14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

समसामयिक नेपाली साहित्यको परिदृश्य

विचार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल September 28, 2012, 2:01 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

पर्यायवाची शब्दका रूपमा रहेका समकालीन÷समसामयिक (अयलतझउयचबचथ) शब्दको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउ“छ । साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन÷समसामयिक रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन वmुनै विषयवस्तु, व्यक्ति, वृmति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउ“छ । समसामयिकले चालु वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हु“दा समसामयिक भनेको विशुद्ध समय मात्र नभएर त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुञ्जेलसम्म यस शब्दको प्रयोग गर्न सकिन्छ । यसर्थ समसामयिकताले वर्तमान समय र प्रवृत्ति दुवैलाई द्योतन गर्छ । कतिपयले समकालीनता र आधुनिकतालाई एउटै अर्थमा प्रयोग गर्ने गरेको पाइए पनि यी दुई शब्द समानार्थी नभएर भिन्नार्थबोधक शब्द हुन् । आधुनिकता भनेको समकालीनता होइन तर समकालीनताभित्र आधुनिकता पनि आउन सक्छ । प्रवृत्तिगत आधारमा समकालीनता परिवर्तनशील, अस्थिर, एतत्कालीन हुनाका साथै निश्चित र सीमित समयावधिमा आबद्ध हुन्छ भने आधुनिकताचाहि“ अपरिवर्तनशील, स्थिर र असीमित समयावधिसम्म विस्तारित हुन्छ ।

वर्तमान छिटै भूतमा परिणत हुनेहु“दा समसामयिक शब्दले पूर्वनिर्धारित समयका सन्दर्भबाट चिरस्थायी अर्थ ग्रहण गर्दैन । साहित्यको इतिहासमा चालु वर्तमानको तीन–चार दशकजतिको समयावधिलाई समसामयिकभित्र समेट्न सकिन्छ । प्रवृत्तिगत परिवर्तन नभएका अवस्थामा भने यसको समयावधि लम्बिन पनि सक्छ भने द्रुत गतिमा प्रवृत्ति परिवर्तन हु“दा छोटिन पनि सक्छ । निश्चित समयको समाप्ति र प्रवृत्तिगत परिवर्तनपछि पुनः नामकरणमा समस्या पैदा हुनसक्ने स्थिति पनि टड्कारै छ । अहिलेको समसामयिकता निश्चित अवधि पार गरिसकेपछि समाप्त भई अर्कै समसामयिकता सुरु हुन्छ र पहिलेकोलाई अर्कै नामले पुकार्नु पर्ने हुन्छ । समसामयिकका लागि निर्धारित समयावधिलाई पनि खण्डखण्डमा विभाजन गरेर हेर्नु पर्ने पनि हुनसक्छ । समसामयिकता भन्ने वmुरा चिरस्थायी नभएर परिवर्तनशील हुने हु“दा यसलाई समयानुसार पहिचान गरी ठम्याउनु पर्ने हुन्छ । समसामयिक शब्दले धेरै समयावधिलाई नसमेटे पनि र यो परिवर्तनशील भए पनि अहिले बहुप्रचलित यही शब्दलाई यसमा पनि प्रयोग गरिएको छ । समसामयिकता भन्ने कुरा हरेक विधामा उही समयमा उही ढङ्गले आउ“छ भन्ने छैन । व्यक्तिजीवनमा दुईचार वर्षसमेत निकै महŒवपूर्ण देखिए पनि साहित्यको इतिहासमा दशकौ“दशक पनि क्षणिक हुनसक्छ । प्रत्येक क्षण वा प्रत्येक वर्ष साहित्य सिर्जना नहुन पनि सक्ने भएकाले यस्तो स्थिति हुनेगरेको हो ।

नेपाली साहित्यको समसामयिक धाराको अवधिमा नेपाली साहित्यले अनेक नौलानौला मोड र बान्की लिनुपर्नेमा अपेक्षाकृत कम देखिए पनि युगीन सन्दर्भ, अपेक्षा र परिवेशअनुरूपका साहित्य सिर्जना धेरथोर मात्रामा भइरहेकै पाइन्छ । वर्तमान शताब्दीको महत्तम उपलब्धि प्रयोगशीलतालाई कतिपय साहित्यकारहरूले राम्ररी वरण गरेका पनि छन् । साहित्यलाई विद्युतीय उपकरण वेबसाइटमा राख्ने कार्यको थालनी पनि भइसकेको छ । यसलाई अझ व्यापक र विस्तृत तुल्याउ“दै जाने हो भने वर्तमान नेपाली साहित्यको परिदृश्य अवलोकन गर्न सहज र सुगम हुन्छ । यतिखेर विभिन्न पत्रपत्रिकाका साथै अनलाइन पत्रिकाका माध्यमबाट पनि विभिन्न साना विधाको विकास र विस्तार भइरहेको छ ।

