16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हत्यारा

कथा शुषमा मानन्धर September 29, 2012, 2:54 am

समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए । नाना थरी मानिसका नाना भांतिका कुरा । नचाहंदा नचाहंदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका आरोपहरु पग्लिएको तातो सीसा सरि उसका कानभित्र पसिरहेका थिए । त्यहां उभिनेहरुमा सवै अपरिचितहरु मात्र थिएनन् । ती रमितेहरुमा भन्नलाई त उसका सासु ससुरा, नन्द र छिमेकीहरुका अनुहारहरु पनि थिए तर त्यहा“ उसका निम्ति सहानुभूतिका कुनै उष्णता थिएनन् । चिसो अनि उपेक्षित हेराई । वर्षौसम्म जहां उसले कुनै अपनत्व पाइन,त्यहां आज विकट स्थितिमा उसले कुनै सहाराको अपेक्षा पनि कसरी गर्न सकोस् ?

उसले टक्क अडेर त्यो घरलाई हेरी, उसको आफ्नो घर । कम्तीमा ऊ आफू चैं यही सोच्थी केही समय अघिसम्म । त्यो घर जहा“ उसले विहे पछिका पा“च सात वर्षहरु दुःख सुख गरी बिताई । आज पराई झैं उसको पीडामा निर्लिप्त ठिङ्ग उभिएको थियो । उसले घरमा माथि हेरी≤ सडक पट्टि तेस्रो तल्लामा रहेको उसको कोठाको झ्याल बन्द थियो । बार्दलीमा खिया लागेर फुस्केका फलामका केही डण्डी भुंइ छाडेर झुलिरहेका थिए । रंग उडेर फिका भैसकेका घरका बाहिरी भित्ताहरु ऊ मmैं फुंग उडेका उदाश देखिन्थे ।

अनायसै विगतले झ्याल खोेलेर उसलाई सुस्तरी बोलायो र ऊ फर्की आठ वर्ष पछाडि ।

त्यो बेला ऊ स्कूलमै पढ्थी, नौ कक्षामा । उसैको कक्षामा पढ्थ्यो एउटा सम्पन्न परिवारको केटा जोे हठी र निर्भिक थियो ,जोसंग सबै सहपाठी डराउ“थे≤ ऊ मात्र डराउन्न थिई । शायद उसको त्यही निर्भिकताले हो दुबैमा छिटै निकटता बढ्दै गयो । मित्रता भएको केही समयमा नै उनीहरुका सम्बन्धले उसको स्कूल, छरछिमेकतिर धेरै चर्चा पायोे । धनी बाउको एक्लो पुल्पुल्याइएको छोरोसंगको सम्पर्क ,सवैको चासोको विषय थियो । बाटो हिड्दा चिनेजानेकाहरु उसलाई औँल्याउँदै कुरा काट्थे ,ज्यादै मशहुर र फास्ट रहिछ भन्ने कमेन्ट गर्थे । स्कूलमा उसलाई देखेर सबै साथीहरु त्यही सहपाठीको नाम लिई जिस्काउ“थे । उसलाई त्यो सहपाठी राम्रो लाग्थ्यो, भित्रैदेखि मन पनि पथ्र्यो । ऊसंगको उसको प्रेम आफै चुलिनु भन्दा पनि वरिपरिका त्यसले पाएको चर्चाले बढी उक्सियो ।

अधकल्चो उमेर र अपुरो पढाई ,घरमा त्यो कुरा थाहा पाएपछि सबैबाट त्यसको विरोध भयो । उसलाई त्यो सम्बन्ध तोड्न दवाब पनि दिइयो । कत्ति दिन उसलाई कुटेर कोठैमा थुनियो पनि । तर उसले कसैको परवाह गरिन । मानौ संसारमा ऊ भन्दा दोश्रो अर्को पुरुष नै नभए सरि दश कक्षामा पढ्दा पढ्दै उसले आफ्नो सहपाठीसँग भागी बिहे गरी ।

