18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रक्तिमका गीतहरूमा अभिव्यक्त नेपाली समाज

कृति/समीक्षा जीवनाथ सुवेदी July 3, 2012, 5:35 pm

सार

रक्तिम सांस्कृतिक अभियान नेपालको सर्वहारावादी आन्दोलनमा सकारात्मक भूमिका खेल्ने सांस्कृतिक अभियान हो । यसले नेपाली समाजमा रहेको वर्गीय असमानता र त्यसवाट उत्पन्न द्वन्दलाई अभिव्यक्त गरेको देखिन्छ, त्यही असमानतायुक्त नेपाली समाज र त्यसबाट उत्पन्न वर्गसंघर्षको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा रक्तिमका गीतहरू गीत सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले अभिव्यक्त गरेको नेपाली समाजको विश्लेषण गरिएको छ । रक्तिम सांस्कृतिक अभियान र यसका सम्पूर्ण गीतहरूलाई नसमेट्नु यसको सीमा हो ।

मूख्य शब्द

रक्तिम, अभियान, शोषण, वर्गीय मुक्ति, साम्राज्यवाद, सङ्घर्ष, समाजवादी यर्थाथवाद, समाजव्यवस्था, पु“जीवाद, अर्थव्यवस्था

१. विषय प्रवेश

वि.स. २०४२ चैत्र २६ गते त्रिचन्द्र कलेज घण्टाघरको फेदीमा जन्मेको जीवन शर्मा, मणि थापा र मोहन चित्रकारको तीन सदस्यीय सानो सांस्कृतिक युनिट २०४३ चैत्र १ गते सोही ठाउ“मा बसी जीवन शर्माको विशेष पहलमा रक्तिम परिवारको रूपमा नमाकरण गरिएको थियो । त्यही रक्तिम परिवार आज देश, विदेशमा रक्तिम सांस्कृतिक अभियानको रूपमा प्रगतिवादी गीतहरू गाउ“दै जनता जगाउ“दै अविरामा हिडिरहेको छ । नेपालमा मेचीदेखि महाकालीसम्म आङ्खना कार्यक्रम प्रस्तुत गरिसकेको रक्तिम सांस्कृतिक अभियानले रक्तिम भाग १ देखि ११ सम्म र ठूली, पूजा, जवाफ जस्ता गीती नाटकका क्यासेटहरूका साथै भिसिडिहरू पनि बजारमा ल्याएको देखिन्छ (रक्तिम, २०५४ ः १०–१२) । रक्तिमका गीतहरूको पा“चौ संस्करणका रूपमा वि.सं. २०५७ सालमा यस परिवारद्वारा प्रकाशित रक्तिमका गीतहरू गीतसङ्ग्रहमा रक्तिम भाग १ देखि ११ सम्म ११४ वटा गीतहरू सङ्कलित छन् । यस सङग्रहमा सङ्ग्रहित अधिकांश गीतहरूको रचना तथा सङ्गीत जीवन शर्माले गरेका छन् भने केही गीतहरू रेम राना, मणि थापा, दल बहादुर वि. क., छविलाल गिरी, एम. वि. सिंह, लेखराज रेग्मी, धनकाजी, निलिमा पुन, जगदीश श्रीष, नारायण श्रीष, चिरन पुन, सचित्र के.सी., एम. प्रधान र रक्तिमका अन्य कलाकारहरूले रचना गरी सङ्गीत भरेको पाइन्छ । यी गीतहरू कल्पनामा भन्दा यथार्थमा जनताको नजिक देखिन्छन् । यी गीतहरू नेपाली समाजमा विद्यमान असमानता, शोषण, उत्पीडन र आक्रोशका उपज हुन् । रक्तिमका गीतहरूमा समाजमा विद्यमान आर्थिक शोषण र त्यस विरुद्ध जनतालाई सङ्घर्ष गर्न प्रेरित गरिएको छ ।

२. रक्तिमका गीतहरूमा अभिव्यक्त नेपाली समाज

यस सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले २०५७ सालसम्मको नेपाली समाजको चित्र समेटेका छन् तर यी गीतहरू अहिले पनि उत्तिकै सान्दर्भिक र महŒवपूर्ण छन् । यो सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले अभिव्यक्त नेपाली समाजको निम्नानुसार विभाजन गरी अध्ययन गरिएको छ ।

१. आर्थिक शोषण विरुद्ध सङ्घर्ष गर्ने चेतना

२. महिलाका व्याथाहरूको चित्रण र जागरण

३. विदेशिएका नेपालीहरूको समस्याको चित्रण

४. विस्तारवाद र साम्राज्यवाद विरुद्ध राष्ट्रिय चेतना

५. सामाजिक विसङ्गति एवम् विकृति विरुद्ध मुक्तिको प्रतिबद्धता

२.१ आर्थिक शोषण विरुद्ध सङ्घर्ष गर्ने चेतना

अर्धसामन्ति र अर्धऔपनिवेशिक नेपाली समाजको मूल आर्थिक संरचना हो । यो संरचनाको आमूल परिवर्तन नभई नेपाली जनताले सही अर्थमा मुक्ति पाउन सक्दैनन् । हुनेखाने र हु“दाखाने, धनी र गरिब अथवा भनौ“ पसिना बगाएर उत्पादन गर्ने श्रमिकहरू भोकै मर्ने र उनीहरूको श्रमको उत्पादन सामन्तहरू उपयोग गर्ने आर्थिक शोषण र विभेदयुक्त आर्थिक संरचनाको यस गीत सङ्ग्रहमा उजागर गरिएको छ ।

सिमाली छायामा बसी भरिया लामो सास फेरेको

उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको

सम्झेर पुरानो दिन आखामा समुन्द्र छल्कियो

झन् धेरै साहूको ऋण संझेर हृदय सल्कियो

( भरिया लामो सास फेरेको, पृष्ठ ः १२ )

उमेर असी वर्ष भैसकेको भरिया भारी बोकेर पसिना बगाइहेको छ । यो उमेरसम्म साहूको भारीले गुजारा गर्ने भरियाको झन् ऋण थपिदै छ । उसको दयनीय गरिबीको तस्वीरले तमाम नेपाली भरियाको प्रतिनिधित्व गरेको छ । जीवनभरि अर्काको लागि पसिना बगाउ“छ तर असी वर्षको उमेरमा सातुको भरमा जीवन बिताउ“दै छ । यो गीत दृश्याङ्कन पनि गरिएकाले टेलिभिजनमा पनि हेर्न सकिन्छ । यस गीतमा गीतकार जीवन शर्माले बृद्ध श्रमिकहरूको कहालीलाग्दो आर्थिक सङ्कट र त्यसले निम्त्याएको कारुणिक जिन्दगी प्रस्तुत गरेका छन् । जीवनभरि जोखिमपूर्ण रूपमा भारी बोकेर हिड्ने भरियाहरू गरिबीको कारण आङ्खना आफन्तहरूबाट टाढा रहनुपर्ने मात्र होइन नून, तेल, औषधि र बासको कुनै ठेगाना नहुने हु“दा चरम दुःख र पशुवत जीवन बिताइरहेका हुन्छन् । यही गीतमा बूढो भरिया पनि वर्तमान असमान आर्थिक व्यावस्थाप्रति विद्राही बनेको देखाइएको छ ।

नून, तेल, लुगा छैन महगो राशन

मेरो उमेरभन्दा बूढो सामन्ति शासन

यो व्यवस्था रहुन्जेल पाइन सास फेर्न

म बूढो नि जान्छु अव सामन्तलाई घेर्न

उठ हे भरिया ज्यामी यो देश खरानी भैसक्यो

गैसक्यो यो हाम्रो जुनी अव त अवेला भैसक्यो

( भरिया लामो सास फेरेको, पृष्ठ ः १२ )

जीवनभर पसिना बगाउने सडकमा भोकै मर्नु पर्ने वर्तमान सामन्ती व्यवस्थाको विरुद्ध बूढो भरियाले पनि सङ्घर्ष गर्न प्रेरित गर्दछ । बृद्ध–बृद्धालाई सम्मान र संरक्षणको साटो काममा लगाउनु र महङ्गीले हिमाल छुनु तर उसको आम्दानी घट्दै जानुले आर्थिक सङ्कट थोपरेको छ । यो हुनुको कारण असमान आर्थिक वितरण हो । यसकारण अर्धसामन्ति र आर्थिक विभेदयुक्त समाजव्यवस्था वा राज्यव्यवस्था रहुन्जेल श्रमिकहरूले यस्तै समस्या झेलिरहनु पर्ने हु“दा यसको विरुद्ध सर्वहारा वर्गको व्यवस्था ल्याउ“न आन्दोलन गर्न प्रेरित गरिएको छ ।

