18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यिक यात्रामा लीला

कृति/समीक्षा सदानन्द अभागी October 20, 2012, 1:54 pm
सदानन्द अभागी
सदानन्द अभागी

'साहित्यिक यात्रामा लीला'को सम्पादन भगवती अर्याल (पाणडे)ले गर्नु भएको छ । प्रकाशन नारी साहित्य समाज नवल परासीले गरेकाेछ। यो कृति आवरण सहित २३६पृष्ठको छ। यसको मूल्य २४५/– रु छ। यो किताव २०६७मा प्रकाशनमा आएको हो। प्रकाशकीय शीर्षकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा(श्रेष्ठ) लेख्नु हुन्छ –

लेख तिमी आँफै मनका वेदनाहरू

फुलाऊ भावका गुच्छा बनेर पुस्पका तरु

गर अक्षरका खेती छ लीला शुभकामना

तिम्रा अक्षरमा लीला बोल्नेछन् राष्ट्र भावना

गोविन्द राज विनोदीको शुभ कामना व्याक्त गरेका छन्। ज्ञानु अधिकारीले यसलाई एउटा अनुकरणीय कामको थालनी ठान्नु हुन्छ। पूर्व कर्णेल धनबहादुर मास्के राना लेख्नु हुन्छ –नारी उत्थानमा समर्पित दीनदुःखीप्रति, प्रियदर्शी, प्रकृतिप्रेमी जीवजन्तु प्रेमी साथै घरपरिवार प्रति अत्यान्त चिन्तित् स्वभावकी लीला एक संघर्षशील सृजनशील, परिश्रमीव्यक्तित्व हुन्। जुनसुकै कठीन परिस्थितिमा पनि प्राय असफल नभएकाले मेले उनलाई फूलसँग दाँजेर लीली भन्छु । बास्तवमा लीला कवियित्री र लेखिकामात्र नभएर एउटी सामजिक नारी हुन् यिनको जीवन समाजसेवामा वितेको छ।समाज सेवामा समर्पित यिनको जन्म श्याङ्जा जिल्लामा भयो र नवल परासी यिजल्लालाई कर्मक्षेत्र बनाएर नेपाल र भारतका विभिन्न संस्थाहरुमा आजीवन सदस्य भएर नारीस्रष्टाको रूपमा आफ्नो प्रगतिको यात्रालाई अगाडी बढाई रहेकी छन्। यिनको व्यक्तित्वको अध्ययन गर्दा उनी एक साहसिक, कर्मठ, महिला जो हरेक क्षेत्रमा आँफूलाई उभ्याउन मन पराउने, अठोट लिएर अघि बढ्ने, नारीको रूपमा उनलाई लिन सकिन्छ ।

'साहित्यिक यात्रामा लीलाः–

यो एउटा समीक्षा सहितको कृति हो। यस कृतिको समीक्षाको पाटोेमा जानु भन्दा पहिला नेपालली साहित्यको सङक्षिप्त इतिहास र नारी स्रष्टाको स्थिति लेखले नेपाली भाषाको जन्म इसाको एघारौं शताव्दीतिर कर्णाणी प्रदेश सिञ्जा (जुम्ला)मा भएको र यो भारोपेली परिवारको सन्तान भएको र आधुनिक आर्र्यभाषाको रूपमा यसको जन्म भएको कुरा यस लेखमा भगवतीजीले प्रष्ट्याउन खोज्नु भएको छ साथै नेपाली भाषाको प्रारम्भ विन्दु वि.सं. १३१२मा हुम्ला जिल्लाको रेलिङगुम्बामा फेला परेको ताम्रपत्रलाई मानिन्छ भनी उल्लेख गरेको पाइन्छ। पृथ्वीनारायण शाहको एकीकृत नयाँ नेपालको निर्मार्ण गराए पछि प्रचारमा आयो र नेपाली साहित्यको मौलिकता भित्र्याई भानुभक्तले रामायण लेखे पछि काव्यरूपमा आएको कुराहरू यस कृतिमा पढेन पाउँछौं। नेपाली साहित्यको बारेमा यस लेखले राम्रो विवरण पेश गरेको छ।

नारी साहित्यकार लीला रानाको जीवनी र व्यक्तित्वः– शैक्षिक, सामजिक ,राजनैति, प्रशिक्षक, साहित्य, बारेमा अध्ययन र प्रस्तुति गरिएको छ। कविता विधामा लीला राना शीर्षक दिएर कविता विधाका ११वटा कविता पुञ्जहरूलाई यसमा समावेश गरी अध्ययन र समीक्षा गरिएको छ। लीलाले ९बर्षको उमेरमा उनी ४कक्षामा पढ्दाको समय घाँसीको चर्चा गरिएको पाठ पढ्दा भानुभक्त आचार्य उनका प्रेणका स्रोत बन्न गए। वि.सं. २०१९बाट उनको कविता लेखन सुरु भएको उल्लेख गरिएको छ। समीक्षामा हलोलाई उत्कृष्ट कविता ठहर्यायउनु भएको छ समालोचक भगवती पाडे ज्यू। कविताको अध्ययन गर्दा भाषा सहज र सरल छ। गद्यलयमा लेखिएका छन् कविताहरू। सिर्जनात्मक लेखनमा लीला शीर्षकमा ४७वटा लेखहरूलाई विवेचना गर्ने प्रयास भएको देखिन्छ। समीक्षकले विषयबस्तुगतमा लेखहरू स्तरीय पाएको गङ्गा शीर्षकको लेख उत्कृष्ट ठहर्याकइएको छ।

