19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिदाइ

कथा भूमिराज बस्ताकोटी July 20, 2012, 8:11 am

जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति ।

प्रीतिको मनमा प्रवाह बह“दा रोकिन्न आ“सु रति ।।

हामी भै“m वनबासीको पनि भयोे यो गत् भने यो घडी ।

बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ।।

– शम्भु प्रसाद ढुङ्ग्याल

‘बिदाइ’ ! यो शब्द नै आ“सु चुहाउने संवेदना बोक्छ । जीवन जगतदेखि निस्पृह भाव राख्ने सन्यासी होस् वा म जस्तो जीवन छाड्ने कुराको सोच नै बुढ््यौलीलाई सा“चेर बसेको संसारी होस् हरेकका जीवनमा बिदाइले गहिरो डाम बसाल्ने रहेछ ।

पूmल लिएर बसेको छु, गेटमा । बिदाइ गर्नु छ छिमेकीलाई । डी.भी. परेकाले हरि नारायण अमेरिका जा“दै छ । परिवारको एक्लो छोरो । छन त छोरी पनि थिइन्, गरिमा । उनलाई पनि दुई वर्ष अगि यसरी नै बिदा गरिएको थियो । अहिले त बाबुछोरालाई नै डी.भी. परेको रे ! परेदेखि नै धेरै छिमेकीका घरमा भा“डभैलो सुरु भयो । कतिपयले श्रीमान् सरापे, कतिपयले श्रीमती भकुरे । तीमध्ये पनि अलि उल्लेख्य घटना चाहि“ अलि तलतिरकी एउटी भाउजूले घटाइ छन् । हरि नारयणका बाबुछोरालाई डी.भी. परेको झो“कमा उनले तातो डाडुले आप्mनो श्रीमान्लाई डामि दिइछन् । भोलिपल्ट यस्तो भन्दै थिइन् ः

“हेर्नुस् न बाबु, तपाईंको दाइ त कस्तो हुस्सु ! आइरन बत्तिमा जोडेर तात्यो कि तातेन भनेर गालामा लगेर विचार गरि सिएछ !” दाइका गालातिर इसारा गर्दै ः

“यी हेर्नुस् त यस्तो बिजोग !”

दाइले भने ङिच्च दा“त देखाउ“दै मुन्टो हल्लाएका थिए । पछि छोराले पो पोल खुस्कायो । ‘हरि नारायणको भने कहिले दिदीलाई डी.भी. परेको छ, कहिले बाबुछोरालाई नै । हाम्रा हुतिहाराको भाग्य हेर न ! दुई रूपिया“को चिट्ठा पनि कहिल्यै पर्दैन । यस्ताले नि कसरी पाल्छन् परिवार ?’ भन्दाभन्दै तातो दालमा डुबाएको डाडुले गालामा डामि दिइछन् । फेरि कुरा गर्न भने कति जानेकी, आम्मै !

छिमेकभरि अरू पनि थुप्रै घटना घटे । कसैले ससुरालीलाई सराप्दै श्रीमतीको कपाल भुत्ल्याए, कसैले आप्mनै भाग्य सराप्दै रेस्टुरेन्टको व्यापार बढाइदिए । कसैले कुचोले हाने, कसैले लात्तिले । अमेरिकन डी.भी.ले हाम्रो टोल नै केही महिनासम्म अशान्त बनाइ दियो ।

हरि नारायणका बाबु भने अन्तर्वाता दिन गएनन् । छोराले करले भरि दिएको रे । उनलाई जान मन भएन ।

“यहा“को यस्तो प्राकृतिक जीवन छाडेर म त्यहा“ मेसिन हुन जान्न“ ।” यही भने रे बूढाले । हरि नारायणले बुढालाई व्यङ्ग्य गर्दै ओठ लेफ्प्र्mयाएर मलाई भनेको यही थियो ।

×××

हरि नारायण भित्रबाट बाहिर आउने छा“ट देखिएन । उसका बाबुआमा घु“क्कघु“क्क गरेको आवाज भने बरु गेट बाहिरै गुन्जिरहेको थियो । कुर्दाकुर्दा वाक्क भएर मैले मुन्टो बटारे“ । माथिल्लो घरको छतमा अर्का छिमेकीलाई उदास–उदास माथि आकाशतिर हेरि रहेको पाए“ । उनी केही महिनाअगि मात्र टोलमा आएका थिए । मेरो घरभन्दा माथिल्लो घरमा भाडामा बस्न थालेका थिए । तर बिगत एक हप्तादेखि भने यिनलाई देख्न पाइएको थिएन ।

यी छिमेकी टोलमा भर्खरै आए पनि सामान्य परिचय भने भएको थियो । सहरभित्रै भए पनि हाम्रो टोलमा ‘सहरी विशेषता’ निकै कम मात्र उपलब्ध हुन्छ । त्यसैले त हरि नारायणलाई बिदा गर्न टोलभरिका मान्छे आ“खा भरेर उपस्थित भएका थिए ।

‘यी छिमेकी किन आएनन् ?’ मलाई जिज्ञासा भयो । मैले उनकै घरबेटी दाइलाई सोध्ने निधो गरे“ । दाइ आडैमा भएकाले सोधे“ पनि । भने उनले ः

“बिचरा ! उनको छोरो पानी ट््याङ्कीमा डुबेर साता दिन अगि गएछ !”

“कति वर्षको ?”

“त्यही आठ–नौ वर्ष जतिको ।”

“यहा“ त कहिल्यै देखे जस्तो लागेन ।”

“मामाघर बस्थ्यो रे । खेल्दै जा“दा अर्काे घरको पानी ट््याङ्कीमा परेछ ।”

“निकालि हालेको भए त बा“च्दो नि बिचरा !”

