14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पाठ्यक्रममा साहित्यिक कृति र नेपालबाहिरको नेपाली साहित्य

विचार गोबिन्दसिंह रावत, पीएचडी August 11, 2012, 3:48 am

नेपालबाहिरको नेपाली साहित्यलाई सही ढंगबाट परिभाषित गर्नु पर्ने र यसको सही मूल्याङ्कन हुनु पर्ने विचारकासाथ दक्षिण एशियाली मुलुकबाहेकका साहित्यकारहरु गृहकार्य गरी रहेको अवस्थामा मधुपर्कले आप्mनो २०६९ जेठ अङ्कमा पाठ्यक्रममा साहित्यिक कृति शीर्षकको अनुसन्धानात्मक लेखप्रति अचानक ध्यान मोडियो । नेपालको प्राथमिक कक्षादेखि स्नातकोत्तर तहसम्म नेपाली विषय अन्तर्गत नेपाली साहित्यमा कलम चलाउने विभिन्न साहित्यकारहरुका रचना÷कृतिहरुलाई पाठ्यक्रममा राखिएका छन् । नेपालका सिद्धहस्त तथा चर्चित साहित्यकारहरुका अतिरिक्त पहुँचवाला र राजनैतिक शक्तीपीठ नजिकका लगभग सबै साहित्यकारहरुका रचना÷कृतिहरुलाई पाठ्यक्रममा समावेश गरिएको देखिन्छ । कक्षा १ देखि १२ सम्म अनिवार्य नेपालीका रूपमा, कक्षा ११ र १२ मानविकी तथा शिक्षाशास्त्र सङ्कायको पाठ्यव्रmममा ऐच्छिक नेपालीका रूपमा, स्नातक तह प्रथम वर्षको पाठ्यव्रmममा मानविकी तथा शिक्षाशास्त्र सङ्कायअन्तर्गत अनिवार्य नेपालीका रूपमा अनि मानविकी सङ्कायमा प्रथम, द्वितीय र तृतीय वर्षमा तथा शिक्षाशास्त्र सङ्कायमा प्रथम र द्वितीय वर्षमा ऐच्छिक नेपालीका रूपमा नेपाली साहित्यको विधागत अध्ययन हुने गर्दछ । त्यस्तै स्नातकोत्तर तहको मानविकी सङ्कायको प्रथम र द्वितीय वर्षको पाठ्यव्रmममा एवम् शिक्षाशास्त्र सङ्कायको प्रथम वर्षको पाठ्यव्रmममा नेपाली साहित्यको विशिष्ट अध्ययन हुने गरेको छ । यी सबै पाठ्यव्रmमका लागि रोजिएका साहित्यकार र तिनका रचना÷कृतिहरुको रोजाईमा कतिको निष्पक्षता छ भन्ने कुरा मूल्याङ्कन र छनोट समितिमा बसेकाहरुले छातिमा हात राखेर भन्ने कुरा हो । निष्पक्षता छ वा छैन भन्ने पक्षमा यो लेखक नरहेको तर सबैलाई समेट्न नसेको वास्तविका देखाउन भने चाहेको छु । मधुपर्कमा प्रकाशित लेखमा नै पाठ्यक्रममा अनियमितता भएको र पहुँचवालाको बोलबाला रहेको वास्तविकतालाई देखाएकोले त्यसमा केही थप विचार राख्ने प्रयासमात्र गर्दैछु ।

नेपाली साहित्यको इतिहासमा भारतीय नेपालीको योगदानलाई विर्सिदिने हो भने नेपाली साहित्यको इतिहास नै अधुरो र अपुरो रहन जान्छ । तर लगभग २८ तहमा पढाइने नेपाली पाठ्यक्रमका साहित्यिक रचना÷कृतिमा भारतका पारसमणि प्रधान, अच्छा राई रसिक, रुपनारायण सिंह, महानन्द सापकोटा, अगमसिंह गिरी, हरिभक्त कटुवाल, इन्द्रबहादुर राई, लीलबहादुर छेत्री जस्ता नेपाली साहित्यको एउटा संस्था नै बनिसकेका साहित्यकारहरुबाहेक आरु साहित्यकारहरुको नामनै आएका छैनन् भने भारतका अतिरिक्त अन्य मुलुकमा बसेर साहित्य सेवा गर्नेहरुको नाम कस्ले राख्ने ? तर नेपालको सन्दर्भमा भने प्रतिष्ठित साहित्यकार बाहेक पहँुचवाला र राजनीतिकको नजिक रहेका साहित्यकारहरुको नाम बारम्बर दोहोरिएका छन् । २०४६ अघि पञ्चायतको भत्ता खाने विद्वानहरुले दलगत राजनीतमा लागेका साहित्यकारहरुलाई बहिस्कार गरे झै २०४६ सालपछि ती नै विद्वानहरुले दलगत राजनीतिको चाकरी गर्दै पञ्चायती पक्षध।रका साहित्यकारहरुलाई किनारा लगाउन थालेको देखिन्छ र २०६४ पछि त राजनैतिक दल बढे जस्तै पाठ्यक्रममा नयाँ नामले स्थान पाएको देखिन्छ । यो परम्परा अहिलेसम्म चल्दैआएको छ । यहाँ साहित्यकारको क्षमता र लेखनीको सशक्तता भन्दाबढी नजिकता हेरिन्छ । नेपालका साहित्यकारहरुको पाठ्यक्रममा सहभागिताको कसी भनेको पहुँच हो भने नेपालबाहिरका साहित्यकारहरुको पाठ्यक्रममा सहभासगताको कसीको आधार चाहिं के होला ? एक पटक त्यसमा नै घोत्लिनु पर्ला ।

