१. विषय प्रवेश
विगत एक–दुई दशकदेखि नेपाली साहित्यिक–समालोचनाको वृत्तमा उत्तर आधुनिकताले व्यापक छलफल र चर्चा पाएको छ । त्यसमा पनि पछिल्लो समय (मूलतः ६० पछि) मा यसले आप्mनो प्रभाव अत्यधिक विस्तार गरि रहेको छ । त्यस्ता चर्चा र विस्तार यस मान्यताका पक्ष र विपक्षमा तथा अन्यौल र ढुलमुलमा पनि भइ रहेका छन् । यस्ता चर्चाले यस मान्यताका बारेमा जान्न उत्सुक सामान्य पाठकदेखि बौद्धिक पाठकसम्ममा एक खालको तरङ्ग पैदा गरेको छ ।
उत्तर आधुनिकताले विश्वभरि नै विविध क्षेत्रमा प्रभाव पारि रहेको देखिन्छ । राजनीति, साहित्य, दर्शन, अर्थशास्त्र, समाज शास्त्र, सङ्गीत, पत्रकारिता, इतिहास, खेलकुद आदि हरेक विषय र क्षेत्रमा पैmलिएर रहेको यस मान्यतालाई कतिपयले वादका रूपमा पनि चर्चा गरेका छन् । धेरै माक्र्सवादीहरूले पँुजीपति तन्त्रको नया“ सांस्कृतिक खेलका रूपमा तथा केही प्रजातान्त्रिक मूल्यमा आस्था राख्नेहरूले वामपन्थी झुकाव राख्ने मान्यताका रूपमा पनि उत्तर आधुनिकताको चर्चा गरेका छन् । यिनै विवाद तथा यस मान्यताको विस्तृतिले पैmल्याएका जीवन र जगत्का विविध रङ्गहरू र ती कतिपय रङ्गहरूभित्र देखिएका विभिन्न विरोधाभासहरूले यस मान्यतालाई अलि खजमजि“दो बनाइरहेको आभाष पनि हुन्छ । यस्तो स्थितिमा यहा“ मूलतः साहित्यिक समालोचनास“ग सन्दर्भित रहेर त्यसमा देखिएका केही चुनौतीहरूलाई औँल्याउने प्रयास गरिएको छ ।
२. उत्तर आधुनिकता: छोटो परिचय
उत्तर आधुनिकता निकै विस्तृत र विवादास्पद चिन्तन देखिएको छ । यसको थालनीको समय तथा यसका आधारभूत मान्यतामा नै प्रशस्त विवाद रहेको देखिन्छ । विभिन्न देशमा भिन्न–भिन्न रूपमा यसलाई प्रयोग गरिएकामा पनि यसले विवादास्पद रूप लिएको हो । मूलतः विकसित राष्ट्र र तेस्रो विश्वमा यस मान्यता (वाद) लाई भिन्न रूपमा स्विकारिएको छ । माथि भनिएभैmँ अधिकांश माक्र्सवादीहरूले पु“जीपति तन्त्रको संरक्षकका रूपमा तथा कतिपय उदारवादीहरूले माक्र्सवादीहरूको पक्षपोषकका रूपमा यसलाई आरोपित गरेको पनि पाइन्छ । त्यस्तै कतिपय समीक्षकहरूले यसलाई छुट्टै वाद वा चिन्तनका रूपमा नलिएर आधुनिकताकै एउटा खण्डका रूपमा पनि उल्लेख गरेको पाइन्छ । उत्तर आधुनिकताका कतिपय प्रवृत्तिहरूलाई हेर्दा यो आधुनिकताबाट धेरै टाढा नरहेको आभाष पनि हुन्छ । तर पनि फेरि यसका धेरै त्यस्ता नौल्याइ“ छन् जसले यसलाई आपूmमै उभिन सक्ने हैसियतको बनाएका पनि छन् । त्यसैले यसलाई कतिपय सन्दर्भमा आधुनिकताको क्रम बद्धता तथा कतिपय सन्दर्भमा क्रम भङ्गताका रूपमा हेरिनु स्वाभाविकै देखिन्छ ।