कामदारहरू महल बनाउ“छन् तर उनीहरूको ओत लाग्ने घर हु“दैन । उनीहरू खानीबाट हिरामोती निकाल्छन् तर एक छाक रोटी पनि खान पाउ“दैनन् । पु“जीवादी अर्थव्यवस्थामा श्रमिकहरू यसरी नै ठगिएका हुन्छन् । गीतकार शर्मा गीतको माध्यमबाट यही कुरा उजागर गर्दछन् ः

निकाल्यौ“ हिरामोती बनायौ“ सुनका दरबार

न हाम्लाई एक छाक रोटी न पायौ“ ओत लाग्ने घर

बगैचामा पूmलहरू हामीले पूmलायौ“

फा“टैभरि धाका बाला हामीले झुलायौ“

काठमाण्डौ र दिल्ली हा“स्छन् हाम्रो रगतमा

संसारलाई सिगार्ने हौ“ हामी निर्धन जाति

( निकाल्यौ हिरामोती, पृ ः १७ )

संसारलाई सिगार्ने गरिबहरू हुन् । ताजमहल होस् वा आइफेल टावर, ग्रेटवाल होस् वा ह्वाइट हाउस अनि सिंहदरवार नै किन नहोस यी सबैमा श्रमिकका पसिनाहरू पोतिएका छन् । महलहरूमा आराम गर्नेहरू आङ्खनो बिलासी जीवनद्वारा तिनै श्रमिकहरूका पसिनामा खेलिरहेछन् तर कामदारका पीडा र व्याथाहरू फेरिएका छैनन् ।

न्युयोर्क र पेरिश सरह हामीले उठायौ“

चन्द्रमा र पृथ्वीलाई हामीले जुटायौ“

लुगाफाटो रास लाग्छ पसिनाले हाम्रो

तर हाम्लाई खानु लाउनु छैन कहिल्यै राम्रो

( निकाल्यौ हिरामोती, पृ ः १७ )

जीवन शर्माको रचना तथा सङ्गीत रहेको “निकाल्यौ हिरामोती ” शीर्षकको यो गीतमा न्युयोर्क र पेरिस सहर सजाउने, चन्द्रमा र पृथ्वी जोड्ने श्रमिकहरू कहिल्यै राम्रो लगाउन र मीठो खान पाउदैनन् भनिएको छ । वास्तवमा शासक र शासितबीच यही फरक छ ः जो काम गर्छ ऊ भोकै मर्छ अनि जो काम गर्दैन ऊ बिलासी जीवन बिताउ“छ मह“गा गाडीमा सयर गर्छ । जवसम्म यस्तो सामन्ती व्यवस्था रहन्छ तवसम्म बुर्जुवा वर्गविहिन समाज स्थापनार्थ सङ्घर्ष गर्नु पर्दछ । यसै तथ्यलाई उजागर गर्न गीतले भन्छ ः

सहरका मजदुरहरू उठ अव उठ

गाउ“सहरका किसानहरू सङ्घर्षमा जुट

पाइदैन हक त्यसै खोसी लिनुपर्छ

गरिब किसान मजदुर मिली अब हिड्नुपर्छ

( निकाल्यौ हिरामोती, पृ ः १७ )

सहर अनि गाउ“बाट मजदुर किसानहरू मिलेर सङ्घर्षमा जुट्नु पर्दछ । आङ्खनो हक मागेर कसैले दि“दैन त्यसैले खोसेर लिनुपर्छ भनी अन्याय र अत्याचारको बिरूद्ध गीतको मध्यमबाट मजदुर किसानहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ । यस गीतले भाग्यलाई दोष दिएर आप्mनो जीवन अर्काको लागि बितउ“ने श्रमशील जनताहरूलाई सचेत भएर अधिकार लिन प्रेरित गरिएको छ । गरिबहरू र सोझा नेपालीहरूलाई फटाहा र जालीहरूले ठगेर वेघर पार्ने गरेको हामीले देखेका छौ“ । यही यथार्थतालाई गीतको माध्यमबाट यसरी व्यक्त गरिएको छ ।

पहाडमा छ“दा हाम्रो सानो घर थियो

एउटा सानो कोठेबारी हाम्रो ज्यान थियो

एउटा जाली ठालुले घरबारी जम्मै खोसिदियो

(पहाडमा छ“दा, पृ ः १९ )

घरबारबिहीन सुकुम्बासीहरू बस्न पाउ“नुपर्छ भनी सरकारी बा“झो जमिनमा बस्दा शासकहरूले बस्तीहरू जलाइदिएका समाचारहरू हामीले धेरै सुन्ने गरेका छौ“ । यिनै घरबारबिहीन गरिबका दुःखद घटनाहरूलाई गीतको माध्यमद्वारा यसरी प्रस्तुत गरिएको पाइन्छ ः

घर भत्काउ“न नदिई सङ्घर्ष गर्दै बाबा उभि“दा

बाबालाई काटी मारे, हात्ती लगाई घरै भत्काए

बाबा पनि मरे आमा पनि मरिन्

हात्ती लगाई घरै भत्काए

प्यारो सानो भाइलाई कोक्रोस“ग स“गै बिलाए

हात्ती लगाई घरै भत्काए, कोक्रोस“गै ज्युदै डढाए

(पहाडमा छ“दा, पृ ः १९ )

यस गीतमा हात्ती लगाएर गरिब सुकुम्बासीहरूका बस्ती उजाडिएका, कलिला केटाकेटी जलेका र बा“चेकाहरूको पीडाका संझनाहरू प्रष्ट्याइएको छ । आङ्खना आ“खा अगाडि यस्तो हृदयविदारक घटना देख्दा बा“च्नेहरूको मन कस्तो होला ? त्यो समाजप्रति उसको हेराइ कस्तो होला ? यो तीतो यथार्थता हो । हाम्रो देश नेपालमा यस्ता घटनाहरू धेरै घटेका छन् । यही समाजले मानिसलाई विद्रोही बनाएको छ, ध्वम्स निम्त्याएको छ अनि नेपाली–नेपाली बीच हिंसा प्रतिहिंसा जन्माएको छ । यही सत्यतालाई यहा“ गीतको माध्यमबाट बताइएको छ ।

गरिबहरू परिश्रम गर्छन् , पसिना बगाउ“छन् । उनीहरू महल बनाउ“छन् तर महलको चाहना गर्दैनन् । उनीहरू त मीठो चाहिदैन तर पीठो भए पनि खान देऊ भन्छन् । उनीहरू महल हैन हामीलाई झुप्रा बनाएर बस्न देऊ भन्ने माग राख्छन् । यिनै गरिबको पसिनाबाट बिलासी जीवन बिताउ“ने शासकहरू गरिबका यिनै माग लिएर हिडेका ता“ती माथि बुट, लाठी र सङ्गीन बर्साउ“छन् । यही विभेदयुक्त समाजको ऐनाको रूपमा गीतले भन्छ ः

मसिनो मीठो चाहिदैन पीठो भए पनि देऊ

महल हामीलाई चाहिदैन झुप्रा बनाउन देऊ

भन्दै रु“दै रु“दै हिड्ने गरिबको ता“ती

त्यही ता“ती माथि बस्र्यो नि बुट लाठी

गरिबको आ“गनमा रगतको भेल

( मसिनो मीठो, पृ ः २९ )

गरिबहरू स्वदेशमा होस् वा विदेशमा पसिना बगाएर पैसा कमाउ“छन् तर त्यो पैसा उनीहरू उपयोग गर्न पाउ“दैनन् । जति कमाए पनि जाली, फटाहा साहूहरूले व्याज र स्याज भन्दै खाइदिन्छन् । हाम्रो देशका अधिकांश गाउ“हरूमा यस्तै हुन्छ । यही विषयवस्तुलाई लिएर गरिबको आर्थिक दुरावस्था गीत मार्पmत यसरी प्रस्तुत गरिएको देखिन्छ ः

गाउ“को पसिना शोषकको घरैमा

विदेशको कमाई जालीको घरैमा

कतिन्जेल बस्ने अब यी जालीलाई पाली

जति दुःख अति काम हाम्रो पेट खाली

(खानीमा, पृ ः ३१ )

काम गर्छन् तर भोकै मर्नुपर्छ । पैसा कमाउ“छन् र उपयोग गर्न पाउ“दैनन् । गाउ“मा शोषक र जमिन्दारहरू शोषण गर्छन् अनि विदेशमा कमाई गर्ने प्रलोभनमा युवाहरू दलालद्वारा शोषित हुन्छन् । त्यसैले पसिनाको मूल्य श्रमिकले कहिल्यै पाएका छैनन् भन्ने कुरा यस गीतले व्यक्त गरेको छ ।

गीत समाजको ऐना हो । गीतले समाजमा देखिने तस्वीर स्रोतासमक्ष ल्याउनुपर्छ । गीतकार जीवन शर्माद्वारा रचना तथा सङ्गीतबद्ध झरनाको चिसो पानी बोलको गीतले समाजको त्यही तस्वीर खिचेको छ ।

सुकेर जा“दैन रोकेर रोकिदैन

भरी खेप्ने खेतालाको यै हो जिन्दगानी

वारि छ माइला दाइ पुच्दै पसिना

पारि छन् माइली भाउजू खेद्दै मसिना

सानै छ भुन्टे तर पिठ्युमाथि भारी

डरै डरले तपैतपले हिड्छ कठै बरी

झरनाको चिसो पानी ......

