भैँसी र म एकै चोटी हलुङ्गा भएका थियौँ । भैँसी ब्याएको हर्षमा बिगौ“ती बा“डिएको थियो, मेरोमा लड्डु । मैले छोरो पाएकी थिएँ, उसले पनि छोरै पाएको थियो । मेरो छोरो अहिले ‘ममी’ भन्न सक्ने भएको छ । उसको छोरो छैन, मम बनिसकेको छ । बुबाले भन्नुभएको ः
“नातिलाई दुध कम हुन्छ रे ।”
मान्छेहरूले पाडोलाई बोराभित्र राख्दा मेरो छोरो बेस्सरी रोइरहेको थियो । भै“सी कराएको पर पर सुनिएको रहेछ, छिमेकी दाइ ‘हल्ला भयो’ भन्न आउन्ु भएको थियो ।
संयोग पनि कस्तो अचम्मको थियो भने उसको र मेरो गर्भाधारण पनि एकै दिन भएको थियो । प्राकृतिक दृष्टिले हामी दुबै नारी । गर्भाधारण गर्न पाउनु हामी दुबैको अधिकार । विधि र प्रक्रिया पनि प्रकृतिले उस्तै दिएको थियो । फरक यत्ति थियो कि उसले श्रीमान् चिन्नु पर्दैनथ्यो, हामीले नचिने व्यभिचारी भइन्थ्यो । उसका लागि सम्भव हुने दुरी सम्मका बलिष्ठ र पुष्ट ‘पुरुष’को खोजी हुन्थ्यो, हाम्रा लागि भने भागमा जस्ता परेका छन् चित्त बुझाउनु पथ्र्यो । आखिर ऊ पशु थियो, हामी मान्छे थियौ“ ।
बिहानीपख म घरधन्दाका लागि छिट्टै उठेकी थिए“ । नित्य कर्म सकी स्नान सकेर कपडा फेर्न शयन कक्षमा प्रवेश गरेकी थिए“, श्रीमान्ले च्याप्प हात समाउनु भयो । मैले पुलुक्क उहा“तिर नजर पु¥याए“ । उहा“ साहै्र मिठो गरी मुसुक्क हा“स्नु भयो र प्रेमपूर्वक आपूmतिर खि“च्नु भयो । म प्रेमपूर्वक गरिएको स्पर्श र लाजले लल्याकलुलुक भइ सकेकी थिए“ । त्यसपछि केही समय हामीले आ“खा चिम्लिएका थियौ“ ।
बुबा बिहानै घर बाहिर निस्कनु भएको थियो । यति सबेरै उहा“ प्रायः घर बाहिर निस्कनु हु“दैनथ्यो । त्यस्तै महŒवपूर्ण काम भए मात्र उहा“ निस्कने गर्नु हुन्थ्यो ।
सूर्य धेरै नै माथि आइसकेपछि बुबा एक जना मानिसलाई लिएर घर आउनु भयो । यो घरमा म भर्खरै जस्तो नव दुलही भएर भित्रिएकीले यहा“ आउने धेरै मान्छेलाई चिन्दिनथे“ । उसलाई पनि चिनिन“ । उसले एउटा ससानो झोला बोकेको थियो ।
उहा“हरू सरासर गोठतिर लाग्नु भयो, म चिया बनाउन भान्सातिर लागे“ । चिया बनाउ“दै गर्दा केही समय अघिको मधुर मिलनलाई सम्झेर म त्यतै हराउन पुगेछु । भै“सी जोडले कराएपछि झसङ्ग भएर हात हल्लाउन पुग्दा चिया बनाउने भा“डोमा ठोकिन पुगेछ । अलिकति चिया उछिट्टिएर ग्या“स माथि पोखियो । ग्या“स भुतुक्कै निभ्यो ।
मैले पुनः ग्या“स चुलो बाले“ र चिया पुग्दो मात्रामा बनाउन थाले“ । चिया लिएर बाहिर निस्क“दा अपरिचित मान्छे एउटा सिरिन्जलाई प्लास्टिकको झोलामा पोको पार्दै एउटा सफा टालोले हात पुछ्दै थियो ।
“आउनुहोस् डाक्टर सा’ब । यहा“ बसौ“ ।”
बुबाले कुर्सी मिलाउ“दै भन्नु भयो । मैले बल्ल थाहा पाए“ त्यो मान्छे पशु डाक्टर रहेछ । ‘तर किन आएको होला यो ? भै“सी बिरामी भएको जस्तो त लाग्दैनथ्यो !’ मनमा तरङ्ग तैरिन थाल्यो ।
म चिया लिएर बाहिर निस्किए“ । उहा“हरूलाई चिया दिए“ र फेरि भान्सामै फर्किए“ । उहा“हरू कुरा गरि रहनु भएको थियो । भै“सी कराइ रहेको थियो ।
“अब हेर्नु होस् डाक्टर सा’ब, गाउ“घरमा पहिला यस्तो ‘≈याई–स्याई’को चलन थिएन । कसै न कसैका घरमा रा“गा बोकाहरू हुन्थे । अब यो बजारमा कहा“ लिएर जानु ?”