प्रर्याप्त विवादका बाबजुद पनि सन् १९६० पछि उत्तर आधुनिकताले आप्mनो प्रभाव देखाउन थालेको कुरा बढी मात्रामा स्वीकार गरिएको छ । मूलतः दुई ठुला युद्धहरूका कारण संसारभर देखिएको चरम निराशा तथा नित्सेको ईश्वर मृत्युको घोषणाले भत्काएको महाकेन्दका पृष्ठभूमिमा उत्तर आधुनिक चिन्तन हुर्किएको बुभ्mन सकिन्छ । त्यस्तै संसारभर बढ्दो सहरीकरण, यसले निम्त्याएको चरम उपभोक्तावादी संस्कृति तथा उक्त संस्कृतिलाई सम्पूर्ण रूपले सहयोग गरि रहेको साइबर संस्कृति यस चिन्तनको विकासका मुख्य आधार बनेको थाहा हुन्छ । हाल आएर उत्तर आधुनिक चिन्तन मात्रात्मक रूपमा कमबेसी देखिए पनि तथा यस मान्यताकै मुख्य पक्ष सापेक्षतलाई मान्दा त्यो विभिन्न रूपमा हुर्किए पनि यसले संसारभरि नै गतिलै प्रभाव पारि रहेको भने प्रत्यक्ष अनुभव हुन्छ ।
यस उत्तर आधुनिक मान्यताको पछिल्लो टड्कारो प्रभाव खेलकुदका क्षेत्रमा देखिएको छ । परम्परागत रूपमा खेल्दै आइएका क्रिकेट र फुटबलका नया“ रूपहरू देखिएका छन् । फुटबल ११ खेलाडीबाट सातमा झर्दै तथा मैदानको आकार सानो बनाउ“दै छ भने परम्परागत रूपमा पा“च दिनको क्रिकेट सन् १९७५ मा छोटिएर एक दिनको भएकामा अहिले केवल २०–२० ओबरमा खुम्च“दै चार घन्टामा सीमित भइसकेको छ । यस्तो हुनुमा वर्तमान समयको अति व्यस्त जीवन र उत्तर आधुनिक सञ्चार संस्कृतिको प्रभावलाई मूल रूपमा लिनु पर्ने हुन्छ ।
उत्तर आधुनिकताको प्रभाव विविध विषय र क्षेत्रमा रहेको कुरा माथि उल्लेख भइसकेको छ । यहा“ मूलतः साहित्यिक क्षेत्रमा यस मान्यताका कारण देखिएका मूल प्रवृत्तिहरूलाई बु“दाबद्ध रूपमा देखाइएको छ ः
क. केन्द्रको विघटन वा केन्द्र भञ्जन
ख. विधा मिश्रण तथा विधा भञ्जन
ग. शब्दकेन्द्रवादलाई अमान्य मान्नु अथवा शब्दको निश्चित अर्थलाई मात्र स्वीकार नगर्नु
घ. महाख्यानको अन्त्य
ङ. बहुलताको प्रयोग
च. विनिर्माण, पूनर्लेखन तथा विषय विस्तार
छ. लेखकको मृत्युको अवधारणा
ज. भूमण्डलीकरण
झ. साइबर संस्कृतिको प्रयोग
ञ. स्वैर कल्पना, मायिक यथार्थता, परोक्ष यथार्थ तथा अधियथार्थको प्रयोग
ट. सीमान्तकृतहरूको नायकीपन
ठ. उपभोक्तावादी प्रवृत्तिको चित्रण
ड. स्थानीय रङ्ग
ढ. डायस्पोरिक (आप्रवासी) लेखन
ण. अभिघातको चेतना
त. सन्दिग्धताको मान्यता
थ. प्रर्यावरणीय चेतना
द. रहस्यात्मकता
. . .
