र युद्ध समाप्त हु“दासम्मका विभिन्न घटनाक्रमहरू यस उपन्यासको मूल आख्यान हो । तर यहा“ महाभारतका ती पर्वहरूमा वर्णित सम्पूर्ण घटनाहरू पूर्ण रूपले नआएर महाभारतीय पात्र कर्णको केन्द्रीयतामा आएका छन् र केही प्रसङ्गहरू थपघट पनि गरिएका छन् ।
पूर्वको आदि काव्य रामायण तथा संसारकै बृहत् काव्य महाभारत अनि अन्य पौराणिक आख्यानलाई ग्रहण गर्दै नेपाली साहित्यमा थुप्रै काव्य, नाटक, कथा, उपन्यासको सिर्जना गरिएको छ, अनुवाद गरिएको छ । यसरी अनुवादका रूपमा आउने तथा उपजीव्यताका रूपमा आउने कृतिहरू ‘मूल’लाई धमिलो नबनाइ अझ सङ्ल्याउने तथा उजिल्याउने किसिमले आएका हुन्छन् तर जुन कृति विनिर्मित भएर आएको वा विपाठक भएर आएको हुन्छ त्यसले मूलमा प्रश्न राख्छ, मूलप्रति शङ्का व्यक्त गर्छ । विसङ्घटनको, विनिर्माणको अर्थ प्रश्न राख्नु हो, सन्देह तेस्र्याउनु हो, अस्वीकार गर्नु हो, तोड्नु हो (गौतम, २०६४ः३०१) । त्यसैले उपजीव्यता तथा अनुवादका रूपमा आएका कृति र विपाठक कृतिबिचको भेदीय रेखा खिच्ने आधार कृतिले मूलका प्रति गरेको सन्देह हो, प्रश्न हो, तोड हो ।
द्वन्द्वको अवसान एक विपाठक कृति हो । महाभारतीय कृष्णको केन्द्रीयतामा प्रश्न उठाउ“दै र उक्त केन्द्रलाई तोड्दै कर्णका कोणबाट हेर्न खोजिएको एक विनिर्मित कृति हो । स्वयम् देवकोटा आप्mना कृतिबारे भन्छन् ः
... बालकले आप्mनो बेलाको तोते बोलीमा बोल्न खोज्दा संभाषणमा थपघट, कथायोजनामा मामुली जोडजाड, कतै ढाकछोप हुन गई यसले औपन्यासिक रूप लिएको भए त्यति जति सत्य होइन, जसलाई जुन कुरा ज“च्तछ त्यति सत्य हो (देवकोटा, २०५०ःप्राक्कथन) ।
जसलाई जुन कुरा ज“च्तछ त्यति सत्य हो । यही हो विनिर्माणिक चेतना, सत्यलाई एउटै नमानेर सत्यका असङ्ख्य सम्भावनाहरू हेर्न सक्ने र हेर्न पाउनु पर्ने आवाज नै विनिर्माणले बुलन्द पारेको हो ।
त्यस्तै उपन्यासको ‘मन्तव्य’मा वासुदेव त्रिपाठी भन्छन् ः
नेपाली बौद्धिक र सिर्जनात्मक परम्परामा महाभारतीय पुनराख्यानका अहिलेसम्मका प्रयासहरूका शृङ्खलामा राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान’ले एक नवीन आयाम थपेको देखिन्छ (त्रिपाठी, २०५०ःझ) ।
त्रिपाठीले उल्लेख गरेको त्यो ‘नवीन आयाम’ भनेकै विपठन हो, विनिर्माण हो ।
यस उपन्यासमा महाभारतका घटनालाई लगभग जस्ताको तस्तै दिइएको छ । कथानकीय विपठन वा विनिर्माण यसमा देखि“दैन । केही मात्रामा थपघट बाहेक अरू घटनाहरू यथावत् छन् तर ती घटनाहरू जो यथावत् छन् तिनको प्रतिपाद्यता वा प्रस्तुतिमा भने फरकपन छ ।
