19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विनिर्माणिक सन्दर्भमा पुराणको हराएको पाना

कृति/समीक्षा भूमिराज बस्ताकोटी October 5, 2012, 6:10 pm

विजय मल्ल

सहरी परिवेश, नेवारी परिवार, राणा कालीन समय र साहित्यिक तरङ्गयुक्त घरेलु हावामा पौडिएर निस्किएका विजय मल्ल (१९८२–२०५६) दौडि रहेका विभिन्न विधातिर, तिर्खा मेट्न सिर्जनाको । कथा, कविता, उपन्यासहरू लेखे पनि नाटक लेख्न, खेल्न, खेलाउन चाख राख्ने बढी । त्यसैले जन्मे नौ वटा पूर्णाङ्की नाटक र एकतिस वटा एकाङ्की (आचार्य, २०६६ ः ७४) जीवन कालभरिमा । प्रारम्भमा रिमालकै अनुयायी भए पनि पछि गएर विभिन्न प्रयोग गर्न रुचाएका आप्mना नाट्य कृतिमा । सामाजिक समस्यामूलक विषय वस्तुको प्रस्तुति, स्वैर कल्पनाको प्रयोग, विसङ्गतिवादी, अस्तित्ववादी, मनोवैज्ञानिक यथार्थवादी, परामनोविज्ञानको प्रयोग, मिथकीयता, विनिर्माण, प्रतीकात्मकता जस्ता कुराहरू प्रिय लाग्ने उनलाई त्यसैले प्रवृत्ति बनेर आएका । बहुला काजीको सपना (वि.सं. २०२८) नाट्य सङ्ग्रहभित्र आपूmलाई पारेको पुराणको हराएको पाना, महाभारतीय वस्तुप्रति फाल्दछ शङ्काको आँखा र हेर्न खोज्दछ नयाँ दृष्टिले त्यसलाई र देख्दछ नयाँ सत्य ।

हेर्नु र देख्नु फरक कुरा हो । हेरेर पनि देखिएको हुँदैन, देखेर पनि हेरिएको नहुन सक्छ । तर देख्नु महŒवपूर्ण लाग्छ । देखेको बोध गर्नु अझ महŒवपूर्ण अनि बोधको प्रकटीकरणको साहस झन महŒवपूर्ण हुन्छ । हेरेर नदेखेका, देखेर नदेखेका, देखेर नलेखेका, लेखेर नदेखेका यी सबैभन्दा देखेर लेखेकालाई बढी आदर गर्न मन लाग्छ, लागेरै हो, त्यही नयाँ हेराइको चर्चा गर्नु यस समालोचनाको अभीष्ट रहेको तर कवितालाई मन पराएर ।

महाभारतीय आख्यान सन्दर्भमा नेपाली साहित्य र पुराणको हराएको पाना

महाभारत संसारकै सबैभन्दा बृहत् महाकाव्य हो भन्न पाउँदा खुसी लागेको छ बुद्धिमा । एक लाख श्लोक संरचना (शतसाहस्री संहिता) को यस काव्यमा मूलतः प्रस्तुत गरिएको छ, कौरव पाण्डवबिचको महासङ्ग्राम । यस बृहत् काव्यको रचनापछि यसको आख्यानमा आधारित रहेर धेरै कृतिहरूको रचना भएको छ, संस्कृत वाङ्मयमा । भास, कालिदास, भारवि, भट्ट नारायण, माघ, राज शेखर, क्षेमेन्द्र, श्रीहर्ष जस्ता संस्कृत काव्य मर्मज्ञ तथा सर्जकहरूले विभिन्न नाटक, काव्य र चम्पूको सिर्जना गरेका (शर्मा, २०५६ ः ८१) यस काव्यलाई उपजीव्य ग्रन्थ बनाउँदैे । नेपाली भाषामा पनि महाभारतलाई आधार बनाउँदै सिर्जना भएका छन् विभिन्न विधाका रचनाहरू ।