नेपालबाहिर गई विभिन्न मुलुकमा छरिएर बसोबास गरेका विभिन्न व्यक्तिहरूले पनि अनेक विधाका साहित्य सिर्जना गरिरहेका छन् । लाहुरेहरूले समेत सिर्जनामा चासो राखेको स्थिति पनि छ । नेपालबाहिर नेपाली साहित्यलेखन मात्र नभई पठनपाठनसमेत विस्तार भइरहेको छ । नेपालबाहिरका विभिन्न विश्वविद्यालयमा नेपाली एम्.ए. कक्षा सञ्चालन भइसकेका छन् र कतिपयमा हुने प्रक्रियामा छन् । गौहाटी विश्वविद्यालयमा नेपाली एम्.ए.को पाठ्यक्रम र पाठ्सामग्री निर्माण गरी कार्यक्रम उद्घाटनसमेत यसै पङ्क्तिकारबाट भइसकेको छ । नेपाली साहित्य नेपाल भूमिमा मात्र सीमित नरही भारतका असम, मेघालय, दार्जिलिङ, सिक्किम हु“दै भुटान, बर्माका साथै नेपालीहरू छरिएर रहेको युरोप, अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा समेत विस्तारित भइरहेको देखिन्छ । यसरी नेपाली भाषासाहित्य राष्ट्रमै सीमित नरही अन्तर्राष्ट्रियकरण हुनु सुखद कुरा हो । यी सबै सन्दर्भबाट हेर्दा नेपाली जाति महाजातिका रूपमा देखापरिसकेको छ भने साहित्य पनि यसैअनुरूप अगि बढ्नु आवश्यक देखिन्छ ।

साहित्य सिर्जना र समालोचनामा उता र यताको परिवेश निकै पृथक् छ । उता समाप्त हु“दा यता थालिने अनि चाकडी–चाप्लुसीलाई योग्यताको कसी मान्ने सोरौ“ शताब्दीको मानसिकता बोकेका तथाकथित बुद्धिजीवी तथा नातावाद, कृपावाद एवं सर्वसत्तावादमा चुर्लम्म डुबेका सत्तासीनहरूले आपूmलाई सबथोकको आधिकारिक ठेकेदार व्याख्याता ठान्ने मात्र होइन नेपाली साहित्यको बारखरीसमेत राम्ररी नछिचोलेकाहरूले आपूmलाई सिङ्गो नेपाली साहित्यकै आधिकारिक व्याख्याता ठान्ने परिपाटी पनि यहा“ भेटिन्छ । आधुनिकतासमेत पटक्कै नबुझेका मध्यकालीन मानसिकता बोकेकाहरूले उत्तरआधुनिकताको बखान गर्ने प्रवृत्तिले गर्दा नेपालीमा उत्तरआधुनिकता नै बदनाम हुनपुगेको छ । पश्चिमतिर लवाइमा नग्नता तथा नेपाली राष्ट्रिय राजनीतिमा भग्नता छाएजस्तै नेपाली साहित्य र समालोचनामा ‘म’वादीहरूको व्याख्याबाट उत्तरआधुनिकताको चीरहरण भएको छ । नेपालीमा उत्तरआधुनिक त के आधुनिक मानसिकता, गतिविधि र क्रियाकलापसमेत नभएकाहरूले उत्तरआधुनिकताको जबर्जस्ती व्याख्या गरी त्यसलाई नग्न तुल्याएको देखिन्छ । पूर्वीय साहित्यमा ईसाको एघारौ“ शताब्दीतिरका काव्यचिन्तक मम्मटबाट अधम÷अबर काव्य भनेर बहिष्कृत चित्रकाव्यका ढा“चामा लेखिएका रचनालाई अल्पज्ञानका कारण उत्तरआधुनिकताको नौलो आविष्कार भनिदिने पनि छन् भने आपूmले भूमिका लेखेजति कृतिलाई दशक वा शतककै उत्कृष्ट कृति भनिदिने पनि छन् । अहिले एकातिर समालोचना मरिसकेको भन्ने र अर्कातिर आपै“m बोक्सी आपै“m धामी हु“दै एउटा सामान्य अखबारी लेखनकै माध्यमबाट भए पनि आधुनिक, उत्तरआधुनिक, वस्तुवादी, भाषावादी आदि सबै खाले समालोचनाको प्रवर्तन आपै“mले गरेको भन्दै गुड्डी हा“क्ने अनि अरूले गरेका उत्कृष्ट कार्यको चर्चासमेत नगर्ने निकृष्ट वृत्तियुक्त कथित समालोचक भनाउ“दा आत्मश्लाघीहरूको पनि यहा“ कमी छैन । अनेक गुटउपगुट बनाएर उचाल्ने–पछार्ने काम पनि हु“दो छ । जस्तोसुकै लेखे पनि नया“ प्रयोग भन्ने र अरूले पनि भनिदिनु पर्ने अनि त्यस्तो भनिदिने अरू नभेटिए दुईजना मिलेर एकले अर्कालाई दशक वा शतककै उत्कृष्ट कृति, नौलो आविष्कार आदि भन्दै लेखालेख गर्ने प्रचलन पनि देखिन्छ । विश्वसाहित्यमा व्यापक परिवर्तन आइसक्दा पनि नेपाली साहित्य र समालोचनाको गति त्यति अगि बढ्न नसक्नुमा यस्तैयस्ता व्यक्तिवादी उत्तरआधुनिक वृत्तिले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ ।

यतिखेर नेपालीमा मुद्रणगत सुगमताका कारण साहित्य लेखन र प्रकाशनमा व्यापकता आएको छ । साहित्य सिर्जनामा बाढी आउ“दा पनि साहित्यकार जति साहित्य नदेखिने अर्थात् साहित्यकारको सङ्ख्या अधिक रहे पनि वास्तविक साहित्यको सङ्ख्यामा ह्रास आएको देखिन्छ । साहित्यको विकासका लागि साहित्यकार र साहित्यको सङ्ख्यामा समानुपातिकता र समानता आउनु पर्छ । विभिन्न संस्था वा व्यक्तिका नामबाट आपै“m पुस्तक छापी घरमै थन्क्याएर स्वघोषित ठूलो साहित्यकार ठान्ने अनि आÇना बारेमा लेखिएन, आÇनो मूल्याङ्कन भएन भन्दै हीनताबोधले छट्पटाएर समालोचकहरूलाई गाली गर्दै हि“ड्ने आत्मप्रशंसक, आडम्बरी, मपाईंवादी फाइ“फुट्टीबाजहरू पनि कम छैनन् । आजका कथित नेपाली साहित्यकारहरूमा व्याप्त यस्ता बहुलवादीवृत्तिलाई उत्तरआधुनिक अल्पचेतकै रूपमा लिनु बढी सान्दर्भिक हुन्छ ।