प्रवासी नेपाली साहित्यको नामबाट परिचय पाउँदै आएको नेपालबाहिरको नेपाली साहित्यमा डायस्पोराको ग्रहण लाग्दै गएपछि विद्वतवर्गबाट यसलाई आफ्नै तरिकाबाट व्याख्या र परिभाषित गर्ने लहड चलेको छ । डायस्पोरा शब्दले समाजको प्रतिनिधित्व गर्नेबारे थाहापाएर पनि हामीहरु साहित्यमा जबरजस्ती यसलाई थोपरीरहेकाछौं । बेलायती विद्वान प्रा. माइकल हटले भुटान पुगरे बसोबास गर्ने र स्थाई हुन खोज्ने फेरी सदा अस्थिर जीवन भोग्ने नेपालीको त्यो समुहलाई डायस्पोरा भनेका छन् । तर परापूर्वकालदेखि प्रवासी शब्दबाट सम्बोधन गरिँदै आएको नेपालबाहिरको नेपालीहरुलाई अंग्रेजी विद्वान प्रा. हटले अंग्रेजीमा डायस्पोरिक नेपाली भनिएकै भरमा हामीले परम्परागत शब्दलाई छोड्न मिल्दैन । यसैको परिणाममा नेपालबाहिरको नेपाली साहित्य (भारत बाहेक) ले नेपालमा नै मान्यता पाउन सकिरहेको छैन भने यसको सम्मान कस्ले गर्ने ? अहिलेसम्म भारतबाहेक अन्य मुलुकबाट प्रकाशित भएका जति पनि संग्रहहरु छन् कुनैले पनि निश्पक्ष र दुरगामी काम गर्न सकेको देखिदैन । यी अनुसन्धान रहीत संग्रहहरुको प्रकाशन त्यहाँका संस्थाको प्रकाशन गर्ने लहडमात्र रहेको देखिन्छ । यसरी सामुहिक रुपमा प्रकाशित भएका संग्रहहरुमा रसियाबाट प्रकाशित “नेपालबाहिरको नेपाली साहित्य”, अमेरिकाबाट प्रकाशित “उत्तर अमेरिकाको नेपाली कवि र कविता”, अमेरिकाबाटै प्रकाशित “अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन” र “ अनेक डायस्पोराका कविताहरु”, त्यस्तै बेलायत, इजरायल, अबर राष्ट्र, जापान र वर्माबाट पनि त्यहाँका लेखकहरुका संग्रहहरु प्रकाशित भएको सुनिन्छ (तर हेर्न÷पढ्न पाइएको छैन) । यी संग्रहबाट पनि आप्रवासी नेपाली साहित्यका बारेमा थेरथोर जानकारी पाउन सकिन्छ ।