नेपाली भाषामा आख्यान लेखनको प्रारम्भ नै सम्बन्धित देखिएको छ महाभारतसँग । वि.सं. १८२७ मा लेखिएको मानिने शक्ति वल्लभ अर्यालको महाभारत विराट पर्व नै नेपाली भाषामा अहिलेसम्म पाइएको पहिलो प्रामाणिक आख्यान रचना (भट्टराई, २०५८ ः ४४६) बन्न पुगेको देख्दा, महाभारतको प्रभाव छाम्न सकिने नेपाली मानसिकतामा । अनूदित रूपमा रहेको यस आख्यान रचनादेखि नेपाली साहित्यको माध्यमिक कालसम्म महाभारतका विभिन्न पर्व तथा सिङ्गै महाभारतका पनि सङ्क्षिप्तीकृत रूपहरू गद्य तथा पद्य दुबै रूपमा प्रकाशित भएका देखिएका छन् तर तिनले महाभारतलाई हेर्छन्, शिष्यले गुरुलाई हेरे भैmँ । आधुनिक मानिएको समयभित्रै महाभारतसँग सम्बन्धित रहेर लेखे पनि विष्णु चरण श्रेष्ठको भीष्म प्रतिज्ञा (वि.सं.१९९३) उपन्यास मूलतः शन्तनु पुत्र भीष्मको आख्यानमा आधारित रहेर तर विषय वस्तुलाई मौलिक बनाएर वा नयाँ ढङ्गले हेर्नु भन्दा पनि पौराणिक आख्यानलाई सरलतापूर्वक बोध गराई उपदेश प्रदान गर्ने उद्देश्य राखेको (पौडेल, २०६९ ः ११८) देखिनुले केही खासै तरङ्ग बोध हुँदैन बुद्धिमा । श्रद्धामा आनन्द छ, अन्धानन्द । शङ्कामा पीडा छ, जहाँ पनि जीवन अडिन नसकेर चिप्लि रहन्छ । लोटि रहनुको पीडा, उठेर फेरि हेर्न मन लाग्छ फर्केर इतिहास भइ सकेका सबै ।

पुराणको हराएको पाना (वि.सं. २०२८) प्रकाशित हुनु पूर्व सायद देखिँदैन शङ्काले हेरेको महाभारतलाई । त्यसैले यो बनेको छ ऐतिहासिक । व्यासको पात्र व्यवस्थापन मन परेको छैन मल्ललाई । त्यसैले फेन्टासीको बाटो हुँदै झरेर आएका छन् धर्तीमा शन्तनु र गङ्गा । पुरुषकी भोग्या बनेर होइन आमा बनेर गङ्गा उभिएकी छिन् छातीभरि पुत्र हत्याको घाउ बोकेर अनि शन्तनु सहजै छोड्न मान्दैनन् गङ्गालाई व्यासको पौराणिक लोकमा भैmँ । महाभारतप्रति चर्काे श्रद्धा रहेको नेपाली साहित्य र समाजमा शङ्का प्mयाँकेर मल्ल र उनको पुराणको हराएको पाना इतिहासमा साहसिक उभिएका लाग्छन् ।

विनिर्माणिक सन्दर्भमा पुराणको हराएको पाना

(क) विनिर्माण कथानकमा

व्यासकृत महाभारतको आदि पर्वमा शन्तनु र गङ्गाको आख्यान छ, विस्मयकारी तर पुराणले वा महाभारतले त्यसलाई श्राप र मुक्तिको सिद्धान्तको आडमा बनाउन खोजेको छ स्वाभाविक । अनि हामीले पनि मान्दै आयौँ ः पहिला स्वर्ग, अनि अष्ट वशुहरू, तिनीहरूको चोरी कर्म, वशिष्टको श्राप, धर्तीके पीडा असह्य ठान्ने अष्टवशु तर श्राप भोग्नै पर्ने नियतिमा जन्मनु पर्ने धर्तीमा अनि गङ्गासँग गुहार, गङ्गा उद्धारक बन्न तयार अनि त्यो ग्रान्ड डिजाइनको शिकार शन्तनु तर आप्mनै कामुक लोभी चरित्रका कारण पनि गङ्गासँग सर्सत विवाह, सात सन्तानको जन्मँदै हत्या हुँदा पनि छाति अँठ्याएर ढुङ्गाले मौन, चुपचाप तर आठौँ सन्तान पनि फालिन जाँदा गङ्गाले गङ्गामा मौन भङ्ग, जसको परिणाम देवव्रत उर्पm भीष्मको बचाइ र शन्तनु र गङ्गाको वियोग । यही महाभारतीय आख्यानका प्रति एकाङ्की शङ्कालु आँखा फाल्दछ तर चतु¥याइँ पूर्वक कि पुराणमा (महाभारतमा) गङ्गा किन चुपचाप सबै कुरा मानि रहेकी छन् ? उनी नमानेकी हुनु पथ्र्याे । पक्कै मानिनन्, त्यो पनि लेखिएको थियो । या त उनी मान्नुमा अरू नै केही कारण हुनु पथ्र्याे जुन लेखिएर पनि हराएको हुनु पर्छ, त्यसैले पुराणको हराएको पाना । हैन भने के त नारी सधैँ गोटी बन्नु पर्ने पुरुषको ? सधैँ उसको स्वार्थका लागि त्याग गरि रहनु पर्ने विना सर्त, चुपचाप, आप्mनै सन्तानको हत्या गर्नु पर्ने कस्तो विडम्बनापूर्ण सजाय त्यो पनि नगरेको अपराधको ? अपराधी ऋषिहरू तर तिनलाई मुक्ति दिनु पर्ने गङ्गा (नारी) ले ? त्यसैले पुराणमा बोल्न नसकेकी गङ्गा बोल्छिन् वर्तमानमा ः

