19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेराग कामना

कविता प्रदिप रेग्मी September 28, 2012, 6:34 pm

तिम्रो तपश्या अनि आर्ज्यको मूल्य

महान तिम्रा दृढ तृप्तिहरु

कुटिल मनका आशक्तिहरु

अनि अतिरञ्जित सफलताहरु

साथमा स्वामित्व गुमाएका प्राप्तिहरु

सारा रहुन तिमीसंगै जिवन्त !

मैले बुझें उदाउनु भनेको क्षणिक प्रकाश छरी

सदाका लागि अस्ताउनु भनेर,

तिमीले बुझ्यौ त्यही प्रकाशमा रमाउन

आफ्नो स्वार्थी संसार सजाउनु भनेर

अर्को एक फरकपन – यी साराका लागी

धर्ति अस्तित्व सम्म मूल्य चुकाउनु

निसंकोच अमान्य पनि सामान्य !

तिम्रा अप्राकृतिक प्रेम

र यौनिक आशक्ति

अमर बनोस तिम्रो यौवन जस्तै

आशा छ महान इश्वरले

तिम्रा लागि वासना थपिदिनेछन

किनभने तिम्रो शाश्वत सत्य

अनि अस्तित्व रहि रहनु पर्नेछ युगसम्म !

नचिम्लिउन तिम्रा आँखा

अनिमेश बनुन बुद्घका जस्तै

संसार तिम्रै हो बुझ, सुन

अनि पुरा गर रहरहरु सस्तै

अकाटय मेरो निश्चलताले

जिवन्त रहने तिम्रो सजिवतालाई

प्रशंशा गरि रहनेछ हिमाल बनेर !

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।