17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विश्व वाङ्मयमा स्थापित ‘डायास्पोरा’ पद

विचार प्रा. डा. गोविन्दराज भट्टराई July 9, 2012, 4:07 pm

सर्वप्रथम त नेपाली वाङ्मयको संरक्षण र विस्तारको निमित्त तपाईंहरूले अथक प्रयत्नले जुटाउनु भएको यस ऐतिहासिक सम्मेलनको पूर्ण सफलताको कामना गर्दछ । अघिल्ला वर्ष प्रकाशित यस संस्थाको ए एन ए स्मारिका (२०११) बाट अत्यन्तै प्रभावित छु । म विशोषगरी श्री होमनाथ सुवेदी, श्री वशन्त श्रेष्ठ, डा. गोविन्दसिंह रावत तथा श्री सुन्दर जोशी जस्ता मित्रको अनुरोधलाई हार्दिक रूपले स्वीकार्दै यो कार्यपत्र प्रस्तुत गर्दैछु । आशा छ यसले नेपाल बाहिरको नेपाली भाषा, साहित्य, संस्कृति जस्ता विषयलाई बुझाउन ती उपलब्धीलाई सैद्धान्तिक आधारबाट हेर्न अलिक भिन्न प्रकृतिको विश्लेषण र व्याख्या गर्न अझै सहायता गर्नेछ । सशरीर उपस्थित हुन असमर्थ भए ता पनि म तपाईंहरूका प्रत्येक कर्मको हार्दिक प्रशंसा गर्दै यिनै विचारहरूमा उपस्थित हुन चाहन्छु ।

नेपाल बाहिरको नेपाली साहित्य विषयमा यो सम्मेलनको आयोजना भएको छ । यसलाई विश्वले र त्यसको अनुकरणमा नेपाली साहित्यले पनि डायास्पोरिक साहित्य भन्दै आएको छ । मलाई प्राप्त निमन्त्रणामा भने ‘डायास्पोरा’ शब्द नराखी ‘प्रवासी’ कि ‘आप्रवासी’ बीचमा छनौट राखिएको छ । त्यो पढ्दा मलाई यो निर्देशित अथवा बाध्यात्मक छनोट रहेछ भन्ने लाग्यो र सम्झेँ हाम्रा सम्वार्ताहरू भेटघाट छलफल र निर्णयहरूमा विमर्शका ढोकाहरू खुला राख्नु पथ्र्याे होला । यहाँ त्यसको नितान्त अभाव देखेँ । एउटा अनिर्णित पदलाई सम्मेलनको थिम बनाउनु अलिक अनौठो लाग्छ । किनभने यसअघि नै यस सम्बन्धका लामा चर्चाहरू भाइसकेपछि नै हामी ‘प्रवासी’ ‘आप्रवासी’ आदितिर नलागी ‘डायास्पोरा’ तिर लागेका हौँ । त्यसको इतिहास पनि लामो भइसकेको छ ।

नेपाली साहित्यमा डायास्पोराको इतिहासको बारेमा मैले विस्तृत चर्चा गरिसकेको छु ः यसको लागि सर्वप्रथम डायास्पोरा अध्ययनको नेपाली इतिहास मा प्रवेश गर्नु आवश्यक छ । त्यसपछि प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, न्यूयोर्क अमेरिकाको स्मारिका २००९, दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनको प्रकाशन वाङ्मय २०११ मा यो कुराको टुङ्गो लागेको छ । त्यसो त उत्तरआधुनिक ऐना (२०६२) देखि नै नेपाली साहित्यमा डायास्पोरा चर्चा आरम्भ भएको हो । पछि उत्तरआधुनिक विमर्श (२०६४) प्रकाशित हुँदैखेरि त्यहाँ एउटा लामो खण्ड (पृष्ठ ११५ देखि १९२ सम्म) डायास्पोरा/आप्रवासी साहित्य शीर्षकमा अर्पित गरेको थिएँ । नेपालमा यस विषयको प्रकाशन त्यही पहिलो थियो । विद्वानहरू बीच दुइटै शब्द छनौटमा राखिएका थिए । ‘डायास्पोरा’ ‘आप्रवासी’ अरू पनि शब्द खोज्याँै— देशपारीय, परादेशीय, परासांस्कृतिक, पारदेशीय, परदेशी आदि । यस्ता पदमा पनि हामीले चर्चा ग¥यौँ तर विद्वतवर्गबाट ‘डायास्पोरा’ र ‘डायास्पोरिक’ नै प्रयोग गर्ने निर्णय भएको थियो । गर्दैलाँदा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय एवम् मानविकी तर्फका उच्च कक्षामा एम ए, एम फिल, र पीएचडीसम्म डायास्पोरिक नेपाली साहित्यमा पनि अध्ययन अनुसन्धान गराउन थालियो । त्यतिमात्र नभई गतवर्ष (२०११) देखि नेपाल प्रज्ञाप्रतिष्ठानले पनि पहिलोपल्ट डायास्पोराका नेपाली कविता शीर्षकमा डा. दुवसु क्षेत्रीलाई विद्वतवृत्ति प्रदान ग¥यो । धेरै अघि १९९० को दशकदेखि नै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले डायास्पोराको भावना र स्वरूप विकासमा निरन्तर योगदान गर्दै आउनु भएको हो । परिणामस्वरूप अनेसासले ठूलाठूला पुरस्कार पनि स्थापना ग¥यो; यी प्रदान भइरहेका छन् । यसै सम्बन्धमा ‘डायास्पोरा’ शब्दलाई यथावत प्रयोग गरेर २००९ अगष्टमा भएको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (न्यू योर्क)ले आफ्नो घोषणा पत्रमा यसरी उल्लेख गरेको थियोः

à परम्परागत भाषा, भाव र शैलीको बन्धनबाट मुक्त भएर डायास्पोरिक नेपाली साहत्यिको सिर्जनालाई प्रोत्साहित गर्ने ।

à समालोचनामा डायास्पोरिक साहित्यको सिद्धान्त र व्याख्यालाई प्रोत्साहित गर्ने ।

(स्मारिका पृष्ठ १५९)

पछि अगस्ट २०११ मा लण्डनमा सम्पन्न भएको अनेसासको दोश्रो महासम्मेलनले पनि घोषणापत्रमा एउटा बुँदा यसरी राख्यो ः

