18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विवरुका कथाहरु एकझलक

कृति/समीक्षा सदानन्द अभागी July 26, 2012, 9:52 pm
सदानन्द अभागी
सदानन्द अभागी

आधुनिक नेपाली कथाको इतिहास त्यति लामो नभए पनि नेपाली आधुनिक कथा साहित्यका कथाकार गुरुप्रसाद मैनाली देखि कथाकार त्रय, विजय सागर, वनमाली निराकार, र रुद्रज्ञावलीको ‘विवरुका कथाहरु’ कथासङ्ग्रहसम्म आइपुग्दा नेपाली कथाले निकै ठूलो फन्को मारिसकेको छ । बरिष्ठ कथाकार त्रयको यो कथासङ्ग्रहले नेपाली कथा साहित्यमा एउटा महÏवपूर्ण स्थान ओगट्न पुगेको छ । यो कथासङ्ग्रहमा कथाकार त्रयका पाँच पाँचवटा कथाका दरले पन्ध्र कथाहरु समावेस गरिएका छन् । कथाहरु समसामयिक घटनाले सजिएका छन्। समाजका विकृति र विसङ्गतिलाई यथार्थ चित्रण गरि समाजलाई अग्रगामी सोचमा परिवर्तन गराउन कथाहरु सक्षम देखिन्छन् । संक्षेपमा भन्नुप्रर्दा आजको नेपाली समाजमा घटेका यथार्थ घटनालाई समेटेर समाजलाई सफलमार्गमा लाग्नको लागि कथासङ्ग्रह मार्गदर्शन बनेको छ । कथासङ्ग्रको कथा भित्र के छ त भन्नु भन्दा यो कथासङ्ग्रहमा के छैन भन्नुपर्ला जस्तो लाग्छ । एउटा सानो लेखले यो कथासङ्ग्रको मर्मलाई उतारगर्न सकिदैन तैपनि म केही कुरा लेख्ने अनुमति चाहान्छु । विजय सागरका पाँच कथा मा दान प्रथम कथा हो । सैतानी हावाहुरीले सताइएको एउटा युवक कल्पनामा डुव्छ,हिलोमा लर्किन्छ, भर्नामा रुज्छ, पिलपिलबलेको बत्तीमा बसेको बाबुले केभन्ला भन्ने साधानीमा अन्ध्यारो कोठामा बस्छ कपडा फेर्छ र बाबुको आवाज कति अन्ध्यारो मनपराएको हो पिलपिले बत्तीलाइ उज्यालोमा लान प¥यो भन्ने बाबुको आवाजसुन्दा त्यही उज्योको खोजीमा आपूmलागेको मनमनै गुन गुनाउँछ । बाबुसँग तर्कवितर्कमा उसले सबै व्याक्तिलाई प्रकृति सम्झन्छ तर बाबुले भने धेरै पढाएर पनि छोरो नालायक भएको सुनाउँछ । छोरालाई यो शब्द निकै हृदयमा भिज्छ, उसले उज्यालो लिएर बाँच्न व्याक्ति विशेषको आराधना गरेर बाँच्नुपर्दछ र निष्ठालाई लोकचार माननु पर्दछ सोच्दा सोच्दै वेहोस भएर लड्छ।सबै यो अवस्थामा दुखितहुन्छन् । छोरा व्यूँझे पछि बाबुले क्षमा माग्दछन् । छोराले पनि आप्mनो परिकल्पनामा सभ्य मानिस सरह भएर बाच्ने र समयको पहिचानगरेर चल्ने र सचिब भएका मामालाई जागिरको लागि पत्रलेख्ने निधोको साथै उसले आपूmलाई आजको संसारमा दान गर्छ र आधुनिक सभ्यमानिस बन्न भोलीको परिकल्पनामा डुब्न थाल्छ र कथा समाप्त हुन्छ ।