विहे के गरी त्यसपछि दुर्भाग्यसंग नाता नै जोडिन गयो उसको । बिहे पछि शुरुका केही वर्षहरु त ठीकै बिते । यद्यपि घरपरिवारका सदस्यहरुले बेजातकी र भागेर आएकी केटी भनेर उसलाई दिनुपर्ने स्नेह, इज्जत दिंदैनथे , उसका श्रीमानको व्यवहार त्यो बेलासम्म ठीकै थियो । कम्तीमा खाइस् कि खाइनस् भनी सोधी खोजी गर्थे उसको । उसले आफूलाई सान्त्वना दिन त्यति पनि पर्याप्त नै थियो ।

थर्ड डिभिजनमा एसएलसी पास गरेका उसका श्रीमानलाई त्यसपछि पढ्नमा भन्दा व्यापार व्यवसायको सनक चढ्यो । उसले भनेकी पनि हो, पहिले पढाइ सकाउनु भनेर । नपढी न बुध्दि पलाउंछ न कुनै इलम भेटिन्छ । उसको कुरै नसुनी उनले साझेदारीमा व्यापार थाले । उही त हो, खट्न सके पो राम्रो हुन्थ्यो । सब कुरा अर्कोलाई विश्वासमा सुम्पेर आफू अल्लारेहरुसंग सडक नाप्नमा बढी व्यस्त रहन थालेपछि व्यापारमा विस्तारै घाटा हुन थाल्यो । त्यतिमै चेते त हुन्थ्यो तर उसका श्रीमानको घँैंटामा घाम लाग्न सकेन ।

सबैभन्दा बिगार उनलाई खराब संगतले ग¥यो । साथीहरु पनि कस्ता मात्र थिएनन् उनका≤ उसलाई असह्य हुन्थ्यो । सवै जना उनी जस्तै खानु र पिउनु पर्ने । थोरै पिउने भए त ऊ आफै पनि कुनै गुनासो गर्दिनथी । तर उनी त नढलेसम्म पिउ“थे । रक्सीले मातेपछि अनि कुनै विवेक बा“की रहन्नथ्यो । त्यसपछि तथानाम गाली, शारीरिक यातना शुरु हुन्थ्यो उसको । दुखसुख सहंदै गरेकी उसलाई एक मुठिठ माया न श्रीमानले दिए न घरका अरु सदस्यहरुले । सवैजना उसको विरोधमा विपरित कुरा गर्थे । विना कुनै अपराध उसको किन उपेक्षा गरिन्थ्यो उसले कहिल्यै बुमm्न सकिन । उसलाई समर्थन र सहानुभूति गर्नुको सट्टा घरकाहरु गल्ती गरे पनि उल्टै आफ्नो मान्छे कै पक्ष लिन्थे । उनीहरुको शह पाएर उसका श्रीमान ऊबाट मmन टाढिंदै गए ।

काखमा छोरी आइसकेकी थिई । घरको काम, मानसिक चिन्ता र पोसिलो खानाको अभावमा ऊ कम उमेरमा नै बुढी झै देखिन थालेकी थिई । उसप्रति गरिएको अमानवीय व्यवहार देख्दा ऊ छक्क पर्दै सोच्थी के यी तिनै व्यक्ति हुन् जो संग उसले प्रेम बिवाह गरेकी थिई र जसको लागि उसले आफ्नो घर परिवारसंग विद्रोह गरेर भागेर आएकी थिई । समयसंग मान्छे कसरी परिवर्तन हुन सक्दा रहेछन् ।

बिहे भन्दा अघि उसको जुन निर्भिकता उसका श्रीमानलाई राम्रो लाग्थ्यो पछि त्यही गुण उसको दुस्साहस ठहरियो । आफनो अधिकार र अस्तित्वको लागि बोल्दा उसले मुखाले र बेसोमतीका उपमाहरु पनि पाउनु पर्यो । त्यही भएर उसले चुप लागी आफूलाई एकान्तमा सीमित पार्दै लान थाली । तै पनि उसले छुटकारा पाइन । उसलाई घमण्डी भनि प्रत्यक्ष अप्रत्यक्ष सुनाइन्थ्यो । श्रीमानले भर्खर भर्खर पिट्न शुरु गर्दा पहिला ऊ सहायताको लागि सासु ससुराकहा“ गुहार्न जान्थी । पोल लाउने भनी श्रीमानले झन कुट्न थाले । “यस्तो बानी थाहा पाउ“दा पाउ“दै किन आएकी त ?” नन्द, आमाजुहरुको व्यङ्गयात्मक प्रश्न हुन्थ्यो उसैलाई । आफूलाई कतैबाट पनि सहारा नपाइने देखेपछि उसले उनीहरुसंंग हारगुहार गर्नै छाडी । मदत दिने भए पो सहयोगको अपेक्षा गर्नु≤ घरभित्र नै विरानो बनेकाहरुसंग के को आश ।