à ‘डायास्पोरा’ लाई नेपाली भाषामा आगन्तुक शब्दको रूपमा लिई शब्दकोशमा यसको प्रबिष्टी गराउने ।

(वाङ्मय पृ १७४)

यी सबै महादेशका सहभागीले गम्भीरतापूर्वक सोचेर बुझेर गरेका निर्णय थिए ।

तर २१ औँ शताब्दीसँगै सिर्जना र मूल्याङ्कनका कति नयाँ क्षेत्रहरू टड्कारो भएर आएका छन् । लेखन र समालोचनाका अनेक पद्धतिमध्ये ‘डायास्पोरिक लिटरेचर’, ‘डायास्पोरिक क्रिटिसिजम्’ लाई प्रमुख स्थान दिइएको छ (हेर्नू उल्फ्रेज २००७) । विश्वले त्यसैलाई टिपेको छ र नेपालीमा पनि त्यसैलाई स्वीकार गरिएको हो । ‘प्रवासी’ शब्दले उत्पन्न गर्ने अष्पस्टता र अप्ठ्यारा धेरै छन् । ‘प्रवासी’ को दर्जामा राख्ता उनीहरू समक्ष सदा पहिचानको सङ्कट कहिल्यै समाधान नहुने गरी रहिरहन्छ र उखेलिने संभावना हुन्छ ।

यसै क्रममा मार्च २००९ मा नेहू विश्वविद्यालय अन्तर्गत पूर्वोत्तर भारत सिलाङका नेपालीहरूले स्थापना गरेको बुद्ध भानु सरस्वती कलेजमा आयोजित मेरो प्रवचनको क्रममा मैले ‘प्रवासी नेपाली बन्धुबान्धवहरू’ सम्बोधन गरेको थिएँ; पछि अगष्ट २००९ को वीपी कोइराला फाउण्डेशन, भारत नेपाल लेखकको चौथो सम्मेलन देहरादूनमा पनि तिनै शब्दले सम्बोधन गरेँ । परिणामस्वरूप दुवै ठाउँका सहभागी नेपाली असन्तुष्ट हुँदै स्पष्टिकरण दिए— हामी डायास्पोरिक होइनौँ, ‘प्रवासी’ ‘आप्रवासी’ विदेशी, परदेशी पनि होइनौँ । हामी केवल ‘नेपाली’ हौँ । नेपालमा हुँदा ‘नेपालका नेपाली’ थियौँ; त्यही भूमि भारतमा पर्दा भारतीय–नेपाली हौँ । अझ आसाम, सिलाङ, भूटान, मणिपुर जस्ता हाम्रै पुर्खाले सयौँ वर्ष अघिदेखि आर्जेका भूमि सधैँ हाम्रै हुन् । हामी यहाँ ‘प्रवासी’ कहलिन अस्वीकार गर्दछौँ । पछि देहराइनमा ‘प्रवासी नेपाली’ का तर्फबाट कविता सुनाउने समय माग्दै स्रष्टाहरू आए । यसरी भारतमा त्यहीँका नेपाली र अस्थायी रूपले आवागमन गर्ने ‘प्रवासी नेपाली’ को विभाजन छ, तिनीहरूको स्थान र मर्यादा फरक छ अन्य देशहरूमा स्थायी रूपले बसेका, बस्ने आकाङ्क्षामा प्रयत्नशील नेपालीहरूलाई (वा कसैलाई) ‘प्रवासी’ भनिदिनु हुँदैन । यता लखनौदेखि परदेशी बिम्बहरू (२०६८÷०६९ साहित्यिक वार्षिक, वर्ष ४) शीर्षक एक बृहद्आकारको

(पृ ३२४ को) विशेषाङ्क प्रकाशित गरेका छन् । सुरेन्द्र लिम्बू ‘परदेशी’ को नेतृत्वमा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह स्थापना गर्ने र प्रकाशन अघि बढाउने प्रस्तावना पनि लिएर अएका छन् । यसरी भारतीय नेपाली साहित्यलाई हेर्ने विश्लेषण गर्ने हाम्रो दृष्टिकोण भिन्न हुनु पर्दछ । भारतीय–नेपालीहरूले ‘प्रवास’ अस्वीकार्नुको मनोवैज्ञानिक एवम् उपयुक्त कारण छ । एक देशको भूगोल र इतिहासमा रमाइसकेपछि फेरि त्यसबाट ‘मेटिनु पर्ने’ चिन्ता अप्रिय हुन्छ । त्यसैले भारतीय–नेपाली साहित्यका दुईवटा प्रकृति देखिन्छन्— स्थायी नेपालीद्वारा उत्पादित प्रवद्र्धित हो कि अस्थायीद्वारा । त्यसो त यस्तो ‘अस्थायी’ समूहलाई सङ्केत गर्ने गरी प्रवासी नेपाली साहित्य समाज ब्रुनाइ÷बेलायत पनि स्थापित छ । विश्वासदीप तिगेलाको नेतृत्वमा महŒवपूर्ण कार्य गर्दै आएको ब्रुनाइ÷बेलायतमा चलायमान यो संस्था निरन्तर रहला तर ‘स्थायी’ होइन । सबै अधिकार सम्पन्न भएपछि त्यहीँको नागरिक भएपछि फेरि ‘प्रवासी’ ट्याग लगाउँदा असुरक्षाचेतना रहिरहने रहेछ । त्यो भाषालाई आफ्नो बनाउन भारतीय–नेपालीहरू लडेको इतिहास, गरेको सङ्घर्ष सानो छैन । अब ती स्वतन्त्र देशका स्वतन्त्र नागरिक भइसकेपछि फेरि हामीले सम्बोधन गर्दा हुने शब्दप्रति सचेत हुनुपर्छ । त्यसैले टीवी सुब्बा तथा मित्रहरू (२००९) ले नेपालिज अव् इण्डियन ओरिजिन र इण्डियन अव् नेपाली ओरिजिनमा फरक छुट्ट्याएका छन् । अब क्रमशः बेलायत, अमेरिका र हङकङका अन्यत्र पनि स्थायी हुँदै गरेका नेपालीको सामुन्ने देखिएको यही जटीलताबारे गम्भीर विश्लेषण गरिकन नेपाल प्रज्ञाप्रतिष्ठानले २०११ देखि नै पहिलोपल्ट डायास्पोरिक नेपाली साहित्यमा र भारतीय नेपाली साहित्यमा एकएक विद्वत्वृत्ति प्रदान गरेको हो । पहिलो बृत्ति नेपालका स्रष्टा डा. दुवसु क्षेत्रीलाई र दोस्रो गुवाहाटी भारतका डा. खगेन्द्र शर्मालाई प्रदान गरिएको छ ।