यस्ता अरू दर्जनौ“ प्रवृत्ति वा प्रयोगलाई देखाउन सकिन्छ जसले उत्तर आधुनिकतालाई सङ्केत गर्दछन् । तर यहा“ मूलतः उत्तर आधुनिक चिन्तनका कारण साहित्यिक–समालोचनाका क्षेत्रमा कस्ता चुनौतीहरू देखिएका छन् तिनलाई नेपाली साहित्यिक परिप्रेक्ष्यमा केन्द्रित रहेर हेर्नेे प्रयास गरिएको छ ।
३. समालोचनात्मक चुनौती
उत्तर आधुनिकताको थालनी कलाका क्षेत्रमा भएको मानिन्छ । अथवा यसो भनौं सन् १९६० पछि पश्चिममा मूलतः जुन खालको चिन्तनको विकास भयो त्यसको पूर्व रूप खोजिने क्रममा पहिला कलाका क्षेत्रमा भेटियो । तर यस चिन्तनको प्रभावले अहिले नछोएको सायद कुनै विषय र क्षेत्र छैन । उत्तर आधुनिकताको फराकिलो छाताले जन केज र लरी एन्डरसनका सङ्गीतदेखि रेसनवर्ग र वारहोलका कलासम्म, बार्थ र पन्चनका आख्यानदेखि जोन्स र भेन्तुरीका वास्तुकलासम्म, विनिर्माणवाद र उत्तर संरचनावादी सिद्धान्त तथा समालोचनादेखि विलफोर्ड र मार्कुसका नृतŒव विज्ञानसम्म, बौद्रिलर्ड र ल्योटार्डका सामाजिक सिद्धान्तदेखि ज्याक डेरिडा र रोर्टीका दर्शनसम्म सबैलाई ओगटेको छ ( शर्मा, २०५५ ः १६) । हाल आएर कुनै पनि विधा र विषयमा चोखोपन देखिन छाडि सकेको छ । सबै विषय र विधामा क्वाटी वा हाइब्रिड संस्कृतिले प्रभाव देखाइ सकेको छ । यही विविध विषय र क्षेत्रमा पैmलिएको र पुरानो मूल्यलाई भत्काउ“दै नया“ मूल्य दिन खोजे पनि स्थापित गराउन नसकि रहेको अवस्थाले यसभित्र विरोधाभासी चिन्तन र स्वरूप पनि देखिएका छन् । एकातिर पूर्व आधुनिकतातर्पm मोह अथवा रहस्यात्मक अतीतागमन र अर्काेतर्पm सञ्चार तथा मिडियामय फास्ट लाइफको यथार्थतामा यो चिन्तन घोलिएको छ । कता–कता अराजकतावादी जस्तो पनि आभाष हुने यस मान्यताका कारण अहिलेको समालोचना जटिल बन्दै गहिरहेको छ र त्यसलाई उजिल्याउन तथा त्यसबाट मुक्तिका लागि ठुलो चुनौती तेर्सिएको छ । यद्यपि सापेक्षित सत्यलाई अङ्गीकार गर्ने यस मान्यताका कारण जे लेखि दिए पनि त्यसलाई एउटा सत्य मानेर स्वीकार गर्नुपर्ने अवस्था त छ नै तर त्यो सस्तो सतहीपन भन्दा पनि यस मान्यताका कारण साहित्यिक–समालोचनामा देखिएका चुनौतीहरू के–के हुन सक्छन् ? त्यसबारेमा यहा“ केही बु“दाहरू प्रस्तुत गरिएको छ ः
३.१ समालोचकलाई दोस्रो सर्जक वा पुर्नसर्जक मान्नु
