19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जिन्दगी त काब्य पो भैसकेछ

कविता बिबश बिप्र November 4, 2012, 7:02 pm

कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ

पत्रेफूलको जस्तो खस्दैछन

जिन्दगीका पातहरु पनि एक-एक गरि

माटोमा-

पानीमा-

फुर्र उड़दाछन् हावामा

यसरि फैलदोछ जिन्दगीको चाहत

जसरि किरणहरु ।

जिन्दगी त काब्य पो भैसकेछ

मान्छेका हात-हातमा

झोला, सिरानी,डेस्क र टेबुलमा

पढ्दा पढ्दै छोडेका,

या

मयुरको प्वाखको साँध हालेर

बन्द गरिएका - पुस्तकहरुजस्तै ।

मान्छेहरु, कि अब आधा जिन्दगी बाचिसके l

अथवा- ब्लान्केट ओढेर यो जाडोमा - पढीरहेछन

जिन्दगीको किताब-चिया-कफीको सुरुपसंगै

वा प्रेमिकाको टाउको सुमसुम्याईसंगै

वा कान्तिपुर डायरीसंगै

वा आमाहरुले गाउने हरि भजनसंगै

आदि-

इत्यादि !

हो अबको आधा जिन्दगी - काब्य नै रहिरहनुपर्छ

जसरि - उपन्याशका पानाबाट

भुरुरु....

अक्षरउडेर मगज भित्र पस्छन

ठिक त्यसरी नै - मान्छेहरु बाच्ने साम्राज्यमा बास बस्नुपर्छ - उपन्याश, गीत, कथा, कविता र निबन्धका अक्षरहरुले ।

ता कि ? फुलले फुलको सुगन्ध पढ्न सकोस

काँढाले फुलको सुगन्ध बुझ्न सकोस

हो ! त्यो बुझाइमा मान्छेहरुले लिन सकुन

बाँकी आधा जिन्दगीको काब्य मन्त्र

अथवा - जीवन ।

अब जिन्दगी त काब्य पो भैसकेछ

पत्रेफूलको जस्तो खस्दैछन

जिन्दगीका पातहरु पनि एक-एक गरि

माटोमा-

पानीमा-

फुर्र उड़दाछन् हावामा

यसरि फैलदोछ जिन्दगीको चाहत

जसरि किरणहरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।