( झरनाको चिसो पानी, पृ ः ३५ )

यस गीतले गाउ“घरमा भारी खेप्ने खेतालाहरू आङ्खना साना–साना नानीहरूलाई लिएर कसरी काम गर्छन् भन्ने कुरा बताएको छ । उकालो र ओरालोमा ज्यानको बाजी लगाएर बाटोमा झरनाको पानी पिउ“दै काम गर्ने खेतालाहरूको जिन्दगी गीतमा लेखिए जस्तै दुःख लाग्दो छ । समाजमा यस्तो अन्याय र अत्याचार भइरहेकाले त्यसको विरुद्ध आवाज उठाउनेहरू पनि त्यही हुन्छन् । काम गर्नेले खान पाउ“नुपर्छ भनी आवाज उठाउने सचेत नागरिकहरूलाई शासकहरूले दमन गर्ने गर्दछन् । गरिब दुःखीहरूलाई अधिकार दिनुपर्छ भनी आवाज उठाउनेहरूलाई सामान्तहरूले देशद्रोही र आतङ्ककारी भनी पुलिस लगाई पक्रेर धम्काउछन् नमाने भिडन्तमा म¥यो भनी मार्ने गर्दछन् । तत्कलीन समयमा घटेका यस्तेै घटनाहरूलाई गीतको मध्यमबाट देखाइएको छ ।

काम गर्नेले माम खान पाउनैर्पछ भन्नेहरूलाई

जीउमा लुगा सबैले लउनैपर्छ भन्नेहरूलाई

घरघरै पसेर गरिबका छोराछोरी लग्यो बरिलै

( चौपारीमा बसेर, पृ ः ४१ )

आर्थिक शोषणले समाजमा क्रान्ति जन्माउ“छ । आङ्खना आमाबाबुलाई सामन्तहरूले गरेका शोषणलाई नजिकबाट हेर्ने र भोग्ने केटाकेटी तथा युवाहरू शोषण विरुद्ध ज्वालामुखी भएर उठ्छन् । यसपछि विभेदयुक्त समाजको अन्त हुन्छ र समतामूलक समाजको स्थापना हुन्छ । यही शोषणविरुद्धको गर्जन आङ्खनी आमास“ग बन्दुक किनिदिन आग्रह गर्दै गीतको माध्यमद्वारा प्रकट गरिएको छ ।

हाम्रो यस्तो थोत्रो घर लाउनु खानु छैन

सबै साथी स्कुल जान्छन् मैले पढ्न पाइन

गरिबले सुख पाउन लड्नै पर्छ अरे

एउटा बन्दुक पाएदेखि लड्न जान्थे“ भरे

अबदेखि तिमी पनि लड्न हि“डिदेऊ

आमा मलाई बन्दुक किनी देऊ

( आमा मलाई बन्दुक किनी देऊ, पृ ः ४७ )

राम्रो घरमा बस्न नपाएपछि, एक छाक खान नपाएपछि, पढ्न र लेख्न नपाएपछि, पसिना बगाउ“दा पनि कहिल्यै सुख नपाएपछि सबैको मन यस्तै हुन्छ । सबै गरिबहरू सोच्न थाल्छन् किन यस्तो हुन्छ ? जव उनीहरू आङ्खनो श्रमशोषण भएको थाहा पाउ“छन् तब शोषणविरुद्ध विद्रोह गर्छन् । यही समाजिक यथार्थतालाई गीतको माध्यमबाट प्रष्ट्याइएको छ ।

काम गर्न जान्छ्यौ तिमी सधै“ साहूको घर

झरी बादल नभनेर भोको पेट तर

किन साहूले हप्काउ“छ नि हाम्रै घरमा आई

किन बोल्न सक्दिनौ नि हप्काउ“दा हामीलाई

( आमा मलाई बन्दुक किनी देऊ, पृ ः ४७ )

आङ्खनी आमाले सहूको घरमा रातदिन भोकै काम गर्दा पनि उसले घरमा आई हप्काउ“दा बोल्न नसकेको प्रति गुनासो गर्दै सङ्घर्ष गर्ने प्रेरणा यस गीतमार्पmत दिइएको छ ।

समाज उही हो, देश एउटै हो, नागरिकता उस्तै हो तर कोही खान नपाएर मर्छ अनि कोही अथाहा सम्पत्ति सा“चेर राख्छ । गरिब खान, लगाउन नपाएर रु“दै भौतारिएको हुन्छ अनि त्यही समाजमा बस्ने धनी वर्ग बिनाश्रम बिलासी जीवन बिताइरहेको हुन्छ । यो बिभेदयुक्त समाजमा देखिने यस्तै समस्या र आशङ्काहरू गीतमार्पmत यसरी उजागर गरिएको छ ः

यति थोरै अन्न पानी क्यारी बा“च्ने होला

यति धेरै जग्गा जमिन क्यारी सा“च्ने होला

भन्दै रु“दै हिड्ने गरिबको आ“शु नसुक्ने हो कि

थोत्रो टोपीले हाम्रो टाउको नछोड्ने हो कि

(यति थोरै अन्न पानी, पृ ः ५७ )

समाजको त्यो वर्ग जसले वर्षाको झरीमा खेतमा बाउसो बजारेर राती घर फर्कन्छ, उसको घरमा एक गास खाने खाना हु“दैन । बालबच्चाहरू भोक लाग्यो भनी रोइरहेका हुन्छन् । त्यो अवस्थामा बाबुआमाको मन कस्तो होला ? यो गरिबीको सजीव चित्रण गीतमा गरिएको छ ।

वर्षाको रुखो झरीमा बाउसो बजारी खेतमा

एक गास छैन रुभ्mदै र भिज्दै फर्केर आउ“दा ओतमा

रु“दै कराउ“दै हिड्ने बालबच्चाहरूको मुहार

सम्झेर ल्याउ“दा जिऊभरि तप्किन्छ आ“शुधारा

(यति थोरै अन्नपानी, पृ ः ५७)

राम्रो लगाउ“ने, मीठो खाने, चाडपर्व रमाएर मनाउ“ने सबैको ईच्छा हुन्छ । यो ईच्छा गरिबको कहिल्यै पूरा हु“दैन । उनीहरू चाडवाडमा एउटा चोलो पनि फेर्न सक्दैनन् । गरिबहरूलाई कुनै पनि चाडपर्व नआए हुन्यो कमसेकम मनभरि पीडा बोकेर अरुले रमाएको त हेर्नु पदैनथ्यो जस्तो लाग्दछ । गरिबी साच्चै बाहिर देखेभन्दा पनि बढी पीडादायी हुन्छ । यही पीडालाई गीतको मध्यमद्वारा यसरी व्यक्त गरिएको छ ः

रमाइलो भन्छन् चाडको बेला

सबैको आङ्मा लुगा सुनौला

नआइदे चाड दुःखीलाई कहिल्यै

अरू केही छैन के फेरू मैले, यो एउटा पुरानो चोली

(एउटा पुरानो चोली, पृ ः ६२)

किसानहरू जीवनभर अर्काको खेतमा काम गर्छन् तर उनीहरूलाई खान पुग्दैन । उनीहरू केटाकेटीदेखि बराजुका खेतमा हलो जोतेर बूढा हुन्छन् तर तिनको जीवनमा कुनै परिवर्तन आउ“दैन । हाम्रो समाजमा वर्षा, झरी, हिउ“द केही नभनी उनीहरू का“धमा हलो र जुवा बोकेर गोरु खेद्दै हिडेका देखिन्छन् तर पनि उनीहरूको टाउकोमा साहूको ऋणले छाडेको हु“दैन । यो हाम्रो जस्तो आर्थिक शोषणयुक्त मुलुकको सामुहिक समस्या हो । यही गरिबको समस्यालाई गीतकार गीतका माध्यमद्वारा यसरी व्यक्त गर्दछन् ः

ती जु“गा पूलेका छन्, ती दा“त सबै फुक्लेका छन्

तर पनि गोरु खेदी, हलो जुवा का“धमा बोकी

बराजुका खेतमा छ बूढो किसान

वर्षा झरी हिउ“दभरि काम ग¥यो मरीमरी

तर पनि चइन छैन बस्ने खाने ठेगान छैन

बराजुको ऋणमा छ बूढो किसान

( बूढो किसान, पृ ः ९७ )

