19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव आर्य August 25, 2012, 9:41 pm

टुटेको घरवार देखियो

ढलेको तरवार देखियो

झुप्राकै भै–भित्तो बलियो

भत्केको दरवार देखियो

शिसाको महल चर्कैझैं

चर्केको सरकार देखियो

ठूल्ठूला सपना बाड्नेको

गिरेको व्यवहार देखियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।