‘एउटा अनौठो नै लाग्छ जीवन शैली झोपडीदेखी महलसम्म सम्झँदा’
गफ सुरू भयो
म र ऊमाझ। ऊ अर्थात्
टाइमपास। टाइमपास जोसँग मैले चौरास्ताको
सि. सि. डी. मा ओँठमा-ओँठ मिलाएर
चुस्की लिइरहेको थिएँ। चुस्की माने
चुस्की जसमा एकप्रकारको रस हुन्छ।
रस मत्लब त्यो रस
जो कोही पनि लिइरहेका हुन्छन्
दार्जिलिङ वरिपरि छरिएर बसेका
केफेटेरिया र रेस्तुराहरूमा।
धेरैजसो म,
क्यापिचिनो फ्लेबर मन पराउँछु। रेगुलर।
पहिला-पहिला ओँठ काम्दा रहेछन्; चुस्की लिन। हात काम्दा हरेछन्; च्याप्प अठ्याउन। अँ... अलिक आदत बस्दै गएपछि सजिलो हुँदोहेछ। सजिलो मत्लब त्यस्तो होइन। पारदर्शी ऐनामा देखिरहेको एकदम कुल भएर रसमग्न। तर
टायर्डनेस पछिको हो, या रिफ्रेशमेन्ट पछिको। अलिक गाह्रो पर्छ। छिटै चुस्की लिन पर्ने हो; या त विस्तारै। गाउँले पारा स्वाट्टै पारेर हिँड्नु हो कि...। मज्जा लिन सिक्नु रहेछ। पसिनै-पसिना हुन्छ लाजले। वल्लोपट्टि पल्लोपट्टिकाहरूलाई हट् पनि लाग्छ होला। अलिक कोदे पनि लाग्छ होला। हिच्किचाउँछु यसैले।
दार्जिलिङमा अहिलेसम्म
एकै मान्छेले कतिवटा फ्लेबर चुस्की लिइसकेको छ होला। उँहुँ... नो आईडिया...।
नो आईडिया, मत्लब यहाँ अहिलेसम्म यस्तो
कुनै खाँटी कुरा हुन नै सकेको छैन।
अर्थात्
नयाँ कुरा। नयाँ विचार। नयाँ विषय।
यहाँलाई श्राप नै हो !
यसरी नै यहाँ नयाँ केफेटेरिया। नयाँ रेस्तुरा।
नयाँ साइबर। अनि अरू-अरू पनि। नयाँ-नयाँ। टेबल टक् हुन्छ।
डिफरेन्ट फ्लेबरहरूमा। नयाँ पुरा....नो भइहाल्छ।
सबै सकियो मेरो क्यापिचिनो झैं,
कविता पनि प्रिमेच्युर इज्याकुलेसन भएर। सञ्चो लाग्यो।
गफ यस्तै हुँदोरहेछ।
केफेटेरिया र रेस्तुरामा
गजक्क भएर चुस्की लिनेहरूको।
तेरो र मेरो। सानो र ठूलो।
तल र माथि। वारि र पारी।
बाहिर र भित्र। अग्लो र होँचो।
कालो र सेतो। पात्लो र मोटो।
नयाँ र पुरानो। तातो र चिसो।
ब्रान्डेड र अनब्रानडेड।
को छ र विद्वान अब साम्य गर्ने ??
अर्थात्
+, , ÷, x, बाहेकको = ।