युवराज नयाँघरे नेपाली साहित्य क्षेत्रमा खासै नौलो नाम होइन । युवराज नयाँघरे भन्दा पनि मदन पुरस्कार बिजेता भन्दा चिन्न र उनलाई बुझन सहज हुन्छ । नयाँघरे निवब्ध विधाका एउटा अब्बल खम्बा नै भन्न रुचाउछु म । उनका जतिपनि निबन्ध संग्रहहरु यस भन्दा पहिले प्रकाशित भएका छन हरेकले कुनै न कुनै रुपमा पाठकमा गहिरो छाप छोड्न सफल भएकै छन । एक बसाईमा लगभग सकाइने स्वरुप , मिठो अनि सरल भाषा शैली, सटिक लेखाई अनि वास्तविक विषयवस्तुलाई कलात्मक रुपमा पस्किएर आम पाठकलाई खुराक पिलाउन निकै खप्पिस नयाँ घरे निबन्ध विधाका चतुर खेलाडी नै मानिन्छन । यही चतु¥याइका कारण एकपटक नयाँघरेका निबन्ध पढ्नै पर्छ है भन्ने छाप छोड्न सफल भएका छन । आम पाठकमाझ प्रिय निबन्धकारको रुपमा नयाँघरे उभिएका छन ।
केही दिनअघि मात्रै नयाँघरेको नयाँ निबन्ध स्रगह सार्वजनिक भयो । नामै काफी छ निबन्धको नाम हरियो राहदानी । संयोग नै मान्नुपर्छ, नयाँघरेको हरियो राहदानी सार्वजनिक हुनु र अमेरिकी सरकारले आगामी वर्षको लागि डिभि खुलाउनु एकैचोटी पर्न गयो । हरियो राहदानी सम्भ्रान्त वर्गको भन्दा पनि आम साधारण नागरिकले प्रयोग गर्ने राहदानी हो । यस निबन्ध भित्र स्वभाविक रुपमा हरियो राहदानीका अनेक आयमलाई केलाउने कलामा नयाँघरे निकै मेहनतका साथ लागि परेका छन । किन हरियो राहदानी नै शिर्षक राखे होलान ? रातो किन नराखेका होलान भन्ने आम पाठकमा कुरा उठ्न सक्छ त्यसको कारण पत्ता लगाउनको लागि एकपटक यो निबन्ध पढ्नै पर्ने हुन्छ । राहदानी दुरुपयोगका सवालहरु उठिरहेको बेलामा भित्रिएको हरियो राहदानीले विगतका निबन्धले भन्दा बढी चर्चा पाउनेमा शंका गर्ने ठाऊँ देखिदैन । एक पटकको बसाइमा हरियो राहदानी पढी सकिन्छ । बुझकीलाई इशारा काफी भएको शैलीमा यो निबन्ध तयार गरिएको छ । नयाँ घरेका यस अघिका निबन्ध भन्दा यो अलि फरक यस अर्थमा लाग्यो , अघिका निबन्धहरुमा प्राय नेपालकै शेरोफेराका विषयहरु समावेश गरिएका पाइन्थे भने यसमा नयाँ शब्द थपिएको छ हरियो राहदानी । सरल भाषामा मिठास पस्कुनका अवाला धेरै हदसम्म राहदानीको विषयमा समेत सचेत गराएका छन निबन्धकारले ।
प्रवासी नेपालीका अन्तरमनका कथा अनि नेपाल छोडेर विदेशिएका नेपालीहरुको पीडालाई समेटेर निबन्धकारले नेपाली निबन्ध विधामा अर्को आयाम थपेका छन । प्रवासिएका नेपालीका वास्तविक कथा व्यथा समेटिएको कृतिले बैदेशिक रोजगारमा रहेका लाखौं नेपालीको भावनाको समेत सम्मान गरेको देखिन्छ । एकजना निबधकारले लाखैँँ नेपालीको वास्तविक कथा बोलेको छ । निबन्धकार नयाँघरेको यो दशौँ कृतिको रुपमा भर्खर बजारमा आएको हरियो राहदानीलाई रोजगार मिडियाले बजारमा ल्याएको हो । यस निबन्धभित्र ३५ विविध निबन्धहरु समेटिएका छन । यो पुस्तक १६२ पृष्ठको रहेको छ । प्रदेशिएका नेपालीले पठाएको विप्रेषणको भरमा धानिएको नेपाली अर्थतन्त्रमा नयाँ घरेको यो निबन्धले झनै प्रष्ट पानेृ कोशिष गरेको छ । यही राहदानीका कारण कतिपय नेपालीहरु अनाहकमा मृत्युवरण गर्न बाध्य भएका छन, कतिपय विदेशीको कालकोठरीमा कठिन जिन्दगी विताइरहेका छन । अझ राहदानी दुरुपयोग गरी एक ठाऊँ जानेलाई अकैृ ठाऊँमा पु¥याएका यातना दिइरहेका छन। यस्ता यावत सवालहरु छन जुन लाखौँ नेपाली दाजुभाई दिदी बहिनीहरु जो हरियो डलरको सपना देखेर प्रवाश हान्निएका छन उनीहरुको वास्तविक कथा बोलेको छ यो निबन्धले ।
एक हातको तालीले मदन पुरस्कार हात पारेका नयाँ घरेको पछिल्लो निबन्ध हरियो राहदानीले नाम अनुसारको सम्मान पाओस । स्वदेशभित्र भएका आम पाठकले त पढ्छन पढ्छन विदेशमा जति नेपालीहरु हरियो डलरको आशमा विदेशिएका छन उनीहरुले एकपटक पढ्नै पर्ने पुस्तक हो । सुभकामना हरियो राहदानी पस्कने सर्जकलाई ।