दरिद्र कथा दोस्रो कथा हो । गरिबी चित्रणको अति मार्मिक दृश्य कथामा पाइन्छ । बिरगन्ज र नजिकका जिल्ला गाउँ तथा सहरमा हैजा लागेको हुन्छ। माछा खान नहुने उर्दी हुन्छ पहिला त मोतीले घरका सबै सदस्यलाई माछा नखाने भनेर रोक्न थाल्छ तर उसकी श्रीमती धनियाले घरमा केही छैन हिजो त्यही माछा खाएर रात बित्यो सबैले खान नहुने भएकोले नै हामीले माछा खान पाएको हो, छोराछोरीलाई माछै भए पनि एक छाक पेटभरी माछा खान देऊ भने पछि छोरा छोरी माछा खान थाल्दछन् र मोती माछा मार्न थाल्छ जमिनदारले मोतीलाई दरिद्र भन्दै गाउँबाहीर गएर माछा खाने आदेश दिन्छ आप्mनो मोटो शरीर हल्लाउँदै घोडामा अघि बढ्छ उसको नोकर सकि नसकी पछि लाग्छ कथा समाप्त हुन्छ ।

हुरी थामिए पछि विजय सागरको तेस्रो कथा हो । यसमा भगवती र रामप्रसादको त्रिभूवन क्याम्पसमा पढ्दा गन्धर्ब विवाह हुन्छ । प्रजातन्त्रबहालीमा दुबै जुटेर लाग्छन् तर बैचारिक भिन्नताले, जातभातको कारणले गर्दा भगवती माइत जान्छिन् एउटा स्कुलमा सेवा गर्न थाल्छिन् । २०५७सालको युवा युवतीसङ्गठीत हुने हुरीले भगवतीलाई छुन्छ । उनी त्यसमा हुमिन्छिन् गणतन्त्र बहाली हुन्छ तर उनी त्यस सङ्गठनबाट दिक्क भैसकेकी हुन्छिन् । दया र करुणा नभएको सङ्गठनबाट उनी विदा लिएर उनको पुन रामप्रसादसँग होटेलमा भेट हुन्छ र दुबैले आप्mनो भोगेका यथार्थभोगाइलाई प्रष्टयाउँदै पुनर्मिलन हुन्छ ।

जिजिविषा विजय सागरको चौथो कथा हो यस कथाको सारमा रामप्रसादले एस.एल.सिपास गरेर गाउँको स्कुलमा पढाउन र स्टेसनेरीको दोकान गर्न थाल्दछन् बिबाह गर्छन् एउटी छोरी पनि जन्मिन्छिन् ठेक्दारीमा लागे पछि उनी आर्थिक स्तरमा धेरै माथी उठ्छन् । एलिशासँग बिबाह गर्छन् छोरा जन्मन्छ द। उनको ठेकेदारी टाट पल्टिन्छ र एलिसाले उनलाई र छोरालाइृ छाडेर हिड्छे । पुन उनी आप्mनो पुरानो घरमा छोरो सहित फर्कन्छन् । उनकी पहिली श्रीमती सीताले उनलाई स्वागतगर्छिन र छोरालाई आमाको प्रेम र उनकी छारीले भाइलाई भातृत्व प्रेम दिन्छिन् रामप्रसादले पश्चतापको साथमा सीतासँग माफ मागे पछि कथा समाप्त हुन्छ ।

गुरुआशन विजय सागरको अन्तिम कथा हो इलाको र किरणको बिबाह पछि इलाको आग्रहमा वैंकमा जागिर खाँदा मोटरसाइकलबाटएक्सिडेन्ट भएर किरणको मृत्युहुन्छ एला१७बर्षमा बिधवा हुन्छिन् आत्महत्या गर्ने प्रयास गर्छिन् तर चित्रलेखाले ईलालाई गुरुको आश्रममा लगि साक्षात्कार गराएर गुरुले दिएको मन्त्र आँशु शक्ति हो भन्ने मंत्र जपिराखेकी हुन्छिन् । एकरात गुरुको आशन ईलाको कोठामा जम्यो इलालाइृ गुरुले जबर्जस्ति लुटे, इलाको आँखामा आँसुझर्न थालेतर आँशु शक्ति हो भन्ने मंत्र संझेर छुरी लिएर इला गुरुको भव्य कोठातिर लाग्छिन् र कथा समाप्त हुन्छ