“हो ।” डाक्टरले सहमति जनायो ।
“गाउ“मा त डाक्टर सा’ब !”
बुबाको त कुरा सुनिदिने मान्छे भेटेपछि आप्mनो गाउ“ले अनुभव कुनै न कुनै प्रसङ्गमा जोडि हाल्ने बानी छ । बुबा कुरा बढाउ“दै हुनु हुन्थ्यो, डाक्टर पनि पक्क पर्दै बुबाको कुरा सुनि रहेको थियो ।
“माथ्लाघरे माइला दाइले हेर्नुस् साह्रै राम्रो गरी रा“गा पाल्थे । उनका गोठका रा“गा ओ हो ! साहै्र बलिया, साहै्र पुष्ट ।” बुबाले हा“स्दै थप्नु भयो ः
“पहिलो दोस्रो पटक साहा जाने भै“सी त थुचुक थचुुुक बस्थे ।”
डाक्टरले सर्काे पा¥यो । हा“स्दाहा“स्दै आ“खाबाट आ“सु पनि बर्सायो । मैले पानी लिएर जानु प¥यो ।
बुबाले कुरा थप्दै जानु भयो ः “अब हेर्नुस्, माइला दाइले रा“गा त साहै्र राम्रा पाल्ने तर छोरी पाल्न भने जानेनन् । ऊ ब’ेला“ गाउ“मा १४–१५ वर्ष भएकी छोरी कसैले पनि राख्दैनथे । दाइ भने २२–२५ का सम्म हु“दा पनि छोरीको बिहे गर्न नखोजि दिने !
एक दिन राम प्रसाद बुढा भै“सी लिएर मेरै घरको बाटो आए । ‘लौ जा’म भाइ माइलाकहा“, यसो भुसाहा तानेर फर्कौंला’ भने । मेरो पनि काम थिएन । लौ जा’म भने जा’म त नि दाइ भन्दै हामी माइला दाइकहा“ उकालो लाग्यौ“ ।”
डाक्टर र बुबाको कुराकानी चल्दै थियो । मैले सुनि रहेकी थिए“ । भै“सी कराइ रहेको थियो ।
“किन कराउ“छ यो डाम्नो ? अब खोजेको कुरा पाएपछि !” कुराकानीकै बिचमा बुबाले भै“सीलाई गाली गर्नु भयो । फेरि कुरा जोड्नु भयो ः
“माइला दाइकहा“ गएर आ“गन अगाडिको गरामा किलो ठोकी भै“सीलाई बा“धेर रा“गो फोइयो । हामी भुसाहा तान्दै बात मार्न थालेका थियौ“ । भित्र आइमाईहरू रु“दै चिच्याएको आवाज आयो । के भयो भनी हेर्न गएको त उनकी माइली छोरी सावित्री बेहोस भएकी रहिछ । जेठीको केही महिना अघि २५ वर्षमा बल्लबल्ल बिहे गरेका थिए । त्यो सावित्री पनि २३ नाघेकी थिई ।
अब आइमाईहरू के भयो भनी सोध्दा कुरा भन्दा बढी रोएर उछारै नदिने । केही बेरपछि आमा चाहि“नीले रु“दैरु“दै भए पनि बल्लबल्ल कुरा फुकालिन् ः ‘अलि अघिदेखि सन्चो नभए जस्तो गरेकी थिई । भ्mयालबाट बाहिर हेर्दै तिनचार चोटि उठ्ने बस्ने गरेकी थिई । के भयो ? भन्दा सन्चो नहोला जस्तो भयो भन्थी । हेर्दाहेर्दै अघि त डङ्ग्रङ्ङ लडी । पसिनै पसिना भएकी छ । अहिले त चालचुल केही छैन ।’ अनि बाबु चाहि“ने आत्तिएर ‘लौ न छोरीलाई धामीकहा“ लानुप¥यो’ भन्छन् । अब अहिले त गाउ“मा डाक्टर पाइ“दैन ऊ बेला“ पाउने त कुरै भएन, बजारै ल्याउनु पर्ने । त्यही धामीझा“क्रीले काम चलाउने चलन हाम्रो ।
तर राम प्रसाद दाइले हकार्दै माइला दाइलाई भने ः