यतिखेर केही नेपाली भाषाप्रेमीहरूले डायास्पोराको सट्टा नेपाली शब्द खोज्ने प्रयत्न गरेको खबर आउँदैछ । तर यो त्यति महŒव राख्ने कुरा होइन भन्नेमा म विश्वस्त छु । ग्लोबल परिवेशमा बाँच्न थालेका हामीले अन्य भाषाबाट, संस्कृतिबाट कति शब्द ग्रहण गर्नु परेको छ, तिनको हिसाब गरी साध्य छैन । एउटा नयाँ भाषाले सम्पन्न विश्वसँगको शैक्षिक, प्राज्ञिक, आर्थिक र अझ प्राविधिक आदानप्रदान गर्दा बीस प्रतिशत शब्द अन्यत्रबाटै निरन्तर ग्रहण गर्नु परेको छ । यो स्थिति अझै बढ्दै जानेछ ।

‘डायास्पोरा’ त्यस्तै एक शब्द हो । यो वहुअर्थबोधक एक अवधारणा हो । यसले बाहिरबाट पसेको अल्पसङ्ख्यकहरूको एक (माइनोरिटी) समुदाय, त्यसको द्वैदेशिक संलग्नता, त्यसको अनुभवको नवीनता र विलयनको प्रक्रिया जस्ता अनेक अर्थको पुञ्ज बोकेको हुन्छ । त्यसै अनुसार डायास्पोरिक साहित्य हुन्छ; त्यसको आफ्नै सिद्धान्त छ, डायास्पोरिक कल्चर, स्पेस, आइडेन्टिटी यस्ता धारणाले यो अध्ययन अलगै छुट्टिन्छ । त्यहाँ नयाँ मानिस हुन्छन, तिनीहरूको समाज, राजनीतिक परिवेश हुन्छ, तिनीहरूको संस्कृति हुन्छ, भूगोल हुन्छ, त्यसैले विश्वले एउटा भिन्नताबोधक परिस्थिति र जीवन पद्धति बुझाउन ‘डायास्पोरा’ शब्दको पुनः प्रयोग गरेकोे हो । यसको आदिम अर्थ ग्रिसेलीको ‘डेइस्पर’मा (हेर्नू उल्फ्रेज २००७) ‘परिक्षेपित’ वा ‘निस्काशित’ वा ‘छरिएको’ हुन्थ्यो तर बीसौँ शताब्दीको मध्यदेखि डायास्पोरा स्टडिज्को स्थापना भएदेखि यसको अर्थविस्तार भएर ‘घरदेश’ छोडेर ‘परदेश’ पुगेको वा बोलाएर लगिएको व्यक्ति वा समुह, यसको बचाइका यावत भिन्नताले युक्त जीवन र त्यसैको व्याख्या विश्लेषण भन्ने अर्थ दिन्छ । नेपालीमा डायास्पोराको अनुवाद छैन । भारतीय, फ्रेन्च, जर्मन विश्वका अधिकांश भाषामा अनुवाद छैन । यही शब्द प्रयोग छ । किनभने यसको धारणागत समानार्थी पद अरूसँग छैन । यसका अग्रणी व्याख्याताहरूले, खासगरी नट तथा म्याक्लौलिन (२०११) र नेल्सन (२०१०) ले भनेका छन्— धेरै विचार गरेर हामीले ‘फरिनर’, ‘स्ट्रान्जर’, ‘एलिअन’, जस्ता शब्दको सट्टा विश्वले चलाएको मोर न्यूट्रल (तटस्थ) शब्द ‘डायास्पोरा’ चलाउनु उपयुक्त ठानेका छौँ ।

विश्वभरिका प्रायशः विश्वविद्यालयका पाठ्यक्रममा डायास्पोरा स्टडिज राखिएपछि यस पदले झन् व्यापक रूप ग्रहण गरेको छ । त्यसलाई अनुवाद गर्न खोज्दा अनर्थ मात्र बाँकी रहन्छ । आइ ए रिचार्डस्ले सम वर्डस् आर चार्जड् विथ स्पेशल मीनिङ भनेझैँ कति शब्दहरूमा अर्थको शक्ति घनिभूत हुन्छ । कुनै शब्दले कुनै अवधारणाको सतही वा आंशिक अर्थ मात्र बोक्छन् । त्यसकारण एक शब्दको अनुवाद अर्काे शब्द हुँदैन । हामीले डायास्पोरिक शब्दलाई विदेशी, मुगलाने, परादेशी, प्रवासी, आप्रवासी, पराई आदि भन्न सक्छौँ तर आधुनिक विश्वमा डायास्पोराले जति अर्थ बोक्छ त्यसको दशांस पनि तीमध्ये कुनै शब्दले बोक्तैनन् । किनभने हाम्रा शब्दले ‘डायास्पोरा’ को गुण र विशेषता बोक्नु परेको थिएन ।