वनमाली निराकारका पाँच कथाहरु मध्ये अनुत्तरित प्रश्नहरु प्रथम कथा हो । अनिरुद्र पाण्डेको छोरा नेपालमा वनपस्नको बाध्यताले गर्दा इराकमा विदेशिएका थिए। इराकमा आतङ्ककारीले बन्दि बनाएको जानकारी गाउँलेले दिन्छन् । ठूलाठूला क्यामेरा लिएर केही दिन पछि ठूलै भिडले इराकमा छोरो मरेको शन्देश बाबुलाई सुनाउँदै छोरो मारिएको पहिलो घटना सुन्दा कस्तो अनुभव भयो भनि प्रश्न अनिरुद्रमा राखिन्छ। उनका एक छोरा भारतको फौजमा कारगिलको युद्धमा मारिएका थिए । मातृआत्मा असह्यवेदनामा वेहोसहुन पुग्छिन् बाबुले भने यो अनौठो प्रकृयामा कुनै प्रतिकृया दिंदैनन् उनले जनताले भोगेका सबै खाले पीडादायी र देशमा उब्जेका प्रशनहरको उत्तर खोजी रहेका छन् ।

जसका निम्ति शीर निहुरिन्छ वनमालीजकिो दोस्रो कथा हो । यसकथाको सारमा सहरमा केदार पुग्छन् र पढाउन थाल्दछन् । उनको आकर्षण एकजना महिलामातिर हुन्छ तर बोचाल हुन सक्दैन । एकदिन उनको छात्रा राधिकाले घरमा बोलाउँछिन् र उनी घरमा प्रवेश गर्दा तिनै आकर्षक महिला भूमिगत क्रान्तिकारी मित्र,जसलाई जनयुद्धमा मारियो या वेपत्ता पारियो (आजसम्म थाहाछैन)की श्रीमतीहुन् भन्ने जानकारी प्राप्त भए पछि अचेतनबाट पनि आप्mना प्रति श्रद्धा जाग्दछ भन्दै आदरता स्वरुप शीर निहुरिन्छ कथा समाप्त हुन्छ ।

२८६ त ड्राइभर भएछ वनमाली निराकारको तेस्रो कथा हो । कथाकार पोखरा जान बस चढ्छन् । बस ड्राइभरले कथाकारलाई चिन्छ किनकी कथाकारले उ २८६को खलासी हुँदा उसको कथा लेखेका थिए । ड्राइभरले सबैकुरा सुनाउँछ तर आज ऊ एक परिपक्क अवस्थामा पाउँछन् । लेखकले नाम जान्ने कुरागर्दा नम्बर मै बोलाउने आग्रह ड्राइभरले गर्दछ ।लेखक पोखरा पुगे पछि गाडीको नम्बर पनि सोध्न भुले पछि पुन २८६ त ड्राइभर भएछ भनेर कथा लेख्छन् ।

हरिबाजे वनमाली निराकारको चौथो कथा हो । हरिबाजे र सुमित्रा बज्यै दुबै अलग अलग ठाउँबाट कल्पबासमा आएका थिए । दुबै सधै सँगै नुहाउन जाने भागवत पाठ गर्थे । पछि गएर यी दुबै बिबाहको जोडीमा बाँधिए । यसरी हरिबाजेले विवाह गर्नु पर्ने कारणमा एकल छोरालाई बि ए पास गराए पछि छोरा शाखा अधिकृत भएर घर जग्गा बेचेर काठमाण्डौमा बस्न थालेको र आमाको क्रिया पछि बाबुको वास्ता नगरे पछि बिबाह गरेर नयाँ जीवनको प्रारम्भ हुन्छ र कथा समाप्त हुन्छ ।

कुटिल मुस्कान वनमाली निराकारको पाँचौ कथा हो । यो कथाको सारमा नवधनाढ्य शम्भूपाण्डेले रुद्रसरलाई इन्दिराको नाम लिएर बोलाउँछन् । रुद्रसरले वाथरुममा पसेर सिंगारपटार गर्दा आपूmलाई दुर्योधनमा रुपान्तरण गरेको भान हुन्छ झण्डै वाथरुममा पल्टनबाट जोगिन्छन् र शम्भूपाण्डे कहाँ गएर इन्दिरासँग टाँसियर बस्छन्। शम्भूपाण्डेले रुद्रसरलाई एन आर एन सम्मेलनमा आएका मृतुञ्जय थापासँग चिनाजानी गराउँछ र मृतुञ्जय थापाले आफनो लगानीको योजना बतायो र इन्दिरा नेपालको प्रतिनिधि बन्ने र व्यवस्थापनको काम रुद्रसरले गर्नु पर्ने भन्दा भन्दै मृतुञ्जय थापाले आँखाको इसारा इन्दिरालाई गर्दा इन्दिराले रुद्रसरलाई सरभन्दै हातले तानेर एक कोठाभित्र लान्छे । मृतुञ्जय थापाले आप्mनो काम बन्ने भयो भनेर मख्ख पर्दछ । यतिवेला शम्भूपाण्डेको र मृतुञ्जय थापाको आँखा रुद्र र इन्दिरा पसेको कोठामा गएर अड्किन्छ र उनीहरमा कुटिल मुस्कान प्रष्ट देखिन्छ ।