कम्तीमा एसएलसी एउटा सकाएको भए हुने थियो उसले≤ आफनो अपूर्ण पढाइमा उसलाई निकै पल्ट पछुतो भयो । पढाई पुगेको भए उसले यसरी हेिपएर बस्नु पर्दैनथ्यो । तर अहिले कतै कुनै जागिर खाइहाल्न पनि छोरी सानी, थोरै पढाइ... उसमाथि न त चिने जानेका मानिस नै कोही थिए ।

हर रात रक्सीले मातेपछि उसका श्रीमान उसलाई तान्थे,किनकि उनलाई त्यो बेला एउटा शरीर चाहिन्थ्यो । विरामी छ कि अथवा थाकेकी या भोकी उनले कहिल्यै मतलब राखेनन् । उसका श्रीमान उसबाट पनि बिक्ने च“चलीहरुको जस्तो हाउभाउ र कटाक्षको अपेक्षा राख्थे । एकदिन त उसले लाइराखेकी सुनको सानो औंठीमा समेत कुदृष्टि राखे उनले । दिन नचाहेर भागी ऊ, छिमेकीको घरमा समेत गएर लुक्न गै । “लोग्ने स्वास्नीको झगडामा हेर्नुस हामी त बोल्दैनौं≤ हामीलाई नमुछ्नुुुस् है । आफै सुल्मmयाउनुस् यसलाई ।” कुनै पनि छिमेकीले उसलाई सहयोग गर्ने साहस र मनसाय देखाएनन् । दुनियां कति स्वार्थी छ । ऊ घरपरिवार र सबैबाट एक्लिई । माइतीमा धेरै दुख दिन ऊ चाहन्न थिई उसमाथि पनि उनीहरुसंग सहानुभूतिको आशा गर्नु व्यर्थ थियो≤ किनकी ऊ उनीहरुको तीब्र विरोधको बावजुद घरबाट भागेकी थिई ।

सधैभरिको किचकिच, अभाव र रातोदिनको झगडाले निकैपल्ट उसले हरेश खाएर जीवनको अन्त्य गर्न खोजेकी पनि थिई, सानी छोरीको निर्दाेष अनुहारले हरेक पटक उसलाई रोक्यो । श्रीमान शायद पछि सुध्रिहाल्लान कि भन्ने आश थियो उसलाई । तर उसको आशा सांचो हुन सकेन । उनी ऋणको भुमरीभित्र मात्र हैन रोगकै चपेटामा पनि पर्दै गए । घर परिवार यसको दोषी उसैलाई ठान्थे । कैलेकाहिं मनको बह कुनै साथीलाई पोखेर हल्का भए पनि जमेको फोहर पानी जस्तो जीवन एक्लो र आफ्नै पीडासंग डो¥याइरहेकी थिई उसले ।

गर्मीको त्यो रात बेस्सरी गर्मी थियो अरु दिन भन्दा । ऊ घरधन्दा सकाइ खाटमा बसिरहेकी थिई । सधै झै उसका श्रीमान मातेर आए । खाना ल्यांउँकी ? भनी उसले सोधी । खानु पिउनु बाहिरै सकिएको होला≤ उनी एक शब्द बोलेनन् । हुन सक्छ सुनेनन् । त्यसैले जुत्तै नखोली आउने वित्तिकै ओछ्यानमा ढलिहाले । ऊ भोकाएकी थिई तर श्रीमानको चालाले विरक्त बनेकी उसलाई खान मन लागेन । उसले श्रीमानको जुत्ता खोली दिई र बत्ति निभाई खाटमा पल्टी । विभिन्न तर्कनाहरु उठिरह्यो, कत्ति बेरसम्म निंद्रै लागेन उसलाई । पछि मध्यराततिर एक्कासी उसको निद्रा खुल्यो । बत्ति बालेर हेरी तब उसले जे देखी, त्यो कुराले उसलाई पागल बनाउन पर्याप्त थियो । नराधम † जसलाई उसको पति भनिन्थ्यो≤ रक्सीको शुरमै थियो अमmै । निर्लज्ज उनी छोरीमाथि घोप्टिएर कुचेस्टाको प्रयास गर्दै थिए । उसकी छोरी आत्तिएर रुन थालेकी थिई ।