संवादमा लीलाः– यस शीर्षकमा बर्तमान कृयाकलापमा सम्लग्नता, साहित्यको परिभाषा, साहित्य र राजनीतिमा समानता, जीवनदर्शन, साहित्यमा महिलाको सम्लग्नतामा कमी किन, पारिवारिक सहयोग केे कस्तो, साहित्यमा लागेर के पाइयो के गुमाइयो, प्रेेम साहित्यमा महिलाहरूलाई अग्रसर गराउन गर्नु प्रने प्रयास, खेलकुद, दुखद घटनाको अनुभूति, शिक्षामा लीलाको यमोगदान, प्राकृतिक सौन्दर्यको सजावट, मातृत्वको दायित्व, गीतको अनुभव, भावि कार्ययोजना आदि विषयमा समीक्षकले लीलाको बहुआयामिक व्ाक्तित्वलाई समेटने प्रयास गर्नु भएको छ। लीलाले पनि सरल भाषामा व्यवहरिक पक्षलाई अङ्गाल्देै आफ्नो यथार्थता प्रष्टयाएको पाइन्छ।

विभिन्न व्यक्तित्वका दृष्टिकोणमा लीला रानाः – यस शीर्षकमा लीलालाईर् विभिन्न उच्च ओहोदाका व्यक्तिबाट प्रदान गरिएका शुभकामना तथा महत्वपूर्ण अभिव्यक्तिहरू पढ्न पाइन्छ। शुभकामना दिने उच्च व्यक्तिहरूमा झपेन्द्रश्वर भूसालले नारी हस्ताक्षरकोरूपमा लीलाका लेखनमा हिन्दी भाषाको प्रभाव परेको देख्नुहुन्छ। भूपेन्द्र शर्मा ग48डर्षिले शुभकामनाको दिंदै नवलपरासीकी श्रोष्ठ र जेष्ठ नारीस्रष्टाको रूमा हेर्नुहुन्छ। डा. रामप्रसाद ज्ञवाली लीलामा राजनीति सचेतता, सामाजिक दायित्व वोधको चाप अधिक देख्नुहुन्छ। मेधराज शर्माले लीला रानाको आदिम नारी चेतनालाई केन्द्र बनाएर लेखिएका लेखचरनाहरू प्रशंसायोग्य, समसामायिक, नारीको मूल्य र मान्यताको आधारमा भएको उल्लेख गर्दै े निरन्तरताको कामना गर्नु हुन्छ। शशी किरण प्रधानले विलक्षण प्रतिभावान साहित्यिक व्यक्तिको रूपमा पाएको चर्चा गर्नु भएको छ। सुरज राईले लीलालाई गरिब, दीनदुखीप्रति भाबुक भएको पाउनु हुन्छ। पूर्ब ब्रिगेडियर एन. वी.एस्. बिष्टिले लीलालाई एक समाजसेवी एवम् प्रतिभाशाली व्यक्तित्वको रूपमा लिनुहुन्छ । ब्रिगेडियर (अ.प्रा) पूरनसिंह गुरुङले लीलालाई एक साहित्यिक र कर्मठ व्याक्तित्व ठान्नुहुन्छ। पूर्व कर्णेल विजयकुमार शर्माले लीलालाई एक सन्घर्षशील महिला ठान्नुहुन्छ। मेजर दीपकबहादुर गुरुङले साहित्यिक एवम् समाजसेवी लीलाको उपमा दिनुहुन्छ।

परिशिष्ट ख48ड – एस खण्डमा मा लीला रानालाई प्राप्त व्यक्तिगत वा संस्था मान–सम्मान पत्रहरू पुरस्कार आजीवन सदश्य, सम्मान–हरू समावेश गरेको देखिन्छ। परिशिष्ट ख48डमा लीलारानाका महत्वपूर्ण फोटाहरू समावेश गरिएको छ।

यस कृतिकोे सम्पादक भगवती अर्याल (पा48डे) ले लीलाको बारेमा गहन अध्ययन गरेरे े कृतिको सुन्दर शैलीमा प्रस्तुत गर्नु भएको छ भने लीलाका कविता र लेखरचनाहरू पनि यसमा समावेश गरिएका छन्। यो कृति समीक्षा र लेख–कविताहरूको एकीकृतरूप हो। लीला नेपाल र भारतका विभिन्न संस्थाहरूमा आवद्धभएर समाजिक,आर्थीक र राजनीतिक क्षेत्रमा योगदान पुर्यासउँदै साहित्यमा आफूलाई समर्पित गरेकी नारीसष्टाहुन भने सम्पादक भगवती अर्याल एक वरिष्ठ समालोचक हुन्। अत यस कृतिमा दुबैको सम्लग्नताले एउटा सुन्दर कृतिको जन्म भएको छ र यो कृति एक अनुकरणीय छ।

लीला रानालाई एक भाग्यशाली नारीस्रष्टाको रूपमा लिन सकिन्छ किनकि नेपाली साहित्यमा कृति समीक्षामा खडेरी नै छ भन्दा पनि हुने अवस्थामा कृतिको समीक्षा र लेखरचना एकीकृत रूपमा प्रकाशनमा आउनु भनेको एक महत्वपूर्ण कामको थालनी हो। यस्ता गहन कामको लागि दुबै सम्पादक तथा लेखक धन्यवादका पात्र हुनुहुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।