दाह्री जु“गा पूmले पनि सबै दा“त झरे पनि किसानले अपूmलाई बूढो भए“ भन्न पाउदैन किनकी साहूको खेतबारी लगाइदिने उसैको ठेक्का हुन्छ । आङ्खनो घरबासको ठेगान हु“दैन । मरीमरी काम गर्छ अझै उस“ग साहूको ऋण बा“की नै हुन्छ । यो गीतले हाम्रा गाउ“घरका किसानहरूको याथार्थ चित्र देखाएको छ ।

असमान आर्थिक समाजव्यवस्तथाको तस्वीर उतार्ने काम यो गीत सङ्ग्रहमा गरिएको छ । यसमा गरिबका व्याथा, पीडा, आ“शु र आक्रोशलाई उतारिएको छ । यसले गरिब किसान, मजदुरहरू जो काम गरेर आङ्खनो श्रमको मूल्य पाइरहेका छैनन् , उनीहरूलाई आङ्खनो अधिकार प्राप्त गर्न विद्रोह गर्नुपर्छ भन्ने शन्देश पनि दिइएको छ । शोषकहरूले श्रमजीवी जनताहरू माथि गरेको दमन र अत्याचारले सीमा नाघेपछि विद्रोहको ज्वालामुखी पैदा हुने र त्यसले सदिऔ“देखि राज गर्दै आएका शोषकहरूको साम्राज्य ध्वस्त हुने सर्वहारावादी चिन्तनलाई उजागर गरिएको छ । यसै भनेको छ यो गीतले ः

जहा“ भोको पेटले दाना पानी मागेको हुन्छ

अन्याय र अत्याचारले जहा“ सीमा नाघेको हुन्छ

त्यहा“ फुट्छ ज्वालामुखी ........

( ज्वालामुखी, पृ ः १०८ )

रक्तिमका गीतहरूमा यी र यस्तै गीतहरूमार्पmत समाजमा विद्यमान आर्थिक शोषणको उजागर गरिएको छ । यस्तो आर्थिक शोषणको विरुद्धमा श्रमजीवी जनताहरू गोलबन्द भई आङ्खनो अधिकार प्राप्तिका लागि संघर्ष गर्ने चेतना प्रस्तुत गरिएको छ ।

२.२ महिलाका व्याथाहरूको चित्रण र जागरण

महिला समाजको मार्गदर्शक वर्ग हो जसको उचित मार्गनिर्देशनबाट सभ्य समाजको निर्माण हुनसक्छ । मानिसको पहिलो पाठशाला उसको घर हो । घरमा नानीबाबुहरूले सभ्यता र संस्कार आमाद्वारा नै सिक्ने गर्दछन् । सभ्य र शिक्षित समाज निर्माणका लागि महिलाहरूका हक हित र शिक्षादीक्षाको राम्रो प्रवन्ध हुनु अतिआवश्यक छ । यसको लागि पुरूषसरह सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चित गरिनु पर्दछ । उनीहरूको हकहीतको संरक्षण गरिनुको साटो हाम्रो देशमा पितृसतात्मक सत्ता र संस्कारको प्रभाव नारीहरूमाथि परेको देखिन्छ । शिक्षा, स्वास्थ्य, रोजगार र पैतृक सम्पत्तिमा महिलाहरू ठगिएका छन् । घरेलु हिंसाबाट दिनानुदिन आङ्खना ईच्छा दवाएर पुरुषहरूका उपभोगका सामग्री बन्न बाध्य छन् । समाजमा सम्मानित हुनुपर्ने महिलाहरू अपमानित र तिरस्कृत जीवन बा“चिरहेका छन् । आर्थिक, समाजिक र शैक्षिक सबै क्षेत्रमा शोषित बनेका यिनै महिलाहरूका पीडा, व्याथा, सपना, तिरस्कार र त्यस विरुद्ध आक्रोषका ज्वालाहरू यस गीत सङ्ग्रहमा सङ्ग्रहित छन् ।

दिनभरि भोको पेटमा पटुकी कसेर मेलापात गर्नु र रातको समयमा पनि पानी प“धेरो गरी घर चलाउ“नु हाम्रो नेपाली समाजका गरिब महिलाहरूको दिनचर्या हो । उनीहरू आङ्खनो शरीरलाई यातनाशिविरमा होमिरहेका जस्ता देखिन्छन् । उनीहरूका नाममा कति पैसा खाएर चयन गर्नेहरू पनि नभएका होइनन् तर उनीहरूका व्याथाहरू आजसम्म उस्तै छन् । यिनै व्याथाहरूलाई गीतका माध्यमद्वारा यसरी व्यक्त गरिएको छ ः

कति दुःख परे होलान् भोको पेट मेलामा धरो कसेर

दिनभरिको पीर पोख्छन् सा“झको बेलामा रु“दै बसेर

दिनभरि मेलापात रातको बेलामा पानी प“धेरो

कति दिन सही बस्ने दुःखमा डुबेको जीवन अ“धेरो

(तिरिरिरी बा“सुरीको, पृ ः २२)

चेलीका यी दुःख र व्याथाहरूले नेपाली महिलाको सामाजिक अवस्थाको जानकारी हुन्छ । उनीहरू आङ्खनै घरमा शरणार्थीको जस्तो जीवन बिताइरहेका हुन्छन् ।

सङ्घर्ष, लडाइ, क्रान्ति, दमन र अत्याचारबाट धेरैको जीवन समाप्त हुन्छ । मृत्यु हुनेले भन्दा उसका आफन्तहरूले अत्यन्त ठूलो पीडा बोकेर बा“च्नु पर्दछ । त्यसमा पनि नेपाली समाजमा आङ्खनो पतिको मृत्युले नारीहरू अत्यन्त पीडामा परेका हुन्छन् । कलिलो उमेरमा विधवा हुनुको पीडा हुनेलाई मात्र थाहा हुन्छ जसको वर्णन शब्दमा गर्न सकिदैन । यही विधवा हुनुको पीडा रक्तिमका गीतहरूमा पोखिएको छ ।

नबजाऊ सारङ्गीको तार चेलीको मुटु चर्किन्छ

नगाइदेऊ लडाइको गीत विधवाको मनै धर्किन्छ

बीस बर्से चेली तिम्रो मन के होला चुरा चर्किदा

नसुनाऊ मलायाको रन आमाको आ“सु बर्सिन्छ

( नबजाऊ सारङ्गीको तार, पृ ः ३० )

रक्तिमका गीतहरूमा नेपाली चेलीहरूमाथि भएका अन्याय र अत्याचारहरूको उजागर गर्ने गीतहरूलाई महत्व दिइन्छ भन्ने सत्यतालाई गीतकार जीवन शर्माले यसरी प्रष्ट्याएका छन् ः

विधवाको सिउ“दोको सिन्दुर पुछेर कम्मर बा“धेको रातो टालोले

कपाल लुछिएकी दुःखी चेलीको बटुलेर गजो बा“धी केशहरूले

गाउ“ गाउ“ बस्ती बस्ती डुल्दै हिड्छु म

( सारङ्गी रेट्दै छु , पृ ः ३८ )

हसिया नाम्लो राखेर जहा“ ती हाम्रा चेली दुःख बिसाउ“छन्

मनको बह पोखेर उनको वनै उचाली कण्ठ फिजाउ“छन्

(म निर्धाको गाथा लेखेर, पृ ः ६७)

चेलीहरू भीर पहराहरूमा दाउरा घा“स काटेर जीवन बिताउ“छन् । उनीहरूलाई घरमा पुरुषहरूले मात्र होइन महिलाको रूपमा रहेका सासूहरूले पनि दमन गर्दछन् । उनीहरू खुशीले हैन आसुले भरिएको जीवन बिताइरहेका हुन्छन् ।

यो चुरे डा“डो त्यो तारे भीर

बिहानी दाउरा घा“स काटेर

सासूको वचन घरको पीर बेहोर्छौ हामीले

तै पनि जीवन आ“सुको भेलमा गुजार्छौ हामीले

( उठ बेली उठ चमेली, पृ ः ६८ )

गीतकारले महिलाका व्याथाहरूको मात्र चित्रण गरेका छैनन् , उनीहरूलाई आप्mनो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरित पनि गरेका छन् ।

चेली तिम्रो दुःखै दुःखमा यो जुनी गैसक्यो हुन्न बसेर

निर्धा दुःखी सबै उठौ“ यो दुःख हटाउन कम्मर कसेर

(तिरिरिरी बा“सुरीको, पृ ः २२)

दुःख र पीडाहरू लुकाएर वा सहेर बस्नु पीडकलाई प्रशय दिनु हो । यसको समाधान सङ्घर्ष गरी आङ्खनो अधिकार प्राप्त गरेर मात्र सम्भव भएकाले निर्धा र दुःखीहरू एक भई उठ्नु आवश्यक छ भन्ने सन्देश माथिको गीतांशले दिएको छ ।

