देखासिखी गर्न नखोज्नेलाई जल्न देउ र्इर्ष्याले
सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले
अरुको कुभलो सोच्ने मान्छे भित्रभित्रै जलेको हुन्छ
आवरण राम्रो देखे पनि भित्र भित्रै खरानी हुन्छ
यस्तो कुमानबतालाई अझै जल्न देउ र्इर्ष्याले
सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले
देखा सेखी गर्न नखोज्नेलाई जल्न देउ र्इर्ष्याले
सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले
आफ्नै मात्र जीत सोच्ने मान्छे भित्रभित्रै मरेको हुन्छ
मुखले मिठो बोले पनि भित्र भित्रै ग्लानि भाको हुन्छ
प्रायस्चित नगरुन्जेल अझै जल्न देउ र्इर्ष्याले
सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले