१. उपन्यासकार भूमिराज बस्ताकोटीको परिचय
पोखरेली साहित्यमा उदीयमान व्यक्तित्वका रूपमा आफूलाई स्थापित गराउन उन्मुख जुझारु प्रतिभा हुन भूमिराज बस्ताकोटी । वि.सं. २०३६ सालमा कास्की जिल्लाको कास्कीकोटमा जन्मिएका बस्ताकोटीको बाल्यकाल र विद्यालयीय शिक्षा ग्राम्य प्राकृतिक परिवेशमा नै सम्पन्न भएको थियो । पृथ्वी नारायण क्याम्पसबाट नेपाली साहित्यमा स्नातकोत्तर बस्ताकोटी आप्mनो समयका अब्बल दर्जाका विद्यार्थी समेत मानिन्छन् । वि.सं. २०५९ सालमा परिस्थिति उपन्यासबाट पुस्तकाकारका रूपमा देखा परेका बस्ताकोटीका स्वैर कल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम समालोचना (वि.सं. २०६६) तथा निर्मोचन उपन्यास (२०६८) समेत प्रकाशित भइ सकेका छन् । यस बाहेक बस्ताकोटीका थुप्रै कथा, कविता तथा लेख रचनाहरू विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् ।
वि.सं. २०६८ मा प्रकाशित निर्मोचन उनको नवीन शैली र बान्की बोकेको एक सशक्त औपन्यासिक कृति हो । परम्परित भन्दा केही भिन्न शैली तथा स्वैर कल्पना, लीला, आध्यात्मिकता जस्ता विविध विषय वस्तुलाई एकै ठाउँमा राखेर काव्यात्मक, पत्रात्मक तथा निबन्धात्मक शैली समेतको प्रयोग भएको प्रस्तुत निर्मोचन उपन्यासलाई औपन्यासिक तŒवका कोणबाट विश्लेषण गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
२. निर्मोचन उपन्यासको विश्लेषण
२.१ कथानक
यतिखेर म स्वत्वको खोजी गरि रहेको छु भन्ने म पात्र अर्थात् पृथ्वीको आध्यात्मिक चिन्तनको प्रस्तुतिसँगै आरम्भ भएको छ निर्मोचनको कथावस्तु । उपन्यासको आदि भागमा म पात्रको बाल्यकाल र ग्रामीण जीवनको चर्चा भएको पाइन्छ । वाल्य कालीन कतिपय उत्पट्याङ् कुराहरू काँक्रो, सुन्तला, निबुवा चोरेर खाने प्रसङ्ग, कुमारीसँगको एकान्त भेट, हिरो बन्ने सोच र दिल्ली काण्ड जस्ता विषय उपन्यासका चटनी बन्न पुगेका छन् । कथानकको सूत्र बनाएर घटनाहरूलाई कार्य कारण श्रङ्खलामा उन्ने भन्दा पनि फोटो खिचे झैं आँखा अगाडि जे देखा पर्छ वा सम्झनामा जे आउँछ त्यही देखाउने पद्धतिले गर्दा निर्मोचनको कथानाकमा परम्परागत शैली नभई नवीनता झल्किन पुग्दछ । सुदूर ग्रामीण जीवनको यथार्थलाई साहित्यक रूप दिने उद्देश्यले म मात्र पश्चिमको यात्रामा निस्कन्छन् । त्यसै सन्दर्भमा जन्मिन पुग्दछ मौनकोट । सम्पूर्ण रूपमा स्वप्नवत, यथार्थ लुकाइएको ठुलो यथार्थ । जहाँका मानिस मात्र नभई अन्य प्राणीले पनि आवाज समेत ननिकाल्नु सबैभन्दा मार्मिक र नेपाली राजनीतिमा देखिएको विसङ्गतिलाई प्रस्तुत गर्ने स्वैर कल्पना हो । यसरी हेर्दा द्वन्द कालीन समयको चरम उत्कर्षका रूपमा पनि मौनकोटलाई लिन सकिन्छ ।