यस गीत सङ्ग्रहमा नेपाली समाजमा महिलालाई गरिने अमानवीय व्यवहार र उनीहरूको कष्टमय जीवनको चित्रण मात्र गरिएको छैन, यसको मूल कारण वर्तमान लिङ्गभेदी समाज र पितृसतात्मक सत्ता र सोच भएकाले त्यसको आमूल परिवर्तन गरी महिला मुक्तिको महान कार्य समापन गर्न सकिन्छ भन्ने सन्देश पनि दिइएको छ । यसका लागि महिला जागरण अपरिहार्य भएकाले गीतको माध्यमबाट महिलाहरूलाई आङ्खनो अधिकार लिनका लागि सङ्घर्षमा उत्रन आह्वान गरिएको छ ।

नसम्झ चेली आपूmलाई एक्लो यो धर्ती तिम्रै हो

नबिराई हिड नडराई हिड यो बाटो हाम्रै हो

रोएर आ“सु नबगाऊ चेली, यो आङ्खनै छातीमा

बगाऊ बरु पसिना तिमी , यो देशको माटोमा

( नसम्झ चेली, पृ ः ८३ )

भेदभाव विरुद्ध महिलाहरूको आवाजको रूपमा गीतहरू यसरी प्रस्तुत गरिएको छ ः

दुई आ“खाले हाम्रो पनि देख्न सक्छ सारा

दुई खुट्टा हाम्रँ पनि हिड्छन् वरपर

काटी हेर हाम्रो पनि रगत छ रातो

छोई हाम्रो पनि शरीर छ तातो

म त तिम्रो गुडिया होइन न त तिम्रो भान्से

यसै युगकी नारी हु“ म स्वाभिमानी मान्छे

( म त तिम्रो दासी होइन, पृ ः ५८ )

छोरा जस्तै छोरी पनि उही कोखीका सन्तान

छोरा भए अंश खाने हामीलाई के को हैरान

मुखमा मत्रै राम रैछ बगलीमा छुरा

बुझिसक्यौ“ यस्तै रैछन् पुरुषका कुरा

( म त तिम्रो दासी होइन, पृ ः ५८ )

महिला हकहितका ठूला–ठूला कुरा गरी हिड्ने नेतृत्व तहका ठूलाबडाहरू र पुरुषप्रधान समाजका अवसरवादी शासकहरूका चालबाजी विरुद्ध आक्रोशित नारीहरूको आवाज मथिको गीतले व्यक्त गरेको छ । बाहिर ठूला कुरा गर्ने र महिलालाई अवला, निरिह तथा असाहाय सम्झी बिचराको पगरी गुथाउ“ने पुरुषप्रधान समाजप्रति समान हक अनि अवसर पाए नारी पुरुषभन्दा कुनै कार्यमा पनि कम छैनन् भन्ने कुरा गीतका माध्यमबाट व्यक्त गरिएको छ ।

मौका पाए सिर्जनाका पूmल रोप्न सक्छौ“

खा“चो परे का“धमाथि बन्दुक बोक्न सक्छौ“

हाम्रो पनि छातिभित्र साहस कम्ति छैन

घर संघार नाघी हिड्ने आ“ट कम्ति छैन

( म त तिम्रो दासी होइन, पृ ः ५८ )

यस गीत सङ्ग्रहमा महिलाहरूका व्याथा, पीडा, दलन र असमानताका कथाहरू उजागर गरिएका छन् । नेपाली समाजमा महिललाई दोस्रो दर्जाका नागरिकको रूपमा हेरिनु दुःख लाग्दो र अपमानजनक भएकाले समाजवादी राज्यव्यवस्थामा मात्र समतामुलक समाज हुने माक्र्सवादी दर्शनको आडमा उनीहरूलाई वर्गसङ्घर्षमा सामेल भई आङ्खनो अधिकार सुरक्षित गर्न यस गीत संग्रहमा आग्रह गरिएको छ ।

२.३ विदेशिएका नेपालीहरूको समस्याको चित्रण

नेपालमा आर्थिक दुरावस्था, सामाजिक उत्पीडन र वेरोजगारी समस्याले नेपली युवाहरू विदेशिने कार्य दिनानुदिन बढिरहेको छ । गाउ“घर र सहर विउ“झउने, विकासको मूल फुटाउ“ने युवा जनशक्ति विदेशिनु राम्रो होइन । यसरी विदेशिएका युवाहरू विदेशमा गएर पनि आङ्खना सपनाहरू पूरा गर्न सक्दैनन् । उनीहरू विदेशका गल्लीहरूमा दुःखका दिनहरू गुजारिरहेका हुन्छन् । घरमा साहूको दमन र अत्याचार उत्तिकै तीब्रताका साथ बढिरहेको हुन्छ । विदेशिएका नेपालीहरूका यिनै दुःख र पीडाहरूलाई विषयवस्तु बनाएर रक्तिम सांस्कृतिक अभियानले गीतको रूपमा रक्तिमका गीतहरूमा समावेश गरेको देखिन्छ ।

भारतमा रहेका नेपालीहरूको कथा दुःखलाग्दो छ । उनीहरू बाटो बनाउ“ने कुल्ली काम गरिरहेका भेटिन्छन् । बालबच्चाहरू साथमा बोकेर ढुङ्गा पल्टाइरहेका ती नेपालीहरूको पीडा कम दर्दनाक छैन । उनीहरूका छोराछोरी त्यही जन्मेर हुर्केका छन् तर उनीहरूको कुनै भविश्य छैन । उनीहरू कुल्ली काम नेपालमा पाएको भए पक्कै विदेशिने थिएनन् । यही विदेशिएका नेपालीको पीडालाई गीतमार्पmत् यसरी व्यक्त गरिएको छ ः

डुल्दै हिड्दा भारतमा नेपालीको कथा भेटियो

आ“सु रगत पसिनामा जीवन गाथा भेटियो

भेटे“ मैले कुल्ली साथी बाटो बनाउ“नेलाई

बाल बच्चा साथमा राखी ढुङ्गा पल्टाउ“नेलाई

छोराछोरी जन्मे हुर्के नेपाली माटोमा

बास उनको एउटा झुप्रो पुसको जाडोमा

(डुल्दै हिड्दा भारतमा, पृ ः ९)

बेरोजगारी समस्याले विदेशी सेनामा भर्ती भएका नेपालीहरू आङ्खनो रगत विदेशी भूमिमा बगाइरहेका हुन्छन् । घरमा श्रीमती तथा छोराछोरीहरू पति र बाबुको पर्खाइमा बसिरहेका हुन्छन् । फोक्ल्याण्डमा यस्तै नेपालीहरूको दिनचर्या गीतको माध्यमद्वारा यसरी प्रस्तुत गरिएको छ ः

फोक्ल्याण्डको टापुबाट जङ्गलको बीचबाट

लेखिरहेछु चिठी तिमीलाई लडाइको मैदानबाट

रगतले भिजेको छ शरीर मेरो सारा

जङ्गलको बास छ झाडीको सहारा

राइफललाई का“धमा राखी जङ्गलभरि डुल्छु

बन्यजन्तु मारीमारी का“चै मासु खान्छु

(फोक्ल्याण्डको टापुबाट, पृ ः ५)

नेपालमा बेरोजगारी समस्या, आर्थिक शोषण, उत्पीडन र असमानताका कारण युवाहरू नेपाली माटोमा विकासका कार्यहरू गर्नुको सट्टा विदेश पलायन हुन बाध्य छन् । उनीहरूलाई देश विकासमा लगाउन सकेमा हाम्रो देश विकसित हुन सक्छ । उनीहरूको अभाव नेपालमा खड्केको छ भन्ने कुरा रक्तिमका गीतहरूमा प्रकट गरिएको छ ।

कोही पूmल पुगे समुन्द्र पारि अरवको भूमिमा

कोही पूmल पुगे भारत अनि मलाया छाउनीमा

डढेका होलान् ती पूmलहरू त्यो रातो आगोले

सकेन भुल्न ए पूmल तिमीलाई यो देशको माटोले

( नेपाली माटो, पृ ः ५२ )

रहरले आङ्खनो देश छाडेर कोही पनि विदेशिएको हु“दैन । सबै विदेशिनेहरू आङ्खनो देशमा योग्यता अनुसारको रोजगार पाएका भए खुशीसाथ आङ्खनो देशमा पसिना बगाउ“थे । यही सत्यतालाई रक्तिमका गीतहरूले उजागर गरेका छन् ।

रहरले होइन विदेशको गल्ली कुरेर बसेको

बा“च्ने ठाउ“ पाएनौ“ त्यो देशमा हामी विदेशमा डुलेको

( परदेशीको सन्देश, पृ ः ८० )

