19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

केही श्रृजनाका अनुभव र लन्डनका कोशेलीहरू

संस्मरण/स्‍मृति विनोद रोका September 23, 2012, 1:24 am

मन परेर किनेका र कसैले उपहारस्वरुप दिएका किताव, सिडी वा डिभीडी

सुरुदेखि अन्त्यसम्म पढन, सुन्न र हेर्न समय निकाल्न नसक्दा छटपटी

भैरहन्छ मलाई। मैले केही महिना अगाडी तीनवटा सर्जकहरुका कथा संग्रहहरु

पाएँ । ती थिए, निलम काकी ‘निहारीका’ को वालमनोविज्ञानमा आधारित बेली,

शेखर ढुंगेलको क्षितिज पारिका सपनाहरु र सुन्दर जोशीको क्यासल रककी

अप्सरा । यी पुस्तकहरुका केही कथाहरु घरमा पढे पनि पुरा गर्न सकिरहेको

थिईन। यसैबीच नेपालबाट आउनु भएकी राधा भाउजुले झमककुमारी घिमिरेले लेखेको

जीवन: फूल कि काढा ? ल्याईदिनु भएपछि अर्को पढ्ने पर्ने किताव थपियो ।

म कितावहरु पढ्न प्राय: अलि टाढाको बस वा हवाईयात्राको प्रतीक्षामा

रहन्छु | कहिले आफ्नै पेशागत,व्यवसायिक कामले, कहिले कसैको निम्ताले त

कहिले आफैले कुनै उपाय निकाल्नुपर्ने हुन्छ यस्तो अवसरको लागि ।

न्यूयोर्कदेखि वोष्टनसम्मको बस यात्रामा निलमको बेलीलाई पढेर सिध्याउने

योजना बनाएको थिएँ तर अर्का सहयात्री टि.पि. सेन दाईले मन पराएर तपाईसंग

किताव छदैछ पछि पढे पनि हुन्छ मलाई पढ्न दिनुहोस् भनेर पढ्न सुरु

गर्नुभएको हुँदा मैले पुरा गर्न सकिन। यसपालीको लण्डन यृरोप यात्रामा

जाँदा निलमले त्यो संग्रह लण्डनमा हुने पुस्तक प्रर्दशनीका लागि कोमल

मल्ललाई दिनुहोला है दाई भनेको हुँदा त्यहीं छोडेर आएँ | त्यसैले पुरा

पढ्न पाईन तर जति वटा कथा पढें ती ज्यादै राम्रा लागे, धेरै ठाउँमा आँखा

रसाए | यिनै कथाहरु निलमले वाचन गरेको सुन्न पाएको भए अझ गहिराईसम्म

मनलाई छुने | बाँकी रहेका कथाहरु फेरि पढ़नेछु |

शेखर ढुंगेलजी र सुन्दर जोशीजीको कथा संग्रह नेसा,एटलाण्टामा राजा घलेको

सकृयता र सापकोटाजी र बरालजीको निम्तोमा कविता र अद्यागमन मिश्रीत

कार्यक्रममा भाग लिन जाँदा र आउँदा प्लेनमा पढेर सिध्याएँ । शेखरजीका

कथाहरु समसामयिक विषयलाई समेटी सरल भाषामा लेखिएका, पात्रहरुले भन्न

चाहेका कुराहरु सोझै भनिएका हुँदा कथाका पात्रहरु संगै बगें|लाग्थ्यो

आफ्नै वरिपरी यी घटनाहरु घटिरहेका छन् | कितावको अन्तिम पाना सकिएपछि पनि

अझै केही छ कि? जस्तो लागि रहयो र लाग्यो कथा अलिक विम्वहरुमा बाँधिएको

भए अझै राम्रा हुने थिए ।

सुन्दरजीको कथा संग्रहका बाँकी रहेका कथाहरु न्यूयोर्क फर्कंदा पढ्न सुरु

गरें | कथाका पात्रहरुले भन्न र गर्न चाहेका कुराहरु थाहा पाउन मलाई

कौतुहल लाग्थ्यो किनकि उनीहरुले भन्न र गर्न चाहेका कुराहरु थाहा पाउन

अलिकति परिवेशलाई छिचोल्नुपर्ने, शेखरजीको जस्तो सोझै होईन । अनि मलाई

सुन्दरजीले बेलामौकामा भन्ने गरेको विम्वको प्रयोग भएका साहित्य

श्रृजनाहरु पढ्न रुचाउछु र मनु लोहारुड०जीका कविताहरु खुबै मनपर्छ भनेको

कुरा कथा पढ्दै जाँदा बुझ्न थालें र लाग्यो शेखरजीको कथामा मैले

अन्तिमसम्म पनि खोजेको यही विम्व रहेछ क्यारे। सुन्दरजीका कथा पनि साह्रै