ती आठै वसुहरूले कामधेनु गाई चोरे । म कसरी दोषी भएँ ? फेरि दोषैविना मलाई यत्रो सराप किन ? यत्रो महादण्ड किन ? मैले ती सबलाई धरतीमा गएर आपैmले जन्माउनु पर्ने रे ∕ सबकी आमा भएर, सबलाई एक एक गरी मोक्ष दिलाउनु पर्ने रे ∕ कस्तो न्याय हो ? चोर्नेहरू चाहिँ जन्मदै मोक्ष पाउँछन्, म चाहिँ आमा भएर ती सबलाई नदीमा सेलाउँदै जाऊँ ∕ अहो ∕ म ती दृष्यहरू सम्झनै सक्तिनँ, सहनै सक्तिनँ । (मल्ल, २०६५ ः १३४)

यसरी नै त्यो महाभारतीय मूलप्रति यसमा हेरिएको छ, फरक कोणबाट । महाभारतमा आठौँ पुत्र वा देवव्रत वा भीष्मलाई यथोचित पालन पोषण गरी फर्काइ दिने वचनका साथ अन्तध्र्यान भएकी गङ्गा यस एकाङ्कीमा शन्तनु (शान्त) बाट लखेटिँदै आएकी छिन्, मिथकीय लोकबाट स्वैर कल्पना र विनिर्माणको सहारा टेक्दै । यही बिन्दुबाट मूलतः एकाङ्कीले गति लिन्छ अनि नलेखिएका कुरा पुराणमा जे छन् वा हराए त्यो ग्यापलाई आप्mनै लोकमा ल्याएर भर्दै जान्छन् मल्ल र मातृत्वलाई जोगाइ रहनु पर्ने ठान्छन् ।

(ख) विनिर्माण पात्रमा

पात्र विन्यास देखिन्छ नौलो । पहिलो र दोस्रो पात्रका संवादबाट सुरु हुन्छ एकाङ्कीय कथानक अनि पछि एकले दोस्राको परिचय दिँदै जान्छन् । देखिन्छन् पहिलो सूर्य अनि दोस्रो शशी । त्यसपछि छन् चेतना, मन, कोमल । अनि गङ्गा, शन्तनु र गणेश । पाले बाहेक सबै पात्र बहुअर्थी लाग्छन् । चेतना, सार्वभौम चेतना पनि हो अनि हो मानवीय चेतना पनि । अनि आपैmमा चेतना नाम भएकी एउटी पात्र पनि । तिन वटै भूमिका सार्थक लाग्छन्, सत्य लाग्छन् । सार्वभौम चेतना वा सर्वव्यापी चेतना बराबर देख्छ, मानिन्छ । चेतना सार्वभौम मान्दा उसको यो अभिव्यक्ति “एक चोटि धर्मको नाउँमा सम्पूर्ण नष्ट भए अब बढार्ने, वैज्ञानिक शोधको नाउँमा तपाईंहरू मिल्काइ दिनोस् (मल्ल, २०६५ ः १२८) ।” ठिक ठहरिन आउँछ । चेतना मानवीय मान्दा गङ्गालाई हत्यारिणी भन्दै मृत्युदण्डको सजायको माग गर्छे । यो पनि ठिकै देखिन आउँछ । चेतना नाम भएकी एउटी पात्रका रूपमा उसको भूमिका एउटी बौद्धिक र संवेदनशील आधुनिक नारीका रूपमा देखिन्छ सत्य नै ।