प्रस्तुत उपन्यासको प्रमुख विनिर्माण नै पात्रीय विनिर्माण हो । महाभारतका पात्रहरू कृष्ण, अर्जुन, कर्ण, भीष्म, युधिष्ठिर, दुर्याेधन आदि आआप्mनो शौर्यका कारण त्यस महान् काव्यमा सम्मानित थिए, प्रतिष्ठापित थिए तर यस उपन्यासमा आउ“दा त्यो उच्चतर बिन्दुका हरेक महाभारतीय पात्रहरू (कर्ण बाहेक) नेपाली राजनीतिका कच्चा खेलाडी जस्ता लाग्छन् । त्यो पौराणिक मिथकलाई समातेर उनले नेपाली राजनीतिमा लामो समयदेखि देखिएका छलकपट र तिकडम अनि अस्तित्वविहीन चरित्र बोक्ने त्यस्ता राजनेताका प्रतिनिधिका रूपमा ती पात्रहरूलाई रूपायित गरेका छन् । केही उदाहरण हेर्न सकिन्छ । महाभारतमा उच्च मूल्य पाएका र सबैले सम्मान गर्ने पात्र भीष्मको कुन्तीप्रति लक्षित भनाइ यस्तो छ ः
विधवा कुन्ती किन हस्तिनापुरमा ? सौतेनी हा“गाको छायामुनि बस्नसक्ने घिन नभएकी आइमाई π उनको यहा“ बसाइको कुनै सङ्गती छैन । उनी आप्mनै माइतीमा बस्नुपर्ने अथवा आप्mनै छोराहरूको आश्रयमा (देवकोटा, २०५०ः८) ।
त्यस्तै महाभारतमा सत्यवादी, शालीन, शान्तिप्रिय आदि उपमाले सुसज्जित युधिष्ठिरको उपन्यासको अन्त्यतिर एउटा भनाइ छ ः “म अहिलेसम्म कुन्तीकै थाङ्नामा सुति राखेको थिए“, कृष्णले मलाई केवल पुतली बनाएर नचाइ रहेका रहेछन्” (देवकोटा, २०५०ः८२) । यी र यस्तै महाभारतीय विशिष्ट पात्रहरूले उपन्यासैभरी यस्ताखाले धेरै अभिव्यक्ति दिन्छन् जसले कृतिलाई महाभारतीय विशिष्टताबाट खसालेर समकालीन जीवन चेतनामा उभ्याइ रहन्छ ।
आम रूपमा महाभारत पढि रह“दा कौरव र उनका पक्षमा लाग्नेहरूप्रति पाठकको सहानुभूति उत्पन्न हु“दैन । उनीहरू पाण्डव पक्षलाई दुःख दिने कुप्रवृत्तिका पात्रहरू लाग्छन् अनि पाण्डवहरू सत्य र धर्मको पक्षमा लड्ने भगवान श्रीकृष्णले पत्याएका सुप्रवृत्तिका पात्रहरू । तर द्वन्द्वको अवसानमा महाभारतलाई यसरी पढिएन । त्यसलाई फरक ढङ्गले पढियो । यसमा पहिला त त्यस्ता हरेक पात्रहरू जसलाई महाभारतले देवत्वको उचाइ दिएको थियो तिनलाई मान्छेमा झारियो अनि कृष्ण र अर्जुनको केन्द्रीयताबाट फुकालेर, भा“चेर कर्णको केन्द्रीयताबाट यसलाई विपठन गरियो ।