एसियाली र अफ्रिकी जगत्का विद्वानहरू यतिखेर ठूलो सङ्ख्यामा ‘डायास्पोरा अध्ययन’ मा समर्पित छन् । फिजी र अफ्रिका लगिएका तमिल, बेलायत पुगेका खालिस्तानी, मलेसिया पुगेका पाकिस्तानी, विश्वभर छरिएका चिनियाँ डायास्पोराले ती व्यक्ति, तिनको नयाँ भूमि, तिनको पुरानोसितको नाता, नयाँ परासांस्कृतिक विश्व (ट्रान्स्कल्चरल जीवन) यस्ता सबै अर्थ एकैचोटि बोकेको हुन्छ । प्रत्येक राष्ट्रले आफ्नो सीमाना भित्र कुनकुन डायास्पोरा बसोबास गर्दछन् त्यसको हिसाब गर्दछ आफ्नाले बाहिर पुगेर कहाँकहाँ ‘डायास्पोरा’ निर्माण गरे त्यसको हिसाब गर्छ । बैधतापूर्वक आवागमन गर्ने हो भने एकजना पनि नागरिक दुवैतिरबाट अदृश्य हुन सक्तैन । अरू कुनै शब्दले नेपालीमा यो बहुआर्थिकतालाई अँगाल्न सक्तैन । अघिल्लो पल्ट (२०१०) थाइल्याण्डको चुन्थाइबुरीस्थित रम्भाइ बार्नी विश्वविद्यालय गएको अवसरमा यस विषयको व्यापक आध्ययन देखेको थिएँ । यसपालि (२०१२) कोरिया भ्रमणका क्रममा चोम्बुक न्याशनल युनिभर्सिटी तथा मोक्पो न्याशनल युनिभर्सिटीमा सञ्चालित डायास्पोरा स्टडिज सेन्टरहरू र तिनीहरूको परियोजना देख्ता म छक्क परेको छु । उनीहरूले नेपाली डायास्पोरामा पनि अध्ययन आरम्भ गरेका छन् । अरू युरोपेली, अमेरिकी जापानी चिनियाँ विद्वानसँग भेट भयो, ती पनि आआफ्ना डायास्पोराको अध्ययनमा समर्पित छन् ।

नेपालीको अध्ययन भर्खर छ । कुनै पनि साउथ एसिअन डायास्पोरा स्टडिजमा नेपाली अझै देखिएको छैन; रोबिन कोहेनको ग्लोबल डायास्पोरा (२००८)मा अझ नेपालको नाम छैन । अब नेपालीले आफैँ कस्सिनुपर्ने दिन आएको छ । (सर्वप्रथम माइकल हटले १९९८ मा ‘नेपाली डायास्पोरा’ मा अध्ययन गरेपश्चात कनुैकुनै प्रकाशनमा भर्खर नेपालको नाम आउन थालेको छ) ।

प्रस्तावक मित्रहरू, यो कार्यक्रम ‘प्रवासी’ शब्दको अर्थ साहित्यसँगमात्र जोडिएको सम्झनेगरी गर्नुभएको छ । तर विश्वयथार्थ भिन्न छ । साहू (२०१२) को ग्लोबल इण्डिअन डायास्पोरा हिष्ट्री कल्चर एण्ड आइडेन्टिटी (२०१२) जस्ता प्रकाशनले प्रष्ट पार्दछन्— यसभित्र साहित्य मात्र होइन बसैँ सराईको इतिहास, निस्काशन, आप्रवाशनको आरम्भ कहिलेदेखि भयो आज तिनको संस्कृति के कस्तो छ, ती कुराको अध्ययन भएको हुन्छ । यस कृतिमा ग्लोबल इण्डियन डायास्पोराको इतिहास छ, त्यसो त भारतको र नेपालको डायास्पोरिक इतिहासिक फरक छ, तथापि विश्वमा चीनपछि सबैभन्दा बढी डायास्पोरामा वितरित (धेरै जनसंख्या बाहिर पुगेको) मुलुक भारत भएकोले भारतसित सम्बद्ध डायास्पोरा अध्ययनबाटै हामीले पनि सिक्नुपर्दछ । उपनिवेशकालमा उनीहरू मलाया कसरी लगिए, जर्मनी कसरी लगिए, अफ्रिका र क्यारिविअनमा कसरी पु¥याइए आज उनीहरूको परिचय कस्तो छ भन्ने उल्लेख छ । तिनीहरूको स्थिति हेर्नलाई साहित्यको सहयोग लिइन्छ । यसरी डायास्पोरा अध्ययनको एक सानो अंश भएर डायास्पोरा साहित्य आएको छ । नेपालीलाई पनि त्यसरी हेर्ने समय भएको छ । ‘डायास्पोरा’ भन्नु नै पोष्टमोर्डन कण्डिशनको एक स्वरूप होे, जहाँ मिश्रितता हुन्छ, केही नवीनता हुन्छ, मेट्ने र लेख्ने प्रकृया तीव्र हुन्छन्; ‘माइनोरिटी’ भएकोले ‘पहिचान समस्या’ केन्द्रमा हुन्छ ।

त्यसैगरी राजेश राई र पिटर रिभ्जको द साउथ एसिअन डायास्पोरा (२००९) मा परादेशीय संजाल र मानिसका बदलिइरहेका परिचयको अध्ययन छ जस्तो कि सोसिओलोजिकल रिफ्लेक्सन इन् डायास्पोरिक बंगलादेशिज् इन् सिङ्गापुर एण्ड युएस; लेबर, डेमोक्रेटाइजेशन एण्ड डिभलपमण्ट इन इण्डिया एण्ड पाकिस्तान आदि । यसै कृतिमा भारतीयहरू कुनकुन देशमा कुन दक्षतामा पुग्दछन् भन्ने कुरा गर्दा नेपालमा ‘कन्स्ट्रक्शन’ अन्तरगत आउनेमा पारिएका छन् (पृ.२६) भने वीसी उप्रेतीले एउटा रचनामा इण्डिअन डायास्पोरा इन नेपालको चर्चा गरेका छन् । अजय साहूको सोसलजी अव् डायास्पोरा (२००७) ले यसको सामाजिक पक्षको मात्र विश्लेषण गर्दछ । किम नट र म्याक्लौलिनको डायास्पोराजः कन्सेप्टस्, इन्टरसेक्सन्ज आइडेन्टिटी (२०११) ले त्यहाँ कति विविध विषय मिसिन्छन् र डायास्पोरिक कम्युनिटिको पचिाहन कसरी स्थापित हुन्छ भन्ने विषयमा विषेश अध्ययन गरेका छन् । त्यसो त ‘डायास्पोरा’ भनेको वहुविषय केन्द्र अथवा अन्तरविषय केन्द्र मात्र नभई नयाँ परिभाषा अनुसार यो पारविषय (ट्रान्स्डिसिप्लिनरी) अध्ययन केन्द्र हो । एउटा देशभित्रका जाति, संस्कृति, धर्म, भाषा, आर्थिक जीवनका विषयमा जे जति अध्ययन क्षेत्र हुन्छन्, तीभन्दा बढी डायास्पोरा क्षेत्रमा हुन्छन् । त्यसैले ‘डायास्पोरा स्टडिज’ कहिल्यै एकपक्षीय अध्ययन हुन सक्तैन । डायास्पोरा द्विपक्षीय हुँदै सर्वपक्षीय सम्बन्ध र स्थितिबोधको विषय हो । अतिथि र आतिथेय (गेष्ट एण्ड हष्ट) दुवै देशका सन्दर्भमा मात्र यसको अध्ययन सम्भव छ । किनकि त्यो जीवन अन्य भूगोल, इतिहास, भाषा, राष्ट्रियतासँग जोडिन बल गरिरहेको हुन्छ । डायास्पोराको प्रमुख विषय नयाँ ठाउँमा संस्कृति निर्माण र परिचय स्थापना हुन् । यसको निमित्त दशकौँदेखि शताब्दीऔँसम्म लागेको इतिहास छ । त्यस अवधिमा लिखित साहित्यबाट ती कुरा प्रकट भइरहन्छन् । यसको प्रमाण उमा परमेश्वरनको राइटिङ द डायास्पोरा (२००७) ले प्रस्तुत गर्दछ । उनले क्यानाडाली–भारतीयको लेखनबाट डायास्पोराबोधक सारा चरित्र देखिएकी छन् ।