उसको पातलो र जीर्ण शरीरमा पनि त्यतिबेला खै कहांबाट त्यो शक्ति आयो । रीस र पीडाको आवेगमा उसले श्रीमानको कठालो समाइ तानेर हुत्याई । बार्दलीको ढोका खुल्लै थियो । पर्दाबाट हुत्तिएर उनी बराण्डाको फलामे डण्डीमा बज्रिन पुगे । छेउका केही डण्डीहरु खिया लागी फुस्केका थिए । बरन्डाका ती कमजोर बारले उसका श्रीमानको जिउको भार थाम्न सकेनन् र उनी सिधै तीन तल्ला तल खसे सडकमा । ऊ संज्ञाशून्य भै । होशमा आउ“दा ऊ आफू बार्दलीमा बसिरहेकी थिई । घरका परिवार सब आत्तिएर रोइ कराउ“दै थिए । सडकमा ठूलै भीड लागिसकेको थियो ।”सधंै झगडा भैरहन्थ्यो, आज मारिछाडिछ लोग्नेलाई ।“ धेरै जना यसै भन्दैथिए ।

उठिरहेका कोलाहलभित्र सहानुभूति भन्दा पनि टिप्पणी र आलोचना बढी थिए । किन घटना घट्यो संग कसैले सरोकार राखेनन् ,बरु नपत्याउंदीले त्यो घटना गरी भनेर सवैले यसैलाई उचाले । सबैले ठहर गरे उसैले श्रीमानलाई बार्दलीबाट खसाई । पतिहन्ता, हत्यारिणी यी धेरै उपमाहरुभित्र ऊ आफू हराइसकेकी थिई । उसको आफनो अस्तित्व त्यहांं कतै बांंकी थिएन । आठ वर्ष अगाडिकी त्यो सुकुमारी केटीलाई, भविष्य विनाको त्यो धरातलसम्म पुर्याउन जो जो पनि जिम्मेदार हुन सक्थे ती सवै प्रतिक्रियाविहीन उभिएका थिए मानौं तिनीहरुको कुनै दोष नै थिएन ।

त्यो घर थियो ,कोठा अनि बार्दली ...तिनीहरु जान्दथे त्यो यथार्थता साक्षी बक्न सक्ने तर तिनीहरु निष्प्राण थिए त्यसैले मौन । त्यहां बस्ने प्राण भएकाहरुले त उसलाई बचाउन केही बोलेनन्,त्यही भएर उसले पनि ओठ खोलिन । रातको सत्य उसको छातीभित्र हिक्काहरुसंग दब्यो । उसले ठीक गरी या बेठीक उसले सोच्न चाहिन । परिस्थितिले उसलाई अपराधी बनाउंदा उसलाई त्यो स्थितिसम्म ल्याउने उसका श्रीमानको के कुनै दोष थिएन र ? “जाउ“ छिटो” महिला प्रहरी उसलाई अघि जान तान्दै थिइन् । ऊ फर्की आप्mनो वर्तमानमा जहां उसंग वितेका वर्षहरुको बदलामा उपलब्धिको नाममा सिर्फ शून्यता थियो र मात्र एउटा अभियोग । ऊ जेल जा“दै थिई,उसले स्वीकारेकी छ यो उसको प्रारब्ध हो । सवैभन्दा दुख उसलाई छोरीको निम्ति लागेको छ, ठूलो सजांय त छोरीले पाउने भई विना कुनै अपराध ऊसंग सजाएंको भागी भएर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।