14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

धौलागिरि नियाल्ने आँखिझ्याल

कृति/समीक्षा राजेन्द्र पहाडी November 4, 2012, 1:05 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

जीवन र जगतलाई नजिकैबाट अनुभूत गर्ने र राम्रो–नराम्रोको आत्मगत तथा बस्तुपरक परख गर्ने विधिका रुपमा यात्रालाई लिन सकिन्छ । यात्रा लामो होस् या छोटो यसले व्यक्तिलाई कैयन अनुभवका निखार बान्कीहरु भिराइदिन्छ र आफू बा“चेको सेरोफेरोभन्दा अर्को संसार पनि अस्तित्वमा रहेको गुह्य उद्घाटित गरिदिन्छ । त्यसो त मानवजीवनको महत्तालाई उदात्त बनाउने काइदा पनि हो देशदेशावरको परिभ्रमण । प्रकृतिका अनुपम वैभव, सुन्दरता, छटाछहरा, खोलानाला, उकालीओराली, जीवजन्तु, जडिबुटी, चराचखेवा र मनुष्य जीवनका उहापोहहरुलाई नजिकबाट भोग्ने अवसर यायावरी घुमन्तेले मात्र प्राप्त गर्न सक्दछ । भूगोल, भौगोलिकता र तत्तत् स्थानको सामाजिक, आर्थिक, सा“स्कृतिक, राजनैतिक लगायतका विषयको अध्ययन, अवलोकन गर्दै लुकेर रहेका सत्यतथ्यहरुलाई उजागर गर्न यात्राले मद्दत गर्ने कुरामा शायदै कसैको विमति रहला ।

सधैं र सबै अवस्थामा घुमघामको मेलो कोदो रोपेजस्तो सरसर्ती अघि नर्सन सक्दछ । यात्रा कहिले सहज हुन्छ त कहिले चुनौती र गाह्रोसाह्रोको थुप्रोले भरिएको हुन्छ । तथापि यात्रा मानव जीवनको अपरिहार्य विषय हो । आफ्ना आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा व्यक्तिले एक स्थानबाट अर्को स्थानमा गइरहनुपर्छ, सरिरहनुपर्छ । यस अर्थमा यात्रा अध्ययन, अनुभव, अभ्यास र अनुसन्धानको विधि हो । सुललित, सुरम्य, सुखद्, सौहार्द र सार्थक जीवन प्राप्तिको आधार पनि हो । यात्राले व्यक्तिलाई नूतन ज्ञान, सीप र सपाट दृष्टिकोणको विपूल उपहार प्रदान गर्न सक्दछ । यसै भएर होला पछिल्लो समयमा थुप्र्रै लेखक, कलाकार र साहित्यकारहरुले घुमन्ते परिपाटीलाई स्थापित गर्न रुचाइरहेकाछन् । हिजोआज घुम्नेफिर्ने र ती अनुभवहरुलाई अभिलेखीकरण गर्ने कुराले प्राथमिकता पाउन थालेको छ । अचेल यात्रामा आधारित लेखनलाई प्राथमिकता दिने स्रष्टासर्जकहरुको संख्या ह्वात्तै बढेको छ । यसै पङ्तिमा ‘धौलागिरिको काखबाट’ शीर्षकमा यात्रा संस्मरणमा आधारित परिचयात्मक कृति लिएर देखापरेकाछन् अग्रज साहित्यकार यम ढुङ्गाना केसी (७०) ।

भारतको देहरादुनमा जन्मेर नारायणस्थान, बागलुङमा हुर्की बढी हाल पर्वत जिल्लाको सदरमुकाम कुश्मामा स्थायी बसोबास गर्दै साहित्य साधनामा तल्लिन रहिआएका पाका र अनुभवी साहित्यकार यम ढुङ्गाना केसी धवलागिरि अञ्चलको साहित्यिक बृत्तमा अपरिचित नाम होइन । केसीको यो पा“चौ सिर्जना कृति हो । यसबाहेक उनका आधादर्जन जति विविध विधाका कृतिहरु प्रकाशनको सूचिमा बसिरहेकाछन् । यिनका यस अघि नै १. जीवनका लहरहरु (कथा सङ्ग्रह), २. शिवगीता (गद्य सङ्ग्रह), ३. बगैंचाका फूलहरु (कविता सङ्ग्रह), ४. बादलभित्रका कविताहरु (कविता सङ्ग्रह) पुस्तकाकार कृतिहरु र अन्य थुप्रै लेख रचनाहरु विभिन्न स्थानीय एवम् राष्ट्रिय पुस्तक तथा पत्रपत्रिकामा प्रकाशन भैसकेकाछन् ।

नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तरगत सरकारी कर्मचारीका रुपमा लामो समय सेवा प्रदान गरी उपसचिव पदबाट निवृत्त भएका स्रष्टा केसीले आफ्नो जागिरको सिलसिलामा स्वदेशका थुप्रै जिल्ला र विदेशमा भारत र बंगलादेशका थुप्रै स्थानहरुको भ्रमण गरेकाछन् । आफूले आजसम्म सम्पन्न गरेका भ्रमण र ती भ्रमणमा आर्जन गरेका अनुभवहरुलाई लिखित रुपमा दस्तावेजीकरण गर्ने उनको चाह धेरै पहिलेदेखि रहेको बुझिन्छ । यसै क्रममा आफै हुर्के बढेको र जागिरे सेवा प्रदान गरेको धौलागिरि अञ्चलकै यात्रामा आधारित भएर यात्रा सम्बन्धी लेखन प्रारम्भ गर्ने उनको निचोडअनुसार प्रस्तुत कृति ‘धौलागिरिको काखबाट’ तयार भएको देखिन्छ । यो पुस्तक सार्वजनिक गर्न दीअ प्रकाशन, रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङले प्रकाशकीय जिम्मेवारी लिएको छ ।

‘‘माछापुच्छ्रे भन्नुमात्रै धौलागिरि अग्लो’’ भनेझैं समग्र धौलागिरि अञ्चलको परिचय, शान, गरिमा, महत्व र साखलाई थप उचाइदिनका लागि केसीको यो कृति सहयोगीसिद्ध हुने कुरामा विश्वास गर्न सकिन्छ । धौलागिरि अञ्चलको भूगोललाई नजिकबाट खुट्याउन र त्यसका अन्तरकुन्तरलाई छिमल्न यो कृतिले सामान्य पाठकदेखि अनुसन्धातालाई समेत पुट प्रदान गर्न सक्ने देखिन्छ । प्रस्तुत पुस्तकमा पर्वतको दक्षिणवर्ती शालीग्राम गाविसमा अवस्थित उच्च धार्मिक महत्व बोकेको सेतीबेणी शिलादेखि उपल्लो मुस्ताङको छुनुपसम्मको इतिबृतान्त समेटिएको छ । यहा“का मठ, मन्दिर, देवालय, गुम्बा, बिसौनी, गाउ“बस्ती, विद्यालय, संस्कार, संस्कृति, जातजाती, खेतीपातीदेखि पर्यटकीय महत्वका स्थानविशेषको परिचर्चा गर्न स्रष्टा केसी चुकेका छैनन् । पर्वतको गुप्तेश्वर गुफा, बागलुङको बागलुङ कालिका, म्याग्दीको गलेश्वर महादेवको मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर लगायत चारै जिल्लाका धर्मिक तिर्थस्थलहरुको परिचर्चा गर्नेदेखि जिल्लागत रुपमा विभिन्न स्थानहरुको विशिष्ठताका बारेमा यथोचित वर्णन गर्न लेखकले आफ्नो मेहेनत खर्चेकाछन् । आफूले गरेको स्थलगत भ्रमणका क्रममा जम्मा गरेका तथ्य, तथ्याङ्क र सूचनाका आधारमा उनले तत्तत् स्थानस“ग सम्बन्धित किंबदन्ती र ऐतिहासिक विवरणहरुलाई समेत प्रस्तुत गरेकाछन् ।