त्यसरी नै सूर्य र शशी, अनादि कालदेखि अस्तित्ववान्, देखि रहेका हामीलाई, हाम्रो कर्मलाई, निर्णय दिन योग्य लाग्छन् । त्यसैले ल्याइएका छन् फेन्टासीको लोकबाट र उनीहरूलाई सही र गलत तथा काम लाग्ने र नलाग्ने पुरातात्विक ऐतिहासिक वस्तुहरू छुट्टयाउने दिइएको छ जिम्मा । कुचो लिएर आएका चेतनाको, युगौँदेखिका फोहोरहरू मिल्काउन तर टाँसिएरै बसेका अनेक स्थानमा, अनेक तवरले, पात्रहरू गाह्रो मान्छन् जिम्मेवारीलाई ।

हुन त ठानिएका फोहरहरू तत्कालीनमा नलाग्न सक्छन्, नमानिन सक्छन्, त्यसैले आश गर्नु युगौँदेखिका फोहोर आप्mनै समयका मिल्काएको भए (मल्ल, २०६५ ः १२५) भन्नु आदर्श हो जस्तो लाग्छ । आधुनिक हो जस्तो लाग्छ । आधुनिकका हरेक वाद आपैmमा एक एक आदर्शहरू हुन् । आदर्शवादी हुनैका लागि मैनालीय कथा ढाँचा, समेली वा तिवारीय नाटकीय संरचना हुनु पर्ने ठान्नु नै तगारो लगाउँछन् चेतनामा तर आदर्श फिड्केर उत्तर आधुनिकसम्मै आइ सकेको, जिउभरि दाग लिएर ।

निरन्तरतामा प्रिय हुन्छन् हरेक चिजहरू, भएका छन्को अभिव्यक्ति पनि छ । परम्परामा मानिँदै आइएका गलतहरू पनि हामीलाई प्रिय भएका छन्, देखाउँछ विश्व सभ्यता नै । त्यही गलत विश्वास, श्राप र मुक्तिको सिद्धान्तको आडमा आएको गङ्गा र शन्तनुको आख्यानकै प्रति एकाङ्की प्रश्न उठाउँछ र एकाङ्कीका प्रमुख पात्र गङ्गा र शन्तनुको प्रवेशपछि उनीहरूका समस्याको न्यायिक तवरले समाधान दिनु पर्ने जिम्मेवारी पनि पाएका सूर्यले जिम्मेवारी राम्रोसँग निभाएको पनि लाग्छ । गङ्गाको अपराधबोध र त्यसको सजाय भोग्दै तनावबाट मुक्तिको अभिलाषा अनि शन्तनुको गङ्गा प्राप्तिको चाहना दुबैलाई सम्बोधन गर्दै सूर्य पैmसला सुनाउँछन् यसरी ः

आजको यस युगले तपाईंहरूमाथि पैmसला बोल्नेछ । त्यतिन्जेलसम्मलाई शान्त रहनोस् । नरुनोस् तपाईं गङ्गादेवी ∕ यो अतीतमा (को ? ले.) घटना भएकाले व्यक्तिहरूलाई आजको कानुनी व्यवस्थाभित्र पार्न सक्तैनौँ । तैपनि यस्ता विचार र सिद्धान्तहरूले आजको युगलाई अत्यन्त हानी पु¥याउन सक्छन् । यसैले यहाँहरूलाई हाम्रो युग, हाम्रो समाज, देश र संसारबाट पर पुराणकै युगमा फर्कन आदेश दिन्छु । (मल्ल, २०६५ ः १३६)

त्यसरी नै आएका छन् मन, कोमल र गणेश । मन एक अमूर्त तŒव तर भावशील । पात्र मन पनि भावुक र प्रेमिल देखिन्छ र निभाएको लाग्छ आप्mनो भूमिका सही ढङ्गले । कोमल पनि एउटा भाव र भाव जस्तै कोमल पनि । हाकिम (चेतना) को आदेशमा पनि ठेलेर धपाउन सक्दिनन् भाग्दै चेतनाको कार्यलयमा पसेका गङ्गा र शन्तनुलाई । त्यसरी नै गणेश जो व्यासकृत महाभारतका पाण्डुलिपिकर्ता यहाँ पनि सूर्यको पैmसला उनीबाटै लेखाइएको छ । पात्रहरू मिथकबाट विनिर्मित भएर आएका र कोही विम्ब संज्ञामा आएका स्वैर काल्पनिक लोकबाट । विनिर्माणका लागि स्वैर कल्पना अनिवार्य (बस्ताकोटी, २०६६ ः २१) छ , त्यसैले ।