मौनकोटबाट फकिँदा म पात्रको अग्रगामीसँग भेट हुन्छ । अग्रगामी राजनीतिक चेतनाका दृष्टिले म पात्र भन्दा धेरै अगाडि देखिन्छ । लडाकुहरूको सङ्गत र सेनाको ज्यादती तथा बलात्कारजन्य घटनाले अन्यायका विरुद्ध न्यायका खोजले तथा समतामूलक समाज स्थापनाको चाहनाले अग्रगामी युद्धको मोर्चामा सामेल हुन पुग्दछ । तर पछिल्लो समयमा युद्ध उन्मादले जन्माएका विसङ्गति, कमान्डरको व्यवहार, अर्काको आस्था माथिको ठाडो प्रहार, आर्थिक अपारदर्शिता, मुक्तिनाथ अधिकारी देखि काजोल खातुन र दोरम्मा देखि माडीसम्मका घटनाले सम्पूर्ण रूपमा विक्षिप्त अग्रगामी जङ्गलबाट बाहिरिन्छ र स्वामीसँगको सङ्गत र निकटताले आध्यात्मिक खोजतर्फ लाग्दछ ।
गोविन्द राज भट्टराईद्वारा लिखित सुकरातका पाइलाको प्रमुख पात्र अनन्त जो झन्डै मृत्युको मुखमा पुगि सकेको थियो त्यसलाई बिउँत्याएर नयाँ जीवन दिन खोजिएको छ निर्मोचमा । एलिनाको सङ्गतले नयाँ जीवन पाएको अनन्त अन्तमा एलिनासँगै विवाह गरेर आप्mनै गाउँ फर्किएको छ । यसरी सुकरातका पाइलामा मरेको भनिएको अनन्तलाई निर्मोचनमा जुन रूपमा नयाँ जीवन प्रदान गरिएको छ≤ विनिर्माणका कोणबाट हेर्दा यसलाई अत्यन्तै महŒवपूर्ण विषयका रूपमा लिन सकिन्छ । उपन्यासमा देखा परेका कुमारी, राजु, खरेल सर, युवक आदिका माध्यमबाट प्रेम, साहित्य, अनुशाासन, सामाजिक विकृति, पारिवारिक विश्रृङ्खलता आधुनिकताका नाममा देखिएका विसङ्गतिप्रतिको अकर्मण्यता, पत्नीको आकाङ्क्षा, शरीर बेच्नुको बाध्यता र विवशता जस्ता विषयलाई एउटै धागोमा उनेर सुन्दर माला बनाउने प्रयत्न गरिएको छ । तर यति हुदाँहुँदै पनि कतिपय ठाँउमा जस्तै ः तुलसीको मोठमै बहरलाई मार हान्नु, आप्mनै पत्नीलाई छोराको घाँटीमा तरबार राखी धम्क्याएर पर पुरुषसँग सम्बन्ध राख्न बाध्य पारिनु जस्ता अतिशयोक्तिपूर्ण घटनाहरू पनि कथानकमा देख्न सकिन्छ भने कतिपय ठाँउमा श्लीलताको कमी भएको आभाष पनि प्रष्ट रूपमा देख्न सकिन्छ ।
यस उपन्यासको कथानकमा द्वन्द्वको प्रवलता छ, कुतूहल र रोमाञ्चको मिश्रण छ । बाह्य द्वन्द्वका रूपमा माओवादी द्वन्द्व उत्कर्षमा देखिन्छ । युद्व उन्मादले गर्दा जनतामा त्रास र नैराश्य निकै बढेको देखिन्छ । त्यसैगरी आध्यात्मिक र भौतिकवाद बिचको द्वन्द्व पनि स्वामी र अग्रगामी तथा म पात्रका माध्यमबाट प्रकट भएको छ । दृढता तथा इमानदारी र अवसरवादिताबिच पनि द्वन्द्व देखिन्छ । सुरुमा उपन्यास लेख्ने सोचमा रहेको म पात्र, पात्रको खोजीमा पश्चिम लागेको र पात्र जुटाएर उपन्यास लेख्छु भन्दा भन्दै उपन्यास सिद्धिनुले यसमा अधिआख्यानको प्रयोग पनि देख्न सकिन्छ । यसरी सामाजिक जीवनका विभिन्न पक्ष र पाटालाई परम्पररित भन्दा भिन्न शैलीमा प्रस्तुत गरिएको निर्मोचनको कथानक विशृङ्खलित रहेको छ ।