आज विश्न खुम्चिदै गएको छ । त्यसैले सबै कुराहरु आज खुला किताब जस्तै छर्ल¨ देखिन्छ । पहिला नेपालबाहिरको पर्यायवाची प्रवासीमात्र थियो भने आज त्यसका लागि अर्को शब्दको खोजतलास हुँदैछ । डायस्पोरा र आप्रवासी साहित्यको दोधारमा रहेको नेपाल बाहिरको नेपाली साहित्यको प्रस¨ आउनासाथ पहिला नम्बरमा भारतको नामनै आउने गर्दछ । भारतको मात्र कुरा गर्ने हो भने दार्जिलि¨, कालिम्पो¨, सिक्किम, आसाम, मेघालय, डुवर्स, देहरादुन, बनारस, कलकत्ता, मनिपुर, नागाल्याण्ड आदि विभिन्न ठाँउमा नेपाली साहित्यले मलजल पाएर हुर्कने मौका पाएको थियो । नेपाली साहित्यको थालनी नेपाल भएको थियो भने जनतालाई सुसूचित गर्न पत्रिका प्रकाशनको थालनी भारतबाट भएको थियो । नेपाली पत्रिकाको इतिहास खोतल्दै जादा पहिलोपटक भारतको बनारसबाट मोतीराम भट्टको सम्पादनमा वि.सं. १९४३मा गोर्खा– भारत जीवन पत्रिका प्रकाशित भएको थियो । त्यसको १२ वर्षपछिमात्र वि.सं. १९५५मा नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा नेपालबाट सुधासागर पत्रिका प्रकाशित भएको पाइन्छ । भारतका प्रत्येक राज्यमा नेपाली साहित्यिक संस्थाहरु छन् , साहित्यकारहरु छन् । तर भारतका साहित्यकारहरुको सिर्जनालाई पाठ्यक्रममा चयन गर्दा भने प्रायः दुईचारवटै नामहरु बरम्बार दोहोरिएको देखिन्छ । पारसमणि प्रधान, अच्छा राई रसिक, रुपनारायण सिंह, महानन्द सापकोटा, अगमसिंह गिरी, हरिभक्त कटुवाल, इन्द्रबहादुर राई, लीलबहादुर छेत्री आदि धेरैनै यस्ता प्रवासी साहित्यकारहरु छन् जसलाई भौगोलिक सीमाले छुट्याउन मिल्दैन । उनीहरु सबै नेपाली साहित्यका धरोहर हुन् र नेपाली साहित्यको अध्ययनमा उनीहरुलाई रमावेस गरिएपछि पूनः भारतीय साहित्को अध्ययनमा राख्नु पर्ने औचित्य पाठ्यक्रम निर्माण समितिमा बसेकाहरुको अध्ययनको कमी देखिन्छ । पाठ्यक्रम निर्माण गर्ने विद्वानको अध्ययन भारतसम्म पनि राम्ररी पुग्न सकेको छैन भने नेपालबाहिरका नेपाली साहित्यकारहरुसम्म कसरी पुग्न सक्छ । माथि भनिए झै नेपाली साहित्यमा एउटा संस्था बनिसकेका भारतीय साहित्यकारहरुको अध्ययन नेपाली पाठ्यक्रममा राखिएपछि त्यसलाई फेरी भारतको नेपाली साहित्यको मुख्य अध्ययनमा राख्नु पर्ने औचित्य कतै पाठ्यक्रम विकास समितिमा बसेकाहरुलाई भारतीय नेपाली साहित्यका बारेमा अध्ययनको कमी भएर त हैन भन्ने बुझिन्छ । किनभने पाठ्यक्रममा भारतीय नेपाली साहित्यको विशिष्ट अध्ययन राखिएको छ । तर त्यसमा भारतीय नेपाली साहित्यमा निरन्तर लेख्ने साहित्यकारहरुको नामनै छुटेको छ । भारतीय नेपाली साहित्यका महारथी तथा साहित्य कार्यकर्ता भएर आप्mनो जीवन अर्पण गर्ने धेरैनै साहित्यकारहरुको नाम न त नेपाली पाठ्यक्रममा राखिएका छन् न त भारतीय नेपाली साहित्यको विशिष्ट अध्ययनमा नै समावेश गरिएको पाइन्छ । छिमेकी राष्ट्र भारतमा रहेका नेपाली भाषा साहित्यका अथक सेवीहरुको यो अवस्था छ भने भारत बाहिरका नेपाली साहित्यकारहरुलाई कस्ले बुभ्mने । नेपाल छोडेर दूरदेशमा बसेर पनि साहित्य सेवामा सर्मपण रहेका धेरैनै प्रतिष्ठित साहित्यकारहरुको योयदानको चर्चा कस्ले गर्ने ? के र को को छन् त भारतीय नेपाली साहित्यको विशेष अध्ययनमा– कविता, कथा, उपन्यास, नाटक, निबन्ध र समालोचना शीर्षकमा विभित्र भारतीय नेपाली स्रष्टाका रचनालाई पाठ्यव्रmममा समेटिएको छ । कविताअन्तर्गत पुष्पलाल उपाध्यायको ’उषालहरी’, अगमसिंह गिरीको ’युद्ध र योद्धा’, हरिभक्त कटुवालको ’मलाई नसोध कहाँ दुख्छ घाउ’ (गीत), वीरेन्द्र सुब्बाको ’यो एउटा दिन’, जीवन थिङको ’म बैतलम शहरको हिपोटामस’, युद्धवीर राणाको ’चिहान नपाएका तक्माहरू’, विकास गोतामेको ’सोच मेरी चेलीहरू सोच’, गिमी शेर्पाको ’वासिलिङ्मा बुद्धलाई देखेपछि’, तुलसीराम शर्मा कश्यपको ’आमा’ महाकाव्य, निर्दोन रुम्बा ’एउटा किताब पढ्न बाँकी नै थियो’, र नोज्र्याङ स्याङ्देनको ’एकथोक हराएको दिनलाग्छ अ यो दिन’, समावेश छन् भने कथाअन्तर्गत रुपनारायण सिंहको ’बितेका कुरा’, इन्द्रबहादुर राईको ’हामीजस्तै मैनाकी आमा’, शिवकुमार राईको ’कस्तो मानिस’, सानुलामाको ’अपराजित’, मल्टिदा राईको ’टोटोलाको फूल’ रहेका छन् । लीलबहादुर क्षेत्रीको ’ब्रहृमपुत्रको छेउछाउ’ र अर्जुन निरौलाको ’शिशिरको बतास’ उपन्यासहरू पनि समावेश गरिएका छन् । त्यस्तै, नन्द हाङखिमको ’युद्धहरू’, शरद क्षेत्रीको ’आदि सङ्घर्ष’, पूर्ण गुरुङको ’निरुपम अ दैत्यराज दुर्भिक्ष’, किरण ठकुरीको जय महाकाल नाटक एवम् निबन्धमा पारसमणि प्रधानको ’दुईखेप जात गयो’, वेदनिधि शर्माको ’जातीय रोगको अचूक औषधी’, कृष्णप्रसाद ज्ञवालीको ’वसन्त बेला’ अच्छा राई ’रसिकको बसुधैव कुटुम्बकम’, रामलाल अधिकारीको ’मेरो सिद्धान्तविहीन सिद्धान्त’, कुमार प्रधानको ’ऐतिहासिक दस्तावेज’ (आत्मकथा) र राजनारायण प्रधानको ’नौ नामी नेता’ सहित समालोचना समावेश छन् । त्यसो भए के यतिनै प्रतिष्ठित साहित्यकारहरु छन् त भारतमा ?

