19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिवराज योगी ‘आँशु’ August 27, 2012, 7:49 am

उनलाई दुख्दा ब्यर्थैमा पो, मेरो आँशु खस्दो रै'छ

उनको मनको चौतारीमा, अर्कै मान्छे बस्दो रै'छ

भन्थे छाती फुलाएर, मेरो माया हिरा मोती

उनको नजरमा त्यो त, लिलामी र सस्तो रै'छ

आफूबाट देउतालाई, चढाइएको फूल पनि

गोरेटोमा देख्दा अझै, किन मन डस्दो रै'छ

बिर्षिसकेँ भन्दा भन्दै त्यही यादमा टोलाईने

माया भन्ने चिज साँच्चै मन्द विष जस्तो रै’छ

जुनभन्दा अझै सुन्दर सिर्जनाले सजिएकी

हेर्नु थियो उनको रोजाई मनको मान्छे कस्तो रै'छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।