२.२ चरिच चित्रण
निर्मोचनमा पात्रहरूको निकै ठुलो जमघट देख्न पाइन्छ । एक प्रकारले यो म पात्रको आत्मकथ्यको धागोमा अनेक पात्र चरित्रहरू उनेर बनाइएको माला हो । समाजका अनेक तŒव र प्रकृतिको प्रतिनिधित्व गराउन बहुल पात्रता र प्रसङ्गले भरिएको क्यानभासका रूपमा यसलाई अगाडि सारिएको छ (भट्टराई, २०६८, ज, भूमिका खण्ड) । ती पात्र वा चरित्र विभिन्न परिस्थिति र परिवेश सृजना गरेका, विभिन्न सोचाइ, राजनीति, अध्यात्म, सामान्य जीवन आदि विविध क्षेत्रका रहेका छन् । उपन्यासमा एउटै पात्रको नायकत्व पाउन सकिँदैन । म पात्र (पृथ्वी), अग्रगामी, अनन्त, स्वामी, राजु, एलिना, पूर्णिमा, खरेल सर, शिला, सुकरात, टुसा व्यापारी, कुमारी, सन्यासी, कमान्डर, छिमेकी ठिटो, सैनिक, विप्लव दाइ आदि पात्रहरू उपन्यासमा देखा पर्दछन् । यीमध्ये यहाँ केही प्रमुख पात्रहरूको चरित्र चित्रण तल प्रस्तुत गरिएको छ ।
क. अग्रगामी
गाउँको सामान्य परिवारको सदस्य अग्रगामीको वास्तविक नाम अग्रहरि हो । राजनीतिक चेतनाका दृष्टिले निकै अगाडि देखिएको अग्रगामी आप्mनो नाममा खोट भएको आभाष भएपछि वि.संं २०५२ सालमा उसले ‘हरि’ फालेर ‘गामी’ जोडेको देखिन्छ । सुरुमा विप्लव दाइ तथा कमान्डरका कुरा र व्यवहारले अत्यन्त प्रभावित ऊ विप्लव दाइको सेनाद्वारा विभत्स हत्यापछि जङ्गगल पस्ने निधो गर्छ । अन्यायका विरुद्ध न्यायका खोजले, सामन्त वर्गको उन्मूलनको अभिप्रेरणाले, पुँजीपति वर्गको पलायन र मजदुर वर्गको उदयको लालसाले, समतामूलक समाजको चाहनाले र समग्र विश्वमा रातो झण्डाको रौनकको उत्तेजनाले (पृ.९२) ऊ युद्धमा होमिएको छ । यसरी केही वर्ष युद्धमा होमिएको अग्रगामीको आप्mनै कमान्डरहरूका संवेदनहीन व्यवहार र कार्यहरूले मन अमिलिँदै जान्छ । युद्ध उन्मादले केवल ध्वंस मात्रै मच्चाउने र आमूल परिवर्तनका नाममा सीमित व्यक्तिको स्वार्थ मात्र पुरा हुने वास्तविकतालाई उसले प्रत्यक्ष भोग्न पुग्दछ । कमान्डरको आर्थिक अपारदर्शिता, धम्की, वृद्धाको घरमा गरिएको व्यवहार, शिलाको युद्धप्रतिको मोहभङग र आत्महत्या, मुक्तिनाथ अधिकारीदेखि माडी घटनासम्मका कुराले अन्ततः ऊ युद्धबाट बाहिरिन पुग्दछ । यसरी आमूल परिवर्तनको सपना बोकेर युद्धमा होमिएको अग्रगामीको वास्तविकता तथा भौतिकताप्रतिको मोहभङग हुन पुग्दछ र स्वामीका सङ्गतका कारणले आध्यात्मिक खोजतर्फ लाग्न पुग्दछ । माओवादीको बफादार लडाकु अग्रगामी माक्र्सवादमा पसेर रहस्यवादतिर ढल्किन पुग्दछ । यस मानेमा ऊ सम्पूर्ण रूपमा गतिशील तथा रूपान्तरित पात्र हो । यो रूपान्तरण उद्देश्यपूर्ण पनि छ र यो शीर्षकीय अभिप्रायलाई बोक्ने महŒवपूर्ण पात्र पनि हो ।
ख. पृथ्वी