उत्खनन् रुद्र ज्ञावलीको प्रथम कथा हो । यो कथासारमा अन्नाले सोमलाई जसरी पुरातात्विक कुराहरुको उत्खनन्गरे सरह अन्ना र सोमको जीवनमा घटेका यथार्थताको कथाको उत्खनन् गर्न भन्दछिन् । सोमले उसको पिटरले नराम्रो मान्दैन भन्दा अन्नाले पश्चिमी जगतमा व्याक्तिगत जीवनको कसैले वास्ता गर्दैनन् र पिटरले नै यो लेखाउने भनेको छ भन्दै, पिटर अन्ना नेपाल भ्रमणमा आउँछन् र सोम कहाँ चियापिउन जान्छन् । उनीहरु लुम्विनी घुम्न जान्छन् । पिटरले लुम्बिनी गए पछि पहिला देखेको मायादेबको मन्दिर खोज्छ पिपलको बृक्ष खोज्छ, व्याक्ति पूजा र मूर्तिपूजाका विरोधी गौतम बुद्धका नाममा बत्तिबाल्नेको होडबाजी देख्छ र यसबाट बौद्ध दर्शनको नै खिल्ली उडाएको ठान्छ साथै जुनदेशका नागरिकले आप्mनो साँस्कृतिक एबम् पुरातात्विक सम्पदाहरुको संरक्षण, आप्mनो भाषा र आप्mनो भू–गोलप्रति गर्व गर्दैन, त्यो देशको पहिचान रहदैन भन्छ यस्तै बुद्धको विश्वसम्पदाको प्रश्न,, हडताल र बन्दको प्रश्न, नागरिक दायित्वप्रतिको प्रश्न आदि आदि अभिब्याक्ति पोख्छ । लेखकसँग यी प्रश्नको यर्थाताको जबाफ हुँदैन र रातीको खानासँगै खाए पछि भोली पल्ट अन्ना र पिटरलाई पोखरा पठाउँदा सबैको आँखा रसाउँछन् र कथा समाप्त हुन्छ ।

मिष्टर एलर्जी रुद्र ज्ञावलीको दोस्रो कथा हो । एउटा यर्थाथवादी पत्रकार जो कुनै काममा लागे पछि खोइरो खनेरै छाडने भएकोले उसलाई एलर्जीको नामले बोलाइन्थ्यो । उसले जोसँगकुरा गर्दा पनि मिष्टर जोड्ने भएकोले उसको नाम मिष्टर एलर्जी भएको हो । जनताको चाहना धेरै माथी पुगेको र देशहाक्नेको १७ शताब्दिको मानसिकता बोकेको, कहीं नभएको सरकार र विद्रोहीको भूमिका खेल्ने सिधान्तको अवलम्बन एउटै राजनीतिपाटी, देशमा दण्डहीनता, भ्रष्टचारको अन्याय अत्याचार, उत्पीडन, दमन, चुपचाप सहन सक्नु पर्ने, पत्तामा नजुट्ने र झोलमा नडुब्ने मानिस एक्लो हुनुपर्ने मुलाकाटे झै, मान्छेकाट्ने र काटी रहनेले मानअधिकारका कुरा गर्ने, ट्राफिक प्रहरीले गाडी रोकेर पैसा असुल्दा हाँसदामात्र ज्यान मार्ने धम्कि पाउने, देश भोक रोग, र शोषणको जाँतो मा पिसिएको, र पत्रकारले सहीकुरा उठाउँदा ज्यानमार्ने धम्किआउने गरेको आदि आदि चिन्तितनका कुराहरु लेखक सँग पोखि रहेको र ज्यानखतरामा छ भन्दै अन्तिम कप चिया लेखकसँग खुवाउन अनुरोध गरको पत्रकार माथी केही दिन पछि सान्घातिक आक्रमणगरी मारिए छ । लेखकको संस्मरण लेख पत्रिकामा छापिएको भोलीपल्ट ढोका माथी अव तेरो पालो भनि सूचना टाँस पछि कथा समाप्त हुन्छ।