(ग) विनिर्माण परिवेशमा

शन्तनु लखेटि रहेका छन्, गङ्गा भागि रहेकी छिन् र आउँछन् यस्तो विचित्र परिवेशमा जुन केहीसँग पनि तुलना गर्न नमिल्ने देखिन्छ । हेर्दा छ, बैठक जस्तो पनि पाठशाला जस्तो पनि न्यायलय जस्तो पनि सुत्ने कोठा जस्तो पनि तर केही जस्तो पनि नभएको बस सब कुराले छ्यासमिस भएको कुनै विचित्र ठाउँ जस्तो (मल्ल, २०६५ ः १२५) । रहस्यमय लाग्छ । यस्तै हुन्छ जब मिथकीयतालाई ल्याउनु पर्छ आप्mनो समयमा अनि बजारेर टकटक्याउन धुलाहरू, तर डेन्टिङ पेन्टिङको खाँचो महसुस हुन्छ युगानुकुल । गरिएको पनि त्यही हो जस्तो लाग्छ । बढी लाग्ने पुरातात्विक विभाग जस्तो ऐतिहासिक भवनभित्र गङ्गाका मानसिक छटपटी मूलतः मातृत्वका कारण अनि हत्याको अपराधबोध, बाध्यात्मक नै भए पनि तर माग्छिन् सजाय आपैmलाई मृत्युदण्डको । भविष्यकी आमा (नारी) सचेत बन्नु पर्ने भाव व्यक्त हुन्छ, आस्तित्विक तवरले । शन्तनुको बेचैनी पनि बढी महŒवको लाग्छ, छाड्न खोज्दैन अहिले शन्तनु पुराणमा भैmँ गङ्गालाई, छोराको माया पनि उत्तिकै । उनी चाहन्छन् आमा छोरा दुबै, त्यसैका लागि आएका छन् मिथकीय लोकबाट न्याय माग्दै वर्तमानसम्म । मिथ र वर्तमान तथा पौराणिक र फेन्टासी मिसिएर विनिर्मित छ, गजबको परिवेश ।

(घ) विनिर्माण सारवस्तुमा

महाभारतीय आख्यानको भत्काइ भएको छैन त्यसै । उद्देश्यपूर्ण लाग्छ । उद्देश्यहरू फरक फरक बोध हुन पनि सक्छन् । हुन पाउनु पर्छको जोडमा नै बल लगाउँछ विनिर्माण । श्राप र मुक्तिका सिद्धान्तहरू वर्तमानमा पुरै काम नलाग्ने भएका छन्को बोधमा नारी अधिकारको खोजी वा नारीले अस्तित्व बोध गर्न पाउनु पर्ने कुरा बटारिएर आएको छ, सिमीले थाँक्रो बेरे भैmँ । हत्या समस्याको समाधान हुन नसक्ने कुरा चेतनाको ‘हत्याद्वारा मुक्ति हुने छ भन्ने सिद्धान्त आजको युगमा मान्ने हो भने विश्वयुद्धलाई वरदानको रूपमा ग्रहण गर्नु पर्ने हुन जान्छ’ भन्ने भनाइ बुद्धिको भित्री तहमा हिर्काउँछ । मूलतः कुनै पनि नाममा नारीमाथिका शोषणहरूको अन्त्य हुनु पर्छको भाव मुटु हल्लाउने गरी गुन्जिएको छ बढी । पौराणिक कालदेखि नै विभिन्न वहानामा नारी, पुरुषको भोग्याका रूपमा मात्रै पूजनीय मानिएको अन्यथा आप्mनै अस्तित्वमा उभिन खोज्दा झेल्नु परेका बहिष्कारहरूप्रति नारीपक्षीय बनेर आपैmमा उभिन पाउनु पर्नेको वकालत गर्छ एकाङ्की । अपराधी ऋषिलाई मुक्ति दिन एउटी आमाले सात सात वटा सन्तान जन्मने बित्तिकै किन मार्नु पर्ने ? मूल प्रश्न नै यही भएर आएको छ र नारी मुक्तिदाता होइन जन्मदाता भएर ममत्वको तापले सन्तानलाई सेक्न पाउनु पर्ने कुरा तर्पm नै खोजिएको छ बत्ती देखाउन ।