म पात्र अर्थात् पृथ्वी यस उपन्यासको अर्को महŒवपूर्ण पात्र हो । नेपाली साहित्यमा स्नातकोत्तर ऊ इलेक्ट्रोनिक पसल सञ्चालन गरेर बसेको छ । एम.ए. पढेकामा आफूलाई निकै गर्व गर्ने ऊ स्वामी इलेक्ट्रोनिक्स इन्जिनियर समेत भएको कुरा थाहा पाएपछि आप्mनो कमजोरी महसुस गर्दै स्वामीबाट प्रभावित हुन पुग्दछ । साहित्यमा रुची राख्ने पृथ्वी हरेक कुरालाई दार्शनिक कोणबाट विश्लेषण गर्ने प्रयत्न गर्दछ । ‘घाटमा पुग्दा पनि मान्छे जीवनको नियतिसँग परिचित छैन, दगुरेको छ मान्छे कहीँ नपुग्ने यात्रामा, लासलाई फूल चढाएर र कापीमा नाम लेखाएर’ (पृ.४) जस्ता गहन विचार पृथ्वीबाट ठाउँ ठाउँमा व्यक्त भएका छन् । बाल्य कालीन उत्पट्याङका सबै स्वादहरू राम्रैसँग चाखेको पृथ्वी एक बौद्धिक पात्र हो । सुरुबाट अन्त्यसम्म नै उसको दरिलो उपस्थिति उपन्यासमा देख्न सकिन्छ । कुमारीको अवस्था देखेर दया लागि उसलाई भेट्न पुगेको पृथ्वी उल्टै कुमारीलाई राहत दिन नसकी आफै आहत भएर फर्किएको छ । यसबाट उसमा मानवीय संवेदना देखिएता पनि व्यवहारिकतामा कच्चापन नै देखिन्छ । सहरिया साहित्य धेरै लेखियो अब गाउँको साहित्य लेख्नु प¥यो भन्ने सोचका साथ पश्चिमको भ्रमणमा निस्किएको पृथ्वी नयाँ चिन्तन र दृष्टिकोण भएको पात्र हो । ऊ उपन्यासको दृष्टिविन्दु पात्र पनि हो । उसँगै कुनै न कुनै रूपमा जोडिएर उपन्यासका घटना क्रम तथा पात्रहरू अगाडि बढेका छन् । कुनै एउटा विचार लिएर अगाडि बढ्न नसकेको पृथ्वी आधुनिक बौद्धिक ढुलमुले वर्गको प्रतिनिधि पात्रका रूपमा पनि देखिएको छ ।
ग. अनन्त
विनिर्माणका दृष्टिबाट अनन्त महत्वपूर्ण र मुख्य पात्रका रुपमा देखिएको छ । गोविन्द भट्टराईद्वारा लिखित सुकरातको पाइलामा झण्डै मृत्युको मुखमा पुगिसकेको र अझ भनौं अड्कलबाजीले नै मारिएको अनन्त एकाएक निर्मोचनमा व्यूँतिन पुगेको छ । घरपूर्वको नर्फोक रहेको अनन्त काठमाण्डौंको निस्सासिंदो वातावरण, बेरोजगारीको पीडा, आफ्नी मायालुको द्वन्दका कारण भएको मृत्यु तथा जीवनका असफलताले घेरिएर आत्महत्या गर्ने मानसिकतामा पुगेको ऊ पासोमा बेरिन लाग्दा गाडीको चर्को हर्नले झस्किन पुग्दछ । आफ्नो चेतना अझै आत्महत्याका लागि तयार नभएको ठानेपछि जीवन प्रतिको झिनो आसा लिएर पोखरातर्फ लाग्दछ । एलिनाको भेट र पोखराको परिवेशले उसलाई नयाँ जीवन प्राप्त गर्न पुग्दछ । रजनीका, गान्धी, वी.पी., शिवपुरी बाबा पढेरै उसमा सकारात्मकता र जीवनवादीता भरिएको छ । अन्त्यमा एलिनासँग विवाह गरी आफ्नै गाऊँ नर्फोक फर्किएको छ । यसरी अनन्तका माध्यमबाट निराश पुस्तालाई आशावादी बनेर अगाडि बढ्ने प्रेरणा पनि मिल्ने देखिन्छ ।
घ. स्वामी