प्रयोगशीलता समसामयिक धाराको उल्लेख्य पक्ष हो । परम्परालाई वस्तुगत ढङ्गले परिमार्जन गरी नवीनताका साथ साहित्यमा नौलोनौलो प्रयोग गर्नु राम्रो हो र त्यस्ता प्रयोगबाट साहित्यको श्रीवृद्धिमा सहयोग नै पु¥याउ“छ तर परम्परालाई पूरै भत्काएर लथालिङ्ग र भताभुङ्ग पार्नु कुनै दृष्टिबाट पनि प्रयोग हु“दैन र यस्तो कार्य राम्रो पनि होइन, यसले लेखक र लेखनको इतिहास दुवैलाई हानि गर्ने हु“दा यसतर्पm लेखक सचेत हुनुपर्छ अनि प्रायोजित रूपमा जोडजाड र ठोकठाक गरेर नवनिर्माण नै गरेको ठान्ने मानसिकताबाट नेपाली लेखक मुक्त हुनुपर्छ । जे पायो त्यही लेखेर नौलो प्रयोग गरे“ भन्दै कुनै पनि लेखकले आपूmलाई मात्र सर्वेसर्वा ठान्नु हुन्न, पाठक पनि राम्रोस“ग बुझ्ने खालका हुन्छन् भन्नेतर्पm ध्यानदिनु पर्छ । समालोचकले लेखकलाई बा“ध्न सत्तैmन, ऊ जेसुकै लेख्न पनि स्वतन्त्र हुन्छ भन्दै जस्तासुकै लेखनलाई लेखकीय स्वतन्त्रता पनि भनिएला तर लेखकीय स्वतन्त्रता स“गस“गै पाठकीय र समालोचकीय स्वतन्त्रता पनि हुने हु“दा लेखक लेख्न स्वतन्त्र भएभैm“ पाठक पनि पढ्न, नपढ्न वा पढेर प्रतिक्रिया व्यक्त गर्न पनि उत्तिकै स्वतन्त्र हुन्छ भन्ने कुरालाई समेत लेखकले बुझ्नुपर्छ भने समालोचकले पनि जे पायो त्यही लेखिदिएर लेखक बिगार्ने काम गर्नु हुन्न । हाम्रा कतिपय लेखकलाई उत्तरआधुनिक, नौलो प्रयोग, प्रयोगशीलताको उत्कृष्ट नमुना, डायस्पोरिक लेखनजस्ता टिप्पणी सुन्दर लाग्छन् अनि जस्तासुकै रचनालाई पनि यस्ता खाले टिप्पणी गरिदिने केही टिप्पणीकारहरू पनि छन् । यस्ता कुराले न त लेखकलाई फाइदा पु¥याउ“छ न त समालोचक हुन रुचाउने टिप्पणीकारलाई नै फाइदा पु¥याउ“छ । यताका लेखककालाई उत्तरआधुनिक र उताकालाई डायस्पोरिक भनिदिए मख्ख पर्ने वृत्ति पनि बढ्दो छ । यसप्रकारको भनाइ प्रशंसा वा निन्दा के हो भनी छुट्ट्याउन नसक्नु र समालोचकहरूले पनि जथाभावी जे पायो त्यही लेखिदिने वृत्तिले कतिपय समालोचकहरूबाट कतिपय लेखकलाई बिगार्ने काम पनि हु“दो छ । यसरी दिग्भ्रमित भई प्रयोगशील भन्न र भनाउन रुचाउने लेखकीय मनोवृत्ति तथा समालोचकीय टिप्पणी दुवै बेठीक भएकाले यस्ता भ्रमबाट सम्बद्ध सबै मुक्त हुनु आवश्यक छ । प्रयोगका लागि प्रयोग गरिएको निरर्थक लेखन औचित्यहीन हुने भएकाले यसतर्पm सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

