लौ मै मरिदिएँ, पर्दैन मर्नु तिम्ले अब
छैन बाँकी क्यै पर्दैन गर्नु तिम्ले अब ।
रुखचढि हल्लायौ, म सुकेको पातलाई
मै छु भूइँभरि पर्दैन झर्नु तिम्ले अब ।
परै बसी काँप्ने? कति प्यारो भो जीवन
ज्यान त मेरै गो पर्दैन डर्नु तिम्ले अब ।
शिशा हो मन, के काम टुक्रिएपछि यो?
मसँगै डेरा कतै पर्दैन सर्नु तिम्ले अब ।
रसाउँदैन हृदय कतै, खडेरी छ मनमा
सुक्यो अश्रुभेल पर्दैन तर्नु तिम्ले अब ।
छुनै मन छैन, आकाशको जून मलाई
नतर्स सुनपानी पर्दैन छर्नु तिम्ले अब ।