“के को धामीकहा“ लाने माइला ! छोरीलाई बुढीकन्या बनाएर राख्छस् अनि हु“दैन त यस्तो । भ्mयालबाट बाहिर हेरेर किन उठ्ने बस्ने गरी त्यति पनि थाहा पाउ“दैनस् ! होसमा आएपछि एउटा पोइ खोजेर पठाइदे । केही पनि गर्नु पर्दैन ।” भन्दाभन्दै बुबा निकै खुलेर हा“स्नु भयो । डाक्टरले यस पाली सर्काे नपारे पनि मजैले हा“सेको थियो ।
“अनि साता दिनपछि डाक्टर बाबु, त्यो नानीको बिहे गरेर पठाइयो ।”
“साहै्र रमाइलो कुरा गर्नुभयो बुबा, निकै आनन्द आयो । अब म लाग्छु पनि । फेरि अन्त पनि जानु पर्ने छ । यी हेर्नु होस् न मोबाइल बजेको बज्यै छ ।”
बुबाले कति पैसा दिनु भयो कुन्नि अनि डाक्टर बिदा भयो । बुबा आप्mनो कोठातर्पm लाग्नु भयो । मलाई यही अवस्थाको प्रतीक्षा थियो । म दगुरेर गोठमा पुगे“ । भै“सी कराइ रहेको थियो ।
मैले भै“सीलाई नियालेर हेरे“ । ऊ छट्टपट्ट गरिरहेको थियो । बिचबिचमा पुच्छर उठाउ“दै तिरिक तिरिक पिसाब फेर्दै थियो । उसले मलाई देखेछ । मतिर टाउको घुमायो । मुखबाट ¥याल निकाल्दै स्या“स्या“ गर्दै थियो । मैले उसको आ“खामा हेरे“ । ओ हो ! ऊ त रोइ रहेको पो रहेछ । मैले आजसम्म यसरी पशु रोएको देखेकी थिइन“ । अचम्म लाग्दो गरी उसले मेरा आ“खाबाट आ“खा नहटाइकन निकै बेर शान्त भएर हेरि र≈यो । उसका आ“खाबाट बर्रर आ“सु झरि रहेको थियो । तर त्यहा“ आ“सु केवल आ“सु मात्र रहेनन् हेर्दाहेर्दै ती आ“सु त शब्दको आकार लिएर खस्न थाले । मैले ती शब्दहरूलाई एकै ठाउ“मा समेल्न थाले“ । ती शब्दहरूले यसो भनि रहेका थिए ः
“तिमी अघि भर्खरै त्यो मधुर लोकको गुलाबी रसले स्नान गरेकी नारी । मेरो पनि त्यस्तै इच्छा थियो । बरु तिमीले त त्यस्तो स्नान भरे गर्न पनि सम्भव छ भोलि पनि सम्भव छ । मेरो त त्यस्तो पनि हु“दैन । वर्षमा एक चोटि मात्र सन्तानको इच्छाले त्यस्तो चाहना जागृत हुन्छ । त्यही पनि यसरी सुइले घोचेर मार्ने प्रयत्न गरियो । मेरो सन्तानको चाहना त यसले केही समयपछि पुरा गर्ने प्रक्रियामा लैजाला तर त्यतिन्जेलसम्मको मेरो छटपटिलाई कसले बोध गर्छ ? तिमी त बोल्न सक्ने नारी, म बोल्न नसक्ने मूक पशु । तिमी नारीले नै हामी जस्ता अर्काको अधीनमा परेका र आप्mनो इच्छा बोलेर राख्न नसक्ने प्राणीको उद्दार गर्न सक्छौै । तिमीहरू नै प्रकृतिका हरेक संवेदनाहरूको बोध गर्न सक्छौ .......
”
“खोई खोई अरू शब्दहरू खोई ?”
“बुहारी, के गरेकी ?” बुबाको बोलीस“गै म झसङ्ग भए“ । मैले भै“सीका आ“सुहरू हातमा लिएर उसलाई हेर्दै रोइ रहेकी रहिछु ... ।