आज नेपाली समाज फराकिलो हुँदै गएको छ । समाजसँगै साहित्यले पनि फिजिने मौका पाएको छ । एक पटकको नेपाली सधैको नेपाली नाराका साथ शुरुभएको गैरआवासीय नेपाली संघको नागरिकताका लागि चल्दै आएको संघर्षले पनि एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई प्रमाणित गर्दछ । यसरी छरिएर बसेका नेपालीहरुका साहित्यिक क्रियाकलापहरुका बारेमा निरन्तर पुस्तकहरु प्रकाशित हुँदै आएका छन् । स्नातक र स्नातकोत्तरको अध्ययनमा पनि लघु अनुसन्धान कार्य हुँदै आएका छन् । त्रिविविको पुस्तकालय र विभिन्न क्याम्पसहरुको पुस्तकालयहरुमा लघु शोध प्रबन्धहरु पनि राख्ने व्यवस्था छ । शीर्षकबाट मात्र पनि साहित्यिक गतिविधिका विभिन्न रुपरङ्ग, गतिविधि र व्यक्ति प्रवृतिका बारेमा सजिलै थाहा पाउन सकिन्छ । त्यसका आधारमा मात्र पनि हामीले नेपाल बाहिरका प्रतिष्ठित साहित्यकारहरुका बारेमा जानकारी लिएर प्रवास÷अप्रवासमा बसेर पनि नेपाली भाषा साहित्यका लागि उनीहरुबाट भए गरिएका योगदानको सम्मान गर्न सक्छौं । भाट साहित्यबाट हामी कहिले र कसरी माथि उक्लने । सही व्यक्ति र तिनीहरुको साहित्यिक योगदानबाट भाषा साहित्यका अध्ययताहरुलाई कसरी अवगत गराउँनेबारे निस्वार्थ भएर सोच्ने बेला आएको छ । त्यसैले अब भारतीय नेपाली साहित्यको अध्ययन भन्दा पनि नेपालबाहिरको नेपाली साहित्यको अध्ययन वा प्रवासी र आप्रवासी नेपाली साहित्यको अध्ययन जस्ता विषयवस्तुलाई पाठ्यक्रममा समावेस गराएर नेपाली साहित्यलाई विश्वव्यापीकरण गराउनु जरुरी देखिन्छ र यस कार्यमा गैरआवासीय नेपाली संघले अहम भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ ।

टोरोन्टो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।