उत्तर आधुनिकताले समालोचकलाई दोस्रो सर्जक वा पुर्नसर्जक मान्दछ । मान्नु जति सजिलो छ तर हुनु त्यत्तिकै कठिन छ । कुनै पनि कृतिलाई विविध सम्भावनामा पठन गर्दै त्यसबाट अभिव्यञ्जित हुन सक्ने विविध अर्थहरूलाई देखाउनु लरतरो काम होइन । सर्जकले पाठमा छाडेका विविध ग्यापहरूलाई भर्दै कृतिलाई नया“ जीवन दिन उत्तर आधुनिकताले समीक्षकलाई अनुमति दिन्छ । परम्परित मान्यतामै रहेर उही कथानक, चरित्र, परिवेश, उद्देश्य भनेर मात्र समीक्षा गर्दा त्यो ग्यापलाई भर्न सकि“दैन । त्यसैले यसलाई निभाउन सक्नु समीक्षकका लागि अवसर र चुनौती दुबै रूपमा आएको छ ।
३.२ सैद्धान्तिक रूपमा आनन्ददायी तर व्यवहारिक रूपमा कठिन
उत्तर आधुनिकताले विधालाई मान्दैन, इतिहासलाई स्वीकार गर्दैन, लेखकको सर्वसत्तावादलाई अस्वीकार गर्दै उसलाई पाठबाट पूर्ण रूपले अलग्याउ“छ, पाठलाई विभिन्न अर्थमा पुनर्पठन गर्दै जान्छ, हरेक सत्यलाई सापेक्षित रूपमा हेर्छ आदि जस्ता सैद्धान्तिक मान्यताका कुरा गर्न जति सजिलो र स्वादिलो देखिन्छ तर यिनैलाई लिएर कुनै पनि कृतिको समीक्षा गर्नु त्यति स्वादिलो र सजिलो भने छैन ।
३.३ उच्च र निम्न तथा असल र खराबको भेद मेटिनु
उत्तर आधुनिकताले उच्च र निम्न तथा असल र खराब विचार, संस्कार, साहित्य आदिको भेद मेटिएको कुरा गर्छ । यसरी असल र खराबकै भेद मेटिएपछि कुनै पनि कृतिलाई कुन आधारमा विवेचना गर्ने ? यो गम्भीर प्रश्न भएर आएको छ । यस्तै स्थितिका कारण साहित्यमा राम्रा स्रष्टा र राम्रा कृति पछाडि परेको र जसले मिडिया मार्पmत हल्ला गर्न सक्छ उही अगाडि आएको देखिएको छ । ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’ भन्ने उखान वर्तमान मिडियामय संसारमा सत्य साबित भइ रहेको छ । यसबाट मुक्ति खोज्दै ओझेलमा परेका राम्रा स्रष्टा र कृतिलाई अगाडि ल्याउनु समीक्षकका लागि ठुलो चुनौती भएको छ ।
३.४ विधा भञ्जनको अवधारणा
विधाभञ्जनको अवधारणा पनि त्यति प्रष्ट रहेको छैन । विधा मान्यतालाई पनि एउटा आधुनिक केन्द्र मान्दै त्यसलाई भत्काइएको हो भनिन्छ र साहित्यिक रचनालाई विधागत आधारमा वर्गीकरण गर्नुभन्दा पनि एउटा पाठका रूपमा हेर्नु पर्ने आवाज चर्काे सुनिन्छ । यसलाई मान्दै कृतिलाई भाषिक खेलका रूपमा देखाउ“दा मात्रै कुनै पनि साहित्यिक रचनाको कलात्मकता कति उजिलिन सक्छ ? किनभने कलात्मकताको रूप विधागत विशिष्टताभित्र बढी टल्किने गरी देखिन्छ । यस्तो स्थितिमा विधा भञ्जनलाई कति मात्रामा स्वीकार गर्ने ? यो पनि गम्भीर प्रश्न भएर आएको छ ।
