19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदीप सेढार्इ September 16, 2012, 6:53 am

चाहिने भन्दा बढि कुरा बोल्न हुदैनथ्यो

कसै सँग मनका कुरा खोल्न हुदैनथ्यो

बैसमा आखाँ हुदैन त भन्दै थिए सबै

उनिलाई निसाना बनाई टोल्न हुदैनथ्यो

म त मायाको प्यासी भएको थिए होला

अमृत सँग विष मिलाई घोल्न हुदैनथ्यो

एक्लै जिवन जिउन नसक्ने पनि होईन

उनी सँग मेरो नाम मोल्न हुदैनथ्यो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।