महाभारतले कृष्णलाई भगवत् स्वरूप चित्रण ग¥यो र जनमानसले त्यही स्वीकार ग¥यो । उनका हरेक क्रियाकलाप अब जगत्को निरन्तरताका लागि वा प्राकृतिक नियम÷कर्मका लागि ‘लिलावत्’ स्वीकार गरिए । तर त्यही क्रियालाई महाभारतमा लिलावत् बताइ रह“दा तथा विश्वजनले लिलावत् स्विकारि रह“दा त्यहा“ अनुपस्थितिको खेल भेटियो । कृष्णको देवत्वलाई अस्वीकार गरी मनुषत्वमा झार्ने बित्तिकै उनका ती ‘महान् क्रियाकलाप’ चाटुकारी, षडयन्त्रवत्, कुटिल सिद्ध भए । त्यही एब्सोल्युट सत्यलाई उल्ट््याएर, देवतालाई मानिसमा झारेर हेर्ने सुन्दर प्रयास यस उपन्यासमा निहित छ ।
सामान्यतः विनिर्माणले÷उत्तरसंरचनावादले मूललाई भत्काउ“छ अथवा केन्द्रलाई तोड्दछ । त्यस क्रममा त्यहा“ मसिना धेरै उपकेन्द्र हुने सम्भावना रहन्छ र त्यो यसको ध्येय पनि हो । अथवा एउटा सुपर पावर वा सत्यलाई भत्काएर सत्यका विविध रूप देखाइ दि“दा एब्सोल्युट चेतना पाल्नेलाई यसले ठुलो धक्का दिएको हुन्छ । तर यस मान्यताबाट यस उपन्यासलाई हेर्दा त्यहा“ केवल केन्द्रको वा शक्तिको एक रूपबाट अर्काे रूपमा प्रतिस्थापन गरिएको मात्र देखिन्छ । कृष्णको केन्द्रलाई अस्वीकार गरेर कर्णको केन्द्र स्थापना गर्ने आधुनिकताकै चेतना यस कृतिमा देखिन्छ । फेरि पनि कृष्णको देवत्वको रूपलाई मनुषत्वमा झार्ने ठुलो चेष्टा भने यसको प्राप्ति हो । किनभने त्यो सुपरपावरको प्रतिस्थापन यहा“ कर्णद्वारा भएको छैन ।
यो कृति एक प्रकारको पुर्नसिर्जन हो । महाभारतको आख्यानलाई नया“ ढङ्गले हेरिएको एउटा पूर्ण सिर्जना । समालोचनामा विनिर्माणले पाठलाई त्यसमा रहेका ट्र्यासबाट फुकाल्दै लगेर अस्तव्यस्त छाडिदिन पनि सक्छ तर विनिर्माणिक सिर्जनामा पुननिर्माण हुन्छ र हुनुपर्छ नै । कृष्णको केन्द्रीयतामा घुमेको महाभारतबाट फुस्किएर राधेयको केन्द्रीयतामा उपन्यास पुनर्निर्मित भएकोे छ । महाभारतीय केन्द्रले दलित मानेको पात्रलाई, पिछडिएको, हेपिएको राधेयलाई केन्द्रमा ल्याउनु बढी महत्वको कुरा हो ।
कुन्तीपुत्र भएर पनि महाभारतमा उपेक्षित पात्र हो कर्ण । एउटा माझीले हुर्काएको पात्र हो ऊ । आप्mनै कुशल क्षमताका कारण धुरन्धर धनुर्विद बन्न पुगेको कर्णले अर्जुनलाई लल्कार्नु दुर्याेधनका लागि औधी खुसीको कुरा हुन पुगेको थियो । उसले कर्णलाई अङ्ग देशको राजा बनाउ“दै सम्मान दिएको थियो र एउटा असल मित्रका रूपमा स्वीकार गर्न पुगेको थियो । कर्ण त्यतिबेलासम्म आपूm कुन्तीपुत्र भएको रहस्यबाट टाढा थियो । जब युद्धको घोषणा भयो तब कर्णको युद्ध कौशल र उसको जन्मीय रहस्यस“ग परिचित कुटिल कृष्णले उसलाई पाण्डवको पक्षबाट लड्न अनुरोध गरे । तर त्यस प्रस्तावलाई कर्णले अस्वीकार ग¥यो । अस्वीकारलाई तितो रूपमा लि“दै र कर्णलाई उसको जन्मको रहस्य बताउ“दै कृष्णले भने ः