३.५ महाख्यान अन्त्यको अवधारणा
महाख्यानको अन्त्य उत्तर आधुनिक मान्यतामा देखिएको विवादास्पद चिन्तन हो । मान्छे समग्रतालाई बुभ्mन सक्षम छैन ऊ केवल खण्ड मात्र बुभ्mन सक्छ भन्ने मान्यतालाई आधार बनाउ“दै यस मान्यताले महत् आख्यानको मृत्यु भइ सक्यो भन्ने मान्दछ । यस मान्यतालाई स्वीकार गर्दागर्दै पनि उत्तर आधुनिकताकै अन्य कतिपय मान्यताले यसलाई एकातिर काटि रहेको देखिन्छ भने अर्कातिर मूलतः पश्चिममा विकसित यस मान्यताले विश्वव्यापी रूपमा काम गर्न नसकेको तथ्य त वर्तमानको नेपाली राजनीतिक अवस्थाले नै पुष्टि गरि सकेको छ ।
जतिसुकै केन्द्र भञ्जनको कुरा गरे पनि आज धेरै रूपले अमेरिका विश्वकै महाकेन्द्र बनि रहेको छ र यसलाई फेरि मोहम्मदको महाख्यानले चुनौती दिइ रहेको पनि देखिन्छ । नेपालमा राजावादी केन्द्रलाई वा राज परम्पराको महाख्यानलाई तोड्न र त्यसपछि पनि आप्mनो वर्चस्व स्थापना गर्न माक्र्सवाद–माओवादको आधुनिक महाख्यान सफल भएको छ । यस्तो स्थितिमा महाख्यानको अन्त्य भयो, हामी सबै त्यसको भूतबाट मुक्त भयौ“, हामी ती इतिहासलाई विदा दि“दै नया“ र खुल्ला उत्तर आधुनिक विश्वमा विचरण गर्दै छौ“ भन्ने कुरा कति सत्यतामा टिकेको छ ? प्रश्न गर्न सकिन्छ ।
साहित्यिक सन्दर्भमा कुरा गर्दा मायिक यथार्थवाद तथा स्वैर कल्पनालाई पनि उत्तर आधुनिक साहित्यको बलियो शैल्पिक हतियार मानिएको छ । स्वैर कल्पनाका केही रूपहरू तथा मायिक यथार्थता पूर्ण रूपले यथार्थबाट रहस्यमयतातर्पmको यात्रा हो । त्यो रहस्यमयता कतिपय वैज्ञानिक तथ्य र सम्भावनामा केन्द्रित रहे पनि अधिकांश रूपमा पौराणिक र सामाजिक महाख्यानमै आधारित रहेको देखिन्छ । जसको उदाहरणका रूपमा ब्राजिली उपन्यासकार पावलो कोयल्होको ‘द आल्केमिष्ट’ तथा नेपाली उपन्यासकारद्वय मनुजबाबु मिश्रको ‘स्वप्न सम्मेलन’ र तेराखको ‘सर्वजा’लाई लिन सकिन्छ । कोयल्होको उपन्यास माध्यमिक कालीन ‘गाढधन’को महाख्यानमा आधारित रहेर लेखिएको उपन्यास हो भने मिश्र र तेराखका उपन्यासहरू हिन्दू तथा बौद्ध दर्शनका महाख्यानहरूमा मूल रूपले उनिएका छन् । अझ यीभन्दा पनि भन्नुपर्ने के जस्तो लाग्छ भने विश्वव्यापी दुन्दुभीले गर्दा डेरिडाको दर्शन स्वयम्मा अर्काे महाख्यान बनिरहेको छ । यो खजमजि“दोपनले जरुर नै समालोचकलाई उछार दिइ रहेको छैन ।
