18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी July 3, 2012, 5:08 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

पल आएन त्यस्तो कहिले पनि तिम्रो याद नआएको

त्यस्तो भएन कहिले सम्झनामा तिम्रो गीत नगाएको

छाया एउटा सँधै चल्छ आँखा वरि परि

पुग्छु मात्र तिम्रो छेउ दिन रात सँधै भरि

पुगेर नजिक तिम्रो गाँठो यो मनको खोल्न बाँकी छ

उर्लेका छालहरु मनमा मेरा तिमी भरि पोख्न बाँकी छ

आँखा भरि तस्बीर छ हेर तिम्रै रत्ति पनि छैन पोखिएको

निभेको छैन यादमा तिम्रो बालेको अखण्ड प्रेमको त्यो दियो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।