घरमा मिलेर बसेका युगल जोडीहरू छुटिनुको पीडा पनि कम दुःख लाग्दो हु“दैन । पति विदेशिने र घरमा पत्नीले कष्टकर जीवन विताउ“नु पर्ने हाम्रो शोषणयुक्त सामाजिक संरचनालाई रक्तिमले उल्लेख गरेको भेटिन्छ ।

कसरी गयो छोडेर गाउ“ कसले पठायो

यो मुटु लुछी कसले उसलाई नौडा“डा कटायो

हितका जोडी छुटाइदिने यो दुष्ट चलन

हजारौ“ चेली उठ्ने छौ“ भोलि यो थिति फालन

( आएन परदेशी, पृ ः १६ )

जीवनमा आइपरेका आर्थिक दुरावस्था, सामाजिक उत्पीडन, असमानता र सम्पूर्ण अभावहरूलाई मेटाउने सुनौलो सपना बोकेर आङ्खनो भएको घरबारी पनि बेचेर विदेशिएका नेपालीहरू विदेशमा पनि झन् अन्धकारमय र अनिश्चयको जीवन बा“चिरहेका छन् । यिनै यथार्थ दुःखदायी घटनाहरूलाई गीतको माध्यमद्वारा रक्तिमका गीतहरूमा व्यक्त गरिएको देखिन्छ ।

नौ डा“डा काटी छोडेर आए“ त्यो पाखा पखेरो

विदेशमा आज जीन्दगी झन् झन् हु“दैछ अ“धेरो

( बिरानो भयो, पृ ः ९८ )

सिमाना काटी परदेश आयौ“

दश हण्डर खायौ“ झन् दुःख पायौ“

फर्केर जानलाई छैन दाम पनि

बसेर खानलाई छैन काम पनि

( परदेशी नेपाली, पृ ः१०१ )

रक्तिमका गीतहरूमा विदेशिएका नेपालीहरूका समस्या, पीडा र बेदनाहरू मात्र उजागर गरिएको छैन, त्यसको समाधानका लागि वर्गसङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश पनि दिइएको छ । यसको लागि विदेशका गल्लीहरूमा यातनायुक्त जीवन बिताउ“नुभन्दा सर्वहारा श्रमजीवी जनताहरूको मुक्तिको निम्ति विद्रोह गर्न आह्वान गरिएको छ ।

उठ्नु प¥यो विदेशमा कुल्ली गर्ने दाइ

उठ्नु प¥यो विदेशमा सुरुङ खन्ने दाइ

उठ्नु प¥यो विदेशमा मजदुर गर्ने भाइ

ङ्याक्नै प¥यो हाम्लाई दुःख दिने शासनलाई

भन्दै आज मुग्लानमा विद्रोहको लहर भेटियो

नया“ जनवाद निर्माण गर्ने आह्वाको नारा भेटियो

( डुल्दै हिड्दा भारतमा, पृ ः १० )

सर्वहारा श्रमजीवी जनताहरू एक भएर आङ्खनो राज्य स्थापना गर्न विदेशिएका श्रमजीवीहरू आङ्खनै गाउ“ फर्कदैछन् भन्ने आशावादी स्वरहरू यस गीत सङ्ग्रहमा व्यक्त गरिएको छ ।

हट्ने छ पक्कै यो आकाशको कालो

फाट्ने छ एक दिन शोषकको जालो

आउ“ने छ छिट्टै नै गरिबको पालो

साथीभाइ भेट हु“दै ठाउ“–ठाउ“मा

फर्कदै छु मेरै गाउ“मा, हो.... फर्कदै छु मेरै गाउ“मा

( फर्कदै छु मेरै गाउ“मा, पृ ः ८८ )

यी र यस्तै गीतहरूबाट रक्तिमका गीतहरूमा विदेशिएका नेपालीहरूका समस्याहरूको चित्रण गरिएको भेटिन्छ ।

२.४ बिस्तारवाद र साम्राज्यवाद विरुद्ध राट्रिय चेतना

देशभक्ति र राट्रियताले ओतप्रोत भएका गीतहरू रक्तिमका गीतहरूमा सङ्कलित छन् । राष्ट्रियता निरपेक्ष हु“दैन, यो सामन्तवाद, बिस्तारवाद र साम्राज्यवाद विरोधि आन्दोलनस“ग गा“सिएको हुन्छ भन्ने कुरा रक्तिम सांस्कृतिक अभियानका गीतकारहरूले आत्मसात् गरेको पाइन्छ ।

नेपालको सत्ता र सिमामाथि भारतीय बिस्तारवादको ठाडो हस्तक्षेप र त्यसविरुद्ध जनपक्षिय आवाज गीतको माध्यमबाट उजागर गरेको पाइन्छ ।

छोड छोड बिस्तारवाद नेपाल भूमि छोड

भारतीय सेनाहरू कालापानी छोड

( छोड छोड, पृ ः ९९ )

नेपाली भूमिमा आ“खा गाडेर दिनानुदिन सीमा क्षेत्रका नेपालीहरूलाई विस्तापित गरी दशगजाका पिलरहरू सारिएका उदाहरण आज पनि देख्न सकिन्छ तर आपूmलाई राष्ट्रवादी भन्न रुचाउ“ने शासकहरू भारतस“ग सीमा मिचिएको बारेमा कहिल्यै कुरा उठाउ“न सक्दैनन् । उनीहरू भारतीय हस्तक्षेप सहेर भए पनि उनीहरूको आशिर्वादमा आपूm सत्तामा टिकीरहन चाहन्छन् जसको परिणाम सीमा क्षेत्रमा हामी नेपालीहरू हजारौ“ विगाह जमिन गुमाउन बाध्य छौ“ । सर्वहारा वर्गको राज्य स्थापना नभएसम्म विस्तारवादका छत्रछा“यामा आपूmलाई राष्ट्रवादी भनाउ“दाहरू नेपाली आमाका अङ्ग–अङ्ग बेच्न पछि पर्दैनन् । यही यथार्थलाई गीतको माध्यमद्वारा देखाइएको छ ।

सर्वहारा वर्गको राज भएमा

लाली गुरा“स फुल्ने छ हाम्रो आ“गनमा

राष्ट्रिय मुक्तिको नया“ बिहानमा

चन्द्र सूर्य चम्किने छ नया“ गगनमा

छोड छोड विस्तारवाद तेरो हैकम छोड

भारतीय सेनाहरू मेची सीमा छोड

( छोड छोड, पृ ः ९९ )

बिस्तारवादी र साम्राज्यवादी हस्तक्षेप विरुद्ध नेपाली जनतालाई जागरुक बनाउ“ने र नेपाली समाजको रूपान्तरण गर्ने अभियान नै रक्तिम सांस्कतिक अभियान हो भन्दा अतियुक्ति नहोला । रक्तिमका गीतहरूमा नेपाली भूमि अतिक्रमणको बारेमा जनतालाई सुसूचित गर्दै उनीहरूका विरुद्धमा जनआन्दोलन र क्रान्तिको उभार ल्याउनु पर्छ भन्ने सन्देश दिएको पाइन्छ ।

खबरदार दुस्मनहरू जनता उठ्दै छन्

ठाउ“ ठाउ“मा आन्दोलनको आ“धी उठाउदै छन्

पूर्व पश्चिम सङ्घर्षको ज्वाला दन्कदैछ

बिस्तारवादी झण्डा त्यो अव च्यातिदैछ

(पश्चिमबाट, पृ ः ११०)

यस गीत सङ्ग्रहमा भारतीय बिस्तारवादी नीतिले नेपाली पीडित भएको यथार्थता गीतद्वारा व्यक्त गरिएको छ ।

भारतीय सेना पुलिस देशमा पसिसक्यो

बिस्तारवादी नीतिले देश डसिसक्यो

भारतीय बिस्तारवाद हाम्रो सीमा छोड

कालापानी छोड अब हाम्रो भूमि छोड

( पश्चिमबाट, ११० )

यी र यस्तै गीतहरू मार्फत विस्तारवाद र साम्राज्यवाद विरुद्ध राट्रिय चेतना फैलाउ“ने प्रयास गरिएको देखिन्छ ।

२.५ सामाजिक विकृति एवम् विसङ्गति विरुद्ध मुक्तिको प्रतिवद्धता

रक्तिमका गीतहरूमा समाजमा विद्यमान सांस्कृतिक, आर्थिक, लैङ्गिक जातिय आदि शोषणयुक्त संस्कृतिको विरुद्ध आवाज उठाइएको देखिन्छ । समाजमा रहेका सर्वहारा श्रमजीवी जनताहरूको मुक्तिको लागि उनीहरूलाई आपूmमाथि गरिएको सबै प्रकारका शोषण बिरुद्ध विद्रोह गर्न उत्प्रेरित गरिएको छ ।