३.५ भूमण्डलीकरण र स्थानीयताको अवधारणा
उत्तर आधुनिक मान्यताले एकातिर मूल रूपमा भूमण्डलीकरणको अवधारणालाई आत्मसात् गर्दै विश्व मानवको खोजी गरि रहेको छ भने अर्कातिर सीमान्तकृतहरू तथा दबिएकाहरूको पक्षमा वकालत गर्दै वर्गीय तथा क्षेत्रीय रूपमा पनि देखिएको छ । जसको उदाहरणका रूपमा युरोप र वर्तमान सन्दर्भको नेपाललाई हेरे पुग्छ । सन् १९९३ मा युरोपिएन युनियनको स्थापना भएपछि युरोपमा राष्ट्रिय सीमामा प्रश्नचिन्ह देखिएको छ भने यता हामी नेपाल जस्तो सानो देशमा विभिन्न सङ्घ र प्रदेशका कुरा गरि रहेका छौ“ । यी दुवै स्थितिलाई उत्तर आधुनिकताले स्वागत गर्दछ । सञ्चारका कारण विश्वमा भएका प्रत्येक गतिविधि हाम्रा लागि अब नया“ र नौला रहेनन् भने अर्कातिर हाम्रो धरातलीय यथार्थ पनि आप्mनै प्रकारको छ । कुनै पनि सर्जक यी दुबैबाट उत्प्रेरित भएर सृजन कर्म गरि रहेको हुन सक्छ । यो आपैmमा अनौठो र विरोधाभासी रूपमा पनि देखिन्छ । यस्तो स्थितिमा सिर्जित साहित्यको समालोचना गर्नु समालोचकका लागि गम्भीर चुनौती हुन पुगेको छ ।
३.७ बहुलताको अवधारणा
उत्तर आधुनिकतामा देखिएका विरोधाभासले मात्र समालोचकहरूमा चुनौती देखिएको छैन यसले स्वीकार गरेको बहुलताको मान्यताले पनि त्यत्तिकै चुनौती थपि रहेको छ । नेपाली समालोचनाको क्षेत्रमा रहेर कुरा गर्दा माध्यमिक कालसम्मका कृतिहरूको विश्लेषण गर्दा संस्कृत र नेपाली भाषा जान्नु तथा भरतमुनिदेखि जगन्नाथसम्मका काव्यमान्यताहरूलाई जाने पुग्ने अवस्था थियो । (यद्यपि यहा“ यसो भनेर ती सिद्धान्त जान्नु र त्यसका आधारमा समालोचना गर्नु सजिलो थियो भनिएको चाहि“ होइन ।) आधुनिक कालमा आएर अङ्ग्रेजी साहित्यको प्रभावस“गै अङ्गेजी भाषा जान्नु र निश्चित समयमा देखिएका निश्चित वाद वा मान्यताहरू जान्नु पर्ने भयो । तर अहिले आएर बहुलता र समावेशी मान्यताका कारण समालोचकहरूमा धेरै गम्भीर जिम्मेवारी थपिएको छ । जसलाई सानो उदाहरणद्वारा यहा“ देखाउन खोजिएको छ ।