“घरमा ठुला मान्छे कोही रहेनछन् । अरू स“गै खेलेका बच्चाहरू पनि डराएछन् र सा“झ घरका मान्छेहरू आएपछि मात्र खबर गरेछन् । ढाडिएर ठूलो भएको थियो रे !”

“ओ हो ! साहै्र नराम्रो पो भएछ त !”

संवाद सकिएपछि मैले पुनः माथिल्लो घरको छतमा नजर पु¥याए“ । उनी एक तमास माथितिर हेरि रहेका थिए । उनको त्यो उभ्याइ र हेराइलाई शब्दमा वर्णन गर्ने सामथ्र्य मस“ग छैन । उनको उभ्याइले बरु मलाई ओशो रजनिशको एक बोध कथाको स्मरण गरायो । कथा मोटामोटी यस्तो थियो ः

एउटा पहाडमा एक जना साधु उभिएका थिए । समय अभैm बिहानीको थियो र सूर्यको किरणको जाल पैmलिन सुरु हु“दै थियो । केही मित्रहरू घुम्न निस्केका थिए । उनीहरूले पहाडको एकान्तमा उभिएका ती साधुलाई देखे । उनीहरूले आपसमा सोचे ः ‘उनले त्यहा“ के गरि रहेका होलान् ?’

पहिलोले भन्यो ः ‘कहिले काही“ उनको गाई वनमा हराउ“छ, सायद उनले अग्लो ठाउ“मा उभिएर त्यसलाई नै खोज्दैछन् ।’

तर अरू मित्रहरू सहमत भएनन् । दोस्रोले भन्यो ः ‘उनलाई हेर्दा यस्तो लाग्दैन कि उनले केही खोज्दै छन् । उनलाई हेर्दा बरु लाग्दछ कि उनी कसैको प्रतीक्षामा छन् । केही मित्रस“गै आएका होलान् अनि उनी पछाडि छोडिएका होलान् । उनले त्यसैको प्रतीक्षा गरि रहेका छन् ।’

तर अरू यसमा पनि सहमत भएनन् । तेस्रोले भन्यो ः ‘न उनले केही खोजि रहेका छन्, न कसैको प्रतीक्षा गरि रहेका छन् । उनी प्रभुको चिन्तनमा लीन छन् ।’

उनीहरूमा सहमति हुन सकेन । उनीहरू निर्णयका लागि साधुको नजिक गए । पहिलाले साधुस“ग सोध्यो ः ‘के तपाईंले आप्mनो गाई खोजि रहनु भएको छ ?’

त्यो निर्जनमा उभिएका व्यक्तिले भने ः ‘होइन ।’

दोस्रोले सोध्यो ः ‘के तपाईंले कसैको प्रतीक्षा गरि रहनु भएको छ ?’

त्यो एकान्तमा उभिएका व्यक्तिले भने ः ‘होइन ।’

तेस्रोले सोध्यो ः ‘के तपाईंले प्रभुको चिन्तन गरि रहनु भएको छ ?’

उनले अभैm पनि भने ः ‘होइन ।’

उनीहरू तीनै जना हैरान भए । उनीहरूले एकै स्वरमा सोधे ः ‘त्यसो भए तपाईंले के गरि रहनु भएको छ ?’

ती साधुले भने ः ‘गरेको केही पनि छैन । म केवल उभिएको मात्र छु, आइ एम जस्ट स्टेन्डिङ्ग, म बस छु मात्र, आइ एम जस्ट एक्जिस्टिङ्ग ।

ती छिमेकीको उभ्याइ सा“च्चै ती साधुको जस्तै लाग्यो । जस्ट स्टेन्डिङ्ग, जस्ट एक्जिस्टिङ्ग ।

यता हरि नारायण रङ्ग रोगन र सजधज सहित बाहिर निस्कियो । मैले उसलाई फुल दि“दै यात्रा शुभ रहोस् भन्ने कामना गरे“ । तर मैले उसको आ“खामा के देखे“ ! त्यहा“भित्र त गहिरो पोखरी पो छ ! एउटा भय मिश्रित पोखरी, जसमा हरि नारायण डुब्न जा“दै छ ! ऊ मलाई हेरेर मुस्कुरायो र धन्यवाद भन्यो । मैले उसको आ“खातर्पm सङ्केत गर्न खोजे“ । तर उसलाई शुभ कामना दिन उभिएका आफन्त–छिमेकीले उसको हात समाउ“दैे तानि हाले । हरि नारायण अगाडि बढ्दै गयो । घर नजिकै बाटामा ट््याक्सी उभ्याइएको थियो, उसलाई पिकअप गर्न । तर मैले फेरि के देख्दै छु ! त्यहा“ त गाडी छैन ! कहा“ गयो त्यो गाडी ? त्यहा“ त अहिले पानीपानी छ । एउटा पोखरी, गहिरो पोखरी, आकर्षक पोखरी । हेर्दाहेर्दै हरि नारायण पोखरीको डिलनेर उभियो । मैले चिच्च्याएर कराए“ ः

“हरि नारायण पर्ख ! अगाडि गहिरो पोखरी छ ।”

तर उसले मेरो बोली सुनेन“ । ऊ भ्mवाम्म पोखरीमा हाम फाल्यो । मैले उसलाई रोक्न सकिन“ ।

म उभिएको रहेछु, त्यही“ । सबै गइ सकेका आआप्mनै गन्तव्यतर्पm । तर ती छिमेकी भने उस्तै रहेछन् । हेरि रहेका एक तमास माथि आकाशतिर । केवल उभिएर मात्र, जस्ट स्टेन्डिङ्ग, केवल भएर मात्र, जस्ट एक्जिस्टिङ्ग ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।