समसामयिक नेपाली साहित्यको पछिल्लो अवधिमा प्रयोगका नाममा नानाभा“ती चर्तिकला गर्ने गरेको पनि पाइन्छ । यतिखेर कतिपयलाई जतासुकै उत्तरआधुनिकता देख्ने र खोज्ने मनोवृत्तिले गा“जेको देखिन्छ । पश्चिममा निकै पहिले थालिएर आÇनै अराजकताका कारण तत्काल समाप्त भएको प्रवृत्तिलाई विनासुझबुझ जथाभावी नेपालीमा खोज्न र प्रयोग गर्न कतिपय लालायित देखिन्छन् । यसै अवधिमा उत्तरआधुनिकताका नाममा विधाभञ्जन, विधामिश्रण, विनिर्माण, पुनर्लेखन, लैङ्गिकता, ‘मय’ विधा आदि भन्दै नवीन प्रयोग भनी कतिपयले साहित्यको चीरहरण गरेको पनि देखिन्छ । विधाभञ्जनको तात्पर्य एक थोक लेखेर अर्को थोक भयो भन्नु अनि विधामिश्रणको तात्पर्य जे पायो त्यही मिसाउनु होइन । विनिर्माण भनेको पनि भएको संरचना पूरै भत्काउनु नभई सार्थक ढङ्गले पुरानो भत्काएर नया“ बनाउनु हो । पुनर्लेखनको तात्पर्य प्रचलित परम्पराका यथार्थलाई पनि जबर्जस्ती अयथार्थ बनाउने प्रयत्न गर्नु अनि लैङ्गिकताको तात्पर्य समलिङ्गी र तेस्रो लिङ्गीको समेत विभेद नगरी लेख्नु होइन । एक थोक भनेर अर्कै थोक लेखी त्यसलाई ‘मय’ विधा भन्नु त झनै निरर्थक कुरा हो । यसर्थ जे पायो त्यही लेख्दा न त त्यो विधामिश्रण हुन्छ, न त विधाभञ्जन, न त विनिर्माण, न त पुनर्लेखन, न त ‘मय’ विधा नै हुन्छ । उत्तरआधुनिकताकै सन्दर्भबाट पनि विधाभञ्जन, विधामिश्रण, विनिर्माण, पुनर्लेखन भनेको अनुशासनहीन ढङ्गले परम्परालाई पूरै भत्काएर लथालिङ्ग पार्नु भन्ने होइन । विधाभञ्जन, विधामिश्रण, विनिर्माण, पुनर्लेखन जे गरे पनि त्यसभित्र कुनै न कुनै प्रकारको अनुशासन कायम गर्नैपर्छ अन्यथा साहित्यकै अस्तित्व सङ्कटमा पर्छ । कुनै एउटा विधाका कृतिभित्र अन्य विधास“ग मिल्ने खालका कतिपय प्रसङ्ग आउन सक्छन् तर त्यत्तिकै भरमा त्यसलाई विधामिश्रण, विधाभञ्जन, विनिर्माण, पुनर्लेखन गरी नौलो प्रयोग गरिएको भन्ने भ्रममा लेखकहरू पर्नु हु“दैन । गद्यविधाका कुनै प्रसङ्गमा एक दुई टुक्रा कवितांश, गीतांश आदि राख्दैमा त्यो न त विधाभञ्जन हुन्छ, न त विधामिश्रण हुन्छ, न त विनिर्माण हुन्छ, न त पुनर्लेखन नै हुन्छ, त्यो त पुरानै अर्थात् पूर्वआधुनिक लेखनको प्रवृत्ति हो । यस्ता अन्य विधाका टुक्रे अंशको प्रस्तुतिलाई नै उत्तरआधुनिकता मान्ने हो भने प्राथमिक र माध्यमिक कालीन रचनामा यस्तो प्रवृत्ति सबैजसो लेखकमा पाइन्छ । तिनलाई पनि उत्तरआधुनिक नै भन्ने त ? त्यसो त भन्न मिल्दैन । उत्तरआधुनिक लेखनको तात्पर्य लेखनलाई नै लथालिङ्ग, भताभुङ्ग र भद्रगोल तुल्याउनु होइन कतिपय सन्दर्भमा प्रचलनभन्दा केही पृथक् लेखन गर्नु मात्र हो । यसर्थ उत्तरआधुनिक वा नौलो प्रयोग आदि भन्दै जे पायो त्यही लेखेर पुस्तकाकारमा छापी ठूलो साहित्यकार भएको भ्रममा कोही पनि बस्नु हु“दैन । भद्रगोले काम गरेर उत्पातै गरेको ठानी आत्मरतिमा रमाउनु अर्र्कै कुरा हो नत्र लामो अध्ययन–अनुसन्धानको परिणामका रूपमा आएको विधा सिद्धान्त पूरै भत्किने भन्ने कुरै हु“दैन । विधाविशेषमा नवीनता थप्न सकिए पनि विधागत अस्तित्व भने सदैव कायम रहन्छ र अनुशासन कायम गर्नाका लागि यो कायम रहनु पनि पर्छ । अनुशासन नै मान्दिन स्वतन्त्रताका नाममा जे मनलाग्यो त्यही गर्छु भन्ने अराजकतावादीको अराजक क्रियाकलाप क्षणिक हुन्छ र त्यस्तो व्यक्ति आपै“m समाप्त भएर जान्छ ।

विधाभञ्जन र विधामिश्रणका नाममा भताभुङ्गे देशको लथालिङ्गे चाला, भेटेजति सबै जरैसमेत खाला भन्ने अवस्था सिर्जना हुन नदिन तथा प्रयोगका नाममा वृmत्रिम शब्दजालमा रुमलिन नदिन प्रबुद्ध साहित्यकारहरू सचेत हुनुपर्छ । परम्परित भाटवृत्ति त्यागेर नवनव बान्की र ढपको खोजी गर्दै युगजीवनलाई समेटेर कथ्य र शिल्प दुवैमा सार्थक प्रयोग गरी साहित्यसिर्जना गर्न आजका नेपाली साहित्यकारहरू तल्लीन रहनुपर्छ । आÇना रचनालाई भयङ्कर र अद्भुत निर्माण वा पहाडै फुटाउने रचनाका रूपमा लिने र अरूका राम्रै रचनालाई पनि महŒव नदिने अहंकारीवृत्तिबाट साहित्यकारहरू मुक्त हुनु पर्छ भने समालोचकहरूले पनि अतिशयोक्तिपूर्ण ढङ्गले नभई तटस्थ र वस्तुवादी भएर यथार्थपरक ढङ्गले मूल्याङ्कन गर्ने परिपाटी विकास गर्नुपर्छ । उतापट्टि बहस रोकिएपछि यतापट्टि अधकल्चो रूपमा सतही चर्चा सुरु भएको उत्तरआधुनिकतासम्बन्धी सन्दर्भलाई पश्चिमा अन्धानुकरण गर्नेतर्पm नभई आÇनो परिवेशअनुरूप हेरिनु र व्याख्या गरिनु बढी सान्दर्भिक हुन्छ । समयको मागअनुरूप युगसापेक्ष ढङ्गले वर्तमान युगजीवनमा व्याप्त विसङ्गति, विवृmति, निराशा र उराठिलो वस्तुसत्यलाई अङ्गीकार गरी कलात्मक भाषाशैलीय विन्यासमा साहित्यको भव्य महल खडा गर्नुपर्छ ।

