19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मनोज बोहरा September 28, 2012, 6:46 pm

संसार उजाडिएकोलाई सोध

मनै कुडिएकोलाई सोध

गजल के हो के सोध्छौ मलाई

आफ्नै मुटु चुडिएकोलाई सोध

मायाको ब्यापारीलाई के थाहा र के हो माया ?

आफ्नै भाग्य लुटिएकोलाई सोध

लाउनेलाई के थाहा र खोट के हो ?

बिना अर्थ गहुँ संगै भुटिएकोलाई सोध

के थाहा हुन्थ्यो र चोट अचानोलाई बरु

शब्दै शब्दले कुटिएकोलाई सोध

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।