तिमी राधेय होइनौ, कौन्तेय हौ । कुन्तीका जेठा छोरा हौ । प्रचलित नियमानुसार कुमारीबाट पैदा भए पनि तिमी पनि क्षत्रिय नै कहलाउ“छौ, पाण्डव पक्षले लडाइ“ जितेपछि कुन्तीका जेठा छोरा तिमी भारत वर्षको सम्राट हुनेछौ (देवकोटा, २०५०ः२) ।
कृष्णको कुरा सुनेपछि कर्ण आपै“mसित भन्छ ः
... सम्राट हुनेछु ? किनकि कुन्तीको छोरो भएको हुनाले ? त्यस समाजमा एउटा शिशुले आमाको काखमा बास पाएन, त्यसै समाजमा त्यसै आमाको छोरो भएका कारणले मात्र सम्राटको स्थान पाउ“ने छु ? परम विसङ्गति π (देवकोटा, २०५०ः२)
राधेयको यो अस्तित्वबोध बढी मूल्यको छ । राधेय रहेरै अथवा माझीपुत्रकै रूपमा ऊ केन्द्रमा आउन चाहन्छ, माझीपुत्रकै रूपमा ऊ अस्तित्वमा आउन चाहन्छ । हेपिएका र दमित रहेकालाई केन्द्रमा ल्याउन खोज्नु विनिर्माणको मूल कुरा हो । परम्परालाई भत्काउ“दै त्यसलाई उल्ट्याएर, कोल्ट्याएर चारैतिरबाट हेर्न खोज्नु विनिर्माणको सकारात्मक पक्ष हो । कर्णलाई यहा“ त्यसरी नै हेर्न खोजिएको छ र कर्णबाट पनि जीवन जगत्लाई त्यसरी नै हेरिएको छ ।
प्रस्तुत अस्तित्वबोधको अर्काे महŒवपूर्ण पाटो पनि छ । यसले नेपालमा लामो समयदेखि विद्यमान ‘राजतान्त्रिक’ केन्द्रप्रति पनि व्यङ्ग्यात्मक प्रहार गरेको छ । राधेयको यो भनाइले हाम्रो परम्परित राजतन्त्रप्रतिको सामाजिक सोचाइलाई निकै ताच्छिल्यपूर्वक व्यङ्ग्य गरेको छ (पौडेल, २०५४ः१९) । यसरी एउटै भनाइभित्र विभिन्न अर्थहरू लुकेर रहनु यस सन्दर्भमा उल्लेखनीय देखिन्छ ।
राधेयको प्रस्तुत भनाइ एउटा उदाहरण मात्र हो । उनका धेरै यस्ता आलङ्कारिक अभिव्यक्तिहरू हाम्रा परम्परित रुढ मान्यताप्रति साहै्र तिखो प्रहारका रूपमा आएका छन् र तिनलाई भत्काउन चाहन्छन् । राधेयको एउटा अर्काे भनाइ हेरौ“ ः “हस्तिनापुर – यो राजधानी हो, यहा“ बलपूर्वक सुख र प्रतिष्ठा बनाएर बसेकाहरू छिमेकीको शान्ति र स्वाभिमान सहन गर्न सक्दैनन्” (देवकोटा, २०५०ः१३) । यस उक्तिमा एकातिर राजधानी यानी केन्द्रप्रति प्रहार छ भने अर्कातिर नेपालका छिमेकी देशको नेपालप्रतिको व्यावहारप्रति व्यङ्ग्य ।
यस कृतिलाई विपाठक बनाउने मुख्य कुरा नै पुरानो भागवतीय विचारप्रति सन्देह गर्दै नवीनतम् वैचारिकता वा समकालीन वैचारिकता प्रस्तुत गर्नु हो । त्यस वैचारिकतालाई यस कृतिका लगभग सबै पात्रहरूले बोकेका छन् । त्यस्तै अर्काे आधार भनेको आख्यानको टुक्रेपन हो । विशद महाभारतीय आख्यानको एउटा टुक्रालाई लिएर त्यसलाई भिन्न आ“खाले हेर्नु कृतिलाई विपाठक बनाउने अर्काे महŒवपूर्ण पक्ष हो ।