हाम्रा कतिपय साहित्यकारहरू पनि पश्चिमा परिपाटीको अन्धानुकरण गरी नया“ प्रयोग र निर्माण गरे“ भन्दै डङ्का पिटिरहेका छन् भने कोही नया“ प्रयोगका नाममा मनचिन्ते बखान गरिरहेका छन् । प्रयोगशीलता वर्तमान शताब्दीको विशिष्ट उपलब्धि हो तर प्रयोग सार्थक र साभिप्राय नभई केवल प्रयोगकै लागि गर्ने अर्थात् जथाभावी भा“चवmु“च गरेर अरूभन्दा फरक हुने वृत्तिबाट साहित्यको चीरहरण गरी नाङ्गेझार पारेर अस्तित्व लुट्ने र लुटाउने कार्यलाई चाहि“ स्वाभाविक प्रयोग मान्न सकिन्न । तेस्रो लिङ्गी र समलिङ्गीजस्तो सामान्य कुराको समेत भेद नपाई यी दुवैलाई एउटै हो भन्दै एउटा विधा लेख्न बस्दा अर्कै विधा बन्यो, यो नेपालीमा ठूलै प्रयोग हो र यस्तो प्रयोग आजसम्म अरू कसैले गरेका छैनन् यस्तो प्रयोग गर्ने पहिलो व्यक्ति यस धर्तीमा म नै पहिलो हु“ भन्ने आत्मश्लाघीहरू पनि नेपालीमा देखापर्न थालेका छन् । आÇनोबाहेक अरूको लेखन नपढ्ने, कतै बोल्नु वा अन्तर्वार्ता दिनुपरे फलानो विदेशी लेखकको फलानो किताब पढ्दैछु भन्ने तर नेपाली लेखकको नामै नलिनेहरूको पनि नेपालीमा कमी छैन तर कोको र के कति नेपाली लेखकले कति विदेशी लेखकका कृति पढ्ने हैसियत र क्षमता राख्छन् भन्ने कुरा पनि प्रायः सबैलाई ज्ञातव्य नै छ ।

साहित्यकार मात्र होइन सामान्य लेखनलाई पनि उच्चस्तरीय उत्तरआधुनिक लेखन, दशक वा शतककै उत्कृष्ट सिर्जना आदि भनिदिने समालोचकहरूको पनि यहा“ कमी छैन । यस्तै खाले लेखक र समालोचकहरूका उत्तरआधुनिक वृत्तिबाट वर्तमान नेपाली साहित्य र समालोचना आक्रान्त भएकाले नेपाली साहित्य र समालोचनालाई यसबाट मुक्त तुल्याउनु अपरिहार्य छ । पहिले लेखिएका सामग्रीलाई सामान्य भाषान्तर गरेर वा नगरेरै पनि विनासन्दर्भ सारसुर गरी आपूmलाई आपूmलाई पहिलो उत्तरआधुनिक, डायस्पोरिक लेखक, समालोचक एवं आधिकारिक व्याख्याता भनाउने प्रयत्न पनि कतिपयबाट भएको पाइन्छ । यसप्रकारको प्रायोजित लेखन र पुरस्कार वितरण पनि हुने गरेको देखिन्छ । अझ भनौ“ भने यसमा उतारिबाट यतातिर हानिने विभिन्न आकारका गुलिया मट्याङ्ग्राले पनि काम गरेको देखिन्छ ।

साहित्यको समग्र वस्तुस्थितिको मूल्याङ्कनका लागि सम्बद्ध विधाको अद्यावधिक इतिहासलेखन अपरिहार्य हुन्छ तर नेपाली साहित्यको सिङ्गो र सर्वाङ्ग इतिहास अद्यावधि नलेखिएको हु“दा सबै विधाको वस्तुगत आ“कलन कठिन छ । साहित्यको इतिहास लेखन व्यक्तिगत प्रयासमै सीमित छन्, संस्थागत र सामूहिक प्रयास शून्यप्रायः छन् । पहिले लेखिएका कतिपय इतिहासलाई अद्यावधिक नगरी त्यत्तिकै पुनर्मुद्रण गर्ने प्रचलनले गर्दा पछिल्लो समयको लेखन ओझेलमा परेको छ । यसरी लेखिएका इतिहासमा पनि प्रशस्त त्रुटिहरू पाइन्छन् । नेपाली साहित्य र समालोचनामा विभिन्न खाले त्रुटिहरूको पनि निरन्तरता पाइन्छ । आÇनै पुस्तकको आवरणमा आÇनैबारेको तथ्याङ्क गलत दिने, कृतिमा प्रकाशक एवं प्रकाशन वर्ष उल्लेख नगर्ने, एउटै लेखकका नाम विभिन्न कृतिमा फरक ढङ्गले उल्लेख गर्ने, एउटै पुस्तकमा पनि फरक ढङ्गले नाम उल्लेख गर्नेजस्ता लेखकीय त्रुटि प्रशस्त मात्रामा भेटिन्छन् भने पुरुष साहित्यकारलाई महिला साहित्यकार भनिदिने, लेखक र वृmतिको नाम गल्ती लेखिदिने, लेखक एवं कृतिबारे भ्रमपूर्ण विवरण प्रस्तुत गर्ने, एउटा विधाको वृmतिलाई अर्कै विधाको भनी उल्लेख गरिदिने, एउटै रचनामा के लेखियो भन्ने कुरासमेत पत्तो नपाउने, प्रकाशित नभएका कृतिहरू प्रकाशित भएको भनी उल्लेख गर्नेजस्ता समालोचकीय त्रुटिहरू पनि नेपालीमा थुप्रै देखिन्छन् । अग्रज समालोचकद्वारा कुनै बेला गरिएका यस्ता गल्तीलाई पछिल्लो पुस्ताका अध्ययनशील समालोचकहरूले औ“ल्याइदि“दासमेत त्यसलाई सच्याउनाको सट्टा पुरानै ठीक हो भन्दै अनुज पुस्ताप्रति आग्रही दृष्टिकोण राखेर थप गल्ती गर्ने प्रवृत्ति पनि देखिन्छ । बढी भोटो फटाउनु वरिष्ठताको लक्षण होइन, वरिष्ठताको निर्धारण लेखन समय र योगदानले गर्छ । अगाडि जन्मिएकै आधारमा वरिष्ठ ठान्ने वरिष्ठ र उम्र“दैका तीन पात हुन खोज्ने कनिष्ठका दुवै वृत्ति साहित्यको विकासमा हितकर हु“दैन । अनुजले अग्रजलाई सम्मान गर्ने र अग्रजले अनुजप्रति प्रतिस्पर्धीको व्यवहार नगरी सद्भावपूर्ण व्यवहार गर्ने बानी बसालेमा नेपाली साहित्य र समालोचनाको विकास अवश्यम्भावी छ ।