नेपाली साहित्यको सन्दर्भमा हेर्दा आधुनिक साहित्यले पनि विभिन्न जातजातिको विषयलाई उठाएको थियो । दृष्टान्तका रूपमा विश्वेश्वर प्रसाद कोइराला लिखित सुम्निमा तथा रमेश विकल लिखित अविरल बग्दछ इन्द्रावति उपन्यासलाई लिन सकिन्छ । तर यी कृतिहरूको विषेशता के थियो भने यिनले समालोचकहरूलाई नै नया“ दृष्टि दिएका थिए अथवा यी कृतिहरूले पाठकलाई नै किरा“ती संस्कृति र माझी संस्कृतिस“ग परिचित गराएका थिए । तर अहिले त्यो स्थिति छैन । धु्रवचन्द्र गौतमको जेलिएको उपन्यासलाई हेरे मात्रै पनि यसलाई अनुभूत गर्न सकिन्छ । गौतमले उक्त उपन्यासमा एक त नेपाली भाषाभित्र सिधै भोजपुरी भाषाको प्रयोग गरेका छन् भने त्यहा“को संस्कार र संस्कृतिलाई छुस्स–छुस्स प्रतीकात्मक रूपमा उल्लेख गर्ने काम पनि गरेका छन् । यस कृतिबाट हामी भोजपुरी संस्कृतिस“ग परिचित हुन पाउ“दैनौ बरु उक्त कृतिलाई पुरा मात्रामा पर्गेल्न हामीले भोजपुरी संस्कृति र भाषालाई छुट्टै अध्ययन गर्नु पर्ने हुन्छ । यदि यसैगरी अन्य नेवारी, मगराती, मैथिली, गुरुङ, चेपाङ, राई, लिम्बु, राउटे आदि भाषालाई नेपाली भाषी कृतिभित्र सोभैm प्रयोग गर्ने हो भने कस्तो अवस्था होला ? त्यसैले बहुलता र समावेशी चिन्तनले समालोचनामा गम्भीर चुनौती र जिम्मेवारी पनि थपेको देखिन्छ ।
३.८ साइबर संस्कृतिको बढ्दो प्रभाव
उत्तर आधुनिकताको मुख्य आधार स्तम्भ साइबर संस्कृतिले समालोचनालाई गम्भीर सङ्कटमा पारेको देखिन्छ । मिडियाका विभिन्न माध्यमहरूले साहित्यिक कृतिहरूको परिचयात्मक समीक्षा प्रस्तुत गरि दिनु र पाठकहरू त्यसैलाई हेरेर कृतिप्रति आप्mनो धारणा बनाउन थालेका छन् । जसले गम्भीर किसिमका समालोचनामाथि अस्तित्वको सवाल खडा गरेको छ । यसै सम्बन्धमा कृष्ण गौतम भन्छन् ः समीक्षा असमीक्षामा परिणत हु“दै गयो । समीक्षा यस्तो विधा थियो जो कृतिकारलाई चिनाउन सक्थ्यो, कृतिकार र कृतिको, विश्वको, पाठकको सम्बन्धमा प्रकाश पार्न सक्थ्यो तर अब अहिले एकातिर शोधले अ“चेट्दै आएको छ भने अर्काेतिर यसलाई घचेटेर पत्रकारिताले त्यो ठाउ“ लिन अघि बढि रहेछ । . . . समीक्षामा सबभन्दा ठुलो आपत् त उत्तर आधुनिक प्रहारले गर्दा परेको हो । संरचनावादी, उत्तर संरचनावादी, उत्तर सेमियोटिक्सेली वा उत्तर आधुनिकतावादी हेराइमा समीक्षा समीक्षा रहेन, यो त पठन (रिडिङ) को रूपमा बचेको छ (गौतम, २०६४ ः १३३–३४) । यस्तो स्थितिबाट समालोचनालाई बाचय राख्नु ठुलो चुनौति बनेर उभिएको छ ।
...