सबैभन्दा ठूलो महŒवको प्रकाशन त नेल्सन (२०१०) को राइटर्स अव् दि इण्डिअन डायास्पोरा हो । यसमा सल्मान रुश्दी, भिएस नैपल, निरद सी. चौधरी, अनिता देशाई जस्ता विश्वप्रसिद्ध विभिन्न इण्डियन डायास्पोराका लेखकको परिचय छ । भारतीय साहित्यको झण्डै एक चौथाई सिर्जना र विश्वस्तरमा स्थापित स्रष्टा अनेक डायास्पोरामै छन् भने नेपाल भर्खर पाइला टेक्तै छ । नेपालीमा होमनाथ सुवेदीले संस्थागत गर्न खोज्नु भएको ‘अनेक डायास्पोरा’को अवधारणा अत्यन्तै महङ्खवपूर्ण छ । हालै प्रकाशित अनेक डायास्पोराका कविता (२०१२) ले हाम्रो यसतर्फको एक ऐतिहासिक प्रयत्न देखाउँछ ।

वास्तवमा साहू (२०१२) को इण्डिअन डायास्पोरा एण्ड ट्रान्सन्याशनालिजम जस्तो कृतिले प्रष्ट पार्दछ यो एक परादेशीय समुदायको अध्ययन हो, यसका कला, संस्कृति, मिडिया, साहित्य, वस्त्र, धर्म, खाना सबै जोडेर हुने परिचयको खोजी हो । त्यहाँ भएका ‘डायास्पोरा स्टडिजका समकालीन विमर्श’

(कन्टेम्पोरेवरी डिस्कोर्श अव् डायास्पोरा स्टडिज) अथवा टुवार्डस् ट्रन्सन्याशनल स्टडिज जस्ता रचनाले ‘डायास्पोरा स्टडिज’ को सैद्धान्तिक आधार र यसको बढ्दो महŒव प्रष्ट पार्दछन् ।

यो परादेशीय समुदाय, सधैँ एक अल्पङख्यक र द्वैध चेतनामा बाँचेको हुने हुनाले अर्थाेकभन्दा पनि पहिचान नै प्रथम सङ्कट हुन्छ । नेपालीहरूले साहित्य संस्कृति कलामा, जीवनको विविध क्षेत्रमा प्रकट हुन जति प्रयत्न गर्दैछन्, खाडीमा, कोरियामा, जर्मनीमा, बेलायत वा युएसमा सबैसबै पहिचानका प्रयत्न हुन् । उनीहरूमा पुरानाको मिथ र नयाँका सपना सँगसँगै हुन्छन् । यी कुराको बृहत चर्चा मैले अनेक डायास्पोराका कविता (२०१२) मा गरेका छु; त्यहाँ नेपाली कविताबाट उदाहरण प्रस्तुत गरेको छु ।

â

यसपछि डायास्पोराले हेर्ने विविध क्षेत्रको केही झल्का प्रस्तुत गर्न चाहन्छु । यसले बसाईंसराइको आरम्भ कहिले भयो र यसको गत्यात्मकता (डाइनामिक्स) कस्तो छ त्यो हेर्छ जस्तो नारायण सम्पादित दि इण्डिअन डायास्पोराः डाइनामिक्स अव् माइग्रेशनमा छ; त्यो जातिले विश्वभरि छरिएर के कस्तो परिचय स्थापित ग¥यो त्यसको अध्ययन गर्दछ जस्तो इन्डिअन डायास्पोराज्ः ग्लोबव आइडेन्टिटिज्मा छ । त्यसो त हाम्रोमा गुर्खाजबारेका प्रकाशनहरू विश्वसाहित्यमा नपुगेको कतै नहोला तर आम नागरिकको सिभिलिअन स्वरूपको वहिर्गमन त १९८० पश्चात ग्लोबल परिवेश अर्कै भएपछिको कुरा मात्र हो । त्यस परिवर्तनमा विश्व राजनीति, अर्थनीति र साइबर संस्कृतिको प्रमुख भूमिका छ । सबै त खुला समयले गर्दा नै विश्व सीमाहीन बन्न थालेको हो ।