विशुद्ध लेखनलाई मात्र हेरेर वस्तुगत ढङ्गले मूल्याङ्कन गर्ने परिपाटी राम्रोस“ग नबसुन्जेल साहित्य र समालोचनाको वास्तविक अवस्था थाहा हु“दैन । हामीकहा“ लेखन वा कृति ९तभहत० कस्तो छ भन्नुभन्दा अगि लेखक ९धचष्तभच० को र कुन वर्ग वा खेमाको हो ? ऊ कुन पदमा आसीन छ ? ऊबारे लेखिदिएबापत के प्राप्त गर्न सकिन्छ ? उसले कत्तिको प्रसिद्धि प्राप्त गरिसकेको छ ? भन्नेजस्ता कोणबाट कृतिको मूल्याङ्कन गर्ने प्रचलन पनि पाइन्छ । कृति तथा पाठकीयता ९चभबमभचथि० का सन्दर्भबाट नभई लेखक तथा लेखकीयता ९धचष्तभचथि० का सन्दर्भबाट कृतिको मूल्याङ्कन गर्ने मानसिकता रहुन्जेल सम्बद्ध कृतिको वास्तविक मूल्याङ्कन हुन सत्तैmन । यसप्रकारको चरम प्रभाववादी चिन्तन हाम्रो साहित्यिक समालोचना क्षेत्रको विडम्बना नै हो र यही चिन्तनका कारण कतिपय लेखकका उत्कृष्ट कृति पनि ओझेलमा परेका वा पाखा लागेका छन् भने कतिपय पह“ुचवालाका निकृष्ट कृतिहरू पनि तथाकथित समालोचकहरूद्वारा उत्कृष्ट ठह¥याइएका छन् तर यसप्रकारको मूल्याङ्कन दीर्घकालिक नभएर क्षणिक हुने भएकाले क्षणिक आत्मरतिमा रम्न खोज्नेहरूबाहेक अरूलाई यसप्रकारको टिप्पणीले फाइदा गर्दैन ।

यतिखेर साहित्यकार र समालोचक राजनैतिक पार्टीविशेषको भनेर चिनिन खोज्ने प्रवृत्ति पनि बढ्दो छ । यस्ता वृत्तिबाट दुवैथरी मुक्त हुनुपर्छ । यस्तैगरी व्यक्ति लेखक कुन राजनीतिक विचारधारा वा वादस“ग सम्बद्ध छ उसका रचनालाई पढ्दै नपढी सोभैm त्यही कित्ताको भनी किटान गरिदिने मनोवृत्तिबाट पनि नेपाली समालोचना जगत् आक्रान्त देखिन्छ । व्यक्तिको राजनीतिक प्रतिबद्धता एउटा कुरा हो भने लेखन अर्कै कुरा हो । सबैको लेखनमा यी दुवैको तालमेल हुनैपर्छ भन्ने केही छैन । प्रत्येक व्यक्तिका लेखनमा ऊ संलग्न राजनीतिक चिन्तनअनुरूपका दृष्टिकोणको प्रस्तुति नहुन पनि सक्छ र नभएको अवस्था पनि छ“दैछ । कुनै लेखक पहिले अर्कै सिद्धान्तको वा स्वतन्त्र भएका बेला लेखेका रचनालाई समेत वर्तमानमा ऊ के र कहा“ छ त्यही आधारमा मूल्याङ्कन गर्ने गलत परिपाटी पनि पाइन्छ । अहिलेको भन्दा पृथक् धारमा लेखिएका कृतिको प्रसङ्गलाई लेखक स्वयं पनि कोट्ट्याउन चाह“दैनन् भने समालोचक पनि अहिलेकै संलग्नताअनुसार अन्दाजमा प्रवृत्ति निरूपण गरिदिन्छन् । नेपालीमा विशेषतः सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी प्रवृत्तियुक्त साहित्यिक कृतिको निर्धारणमा यस्तो समस्या देखिन्छ । कतिपय आदर्शवादी र स्वच्छन्दतावादी रचनालाई समेत कृतिको नाम हेरेर अन्दाज गरी सामाजिक यथार्थवादी वा आलोचनात्मक यथार्थवादी कित्तामा दर्ता गरिदिएको पनि पाइन्छ । भरखर लेख्नथालेका सामान्य लेखकको त के कुरा पुराना स्थापित लेखकका कृतिलाई समेत यसो गर्ने गरेको भेटिन्छ । माक्र्सवादी चिन्तनको पटक्कै प्रभाव नभएका पहिलेका कृतिलाई समेत लेखकको वर्तमानको वैयक्तिक संलग्नताका प्रभावमा सोभैm समाजवादी यथार्थवादी कित्तामा दर्ता गरिदिने परिपाटी देखिन्छ । यस्तै कुनै दलित वा निम्नवर्गका व्यक्तिलाई सहभागी बनाएर लेखिएका कृतिजति सबै समाजवादी यथार्थवादी भइहाल्छन् भन्ने मानसिकता पनि पाइन्छ । यी सबै कुरा सैद्धान्तिक अस्पष्टताका परिणाम हुन् । सबै लेखकमा सैद्धान्तिक स्पष्टता हुनैपर्छ भन्ने छैन र उसलाई सैद्धान्तिक स्पष्टताको आवश्यकता नपर्न पनि सक्छ तर समालोचकलाई प्रवृत्ति निरूपणका सिलसिलामा सैद्धान्तिक स्पष्टताको आवश्यकता पर्ने भएकाले त्यसतर्पm पनि सचेत हुनु आवश्यक छ । यसर्थ कृतिको मूल्याङ्कन गर्दा लेखक होइन लेखन हेरेर अर्थात् लेखकवादी नभई लेखनवादी भएर मूल्याङ्कन गर्ने परिपाटी बसाल्नु अनिवार्य छ ।