यसरी पौराणिक आख्यानबाट वस्तु लि“दै अनि त्यसलाई फरक ढङ्गले हेरेर रुढ परम्परालाई नकार गरिएको एउटा सुन्दर उपन्यासका रूपमा द्वन्द्वको अवसान देखिन्छ । भगवत् स्वरूप मानिएका कृष्णप्रति सन्देह गर्दै अनि राधेय भएकै कारण अपमानित भएका कर्णलाई नायक बनाउ“दै उपन्यासैभरि इश्वरीय सत्ताको नकार गरेर मानावीय अस्तित्वको वकालत गरिएको र उपेक्षितलाई उच्च मूल्य दिइएको उपन्यासका रूपमा यसलाई लिन सकिन्छ ।
४. उपसंहार
विश्वसाहित्य समालोचनामा करिब पा“च दशकअघि उदय भएको विनिर्माण अहिले विविध विषय र क्षेत्रमा विस्तृति सहित आप्mनो प्रभाव पार्न सफल भएको छ । नेपाली समालोचनामा सैद्धान्तिक चर्चा दुइ दशक अघि भए पनि यसको बढी बिस्तार भने भर्खरै जसो मात्र भएको छ । अझ यस कोणबाट व्यावहारिक समालोचना त निकै कम मात्र भएको छ । त्यसै सिलसिलामा यस मान्यताबाट राजेश्वर देवकोटाको बहुचर्चित उपन्यास द्वन्द्वको अवसानलाई हेर्दा देखिएको मूल प्राप्ति भनेको विविध परम्परित केन्द्रप्रतिको प्रहार हो । तर छोपिएकालाई केन्द्रमा ल्याउनु र केन्द्रप्रति प्रहार गर्ने चेष्टा रहे पनि अर्काे केन्द्रको स्थापना हुनुले यो कृति आधुनिकताकै जगमा उभिएको भने देखिन्छ । त्यस्तै महाभारतीय गम्भीर पात्रलाई परिहासमय बनाएर एकातिर प्रस्तुत गर्नु अनि फेरि गम्भीर वैचारिक चिन्तन तिनै पात्र मार्पmत प्रस्तुत गर्नुले पनि उपन्यासमा आधुनिक र उत्तर आधुनिक दुबै लक्षण विद्यमान भेटिन्छन् । त्यसैले समग्रमा द्वन्द्वको अवसान आधाआधी आधुनिक र आधाआधी उत्तर आधुनिक प्रवुत्ति बोकेको एउटा विपाठक कृतिका रूपमा ठहर्दछ ।
सन्दर्भ कृति
अधिकारी, ज्ञानु (२०६७), “शरणार्थी, विनिर्माणिक प्रक्रिया र उत्तर आधुनिक पठन”, गरिमा, २९ः२, ललित पुर ः साझा प्रकाशन, पृ. ६१–६७ ।
उप्रेती, सञ्जीव (२०६८), “माक्र्सवाद र उत्तर संरचनावादको विनिर्माण”, मूल्याङ्कन, २९ः१९३, काठमाडौं ः मूल्याङ्कन प्रकाशन गृह, पृ. २०–२५ ।
गौतम, कृष्ण (२०५९), दो.सं. आधुनिक आलोचना ः अनेक रूप अनेक पठन, ललित पुर ः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौं ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
गौतम, लक्ष्मण प्रसाद (२०६६), नेपाली साहित्यमा उत्तर आधुनिक समालोचना, काठमाडौं ः ओरिएन्टल
प्रकाशन ।
चालिसे, चक्रपाणि (२०४९), सातौं सं., नेपाली सङ्क्षित भारत, ललित पुर ः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०५०), तृ.सं., “मन्तव्य”, द्वन्द्वको अवसान, ललित पुर ः साझा प्रकाशन पृ.क–झ ।