डायास्पोरा विषयक अध्ययनमा अन्तराष्र्टि«य स्तरका ठूलाठूला विश्वविद्यालयले यस्तै पाठ्यक्रम बनाएका छन्, उदाहरणार्थ युनिभर्सिटि अव् टोरन्टोको सेन्टर फर डायास्पोरा एण्ड ट्रान्स्न्याशनल स्टडिज हेरौँ । त्यसले देखाउँछ— डायास्पोरा अध्ययनभित्र मानिसको बैध बसाइँ सराई मात्र होइन, अबैध कर्महरू, मानव तस्करी, मल्टिन्याशनल कम्पनी भित्रको शोषणमा परेका अल्पसङ्ख्यक, यो अवैधताको प्रवाह जस्ता क्षेत्रमा अध्ययन भएका छन्; मानव प्रवाहलाई तीव्रता दिन, उसका कति कर्मलाई ढाकछोप गरी अपराधिकरणलाई संरक्षण गर्न साइबर कल्चरले, ग्लोबल संस्कृतिले झन् ज्यादै मलजल गर्दैछ । त्यसैले ‘डायास्पोरा’ शब्द नै कतिपय समस्यासित जोडिएको हुन्छ । यस्ता कुनै ‘अन्य’ अर्थहरू ‘प्रवास’मा हुँदैनन् । डायास्पोरिक खानपानः परादेशीय टेवलहरू तथा खाद्य पदार्थको शैली जस्ता विषयमा पनि अध्ययन भएका छन् । ती सबैमा हामी छौँ तर त्यता पस्न सकेको छैन । ती कुरा व्यक्त गर्न सकेका छैनौँ । अमेरिकी विश्वविद्यालय अन्तरगत भएका डायास्पोरा अध्ययन केन्द्रको सूची मात्र हेर्दा पनि आश्चर्य लाग्दो छ । म कल्पिन्छु युरोप वा अमेरिकामा अध्ययन गर्ने हाम्रा नेपाली विद्यार्थीले यो नवीन रिक्त विषयमा प्रवेश गरिदिए त्यस्ता अध्ययनले हाम्रो स्थितिबोध गर्न, यसको वैज्ञानिक विश्लेषण गर्न कत्रो सहयोग पु¥याउँथ्यो होला । जसले हाम्रो डायास्पोरा ज्ञान र चेतनालाई अरू फराक पार्ने थियो होला ।

कुनैले विश्वको अध्ययन गर्दैछ भने कुनै अध्ययन क्षेत्रीय÷देशीय स्वरूपमा आउँछ जस्तो घोष तथा चटर्जीको इण्डिअन डायास्पोराज इन एसिया एण्ड प्यासिफिक रिजन्ज ः कल्चर, पीपल, इन्टरयाक्शनज् (२००४) ले प्रस्तुत गर्दछ । धेरैले डायास्पोरा फैलनुको परिणाम सम्बन्धित देशको भूमि नै विस्तार हुनु सरह ठान्दछन् । परमिन्दर भाजुले दि एक्स्प्याण्डिङ ल्याण्डस्केपः साउथ एसिअन एण्ड द डायास्पोरामा पिएचडी गरिन् र उनले आफ्नो अध्ययन डेन्जरस डिजाइनः एसिअन विमिन फ्याशन दि डायास्पोरा इकोनोमिक्स; डिजाइनिङ डायास्पोरा मार्केटस, मल्टिपल माइग्र्यान्टस् एण्ड द मल्टिपल डायास्पोराज्; ट्वाइस माइग्यान्ट्स्ः इष्ट अफ्रिकन शिख सेट्लर्स इन ब्रिटेनसम्म बिस्तार गरिन् । यस्ता शीर्षकले कति विविध र सूक्ष्म विषयक्षेत्र रहेछन् भन्ने थाहा हुन्छ । यो अन्तिमको शीर्षक अहिले अमेरिका पुगेका भूटानी शरणार्थीलाई पनि लागू हुन्छ । एकपल्ट नेपाल सरे फेरि युरोप वा अमेरिका— ती डबल माइग्रान्ट भए अरू नेपाली पनि छन्— हङ्कङबाट बेलायत जाने जस्तो, तिब्वतबाट नेपाल पसेर फेरि युरोप पुग्नेजस्तो । यतिखेर कहाँबाट कहाँ भन्ने शब्दको पनि त्यति अर्थ रहँदैन । राष्ट्रसंघको अध्ययन

(२००८) अनुसार तीस करोड मानिस सधैँ ट्रान्जिटमै छन्, उखेलिएका, उडिरहेका, स्थिर हुन खोजिरहेका

(हेर्नू नट तथा मक्लौलिनः २०११) ।

डायास्पोराको मूल अध्ययन बसैँ सराइबाट आरम्भ हुन्छ । त्यो कुरा मिसिनाको द माइग्रेशन रीडर (२००५) ले बताउँछ । एउटा जातिमा वा धार्मिक समूहमा सीमित अध्ययन हुनसक्छन् जस्तो मार्क–एन्थोनी फोल्जोनको कज्मोपोलिटन कनेक्सन्जः द सिन्धि डायास्पोरा (२००४) छ जसभित्र बेलायतमा बस्ने सिन्धी डायास्पोराको १४० वर्षको मानवशास्त्रीय अध्ययन छ । धार्मिक विषयमा मात्र पनि डायास्पोराको अध्ययन हुन्छ जस्तो कि भेर्टाेभिचको द हिन्दू डायास्पोराः कम्पेरेटिव् प्याटन्र्स् (२०००)ले दोखाउँछ भने कसैले विश्वको भ्रमणकारी परदेशी र त्यहीँ बस्ने धार्मिक समूहको अध्ययन गरेका छन्— तेर हारको स्ट्रान्जर्स एण्ड सोजर्नर्सः रिलिजिअस कम्युनिटिज इन द डायास्पोरा (१९८८) । यस भित्र पसेर धार्मिक रूपले हेर्दा अमेरिका विशेष गरेर अफ्रिकीले अनि युरोपमा विशेष गरेर हिन्दू र मुस्लिमले भरिएको देखाउँछ । एउटा देशमा अन्य देशको सबै नागरिकको अध्ययन हुन्छ रोजर बलार्डको देश परदेशः द साउथ एसिअन प्रेजेन्स इन ब्रिटेन; (१९९४) शीर्षक कृतिले बेलायतमा रहेका साउथ एसिअन डायास्पोराको अपार शक्ति, क्षमता र योगदानको चर्चा गरेको छ । वास्तवमा कुनै पनि डायास्पोराले दुवै देशको सेवा गरिरहेको हुन्छ । यसैका ठूलाठूला संगठित रूप छन् । एउटा खास बर्गको गत्यात्मकता बुझाउने जैनको इण्डिअन लेबर माइग्रेसन टु द गल्फ (२००६) जस्तो एउटा सूक्ष्म विषयक्षेत्रको अध्ययन हुन सक्छ; महिलाको मात्रै अध्ययन हुन सक्छ जस्तो कि प्रवार तथा रघुरामको साउथ एसिअन विमिन इन दि डायास्पोराज (२०००) । हाम्रो सन्दर्भमा एनआरएनले प्रकाशित गरेका वार्षिक स्मारिकाहरू सुरेशजंग शाहकृत युके नेपाली एक परिचय (२००८), शरद अधिकारीले तयार पारेको विदेशमा नेपाली सफलताको कथा २०१० जस्ता कृतिको पनि ठूलो महŒव छ ।