हाम्रोजस्तो वर्गीय समाजमा लेखक र लेखनलाई हेर्ने दृष्टिकोण पनि वर्गीय नै रहेको छ । कथाकथित ठूलोमा गनिएका पहु“चवाला व्यक्तिले सामान्य विषयवस्तुमा सामान्य कृति लेखे पनि त्यसलाई विश्वकै सर्वाेत्कृष्ट कृति, नेपालको अतुलनीय र अद्वितीय रचना, दशक वा शतककै सर्वाेत्कृष्ट सिर्जना, उत्तरआधुनिक साहित्यको उत्कृष्ट र बेजोड नमुना, डायस्पोरिक चिन्तनको अद्भुत प्रस्तुतिजस्ता जानेजति सबै विशेषणबोधक पूmलबुट्टा जोडेर जुरुक्कै उचालिदिने गरिदिएको सन्दर्भ पनि सर्वविदितै छ । पहु“चवालाले लेखेका सामान्य कृतिलाई पनि उत्पातै भयानक सिर्जना भनिदिने तर पहु“चविहीन सर्वसाधारण लेखकले लेखेको उत्कृष्ट कृतिको समेत सामान्य चर्चासम्म नगरिने परिपाटीको अन्त्य गरिनुपर्छ । सबैलाई समान रूपले हेर्ने दृष्टिकोणको विकास नगरी चरम प्रभाववादी ढङ्गले लेख्ने प्रचलन रहुन्जेल कसैको पनि वस्तुवादी र वास्तविक मूल्याङ्कन हु“दैन ।

यतिखेर उत्तरआधुनिक समालोचनाका नाममा विना प्रारूप ९mयमभ०ि र विना आधार लेखिएका विमोचकीय मन्तव्य वा अखबारी लेखनमार्पmत कतिपयले कतिपयलाई अनावश्यक उचाल्ने कार्य पनि भइरहेको देखिन्छ । यस्तो निरर्थक कार्यले लेखक, समालोचक र साहित्यको इतिहास कुनै पक्षलाई पनि फाइदा पुग्दैन । अनावश्यक प्रशंसा गरिदि“दा आÇनो वास्तविक धरातल थाहा नपाएर लेखक अनावश्यक रूपमा हौसिन्छ र यथार्थबोध हु“दासम्म समय भड्किएर त्यहा“बाट निस्कनै नसक्ने अवस्थामा पुगिसक्छ । त्यसैले अहिलेको समालोचना भनेको चरम प्रभाववादी वा मनगढन्ते नभएर वस्तुवादी हुनुपर्छ र यसले मात्र सम्बद्ध लेखक तथा विधागत इतिहास दुवैलाई फाइदा पु¥याउ“छ भन्ने बुझ्नु आवश्यक छ । यस्तैगरी अहिले नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा वैयक्तिक स्वार्थवश भिœयाइएको अराजकताले साहित्य सिर्जनालाई पनि प्रभाव पार्ने हु“दा यसतर्पm पनि सम्बद्ध सबै सचेत हुनुपर्छ ।