दुई छाक टार्न सारो भो हामीलाई मजदुरी बढाइ दे

बालबच्चा पाल्न गाह्रो भो हामीलाई वेतन बढाइ दे

भनेर ता“ती लगाउनेलाई सरकार लाठीले ढाल्दै छ

फेरि पनि शकुनी पासा फाल्दै छ, गोली चल्दै छ

( फेरि पनि हुकुमी शासन चल्दै छ, पृ ः ३४ )

श्रमिकहरूका जायज मागलाई पूरा गर्नुको साटो दमन गरी सत्ता टिकाउन खोज्ने सामान्तहरूको प्रवृत्तिको उजागर गर्दै यस गीतले श्रमिकहरूलाई सचेत गराएको छ ।

अन्याय र अत्याचार एक दिन अन्त हुनै पर्छ । सत्यको जीत सुनिश्चित छ । श्रमजीवी जनताका दुःख, कष्ट र यातनाका कहाली लाग्दा अ“ध्यारा दिनहरू धेरै बितिसके । सधैं असमानता र दमन सहेर चुप लागी बस्नु हु“दैन भन्ने भावना रक्तिमका गीतहरूमा व्यक्त गरिएका छन् ।

अ“ध्यारोमा रु“दा रु“दै बिते कति रात

वर्ष बिते, महिना बिते बिते कति साता

भोको पेट, नाङ्गो सहदैनौ“ सब

पिल्सिएका चुप लाग्दैनौ“ अब

( उज्यालो आउ“दै छ, पृ ः १५ )

आङ्खनो अधिकार प्राप्त गर्न गरिबहरू एक भएर उठ्नु पर्दछ अनि सामन्तहरूले बनाएका काला कानुनहरू च्यात्नु पर्दछ भन्ने सन्देश दि“दै गरिबहरूको राज्य स्थापना गर्न देशमा भैरहेको सर्वहारावादी लडाइमा सामेल हुन रक्तिमका गीतहरूमा आग्रह गरिएको छ ।

गरिब दुःखी मुक्तिको लागि एक गुठ हु“दै छन्

सामान्ती काला नियम कानुनलाई आगोमा पोल्दैछन्

नथाकी उठ गरिब हो फेरि यो सत्ता ढल्दै छ

गरिबको राज्य बनाउन ठूलो लडाइ चल्दै छ

( फेरि पनि हुकुमी शासन चल्दै छ, पृ ः ३४ )

जनताको आन्दोलनमा जनविरोधी शासकहरूले गरेका बर्बर अमानवीय दमनलाई विषयबस्तु बनाएर रक्तिमका गीतहरू लेखिएका छन् । घरभित्र बसेकी सानी बहिनी र दोबाटोमा हिड्दै गरेको सानो भाइलाई पनि गोली हान्ने हत्यारो शासन विरुद्ध वर्गयुद्ध चलेको छ भन्ने कुरा रक्तिमका गीतहरूमा व्यक्त गरिएको छ ।

भ्mयालबाट गोली हान्यो प्यारी बैनीलाई

दोबाटो मै गोली खाइ ढल्यो सानो भाइ

नरौ अब चेली कोही नरौ आमा मेरी

वर्गयुद्ध चर्कदैछ सारा देश भरि

( फलामे छाती, पृ ः ४५ )

श्रमजीवी जनताको लागि हजारौ“ योद्धाहरू गोली निलेर सहिद भए, कति अपाङ्ग भए अनि कति बेपत्ता भए । यिनै योद्धाहरूको सम्झनामा रक्तिमका गीतहरू कोरिका छन् ।

नशा नशामा शिरा शिरामा

उम्लिरहेको रगत बोकी

भोकाउ“दै हिड्थ्यो तिर्खाउ“दै हिड्थ्यो

अदम्य बेगलाई रोक्दै नरोकी

( पातलो एउटा शरीर, पृ ः ४६ )

शोषकहरू विरुद्ध वर्गयुद्धमा होमिएका योद्धाहरूलाई जस्तोसुकै कठिनाइमा पनि शाहसका साथ अगाडि बढ्न प्रेरणा दिने सन्देशहरू रक्तिमका गीतहरूका विषयवस्तु बनेको पाइन्छ । युद्धको समयमा आङ्खना छोराछोरीका लाशहरू देख्दा आमाका आ“खाबाट बलिन्द्रधारा आ“सु खस्छन्, श्रीमतीका चुरा फुट्छन् अनि बालबालिका भोकले रुन्छन् तर वीरहरू यस्ता कुराबाट विचलित हुनु हु“दैन भन्ने भाव बोकेका रक्तिमका गीतहरूले युद्धरत योद्धाहरूलाई थप ऊर्जा थप्ने गरेको पाइन्छ ।

आमाहरूका आ“खाबाट बलिन्द्र धारा आ“शु झरून्

चुरा फुटून् डोरी चुडिऊन् बच्चाहरू भोकले सुकून्

बाबुहरूका आ“खामा बादलका लहर उठून्

तर क्रान्तिकारीहरू हा“स्दै मर्न तयार बनून्

( लेप्mट, राइट कदम बढाऊ, पृ ः २३ )

लडाइमा निस्केका क्रान्तिकारी वीरहरू आङ्खनो लक्षमा नपुगी कहिल्यै थाक्दैनन् र राकिदैनन् । लडाइको मैदानमा पनि आङ्खना जीवनका अन्र्तसङ्घर्षहरूलाई चिर्दै अगाडि बढ्छन् । व्यक्तिगतभन्दा वर्गीय स्वार्थलाई प्राथमिकता दिने बानी यिनीहरूमा हुन्छ भन्ने सन्देश गीतको माध्यमबाट रक्तिमका गीतहरूमा व्यक्त गरिएको देखिन्छ ।

लडाइ खेल्ने वीरहरू थाक्ने छैनन् कहिल्यै

बढ्छन् झनै लक्षतिर पुगिदैन जहिले

लडाइभित्र लडाइ खेल्दै अघि बढ्छन् योद्धा

मुठी उठाइ यही कसम खाऊ“

झुल्किनछन् घाम झनै अघि जाउ“m

( नफर्कौ“ साथी, पृ ः २१ )

शासकहरू शासितहरूलाई सधै“ दमन गरेर आङ्खनो सत्ता टिकाउन चाहन्छन् तर सधै“भरि यस्तो सम्भव हु“दैन । जव शासित शासकहरूमाथि आ“धी बनेर जाइलाग्छन् अनि शासकहरूको स्वर्ग ढल्न करै लाग्छ । अन्याय, अत्याचार र दमनको पर्खाल जनक्रान्तिको ज्वालाले भत्काइदिन्छ । क्रान्तिकारीहरूका यिनै विश्वासहरूलाई रक्तिमले गीतको माध्यमद्वारा उजागर गरेको देखिन्छ ।

कालो अ“ध्यारो भो बमको तुवालोले

सारा खरानी भो रणको जुवालोले

गोली छाती भरि सङ्गीन गर्धनमा

शोषित जुर्मुरायो शोषक ढल्छ ढल्छ

नौलो जनक्रान्तिको आ“धी चल्छ चल्छ

( पूर्व झन रातो भो, पृ ः ३९ )

रक्तिमका गीतहरूमा गीतकारहरू वीर योद्धाहरू सबैलाई आङ्खनै छोराछोरी र वर्गीय स्वार्थका लागि व्यक्तिगत जीवनलाई तिलाञ्जली दि“दै युद्धमा होमिन प्रेरित गर्ने सबै आङ्खनै आमाहरू हुन् भन्ने भाव गीतद्वारा व्यक्त गर्दछन् ।

आङ्खनो अर्को नभनेर माया गर्नु मेरा साथी सारालाई

हामी रोए शत्रु हा“स्छ रोक्नु आमा आ“सुधारालाई

सङ्घर्षमा साथ दिने सबै मेरा आमाहरू हुन्

सङ्घर्षमै छाती खोल्ने सबै तिम्रा छोराछोरी सम्झनु

( म मरे पनि मलाई, पृ ः ४० )

रक्तिम सांस्कृतिक अभियानले आङ्खना गीतहरूको उद्देश्य श्रमजीवी जनताको मुक्तिको लागि गरिबहरू अनि शोषितपीडितहरूलाई एकीकृत गर्दै सामन्तवाद र साम्राज्यवाद विरुद्धको लडाइलाई ऊर्जा दिनु र सर्वहारावादी समाज तथा संस्कृतिको स्थापना गर्नु हो भन्ने कुरा गीत मार्फत व्यक्त गरेको पाइन्छ ।

शोषणले पिल्सिएका मजदुरहरूलाई

लेलिन र स्टालिनको कथा सुनाउ“दै

व्यभिचारको चौघेरामा चेलीहरूलाई

चियाङ्चिङ र ताओचिङका गाथा सुनाउ“दै

गाउ“ गाउ“ बस्ती बस्ती गाउ“दै हिड्छु म

( सारङ्गी रेट्दै छु, पृ ः ३८ )

