15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मेरो देश अनुहार हेरेर बाँच्छ

कविता नारायण तिवारी July 26, 2012, 8:06 am

म मेरो देशको कथा लेख्दैछु

मेरो देश बाहिर बाहिर हाँस्छ

भित्र तिर रुन्छ

मेरो देश जो कहिल्यै शिर झुकाउँदैन

मेरो देश....

यसका असीम पीडाहरू थुप्रै छन्

यो बाहिर त हिमाल बनेर मुस्काउ“छ

भित्र आँसु खसाउँछ

आह । कति दुर्बल छ मेरो देश

म मेरो देशका खिन्यौटे अनुहारहरू

एक–एक गरी देख्दैछु

म मेरो देशको कथा लेख्दैछु ।

जुन देश आफूभरि,

आफ्नो मुटुभरि गुराँस फुलाएर हाँस्छ

जुन देश सधैं उकाली र ओराली,

बेंसी र भन्ज्याङ रमणीय दृश्यहरूमा

भुलेर, मजबुरन भुलेर

करले–रहरले होइन भुलेर,

आफ्ना तिर्खाहरूलाई, यी नै डाँडाकाँडाहरूमा

यी नै मधेशहरूमा

यी नै कोसी र कर्णालीहरूमा

यी नै मेची र महाकालीहरूमा

आफ्नो अनुहार टकटकी हेर्छ,

मेरो देश अनुहार हेरेर बा“च्छ ।

हो ! मुटुभरि भावना पगाल्न सक्नु

पनि खूबी हो

हो, यो मेरो देशको खूबी हो

उफ् ! यही खूबीमा त उसका सम्पूर्ण

रहरहरू जिउ“छन् ।

रहर–कर

कर–रहर

यो पनि एउटा कथा भइसक्यो

म यी नै भावुकताहरूलाई पगाल्दैछु

म मेरो देशको कथा हाल्दैछु ।

विरान छन् हाम्रा जाज्वल्य क्षणहरू

कहिले आउने....

कहिले पाउने, विरान छन्

केवल बिरानोको आभास छ

र छ त केवल.....

निष्ठुरी मन, जो कहिलेकाहीं कतै

देशसित प्रीति गा“सेर,

कल्पिन्छ....

रुन्छ– कल्पिन्छ

सुन्छ– अ“ध्यारोमा त मुटुभित्र न्यानो

– आभास हुन्छ

हो यो देशको मन पनि यस्तै छ

मेरो देशको मन निश्चय नै यस्तै छ ।

वास्तवमा मेरो देश फक्रिएको फूल होइन

गुरा“स फुल्छन्

चित्त भुल्छ

वास्तवमा मेरो देश

कक्रिएको फूल हो

यो कहिलेकाही“ कतै मात्र

फुलिरहेछ– फुल्छ

केही क्षण मात्र..............

हेर्नोस् हिमाल केही क्षण

कल्पना गर्नोस्–हा“स्यो.....

कल्पना गरिरहनुस्......

हिमाल रोयो.... हिमाल,

कोसी र मेची बनेर रोयो

हिमाल कर्णाली र महाकाली बनेर रोयो

मेरो देश यी नै आ“सुहरूको मुहान हो .....

आ“सुहरूको मुहान मेरो देश

हिमाल–जो कहिल्यै हा“स्न सक्दैन,

आ“सुहरूको मुटु कहिल्यै हा“स्न सक्दैन

मेरो देश समष्टि वेदनाहरूको पोको हो

म त्यसैले यी वेदनाहरू खोतल्दैछु...

म मेरो देशको व्यथा बोल्दैछु ।

जिन्दगी केही होइन आखिर देश हो

सुकेको जिन्दगी ......

पतझडहरू ...... उडाएका सुकेका पात ....

यही त यो देशको जिन्दगी हो

यही त यो देशको पीडा हो ....

वसन्त आउने केवल न्यानो प्यास

मात्र त हुन्छ

हाम्रा घर–आ“गनका फूल–पातहरू

समयमा बढ्दैनन्

समयमा फुल्दैनन्

एक– दुई बढीहाल्लान् तर

सय–सय लड्ने त यस देशको

व्यथा हो

सय– सय फूलपातहरू हाम्रा

कंचनजंघा र धौलागिरिका

पत्तै नपाई गृष्ममा जल्छन्

जाडो त केवल छल हो ....

यो पग्लिरहन्छ, मेरो देश पग्लिरहन्छ

मेरो देश यस्तै–यस्तै विसंगत

प्रकृति–धारा मुन्तिर थिचिएर कहालिन्छ

म यी नै चिच्याहटहरूको माया पाल्दैछु

कृपया विरक्त नहोइदिनुस् ...

म मेरो देशको कथा हाल्दैछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।