४. उपसंहार
उत्तर आधुनिकताले सृजना गरेका समालोचनात्मक चुनौतीहरू यस्ता अरू पनि धेरै छन् । एउटै मान्यताको लगभग एकै समयमा देखिएको विश्वव्यापी प्रभाव र प्रत्येक जाति तथा संस्कृति मौलिक रूपमा भत्क“दो र अनि फेरि आस्तित्विक रूपमा उभिन खोज्दो अवस्थाले गर्दा प्रत्येक व्यवहार र चिन्तनले निकै ठुलो धक्का महसुस गरेको छ । यस्तो स्थितिबाट साहित्य तथा समालोचना अछुतो रहने कुरा पनि होइन । वर्तमान सूचना र सञ्चारले जकडिएको उत्तर आधुनिक समयमा यस मान्यताका कारण कतिपय सन्दर्भमा साहित्यिक समालोचनाका क्षेत्रमा काम गर्न झन् सजिलो स्थिति जस्तो पनि देखिन सक्छ तर मूल रूपमा भने चुनौती नै थपि रहेको कुरा प्रस्टै देखिन्छ । यस चिन्तनका धेरै पक्ष सकारात्मक हु“दाहु“दै पनि विश्वलाई कता–कता अराजकतातर्पm धकेल्ने हो कि भन्ने अवस्था पनि देखि“दैछ । सायद यसै कारण पनि होला पश्चिममा पनि हाल यस मान्यताको प्रभाव क्षीण हु“दै गइरहेको र त्यसको ठाउ“मा नव–आलोचनात्मक यथार्थवाद आइ सकेको भन्ने कुरा पनि उल्लेख भएको पाइन्छ । उत्तर आधुनिक मान्यताको मेरुदण्ड मानिने विनिर्माणवादका जनक ज्याक डेरिडा पनि आप्mनो जीवन कालको अन्त्यमा परम्परागत मूल्यतिर आकृष्ट हु“दै त्यसलाई नै जीवनको मूल गुदो स्वीकार गरेको स्थितिमा यस चिन्तनमाथि जरुर नै गम्भीर शङ्कालु आ“खा प्mया“क्नु पर्ने भएको छ । त्यसैले उत्तर आधुनिक चिन्तनले संसारलाई दिएको उदार नव दृष्टिलाई मूल्यवत् चुनौतीका रूपमा स्वीकार गर्दै यसका कतिपय अवधारणामा भने साहित्यिक समीक्षकहरूले पुनर्विचार गर्नुपर्ने अवस्था देखिएकोे छ ।
सन्दर्भकृति:-
गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौं ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
गौतम, लक्ष्मण प्रसाद (२०६६), नेपाली साहित्यमा उत्तर आधुनिक समालोचना, काठमाडौं ः ओरिएन्टल
प्रकाशन ।
गौतम, लक्ष्मण प्रसाद (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं ः पैरवी प्रकाशन ।
चापागाईं, निनु (२०६४), दो.सं., उत्तर आधुनिकता ः भ्रम र वास्तविकता, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
त्रिपाठी, वासुदेव (२०६६), साहित्य–सिद्धान्त ः शोध तथा सृजन विधि, काठमाडौं ः पाठ्य सामग्री पसल ।
नवीन, देव शङ्कर तथा शुसान्त कुमार मिश्र (सन् २०००), उत्तर आधुनिकता ः कुछ विचार, नयी दिल्ली ः वाणी प्रकाशन ।
पचौरी, सुधीश (सन् २००५), तृ.सं., उत्तर आधुनिक साहित्यिक विमर्श, नयी दिल्ली ः वाणी प्रकाशन ।
पौडेल, विष्णुप्रसाद (२०६४), समकालीन नेपाली उपन्यासकार ध्रुवचन्द्र गौतमका मूल प्रवृत्ति, (अ.प्र. लघुशोधपत्र), विश्व विद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुर ।
भट्टराई, गोविन्द राज (२०६१), पश्चिमी बलेंसीका बाछिटा, काठमाडौं ः ने.रा.प्र.प्र. ।
भट्टराई, गोविन्द राज(२०६२), उत्तर आधुनिक ऐना, काठमाडौं ः रत्न पुस्तक भण्डार ।
भट्टराई, गोविन्द राज(२०६४), उत्तर आधुनिक विमर्श, काठमाडौं ः मोडर्न बुक्स ।
भट्टराई, रमेश प्रसाद (२०६६), “नेपालमा उत्तर आधुनिकतावाद”, गरिमा, २७ः८, ललित पुर ः साझा प्रकाशन, पृ. ५ः१४
शर्मा, मोहन राज (२०५५), समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौं ः ने.रा.प्र.प्र. ।
शर्मा, मोहन राज (२०६६), आधुनिक तथा उत्तर आधुनिक पाठकमैत्री समालोचना, काठमाडौं ः क्वेष्ट पब्लिकेसन ।