19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ॐ ब्रह्म

कविता भूमिराज बस्ताकोटी July 9, 2012, 7:51 am

नयाँ सम्भावनाहरूसँगै

नयाँ वृन्दावनमा

आज डेरिडासँग

नाचौँ भैmँ लाग्यो ।

ए ! कौन्तेय कर्ण

आज चाहिएको छ नयाँ गर्भाधान

तिम्रो दानवीरता रूपान्तरित भएर

मानवतामा मानव बोल्नु छ

मलाई सिकन्दरदेखि घृणा छ

ती स्वतन्त्रताका जेलहरू

म किन नमागूँ, बुद्धका मुक्तिहरू

म किन नमागूँ आल्हादित रजनिशका आँखाहरू

जहाँबाट मौनताको चरम चुली चढ्न सकूँ म

ॐ ब्रह्म ।

ए ! नारी

तिम्रो कोमलतामा ‘सुनकेशरी’ पीडा बोल्छ

कति सहने हो त्यो निलो पीडा

घोट घोट ढुङ्गा घोट

आगो निकाल आदिमताको

जङ्गल जङ्गल स्वतन्त्र हिँड्नु छ

महान् यात्रा गर

ए ! कोलम्बस, शून्यबाट हेर

त्यो यात्रा बाटो नबिरायोस् ।

यात्रा शून्यकै हो ए आकाश

तिम्रा अनन्त सम्भावनाहरू

अनन्त मार्गमा रूपायित भएर

बोलाऊ यी भावनाका लहरहरू

तिमी शून्य, म शून्य

आनन्द शून्य

यो शून्यताको अनन्ततामा

एक पटक फेरि भन्छु

ॐ ब्रह्म ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।