लेखक केसीका आफ्नै आ“खाले देखेका र पाइलाले नापेका धौलागिरिका सुन्दरतम् स्थानहरुको परिचयात्मक वर्णनले भरिएको छ यो पुस्तक । यस पुस्तकभित्र लेखकले पर्वतका हम्पालको लेक, सहश्रधारा, गिद्धेश्वरको मन्दिर, मल्लाज दरबार, अल्पेश्वर गुफा, दुर्लङकोट, मोदीबेणीधाम, शिवालय मन्दिर, पञ्चासे लेक, डहरे देउराली, लुङ्खुको महाशीला, पैंयुकोट आदि, बागलुङका गाजादह, भैरवथान, ढोरपाटन, जैमिनीघाट, बुद्ध विहार, ओमशान्ति, साईबाबाको ध्यानकेन्द्र आदि, म्याग्दीका रुप्से छहरा, पाउदारको लेक, गिद्धेश्वर मन्दिर, पौलत्स्य आश्रम, जगन्नाथ मन्दिर, मालिका, बेनीको जयन्ति मंकलाकाली आदि र मुस्ताङका दामोदरकुण्ड, गुम्बा, विभिन्न विद्यालय, बाटाघाटा आदि स्थानहरुका बारेमा वर्णन गरेकाछन् । बस्तुतः यस पुस्तकमा वर्णित विषयवस्तु प्रसिद्ध कालीगण्डकी नदीको सेरोफेरोमा आधारित रहेको देखिन्छ । वर्णनकै क्रममा स्रष्टा केसीले धवलागिरिको पूर्वी छिमेकी जिल्ला कास्कीमा पर्ने अन्नपूर्ण हिमालको नेरफेरका स्थानहरुका बारेमा पनि संक्षिप्तमा चर्चा गरेकाछन् । वास्तवमा लेखकले आफ्नो कर्मभूमिप्रति देखाएको प्रेम, समर्पण र आसक्तिको द्योतक हो यो पुस्तक ।

धौलागिरिमै जन्मेर पनि आफ्नो वरीपरीको भूगोलभन्दा बाहिर जान नपाएकाहरुका लागि यो पुस्तक पढ्दा सिङ्गो अञ्चलकै बारेमा संक्षिप्त जानकारी हासिल हुन सक्ने स्थिति छ भने यस अञ्चल बाहिरका पाठकका लागि त यसले समस्त धौलागिरि अञ्चलको सामाजिक, सा“स्कृतिक, धार्मिक र भौगालिक पक्षको एकसरो वर्णन प्रस्तुत गर्ने सामथ्र्य राख्दछ । अञ्चलभित्र विभिन्न स्थानमा उपलब्ध भएका जडीबुटी, प्राकृतिक स्रोतसाधन र विद्यालय, पाठशाला, मठमन्दिर, स्वास्थ्यचौकी आदिजस्ता मानवनिर्मित भौतिक संरचनाहरुको समेत वर्णन गरिएको हुनाले यस पुस्तकले यहा“को विकासको अवस्था र भावी विकासको योजना निर्माण गर्दा ध्यानदिनुपर्ने कुराहरु समेतका सवालहरु प्रष्टाएको छ । किताबको आकारप्रकार लघु भएपनि यसले उठान गरेका विषयहरु गहन र फराकिला छन् । वर्णनात्मक प्रस्तुतीकरण व्यवस्थित र परिमार्जित नभए पनि समेटिएका जानकारीहरु रोचक छन् । कथ्यमा वैज्ञानिक विश्लेषण नभए पनि विवरणहरु रोमाञ्चक छन् । कुनै पनि पाठकले खास स्थानविशेषका बारेमा एउटै बसाइमा यतिका कुराको जानकारी प्राप्त गर्ने अवसर पाउनु चानचुने कुरा होइन पनि ।

यम ढुङ्गाना केसी मूलतः कविको परिचय बनाएका सर्जक हुन् । त्यसो त उनी फाट्टफुट्टरुपमा समय सामयिक कथा, लेख, निबन्ध, नाटक र उपन्यास पनि लेख्ने गर्दछन् । तर उनको लेखनीको आधारभूत परिचय कविता नै थियो र रहेको छ । यसपटक भने उनले आफ्नो घुमन्ते अनुभवको संगालो प्रकाशन गर्ने जुन जमर्को गरेकाछन्, यसलाई अन्यथा मान्नुपर्ने र निरुत्साहित गर्नुपर्ने कुनै कारण छैन । उनले आफ्नो घुमाइमा जे देखे, सो लेखे । जती लेखे, त्यति नै प्रकाशन गर्ने रुची जगाए । आफूले जति बुझे, त्यतिनै पाठकका हातमा पु¥याउन रुचाए । तसर्थ यो कृति उनको नितान्त वैयक्तिक अनुभवको उपज हो । यस पुस्तकमा उद्धृत स्थानविशेष र घटना परिघटनाहरुका बारेमा थप सोधखोज र अनुसन्धान गरेर लेखेको भए अझ राम्रो हुन्थ्यो भन्ने कसैले ठान्छ भने त्यसलाई पनि अर्घेल्याइ“ मान्नु हु“दैन । यस पुस्तकमा अट्नुपर्ने सबै विषय नअटेका होलान् । मिल्नुपर्ने सिलसिला नमिलेका होलान् । यी सबलाई मिलाएर ग्रहण गर्नुपर्ने जिम्मा पाठककै हातमा आएको छ । अपितु, यो कृतिले धौलागिरि अञ्चलको समाजविविधतालाई एकहदसम्म उजागर गर्ने सार्थक यत्न गरेको छ । समाजविज्ञानको अध्ययनमा रुची राख्ने जो कसैलाई पनि यो पुस्तकको अध्ययनले थप जानकारी प्राप्त गर्ने दिशामा ध्यानाकर्षण गर्न सक्ने स्थिति देखिन्छ ।