स्वामी यस उपन्यासमा आध्यामिक चिन्तक एवं विचारकका रूपमा देखिएको छ । इलेक्ट्रोनिक्स इन्जिनियर भएर पनि भौतिकताबाट आध्यात्मिक मार्गमा लागेर सन्यासी बन्न पुगेको छ । भौतिकतालाई कहीँ नपुग्ने यात्रा बताउने स्वामी संसारका कुनै पनि वस्तु नष्ट हुँदैनन् रूपान्तरण मात्र हुन्छन् भन्ने विचार व्यक्त गर्दछ । जसरी हावामा रेडियोका तरङ्गहरू सल्बलाइ रहेका हुन्छन् तर जबसम्म हामीले रेडियोको स्विच अन गरेर ट्युनिङ् गर्दैनौं तबसम्म उक्त तरङ्गलाई समाउन सक्दैनौं । त्यसरी नै आध्यात्मिक मार्गमा लागेर ईश्वरलाई प्रकाश रूपमा अनुभूत गर्न पनि चेतनाको स्विच अन गरेर ध्यान मार्गमा ट्युन गर्नु पर्दछ (पृ.३८) भन्ने स्वामीका विचारले अग्रगामीलाई माक्र्सवाद अपूर्ण भएको बोध गराएको छ । प्रकृतिमा विविधता रहेसम्म विभेदको अन्त्य हुन सक्दैन । प्रकृति नै विविधताले युक्त छ यस्तोमा समानता खोज्नु नै मूर्खता हो भन्ने जस्ता बिचारले पृथ्वी र अग्रगामीलाई राम्रैसँग प्रभावित पार्न सफल स्वामी दार्शनिक एवम् आध्यात्मिक विचार बोक्ने आध्यात्मिक साधकका रूपमा देखिएको छ । स्वामीकै विचारका कारणले उपन्यासका अन्य मुख्य पात्रहरू परिवर्तित वा निर्मोचित हुन पुगेका छन् । यस अर्थमा पनि स्वामी महŒवपूर्ण र स्थिरे पात्रका रूपमा देखिएको छ ।
ङ. राजु
अङ्ग्रेजी साहित्यमा एम.ए. गरेको राजु आप्mनो समयको गोल्ड मेडलिस्ट हो । विज्ञान विषयबाट अङ्ग्रेजी साहित्य पढ्न पुगेको ऊ दर्शनमा रुचि राख्ने व्यक्ति हो । मनोरोगीको उपमा समेत पाइ सकेको राजु जीवनदेखि सन्तुष्ट हुन सकेको छ्रैन । महिला संवेदना हो र पुरुष शक्ति, सम्पूर्ण संसार शक्तिका पछाडि दौडि रहेकाले महिला पछाडि परेको तर्क अगाडि सार्ने राजु तर्कशील छ र प्रश्न गर्छ यथार्थ केलाई भन्ने ? यसरी राजु समग्रमा प्रष्ट धारणा नभएको अन्तर्मुखी र रहस्यमयी चरित्रका रूपमा देखिएको छ ।
च. अन्य चरित्रहरू
माथि उल्लिखित चरित्र बाहेक उपन्यासमा महŒव राख्ने अनेकौं चरित्र छन्, जसका बारेमा यहाँ सामान्य चर्चा गरिएको छ । अग्नि माओवादी योद्धा र कमान्डर पनि हो । आमूल रूपमा समाज रूपान्तरणको सपना बोकेर जङ्गल पसेको ऊ पछिल्लो हिंस्रक, कठोर र युद्ध उन्मादले मात्तिन पुगेको छ । मानवीय संवेदना शुन्य पात्र अग्नि अर्काको आस्था र विश्वासलाई गल्र्याम्म ढलाउन पाउँदा सन्तोष मान्ने प्रवृत्तिको बन्न पुगेको छ ।
एलिना राम्रै जिउडाल भएकी केटी हो । साहित्यमा रुचि राख्ने उसको म पात्रसँग राम्रै निकटता रहेको छ । अनन्तको ‘फालिन चाहन्छु एतै कतै बालुवामा’ (पृ ४४) भन्ने कविताका केही पङक्तिबाट प्रभावित एलिना अनन्तलाई नै नयाँ जीवन दिन सफल भएकी छ ।
कुमारी पृथ्वीलाई भित्रैदेखि मन पराउने पात्रका रूपमा प्रारम्भमा देखा परेता पनि अन्त्यमा पृथ्वीको नामर्दीपनलाई तिरस्कार गर्न पुग्दछे । आप्mना लालाबालाको पक्ष पोषणका लागि शरीर बेच्न बाध्य कुमारी विवशताको भुमरीमा परेकी पात्र हो ।