उपसंहार

प्रयोगधर्मी नाटककार विजय मल्ल सशक्त नाटककार देखिएका हुन्, नेपाली नाटकमा । विषय क्षेत्रहरू विविध अपनाएका देखिन्छन् उनले । समकालीन सामाजिकता, ऐतिहासिकता त थिए नै पौराणिक विषय पनि उठाएका उनले तर भिन्न दृष्टिले । पुराणको हराएको पाना ऐतिहासिक भएको त्यही भिन्न दृष्टिका कारण र त्यसैलाई विनिर्माण भनिएको । मिथकीय जङ्गे पिलरलाई उधिनेर ऐतिहासिक सीमा सार्दै वर्तमानसम्म ल्याइ पु¥याएका पुराणको हराएको पानामा गङ्गा र शन्तनुलाई । व्यासले हेर्दा एकथरी देखिएका पात्रलाई मल्लले हेर्दा देखे अर्कैथरी । एउटा निश्चित उद्देश्य पूर्तिका लागि दृढ देखिएकी गङ्गाको चरित्र नै बिझाउने बनेको । आप्mनै सात सात वटा सन्तानको हत्या गर्दा पनि समुस्कान सहज जीवन बाँचेको देखाउने व्यास र त्यो देखाइलाई लेख्ने गणेशको दृष्टि दोषी मानिएको । त्यसैले ल्याइएका गणेश गङ्गाप्रतिको नयाँ पैmसला पनि लेख्न र खासमा एउटी नारी गङ्गाका गुनासाहरू टिप्न । नारी, नारी रहेसम्म सन्तानको हत्यारा बन्न सक्दैनन् । ममत्वको भावनाले ढाकि हाल्छ घप्लक्कै र स्वर्ग, देवता तथा अप्सराका मिथहरू मान्न वर्तमान चेतना तयार छैन त्यसैले हेर्नु परेको नारी पक्षीय कोणले गङ्गालाई । मूलतः गङ्गाको पुर्नव्याख्या गरिएको एकाङ्की सार्थक लाग्छ विनिर्माणिक सन्दर्भले र नाटकीय प्राप्तिले पनि ।

सन्दर्भ ग्रन्थ सूची:-

आचार्य, व्रतराज (२०६६), आधुनिक नेपाली नाटक, ललित पुर ः साझा प्रकाशन ।

उपाध्याय, केशव प्रसाद (२०६१), नेपाली नाटक र नाटककार, ललित पुर ः साझा प्रकाशन ।

उप्रेती, सञ्जीव (२०६८), दो.सं., सिद्धान्तका कुरा, काठमाडौँ ः अक्षर क्रियसन्स नेपाल ।

गौतम, कृष्ण (२०५९), दो.सं. आधुनिक आलोचना ः अनेक रूप अनेक पठन, ललित पुर ः साझा प्रकाशन ।

गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौँ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।

गौतम, कृष्ण (२०६७), उत्तर आधुनिक संवाद, काठमाडौँ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।

चालिसे, चक्रपाणि (२०४९), सातौँ सं., नेपाली सङ्क्षित भारत, ललित पुर ः साझा प्रकाशन ।

नारंग, गोपीचन्द (सन् २०००), संरचनावाद, उत्तर संरचनावाद एवं प्राच्य काव्यशास्त्र, नयी दिल्ली ः साहित्य अकादमी ।

पौडेल, विष्णु प्रसाद (२०६९), नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रूप, पोखरा ः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।

बस्ताकोटी, भूमिराज (२०६६), स्वैर कल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम, पोखरा ः ओजन बुक्स ।

भट्टराई, गोविन्द राज (२०६४), उत्तर आधुनिक विमर्श, काठमाडौँ ः मोडर्न बुक्स ।

भट्टराई, शरद् चन्द्र (२०५८), पाँचौँ सं., “वीर चरित्रसम्मको नेपाली गद्याख्यान ः एक सर्वेक्षण”, साझा समालोचना, (सम्पा. कृष्णचन्द्र सिंह प्रधान), ललित पुर ः साझा प्रकाशन ।

मल्ल, विजय (२०६५), “पुराणको हराएको पाना”, नेपाली साहित्यिक रचना, (सम्पा. त्रि.वि. पाठ्यक्रम विकास केन्दका तर्पmबाट अनिवार्य नेपाली विषय स्थायी समिति), पृ. १२५–३६, ललित पुर ः साझा प्रकाशन ।

शर्मा, गोपीकृष्ण (२०६५), दो.सं., संस्कृत साहित्यको रूपरेखा, काठमाडौँ ः अभिनव प्रकाशन ।

शाह, कृष्ण यात्री (२०६७), “उत्तर आधुनिक नेपाली नाटक”, भृकुटी, पूर्णाङ्क १०, काठमाडौँ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।