19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दर्शन, हेराइ र आँखाहरु

कविता रामप्रसाद प्रसाईं October 31, 2012, 10:05 pm

धुलाका पातहरुमा

स्वागतका क्याक्टसहरु

कलेटी बसेका खुशीसंग अभ्यस्त छन्

हरित क्रान्ति गर्न

जिजीविषाका कुटीमा मनका झिल्काहरु सँगाल्दै

घडीका काँटाहरु धर्मकाँटा हुन सक्तैनन्

तर धड्कनहरुको सुकुटीमा कुनै समय टाँगिएको छैन

बालुवाको बस्तीमा मान्छेका मनहरु रसाएपछि

सोम शर्माका स्वप्निल जगहरुमा सुनामी चल्ने नै भयो

हलगोरुको काँधमा जुवाले लछारेका घाउहरुसँगै

निगाहको सलेदोले नाँगो सगरमाथा ढाक्नै पर्यो

हो

अब तोरीबारीका सपनासँगै

भुटेका मकै, खोले फाँडोसँगै

‘म’हरुले सुन्तलाबारीका फाँटभरि मायाका धर्सा कोरिरहयौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।