यसरी डायास्पोराले विविध क्षेत्र र विषयको अध्ययन गर्ने भएकाले ‘डायास्पोरा’ शब्द प्रयोग नगरेसम्म त्यो समूहले दिने अर्थ आउँदैन; त्यसका विविध पाटाले उत्पन्न गर्ने इमेज पनि उत्पन्न हुँदैन । यो फराक विश्वमा अरूसँगको तालमेलमा चल्नु पर्दछ । तपाईंहरू अमेरिका जस्तो अनगिन्ती माइनोरिटी कम्युनिटी भएको सयौँ ‘डायास्पोराज’ले युक्त देशमा बसोबास गर्ने मित्रहरू, सयौँ विश्वविद्यालयमा डायास्पोरा सम्बन्धी उच्च अध्ययन अुनसन्धान र अनगिन्ती प्रकाशन उपलब्ध हुने देशमा बस्ने मित्रहरू डायास्पोराको सैद्धान्तिक आधारबाटै यसलाई नेपालीमा स्थिरीकरण गर्न सहयोग गर्नुहोला भन्ने अपेक्षा गर्दछु । हामीले जेन इभान्स (२००३) को थ्योराइजनिङ डायास्पोराज् जस्तो कृतिलाई आधार मान्नु पर्ने हुन्छ । ‘डायास्पोरा’ विषय नै विश्वसँगको संबादको विषय हो; त्यसकारण विश्वले बुझ्ने ‘डायास्पोरा’ शब्दकै प्रयोग गरौँ । यस सम्बन्धमा आजसम्ममा समुद्रपारका समालोचना (२००७), उत्तरआधुनिक विमर्श (२०६४¬), स्मारिका (२००९), स्रष्टा र डिजिटल वार्ता (२०१०) अन्तर्राष्ट्रिय नेपाली डायास्पोरा प्राज्ञिक अध्ययन (२०१२), अनेक नेपाली डायास्पोराका कविता (२०१२) नै उल्लेख्य आधार कृति हुन् । अरूले पनि यसतर्फ योगदान गरिरहेका छन्, जस्तै हङकङको स्मारिका (२००९), कतारको प्रवासी सँगालो (२००९), रेगिस्तानी सपनाहरू (२०१२) र इजरायली भूमिमा नेपाली कलमकहरू (२०१०) आदि । डायास्पोरा विषयका अनेक विश्वप्रकाशन, प्रतिवेदन जर्नलको तुलनामा हामीले धेरै गर्नु छ तर पनि विस्तारै नेपाली डायास्पोराका अनेक पक्ष र दृष्टिकोणबाट अब हामी अघि बढ्ने छौँ । आंशिक रूपले कतिपय हामी विश्वका नागरिक भइसकेका छौँ त्यसकारणले यो एउटा शब्दको विकल्प खोज्ने प्रयत्नले ग्लोबल विश्वमा हाम्रो सोचको कट्टरता वा अव्यवहारिकता मात्र देखिनेछ, अझ अनेसासले आजसम्म गरेका डायास्पोरिक नेपाली साहित्य विषयक अनेक प्रयत्नको अवमूल्यन गर्नेछ । यसमा एनआरएनले गरेको अमूल्य योगदानको पनि अवमानना हुनेछ ।

विश्व परिस्थितिको गम्भीर अध्ययन गरौँ; डायास्पोरा स्टडिजका सैद्धान्तिक आधारको अध्ययन गरौँ; डायास्पोरा बुझाऔँ । नेपालीमा यस्ता प्रकृतिका सिद्धान्त बुझाउने कृति भर्खर आउँदैछन् । त्योभन्दा विश्वमा यस अध्ययन विषयलाई पनि कसरी हेरिन्छ त्यो बुझेर र अध्ययन गरेर मात्रै आफ्नो डायास्पोराबारे चिन्तन गरौँ । त्यस तर्फको एउटा महŒवपूर्ण प्रकाशन हुनेछ डा. गोविन्दराज भट्टराईकृत प्रेसमा रहेको डायास्पोरा ः सिद्धान्त र समालोचना (नेपाली सन्दर्भ) यसमा नेपाली डायास्पोराको आरम्भ

(हेर्नू डायास्पोरा प्राज्ञिक अध्ययन २०११) लाई गाँसेर १९९८ देखि २०१२ को मध्य सम्मकोअध्ययन समेटिएको छ । त्यसैमा समस्त सिद्धान्त र नेपाली सन्दर्भको समालोचना समेत समावेश छ । त्यसैगरी डायास्पोरा विषयमा प्रथम विशेषाङ्क राजकुमार राईको सम्पादनमा हङकङबाट प्रकाशित हुँदैछ साब्लाबुङ पाँचौँ अङ्कको रूपमा आउने नेपाली साहित्य डायास्पोरा विशेषाङ्क (२०१३) एक प्रथम ऐतिहासिक प्रकाशन हुनेछ ।

सन्दर्भसूची

आचार्य, खिमानन्द (प्रधान सम्पादक). अनेका डायास्पोराका कविता. वासिङटन डि.सी.ः अनेसास (२०१२) ।

इजरायली भूमिमा नेपाली कलमहरू (सं. कृष्णपक्ष) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायल च्याप्टरको प्रकाशन

(२०१०) ।

उल्फ्रेज, जुलिआन (सम्पादक.). ट्वेन्टिफस्ट सेन्चुरी क्रिटिसिजम्. न्यु देल्ही ः रावत पब्लिकेसन्ज (२००७) ।

ए एन ए स्मारिका. सम्पादक गोविन्दसिंह रावत, हेमन्त श्रेष्ठ तथा शाश्वत पराजुली. नेपाली साहित्य प्रतिष्ठान, उत्तरअमरिकाको अठ्ठाइसौँ सम्मेलनको विशेष अवसर २–४ जुलाई २०१०, बोस्टनको विशेष प्रकाशन ।

कोहेन, रोबिन. ग्लोबल डायास्पोराज. इन्डिया ः रुटलेज. २००८ ।

खत्री (सं.) अन्तर्राष्ट्रिय नेपाली साहित्य डायास्पोरा अध्ययन. वाशिङ्टन डीसी ः अनेसास (२०११) ।