यसरी हेर्दा बहुल पात्रहरूको संयोजनमा निर्मोचन सूक्ष्मदृष्टिमा आधारित भएको देखिन्छ । जति मान्छे उति भोगाइ भनेझैं धेरै चरित्रहरूको उद्घाटन गरेर निर्मोचन बृहत् चरित्रका विचारलाई अभिव्यक्त गर्न सफल रहेको देखिन्छ ।
२.३ पर्यावरण
निर्मोचनले ग्रामीण तथा सहरी जीवनका दुबै परिवेशलाई समेटेको छ । पोखरा, काठमाण्डौँ, स्वैर काल्पनिक मौनकोटदेखि दिल्लीसम्मको परिवेशलाई विभिन्न रूपमा उपन्यासमा उतारिएको छ । खाद्य सङकट, भोकमरी, झाडा पखाला, चक्काजाम, बन्द हडताल, बेरोजगारी जस्ता विविध विषयहरू उपन्यासमा देखा परेका छन् । युद्धको सन्त्रास, अत्याचार र अन्यायको चरमोत्कर्षका रूपमा मौनकोट जन्मिन पुगेको छ । मानवीय मूल्य र मान्यता, आस्था र विश्वासको खिल्ली उडाउने काम द्वन्द्व कालीन परिवेशले सिर्जना गरेको छ । द्वन्द्वबाट आहत भएर अग्रगामी जस्ता लडाकु योद्धाहरू पनि माक्र्सवादलाई अपूर्ण मान्दै स्वामीका सङ्गतले अध्यात्मतर्फ लागेको कुरालाई पनि उपन्यासमा महŒवका साथ उठाइएको छ भने एक किसिमले जीवनबाट नै पलायन भइ सकेको पात्र अनन्तलाई पनि नयाँ जीवन प्रदान गरेर सबैलाई आशावादी बन्ने प्रेरणा समेत दिएको छ । यसरी समकालीन जीवनका विविध रूपहरूलाई यसले देखाउन खोजेकाले नेपाली जीवनका आर्थिक, सामाजिक एवं राजनीतिक परिवेशलाई नै यसले बढी जोड दिएको देखिन्छ ।
२.४ भाषाशैली
निर्मोचनको भाषाशैली परम्परित उपन्यास भन्दा निकै नवीन र भिन्न शैलीको रहेको छ । उपन्यासमा एउटै पात्रको नायकत्व पाउन सकिँदैन । काव्यात्मकता, निबन्धात्मकता, पत्रात्मकता, विनिर्माण, स्वैर कल्पना, बहुनायकत्व तथा अनायकत्व जस्ता नवीन शैली उपन्यासमा देख्न सकिन्छ । कथानक सम्पूर्ण रूपमा विश्रृङ्खलित ढङ्गबाट अगाडि बढेको छ । अतिशयोक्तिपूर्ण व्यञ्जना तथा कहीँकहीँ श्लीलताको कमी समेत उपन्यासमा देख्न सकिन्छ । समग्रमा आन्तरिक केन्दी्रय दृष्टिबिन्दुको प्रयोग भएको यस उपन्यासमा छोटा छोटा विषय प्रसङ्गलाई मिलाएर एउटै डोरीमा उन्दै सुन्दर माला बनाउने प्रयत्न उपन्यासमा जसरी गरिएको छ त्यसले गर्दा पनि उपन्यास सशक्त बन्न पुगेको छ । काव्यात्मकता, दार्शनिकता तथा आलङ्कारिक सूक्तिको प्रयोगले उपन्यासलाई नौलो बान्की दिने प्रयास गरिएको छ ।
२.५ सारवस्तु
आप्mनो स्वतन्त्र निर्णय र विशिष्ट अनुभवबाट नै जीवनमा सार्थकता प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई यस उपन्यासले सारवस्तुको रूपमा ग्रहण गरेको छ । राजनीतिक युद्ध कोरा सैद्धान्तिक मात्र नभई व्यावहारिक पनि हुन सकेमा मात्र त्यसले सफलता पाउन सक्छ किनभने पूजा आदर्शवादीको भएपनि जित यथार्थवादीको हुन्छ भन्ने देखाउनु यसको अर्को महŒवपूर्ण पक्ष