अखबारको मान्छे रुद्र ज्ञावलकिो तेस्रो कथा हो एउटा मुक्ति योद्धाकी छोरी सुनू मात्र भएको घरमा मध्य रातमा एउटा मान्छे आएर ढोका ढकढक्याउँछ र बास माग्छ साँझको पाहुना देवता समान भनेर सूनूले सावधानी पूर्वक उसलाईबस्न दिन्छिन् उसलाई जरो आएको कुरा सुनूले उठाउँदा तनको जरो भन्दा चेतनाको जरो खतरनाक हुने,जन आन्दोलन ताकाका सताइएका कुराहरु चलेका र ऊ समनताको खोजीमा हिडेको भन्दै खाना खाएर त्यो मानिस हिड्छ ,आमाले बजारबाट ल्याएको अखबारको पानामा आतङकारीको फोटो सहित जिउँदो वा मरेको मुर्दा बुझाउनेलाई रु.. पुरस्कार लेखिएको सूनुले देख्छिन् रातीबास बसेको त्यही मानिस पाउँछिन् र सबै उस्तै ,हुवहु दुरुस्तै रातको त्यो मान्छे र अखबारको यो मान्छे । कथा समाप्त हुन्छ ।

गेलहीको गनतन्तर रुद्र ज्ञावलकिो चौथो कथा हो यो कथाको सारमा गेहली अति दुर्गन्धित अस्पतालमा छोराछोरी मर्दामर्दै वाँचेको एउटा कान्छो छोरा बिरामीलाई कुरेर बसेको हुन्छ । उसले किस्तिभरि फलपूmल कचौरा भरि माछा मासु, गिलासभरि दूध, दही र निसुक्ल औषधी लिएर आउने गणतन्त्रको कल्पना गरेको हुन्छ । उसले जमिनदार बाहेक केही जानेको हुँदैन । उसका पुर्खा कहिले देखि यस देशमा बसे,ं उसलाई थाहा छैन र उसले नागरिकता पनि पाएको छैन । जग्गाको लालपूर्जा लिन नागरिकता चाहिने र नागरिकता लिन लालपुर्जा चाहिने प्रावधान भएको पुर्खौं देख बसेकाले नागरिकता नपाउनु र पाँच –छ बर्ष यता बस्नेले नागरिकता प्राप्त गरि सकेको देख्छ उसले । जनआन्दोलनबाट पीडित छोरालाई अस्पतालमा कुर्दा सुन्दर गनतन्तरको परिकल्पना गरेको हुन्छ उसले प्रत्येक मानिस अगाडी हात जोडेर सोध्छ –“कहिले आउँछ हजुर गनतन्तर” कथा समाप्त हुन्छ ।

कुइँकेल बाजेको सपना रुद्र ज्ञावलकिो पाँचौ कथा हो । यो कथाको सारमा कुँइकेल बाजेको छ वटी छोरी जन्मददा सम्म छोरा भएन ।बाजेलाई वंशनासको ठर र बज्यैलाई सौता आउने डरले सताएको थियो । हरिवंशलगाए पछि सातौ गर्भमा छोरा जन्मो र छोराको नाम हरिवंश नैराखे। उनको चाहना आदर्श छोराको आदर्श बाबु बन्ने थियो त्यसको लागि बाबुको प्रयत्न धेरै रह्यो तर आमाको अन्धो मायाले गर्दा छोरालाई कुलतबाट बाबुले जोगाउन सकेनन्, छिमेकीलाइृ पिटेर मा¥यो, एड्सबाट पीडित भयो र जेलमा नै म¥यो । कुइँकेलबाजेको सम्मपति छोरीहरुलाई बाँड्ने प्रस्तावमा छोरी र जुवाइँहरुले समाजसेवामा लगाउने भनी हरिवंशको नामामा ट्रष्टको नाम राखियो र समाजसेवामा सम्पत्ति लगाउने निधो भयो तर कुइँकेल बाजेले समाजमा छोरापाउन खातिर कसैले पनि हरिवंशनलागाउन् समाजमा कुनै पनि छोरा हरिवश नवनुन् भन्दै आफनो जिन्दगीको अन्तिम इच्छ्या मृत हेने छैन भनि आप्mनो निर्णय सनाउँदा सबैले समर्थको तालि बज्छ कथा समाप्त हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।