घोष, लिपि तथा रामकृष्ण चटर्जी (सं.) इण्डिअन डायास्पोरा इन एसिअन एण्ड प्यासिफिक रिजन्ज ः कल्चर, पीपल, इन्टरयाक्शनज्.न्यू देल्हीः रावत पब्लिकेशन (२००४) ।

जैन, प्रकाशचन्द्र. इण्डिअन लेबर माइग्रेशन टु द गल्फ. इण्डियाः गल्फ रिसर्च सेन्टर (२००६) ।

नट, किम तथा सिआन मक्लौलिन. (सं.) डायास्पोराजः कन्सेप्ट्म् इन्टरसेक्सन्ज्, आइडेन्टिटिज. न्यू देल्हीः रावल पब्लिकेशन्ज

(२०११)

परमेश्वरन, उमा. राइटिङ द डायास्पोरा. इण्डिया ः रावत पब्लिकेसन्ज (२००७) ।

पुवार, निर्मल तथा पार्वती रघुराम. साउथ एसिअन विमिन इन द डायास्पोराः अक्सफोर्ड (२००४, पुनर्मुद्रित) ।

प्रवासी सँगालो (सम्पादक तीर्थ संगम राई) कतारका विविध स्रष्टाको रचनासङ्ग्रह, प्रकाशक तीर्थ संगम (२०१०) ।

फोल्जोन, मार्क–एन्थोनी. कज्मोपोलिटन कनेक्सन्जः द सिन्धि डायास्पोरा. द नेदरल्यान्ड्स ः कोनिन्क्लिज्के ब्रिल (२००४) ।

बजगाईं, कृष्ण (सं.). स्रष्टा र डिजिटल वार्ता. काठमाडौ“ ः अनेसास प्रकाशन. २०६७ ।

बजिएल, जाना इभान्स तथा अनिता मन्नुर (सं.). अमाजोन. (२००३) ।

बलार्ड, रोजर. देश परदेशः द साउथ एसिअन प्रेजेन्स इन ब्रिटेन. लण्डनः हष्र्ट एण्ड कम्पनी (१९९४) ।

ब्राउन, जुडिथ एम. ग्लोबल साउथ एसिअन्ज ः इन्क्लुडिङ द मोडर्न डायास्पोरा. क्याम्ब्रिज ः क्याम्ब्रिज युनिभर्सिटी प्रेस. २००० ।

भट्टराई, गोविन्दराज. उत्तरआधुनिक ऐना. काठमाडौ“ ः रत्नपुस्तक भण्डार. २०६२ ।

))))। ‘डायास्पोरा÷आप्रबासी साहित्य’, उत्तरआधुनिक विमर्श (पृष्ठ ११५–१९२). काठमाडौ“ ः मोडर्न बुक्स. २०६४ ।

))))। नेपाली साहित्यमा डायास्पोरा ः सिद्धान्त र समालोचना (प्रेसमा) ।

भर्ताेविच, स्टिभिन्सन. द हिन्दू डायास्पोराः कम्पेरेटिव् प्याटनर्ज (२०००) रुटलेज ।

मेसिना, एन्थोनी एम तथा गाल्या लाहभ (सं.) द माइग्रेशन रीडरः एक्स्प्लोरिङ पोलिटिक्स, पोलिसिज् (२००५) ।

नेल्शन, इम्यानुएल एस. (सं.). राइटर्स अब् दि इण्डियन डायास्पोरा. न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।

राई, राजेश तथा पिटर रीब्ज्. साउथ एसिअन डायास्पोरा ः द ट्रान्स्न्यासनल नेटवक्र्स एण्ड च्यान्जिङ आइडेन्टिटिज्. रुटलेज ः श्पेशल इण्डिअन सिरिज ।

रेगिस्तानी सपनाहरू (सम्पादक हेमन्त परदेशी). कतारी स्रष्टाहरूको साहित्य सँगालो (२०१२) ।

वाङ्मय (सम्पादक जया राई). दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, लण्डन ः २०११ बेलायतको प्रकाशन. २०११÷२०६८ ।

साहू, अजय कुमार तथा बृज महाराज (सं.). सोसलजी अव् डायास्पोरा (भोल्युम १, २), न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।

साहू, अजय कुमार, मिसिएल बास तथा टमस फाइस्ट (सं.). इण्डिअन डायास्पोरा एण्ड ट्रान्सन्याशनालिजम. न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।

साहू, अजय कुमार तथा लक्ष्मीनारायण कडेकर (सं.) ग्लोबल इण्डिअन डायास्पोराः हिष्ट्री कल्चर एण्ड आइडेन्टिटी. न्यू देल्हीः रावत पब्लिकेशन्ज (२०१२) ।

सुब्बा, टीबी, एसी सिन्हा, जीएस नेपाल तथा डीएन नेपाल. इन्डिअन नेपालिज ः इस्युज एन्ड पस्र्पेक्टिब्ज्. न्यु देल्ही ः कन्सेप्ट पब्लिसिङ कम्पनी. २००९ ।

सुवेदी, होमनाथ. समुद्रपारका समालोचना. वासिङ्टन डीसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज. २००७ ।

स्मारिका (सम्पादक भारती गौतम). प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, न्यु योर्क ः २००९ अमेरिकाको प्रकाशन. २००९÷२०६८ ।

स्मारिका (सम्पादक टङ्क सम्बाहाम्फे). नेपाली सहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित. हङकङ ः फेब्रुअरी २००९ ।

शाह, दिनेशजंग. युके नेपाली एक परिचय. युकेः नेपाली विकास परिषद (२००८)

हार तेर, गेरी. स्ट्रयान्जर्स एण्ड सोजर्नस्ः रिलिजअस कम्युनिटिज् इन द डायास्पोराज्. पीटर्स पब्लिशर्स (आमाजोन) (१९८८) ।

ट्याङ्लाफाँट, कीर्तिपुर

(अमेरिकाको टेक्सासस्थित डलासमा आयोजित ए एन ए (ANA) को तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित दुईदिने (जून ३०–जुलाई १, २०१२) सम्मेलनमा प्रस्तुतिको लागि तयार पारिएको कार्यपत्र)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।