हो । देश र सरकारले उपेक्षा गरेको सुदूर गाउँको बस्तीलाई उपन्यासमा उतारेर त्यसको यथार्थ स्थिति उत्खनन गर्नु निर्मोचनको उद्देश्य हो । माओवादीको अत्याचार, पीडा र त्रासदी तथा आर्मीबाट भएका क्रूरतालाई यथार्थपरक रूपमा यसमा प्रस्तुत गरिएको छ । यसरी हेर्दा द्वन्द्व कालीन अभिघातक मनोविज्ञान, चिन्ता, भय र पीडाको प्रस्तुति पनि उपन्यासको महŒवपूर्ण पक्ष हो भने भौतिकता भनेको व्यायामका लागि राखिएको साइकलको दुगराइ हो जसले मानिसलाई कहीँ नपुग्ने यात्रामा डुलाइ रहन्छ भन्ने स्वामीको भनाइ तथा अग्रगामीको आध्यामिकता तर्फको यात्रा पनि उपन्यासका महŒवपूर्ण विषय हुन् । यसरी अनन्तका माध्यमबाट जीवनको आशावादिता र स्वामीका माध्यमबाट आध्यात्मिकताले मानवीय जीवनमा शान्ति ल्याउने विषयलाई यस उपन्यासले मूल रूपमा उठाउन पुगेको छ ।
३. उपसंहार
पोखरेली उपन्यासकार भूमिराज बस्ताकोटीको निर्मोचन समकालीन नेपाली राजनीति र सामाजिक परिवेशका महत्वपूर्ण समस्यालाई विषय वस्तुका रूपमा प्रस्तुत गरिएको उपन्यास हो । द्वन्द्व कालीन परिवेशले निम्त्याएको भयावह स्थिति तथा मानसिक शान्तिका लागि आध्यात्मिकताको खोजी नै उपन्यासका मुख्य पक्ष हुन् । अधिआख्यान, बहुनायकत्व तथा अनायकत्व, स्वैर कल्पना, विनिर्माण जस्ता समकालीन औपन्यासिक लेखनका प्रवृत्तिलाई समेटेर लेखिएको प्रस्तुत उपन्यासमा विषय वस्तु, शिल्प संरचना आदि पक्षमा समेत नवीनता पाइन्छ । परम्परागत भन्दा नितान्त भिन्न शैलीमा लेखिएको निर्मोचन समकालीन धारको एउटा नवीन उपन्यास हो र भविष्यमा उनीबाट अझै सशक्त उपन्यासको आशा एवं अपेक्षा पनि गर्न सकिन्छ ।
सन्दर्भ ग्रन्थ सूची:
गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाण्डाँै ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
त्रिपाठी, वासुदेव (२०५८), तेस्रो सं., पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग दुई, ललित पुर ः साझा प्रकाशन ।
प्रधान, कृष्णचन्द्र सिंह (२०५२), तेस्रो सं., नेपाली उपन्यास र उपन्यासकार, ललित पुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८), दो.सं. उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर ः साझा प्रकाशन ।
बस्ताकोटी, भूमिराज (२०५९), परिस्थिति, पोखरा ः टीकाराम बस्ताकोटी ।
बस्ताकोटी, भूमिराज (२०६६), स्वैर कल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम, पोखरा ः ओजन बुक्स ।
बस्ताकोटी, भूमिराज (२०६८), निर्मोचन, पोखरा ः ओजन बुक्स ।
भट्टराई, गोविन्द राज (२०६४), उत्तर आधुनिक विमर्श, काठमाण्डौं ः मोडर्न बुक्स ।
शर्मा, मोहन राज (२०५५), समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाण्डौँ ः ने.रा.प्र.प्र. ।