चिनेर गरिबका शत्रु सम्झाउ“दै यी सर्वहारालाई

गाउ“मा आइपुग्यौ“ बैनी घा“टीमा बा“धेर रातो टाई

( कम्मरमा खुकुरी भिरी, पृ ः ४८ )

तिम्रो रक्तरञ्जित क्रन्दन अव दश दिशा ल्यायो रङ्ग

यो सयौ“ वर्षको बन्धन एक साथ गरिदिऊ“ भङ्ग

( उठ उठ उठ भोका बन्दी, पृ ः४४ )

मुक्तिकामी जनताको सामन्तवाद र शोषण विरुद्धको आन्दोलन सुनामी बनेर सडकमा पोखिएपछि शासकहरूको जस्तोसुकै आतङ्क र दमनले पनि त्यो रोकिदैन भन्ने भाव बोकेका वर्गसङ्घर्षका गीतहरू रक्तिमका गीतहरूमा सङ्कलित छन् ।

आतङ्क देखेर अव

के रुक्थ्यो सचेत यो वर्ग

झन उच्च हु“दैछ अव

जनताको यो वर्ग सङ्घर्ष

( फुल्दैछ लेकैमा पूmल, पृ ः ११५ )

कुनै पनि शासकहरू जनताको आन्दोलन अगाडि टिक्न सक्दैनन् । रूसको जार शासन होस् वा जर्मनी हिटलरी शासन जनताको अगाडि बन्दुक र सैनिक शक्तिले टिक्न सकेनन् । जनताको मुखमा चुकुल ठोकेर अङ्खनो शत्ता लम्ब्याउन खोज्ने सामन्ती शासन विरुद्ध जनता बन्दुक बोकेर वर्गङ्सघर्षमा उत्रेको सर्वहारावादी क्रान्तिकारी स्वर रक्तिमका गीतहरूले उल्लेख गरेको भेटिन्छ ।

क्रान्तिको उर्लेको भेल रोकिदैन बन्दुकले छेकेर

नतेर्सा सङ्गीन धार जनताको शक्ति छ अपार

रूसको जारको शक्ति टिकेन जनताको अगाडि

जर्मनी हिटलरी शासन टिकेन जनताको अगाडि

जनता लाग्दैन चुप मुखमा चुकुल ठोकेर

फर्काउन गरिबको राज उठ्दैछ बन्दुक बोकेर

( जनताको शक्ति छ अपार, पृ ः २० )

जनता नै अजय शक्ति भएकाले उनीहरूलाई शासन गर्न खोज्ने शासकहरू विरुद्ध जनता आ“धी बनेर आए परिवर्तनलाई कसैले रोक्न सत्तैmन भन्ने कुरा रक्तिमका गीतहरूमा व्यक्त गरिएको छ ।

आकाश नछोप त्यो सिंगो रवि उदाए

को रोक्न सक्छ जनता आ“धी बनेर आए

( त्यो काख जलजलाको, पृ ः २८ )

यी र यस्ता गीतहरूबाट रक्तिम सांस्कृतिक अभियानले रक्तिमका गीतहरूमा सामाजिक विकृति र विसङ्गति विरुद्ध क्रान्ति गर्न प्रेरित गर्नुका साथै सर्वहारा मुक्तिको आशातित स्वर व्यक्त गरेको देखिन्छ ।

३.निष्कर्ष

गीत विभिन्न उद्देश्यका साथ लेखिएको पाइन्छ तर विशुद्ध कलावादीहरू कला र साहित्यभित्र उद्देश्य खोजिनु हु“दैन कला र साहित्यलाई कलाको रूपमा मात्र हेरिनु पर्छ भन्ने मान्यता राख्दछन् । यही मान्यताद्वारा सिर्जित गीतहरूले आजभोलि समाजमा उद्देश्यहीन मनोरञ्जन खोजिरहेका छन् जसको कारण समाजमा गीतको नाममा विकृति पैदा भएको देख्न सकिन्छ । यस मान्यताको विपरित प्रगतिवादी गीतकार तथा समालोचकहरू विभेदयुक्त समाजको रूपान्तरण गरी वर्गविहीन समाज स्थापना गर्न माक्र्सवाद, लेनिनवाद र माओविचारधारालाई अगाडि बढाउ“ने उद्देश्यका साथ गीतको रचना गरिनुपर्ने मान्यता राख्दछन् । नेपालमा यस्ताखाले प्रगतिवादी गीतहरू थुप्रै लेखिएका र गाइएका छन् । यस्ता गीतहरूले श्रमजीवी जनताको मन छुने गरेको पाइन्छ । गीतका कारणले जनताहरू आङ्खना अधिकारहरूको बारेमा सुसूचित हुनुका साथै वर्गीय स्वार्थका लागि एकजुट हुने कार्यमा सहयोग पुगेको भेटिन्छ । यस अर्थमा गीत समतामूलक समाज निर्माण गर्न सर्वहारा श्रमजीवी जनताका निम्ति लेखिनु पर्छ जसले हजारौ“ बन्दुकले भन्दा सर्वहारावादी आन्दोलनमा बल पु¥याउन सक्दछ ।

साहित्यको सन्दर्भमा व्यक्तिगत सन्तुष्टिभन्दा समाजको भौतिक विकासमा महŒव दिने, काल्पनिकता भन्दा सामाजिक यथार्थमा विश्वास गर्ने माक्र्सवादी दर्शनबाट अभिप्रेरित साहित्यिक सिद्धान्तलाई माक्र्सवादी सिद्धान्त भनिन्छ । माक्र्सवादका भौतिक सिद्धान्तलाई आधार मानेर सिर्जना गरिने साहित्यलाई माक्र्सवादी साहित्य भनिन्छ (तिमल्सेना, २०६४ ः १–९) । माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भन्ने चलन नेपाल, भारत लगायतका देशहरूमा पाइन्छ । प्रगतिवादी सिद्धान्तलाई आख्यानमा समाजवादी यर्थाथवाद शब्दको प्रयोग बढी गरेको देखिन्छ । प्रगतिवादी सिद्धान्तमा आधारित भएर लेखिने वा गाइने गीतहरूलाई प्रगतिवादी गीत भनिन्छ । माक्र्सवादी भौतिक दर्शनको जगमा उभिएर सिर्जना गरिएकाले रक्तिमका गीतहरूलाई प्रगतिवादी गीत सङ्ग्रहको कोटीमा राखेर हेरिएको छ ।

बिम्ब र भावका दृष्ठिले रक्तिमका गीतहरू उत्कृष्ट छन् भने कलात्मक दृष्टिले मध्यम खालका मानिन्छन् । रक्तिमका गीतहरूले जति जनताको दिमाग छोएका छन् त्यति दिल छुन सकेका छैनन् । कुशलतापूर्वक समाजको यथार्थ चित्रण गर्नु रक्तिमका गीतहरूको अत्यन्त सबल पक्ष हो ।

नेपाली प्रगतिवादी गीतको क्षेत्रमा रक्तिमका गीतहरूले नेतृत्वदायी भूमिका खेलेको पाइन्छ भने यसका अलावा अन्य सांस्कृतिक सङ्घहरू पनि अगाडि आइरहेका देखिन्छन् । नेपालमा ओझेलमा परेका यस्ता प्रगतिवादी गीत, गायक र रचनाकारहरूको खोजी गरी उचित सम्मान दिन आवश्यक छ । जनताका पक्षमा आङ्खनो जीवन अर्पण गर्ने प्रगतिवादी साहित्यकार र कलाकर्मीको खोजी गर्नु राज्यको दायित्व हो । व्यक्तिगत तहबाट पनि प्रगतिवादी गीत, सङ्गीतलाई बढी प्रोत्साहित गर्नु, खोजी गर्नु र मार्गनिर्देश गर्नु आवश्यक देखिन्छ । प्रगतिवादी गीत र साहित्यको माध्यमबाट श्रमजीवी सर्वहारा वर्गको मुक्तिमा सहयोग पुग्ने हु“दा यसको अध्ययन र अनुसन्धान गरी संरक्षण गरिनु आवश्यक छ ।

सन्दर्भ सामग्री

तिमल्सेना, पशुपतिनाथ, २०६४, प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, पोखरा ः ओजन बुक्स एण्ड स्टेसनर ।

बराल, ऋषिराज, २०६३, सङ्गीत र सौन्दर्य, काठमाण्डौं ः प्रगतिशील साहित्य मञ्च ।

शर्मा, जीवन, २०५७, रक्तिमका गीतहरू, पा“.सं., काठमाण्डौं ः नेपाल सांस्कृतिक प्रतिष्ठान ।

................, २०५४, रक्तिम, काठमाण्डौं ः रक्तिम परिवार ।

[email protected]

(लेखक उप.प्रा. हुन् ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।