देवकोटा, राजेश्वर (२०५०), तृ.सं. द्वन्द्वको अवसान, ललित पुर ः साझा प्रकाशन ।
धरावासी, कृष्ण र लक्ष्मी उप्रेती (सम्पा.) (२०६३), लीला विमर्श, काठमाडौं ः वनिता प्रकाशन ।
नवीन, देव शङ्कर र शुसान्त कुमार मिश्र (सम्पा.) (सन् २०००), उत्तर आधुनिकता ः कुछ विचार, नयी दिल्ली ः वाणी प्रकाशन ।
नारंग, गोपीचंद (सन् २०००), “संस्कृत भाषा–दर्शन और संरचनावादी एवं उत्तर संरचनावादी चिन्तन”, उत्तर आधुनिकता ः कुछ विचार, (सम्पा.देव शङ्कर नवीन तथा शुसान्त कुमार मिश्र), नयी दिल्ली ः वाणी प्रकाशन, पृ.१०७–१२८ ।
पचौरी, सुधीश (सन् २००५), तृ.सं., उत्तर आधुनिक साहित्यिक विमर्श, नयी दिल्ली ः वाणी प्रकाशन ।
पौडेल, विष्ण्ुा प्रसाद (२०५४), “द्वन्द्वको अवसान उपन्यासको कथावस्तु र कथ्य”, प्राज्ञ–मञ्च, पोखरा ः नेपाल प्राध्यापक संघ, पृ. १५–१९ ।
पौडेल, विष्णु प्रसाद (२०५७), “उपन्यासकार राजेश्वर देवकोटा र उनका औपन्यासिक प्रवृत्तिहरू”, जनप्राज्ञ मञ्च, पोखरा ः नेपाल प्राध्यापक संघ–एकाइ समिति, जनप्रिय बहुमुखी क्याम्पस, पृ.२२–२८ ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८), दो.सं., उपन्यास–सिद्धान्त र नेपाली उपन्यास, ललितपुर ः साझा प्रकाशन ।
बस्ताकोटी, भूमिराज (२०६६), स्वैरकल्पना र उपन्यासकार धु्रवचन्द्र गौतम, पोखरा ः ओजन बुक्स ।
भट्टराई, गोविन्द राज (२०६१), पश्चिमी बलेंसीका बाछिटा, काठमाडौं ः ने.रा.प्र.प्र. ।
भट्टराई, गोविन्द राज (२०६२), उत्तर आधुनिक ऐना, काठमाडौं ः रत्न पुस्तक भण्डार ।
भट्टराई, गोविन्द राज (२०६४), उत्तर आधुनिक विमर्श, काठमाडौं ः मोडर्न बुक्स ।
राई, इन्द्र बहादुर (२०६३), “लीलाबोधी लेखन ः गेजिङ प्रस्तुति”, लीला विमर्श (सम्पा. कृष्ण धरावासी र लक्ष्मी उप्रेती) काठमाडौं ः वनिता प्रकाशन, पृ.५–९ ।
राई, इन्द्र बहादुर (२०६३), “सापेक्षता ः आयामिक र लीलालेखनमा”, लीला विमर्श (सम्पा. कृष्ण धरावासी र लक्ष्मी उप्रेती) काठमाडौं ः वनिता प्रकाशन, पृ.२५–३० ।
रेग्मी, अनुपमा (२०६३), “पुनर्लेखनका सैद्धान्तिक मान्यता र अग्निदत्त+अग्निदत्त”, गरिमा, २५ः४, ललित पुर ः साझा प्रकाशन, पृ. १४५–१५१ ।
शर्मा, मोहन राज (२०६६), आधुनिक तथा उत्तर आधुनिक पाठक मैत्री समालोचना, काठमाडौं ः क्वेष्ट पब्लिकेसन ।
शर्मा, मोहन राज र खगेन्द्र प्रसाद लुइटेल (२०६१), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।