नेपाली साहित्यको चालु दशक वा वर्तमान समयमा लेखिएका कतिपय कृतिलाई विभिन्न सञ्चार माध्यमबाट अनेक ढङ्गबाट सनसनी मच्चाउने खालले विज्ञापन गरी अत्यधिक प्रचारप्रसार गरिएको पनि पाइन्छ । झन् सञ्चार क्षेत्रमै क्रियाशील व्यक्तिहरूबाट लेखिएका कृतिलाई त अति छोटो समयमै यति संस्करण र उति संस्करण छापियो, बिक्यो आदि भन्दै विज्ञापनको वर्षा नै गराई अतिशय चर्चापरिचर्चा गराएको पनि देखिन्छ । त्यस्ता कृतिबारे कतिपयले प्रायोजित ढङ्गबाट अतिशयोक्तिपूर्ण प्रशंसामूलक टिप्पणी गरिदिने र प्रायोजित ढङ्गबाटै कतिपय पुरस्कारसमेत दिने प्रचलन पनि पाइन्छ । यसप्रकारको विज्ञापन, अतिशयोक्तिपूर्ण प्रशंसा, पुरस्कार वितरण आदि साहित्यको स्तरीयताको कसी नभएकाले यत्तिकै आधारमा त्यस्ता कृतिलाई उच्चस्तरका मान्न सकिन्न । यसप्रकारको प्रायोजित विज्ञापन र टिप्पणीले सम्बद्ध लेखकलाई क्षणिक आत्मतुष्टि दिनेबाहेक कुनै दीर्घकालिक महŒव राख्दैन भन्नेतर्पm पनि सम्बद्ध सबै सचेत हुनुपर्छ । वैयक्तिक उडाइ र गुडाइलाई नै सर्वाेपरि ठान्ने र साहित्यको भलाइ नहेर्ने भए अर्कै कुरा नत्रभने लेखकले जे पायो त्यही लेखेर नया“ प्रयोग गरेको ठान्ने र समालोचकले पनि अशोभनीय र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर व्यक्ति मात्र होइन साहित्यकै इतिहास बिगार्ने काम गर्नु हुन्न । पछिल्लो समयका कतिपय लेखक र समालोचकमा देखिएका यस्ता प्रवृत्तिलाई बेलैमा सच्च्याएर नेपाली साहित्यको गतिलाई निरन्तरता दि“दै जानुपर्छ । यसरी हेर्दा समसामयिक धारामा लेखक र समालोचक दुवै थरीका आआÇनै खालका कमजोरी देखिए पनि यसमा बढी दोष समालोचकको रहेको छ । समालोचकले कृतिको मूल्याङ्कन वस्तुवादी ढङ्गले गरिदिने हो भने लेखक आपैm“ ठेगानमा आइहाल्ने हु“दा सक्कली समालोचकले वैयक्तिक क्षणिक स्वार्थमा नरुमलिई वस्तुवादी ढङ्गले लेखनको मूल्याङ्कन गर्नुपर्छ । त्यसो गरिएमा नेपाली साहित्यको विकास सहज र स्वाभाविक ढङ्गमा हुने पक्का छ । यी विभिन्न खालका साहित्यिक भ्रष्टाचारको निराकरण नगरिए निम्न स्तरका लेखक उच्च स्तरमा गनिने र उच्च स्तरका लेखक निम्न स्तरमा गनिने वा तिनको गणना नै नहुने अवस्था आउनसक्नेतर्पm सम्बद्ध सबै सचेत रहनु अत्यावश्यक छ । हरेक कुराको सीमा हुन्छ, सीमा नाघेपछि कुनै पनि कुरा स्वीकार्य हुन्न । यस्ता दुष्वृत्तिले सीमा नाघ्न लागेकाले अब नबोलिनहुने अवस्था आएको छ । त्यसैले यस्ता वृत्तिसमकालीन नेपाली साहित्य र समालोचनाको अवस्था निराशाजनक नै नभए पनि ठाउ“ठाउ“ ‘वर्डÇलु’ को रोग लाग्न थालिसकेकाले बेलैमा त्यसको निदान र निराकरण आवश्यक छ । नेपालीमा यस्ता अनेक सङ्गत–असङ्गत सन्दर्भहरू देखिए पनि वर्तमान नेपाली साहित्यको अवस्थिति पूरै निराशाजनकचाहि“ छैन । नया“नया“ आशाका किरणहरू यत्रतत्र देखापरिरहेका छन् । तिनलाई स्वस्थ ढङ्गले हुर्काउ“दै–बढाउ“दै अनि विद्यमान कमीकमजोरीहरूलाई हटाउ“दै लगिएमा नेपाली साहित्य र समालोचनाको भविष्य समुज्ज्वल रहनेमा कुनै शङ्का छैन ।

नेपाली साहित्यको समसामयिक धाराको मूल प्रवृत्ति वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण रहेको देखिन्छ भने समालोचनाको मूल प्रवृत्ति वस्तुवादी विश्लेषण रहेको देखिन्छ । यस दृष्टिबाट हेर्दा समयक्रममा यस धाराको नाम यथार्थवादी धारा राख्न सकिने अवस्था रहेको छ ।

सन्दर्भसामग्री

लुइटेल, खगेन्द्रप्रसाद, आधुनिक नेपाली समालोचना, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५७ ।

......................, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।

......................., ‘नेपाली कथाको सेरोफेरो’ मिर्मिरे, (३६÷१, वैशाख २०६४), पृ. ३६६–३७३ ।

......................., नेपाली गीत–गजल, काठमाडौ“ ः साझा प्रकाशन, २०६७ ।

......................., नेपाली काव्य समालोचना, काठमाडौ“ ः पैरवी प्रकाशन, २०६७ ।

......................., नेपाली नाट्य समालोचना, काठमाडौ“ ः पैरवी प्रकाशन, २०६७ ।

......................., नेपाली निबन्ध समालोचना, काठमाडौ“ ः पैरवी प्रकाशन, २०६८ ।

......................., उपन्यास सिद्धान्त र नेपाली उपन्यासको इतिहास, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६८ ।

......................., ‘समकालीन नेपाली कविताका प्रवृत्ति’, हाम्रो ध्वनि, (४१÷४, माघ–फागुन २०६८), पृ. २–५ ।

त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर, काठमाडौं, नेपाल

फोन: ०१४३३२१७८

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।