19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाह्र वर्षमा खोला फर्कन्छ

लघुकथा रामकुमार पण्डित क्षेत्री July 16, 2012, 6:52 pm

नेपालका ठूल्ठूला नदीनालाहरुको सदुपयोग गर्ने योजना बन्यो। यहाँका प्रमुख शहरहरुमा

काकाकुल अवस्था नआवस भनि पिउने पानी र लोडशेडिङ नहोस् भनि बिजुली ल्याउने रे ।

राजनेताहरुले भोली नै आउँछ जस्तोगरी भाषण गरे। कतिले त यही योजना पुरा गर्छु भनेर चुनाव

जिती मन्त्री समेत भए, तर कागजी घोडामात्रै दौडने मुलुकमा यहाँबाट शुरु गर्ने, त्यहाँबाट शुरु गर्ने,

कहिले पाँचतारे होटेलमा वैठक, कैले हरियाली रिसोर्टमा वैठक गरेरै बिसौ वर्ष बितेको पत्तै भएन।

काम पटक्कै शुरु भएन भनेर भनिहाल्न पनि नमिल्ने। शुरु मात्रै के हुन्थ्यो, कुन्नी कुनकुन पार्टीले

हो चन्दा नदिएको निहुँमा कामै रोकिदिन्थ्यो रे ।

बल्लबल्ल धेरै वर्ष पारगरेपछि योजना पुरा भयो। शहरका घरघरमा धारा जडान भए।

गल्लीगल्ली र चोकचोकमा बिजुलीका नाङ्गा तारहरु झुन्डिए। सबै खुशी भए, अब शहरका फोहोरै

पखाल्ने गरी पानी पाइने भो भनेर अनि लोडशेडिङ हट्ने भो भनेर। हरे! यो खुशी दुईदिन पनि टिक्न

सकेन। जलवायु परिवर्तनको कारण विश्वतापमानमा बढोत्तरी भएर हिमालमा हिउँ पर्नै छोडेछ। जसले गर्दा त्यहाँको मुहान सुकिसकेछ। अब यो मुहान भरिन टारी खेतलाई जस्तै आकाशको भर पर्नु पर्ने भएछ। धन्न, योजना बनाउनेहरुको त महल ठडेछ, "मिनरल वाटरले नौने-धौने सबै गर्नसक्ने खुबी बढेछ। अनि जेनेरेटरले लोडशेडिङ हटेछ। मान्छेहरू भन्न थाले बाह्र वर्षमा खोला फर्कन्छ भनेको यही हो ।

सिमलटार,काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।