19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युगीन आत्मीयता

लघुकथा भूमिराज बस्ताकोटी August 4, 2012, 9:22 pm

‘उस’लाई जङ्गलमा देँखे । जङ्गलको डरलाग्दो बाटोमा ऊ एक्लै हिँडिरहेको थियो । पतझडीय मार्गमा उसको कानमा कसैको पदचापको ध्वनि पर्न गयो । पछाडि फर्केर हे¥यो । एउटा मान्छे पछिपछि आइरहेको देख्यो । ऊ आतङ्कित भयो । पाइला छिटोछिटो चाल्न थाल्यो । पछिल्तिर फर्किफर्कि हेर्दै पाइलाको गति अझ बढायो । त्यो मान्छे पनि छिटोछिटो ऊतर्पैm आइरहेको जस्तो लाग्यो । ऊ दगुर्यो । उसको पछिपछि त्यो मान्छे पनि दगुर्यो । भागाभाग भयो । यसै बीचमा झाडीको छेल पारेर ऊ लुक्यो । त्यो मान्छे भने त्यही बाटो तलतल ओर्ल्यो । केही समयपछि ऊ झाडीबाट बाहिर आयो । भयानक जङ्गलमा साहै्र निस्सासिरहेको अनुभव गर्यो । त्यसपछि केहीबेर हि“ड्यो । उसले अलि पर एउटा चितुवालाई देख्यो । अब उसमा केही साहस पलायो । उसलाई उक्त भयानक जङ्गलमा बल्ल आप्mनोपनको अनुभूति भयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।