19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुरूष

कविता सुधीर छेत्री July 10, 2012, 8:25 pm

बीन बजाएर सपेराले

एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई

नचाइरहेछ।

त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई।

सॉंप जति नाचेजस्तो गर्छ

सपेराको स्वाभिमान आनन्दविभोर बन्छ

भोक बिर्सेर

तिर्खा बिर्सेर उ मातिदिन्छ,

मदान्ध बन्छ पुरूषको गन्धले।

पुरूषार्थ घर-घरमा ढकमक्क फुलेको फूल हो,

फूल पनि के भन्नु कॉंडा हो।

फूल-कॉंडा भन्नु पुरानो भयो भने

यो पराग हो,

कहीं भूइँमा झरेपछि त्यो झर्योो झर्योो हुन्छ केही उम्रँदैन,

त्यसको जीवन थिएन अनि हुँदैन।

पुरूष कॉंचो माटो हो,

मूर्ति पनि बन्छ, भॉंडो पनि बन्छ

तर त्यो पाकेपछि सॉंपसित नाच्दैन,

सपेरासित हॉंस्दैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।