19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अमृत सुबेदी गुराँस July 16, 2012, 6:47 pm

शहरमा पहाड भन्दा अग्लो घर छ

घर भन्दा धेरै अग्लो यहाँ रहर छ

जसलाई भरोसा गरि हतियार थमाएँ

किन उसकै अगाडी जीउ थरथर छ

आफ्नै नाउँमा एक टुक्रा जमिन नहोस्

अन्नले भकारी भरिन्छ उसको जाँगर छ

बषौं अघि कसले आतङ्ग मच्चाएथ्यो

अहिले सम्म यहाँ त्यसको असर छ

आगोले नै उसको घर खरानी वनायो

ऊ फेरी किन आगो समाउनै तरखर छ

देशका निम्ती बलीदान धेरैले गरे होला

तर ’अमर‘ अहिले सम्म पनि अमर छ

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।