राम्रा लागे । यिनका बिषयवस्तुले डायस्पोरिक् पृष्ठभूमिलाई अंगालेका छन्

र आफ्नो जन्मस्थानलाई छाडेका छैनन् । त्यसैले यी कथाहरुमा छुट्टै किसिमको

मिठास पाएँ । अनि शैलेस दावालीले सुन्दरजीका वारेमा, सुन्दरजी त राम्रा

गीतकार पनि हुन्,वहाँ साहित्य त बेजोड लेख्नुहुन्छ भनेर गर्ने गरेका

प्रशंसा सम्झिएँ । यद्यपि कतिपय अवस्थामा पात्रहरुले गर्ने र भन्ने

बेलामा घुमाउरो पृष्ठभूमि नभएर गोरखाली पारामा सोझो भएनि हुन्थ्यो नि

भन्ने मनमा नलागेको होइन । तर कथा संग्रहमा टुड०गा र डम्फुको १ देखि ४

सम्मका कथाहरु भने अझै बाँकी रहेका छन् | किनकि कथा जस्तो अचारको भाडोबाट

लामो दालभात जस्तो उपन्यास निस्किएपछि ब्रेक लागेको छ ।

यसपालीको युरोप यात्राको क्रममा म पनि लण्डनको हिथ्रो टर्मिनल ३ केही समय

रहें तर मैले एक तुक्रा कविता पनि फुराउन सकिन अनि सोचें सुन्दरजीले

त्यति लामो कथा फुराउन सकेको व्यस्त टर्मिनलमा मैले एउटा कविता पनि किन

फुराउन नसकेको होला | सायद म श्रीमतीसहित भएर पो हो कि ?

अँ यसपाली लण्डनमा रहेको समयमा नेपाली साहित्य विकास परिषद, लण्डन,युकेका

वरिष्ठ सहअध्यक्ष कोमल मल्लको सकृयता र यसका पदाधिकारीको सहमतिमा मेरो

सम्मानमा एउटा साहित्यिक रात्रीभोजको आयोजना गरिएको थियो अगष्ट १९,२०१२

मा । जहाँ मैले केही आफ्ना टुक्राहरु र कविता सुनाएँ जुन वहाँहरुले मन

पराउनु भयो किनकि त्यहाँ पनि १ लाख भन्दा बढी नेपालीहरुको संख्या पुगेको

र १०० भन्दा बढी संस्थाहरु रहेछन् | न्यूयोर्कको धरातल र हाम्रा

आनीबानीको सेरोफेरोमा लेखिएका रचनाहरु त्यहाँ पनि सान्दर्भिक रहे।

त्यस्तै लण्डनमा रहनु भएका कविहरु कोमल मल्ल,सुरेशजंग शाह, डा. सुधा

श्रेष्ठ आदिका राम्रा कविताहरु सृन्न पाए। यस संस्थाका अध्यक्ष श्रद्धेय

खगेन्द्र नेपालीबाट सम्मान र वहाँले स्वरांकन गर्नु भएका सिडीहरु सेतो

बाघ र वीपीको आत्मबृन्तान्त उपहार पाउँदा मेरो यात्राको उच्चतम आनन्द

मध्येको एउटा अविस्मरणीय क्षण बन्न पुगेको छ। त्यस्तै कवि तथा गीतकार

कोमल मल्लको कविता संग्रह नेताहरुको महंगो बजार, सिडी इच्छा र कवि तथा

गीतकार सुरेशजंग शाहजीको यूके नेपाली एक चिनारी बायोग्राफी र पछि बीबीसी

नेपाली सेवाका वरिष्ठ पत्रकार एवं गीतकार सुमन खरेलजीको रेडियो यात्रा

तथा गायिका सितु खरेलजीले आफुले निकाल्नु भएका सिडीहरु परी, बतास संगै र

निर्मन उपहार दिनु भएर मलाई न्यानो माया लगाउनु भयो । त्यसैगरी हिंड्नु

भन्दा अगाडी समकालीन साहित्यका साहित्यकार मित्र कृष्ण बजगाईजीले भेटेर

स्रष्टा र डिजिटल वार्ता पुस्तक दिनु भयो | तर मैले आफ्नो जीवनको यात्रा

गीत संग्रह र सिडी मेरी प्रियका थोरै कपी मात्र लगेको हुँदा सबैलाई दिन

नसक्दा खल्लो लाग्यो । मैले उपहारमा पाएका यी श्रृजनाहरु मध्ये गीतका

सिडीहरु त सुनिसकें सबै राम्रा छन् । अब खगेन्द्र नेपालीजीले दिनु भएका

सिडीहरु सुन्न अनि खरेलजीको रेडियो यात्रा, कोमलको कविता संग्रह, शाह,जी

र बजगाईजीका कोसेलीहरु पढ्न थाल्नेछु ।

न्युर्योक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।