एउटा जेष्ठ नागरिकको समेत परिचय बोकेका परिपक्व कवि मनुवाले यात्रा संस्मरणको रुपमा जोखिमपूर्ण तर गर्नैपर्ने कार्यको थालनी गरेका छन्, जो अत्यन्त प्रशंसनीय छ । नया“ विधामा कलम चलाउ“दा कहि“कतै नुन–पानी अड्कल्न नसकेको भए स्वाभाविक रुपमा ग्रहण गर्नुनै उपयुक्त होला । जे जस्तो भए पनि धौलागिरिको साहित्यिक फा“टमा नया“ इट्टा थप्ने काममा यो कृतिले ओजिलो भूमिका निर्वाह गर्ने नै छ । सत्य के पनि हो भने यो कृतिले स्रष्टा केसीलाई कवि हु“दै आख्यानकारका रुपमा पनि चिनाएको छ । कुनै पनि पात्रपात्राको प्रयोग नगरिकन सरसर्ती स्थानविशेषको बर्णनमात्र गरिएको यो भिन्दै प्रकृतिको पहलकदमी हो लेखकको । जे होस्, धौलागिरि अञ्चलभित्र उपलब्ध प्राकृतिक–भौतिक सम्पदा, सा“स्कृतिक धरोहर, संस्कृति र सभ्यतालाई एकत्रित गरी एउटै पुस्तकमा प्रस्तुत गर्नु स्रष्टा केसीको यो स्तुत्य कार्य हो । उनको प्रस्तुत लेखनीले अन्य खोजकर्ता र अनुसन्धानकर्ताहरुलाई यस क्षेत्रमा कलम चलाउन उत्प्रेरित र अकार्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।

आफ्नो जीवनको लामो समयावधी सरकारी सेवामा बिताएकाले स्रष्टा केसीले देश विकासका लागि देखेको सपनाको अन्तरदृष्टि यस पुस्तकमार्फत प्रकट गराउने प्रयत्न गरेका छन् । उनको यस मेहेनतले धौलागिरिको सिङ्गो तस्वीर हेर्न चाहनेहरुलाई थप उत्सुकता थप्ने कुरामा संदेह छैन । हाम्रा वरीपरी उपलब्ध सम्पदाहरुलाई जर्गेना गर्दै बाह्य विश्वमा प्रचारप्रसार गर्न सक्ने हो भने घरमा बसीबसी आयआर्जन गर्न कुनै कठिन हुनेछैन भन्ने सन्देश लेखक केसीले दिन खोजेकाछन् । धार्मिक÷सा“स्कृतिक पर्यटन, सुन्दर हिमश्रृङ्खलाहरुको दृश्यावलोकन, जलयात्रा, अनुपम भौगोलिक संरचनाहरुको परिभ्रमण आदिका माध्यमबाट मनग्गे विदेशीमुद्रा आर्जन गरी आफ्नो गाउ“–ठाउ“को विकासमा अञ्चलबासी सबै जनसमुदाय जो जहा“ छौं त्यहि“बाट उठ्न पाए कति जाति हुन्थ्यो होला ? नवीन जोश, जा“गर, हौषला र केही गरौं भन्ने भावना बोकेको नया“ पुस्ताका युवायुवतीहरुका लागि केसीको यो पुस्तकले भिन्दै खालको ऊर्जा सम्प्रेषित गर्न सक्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

अन्त्यमा, साहित्यकार यम ढुङ्गाना केसीको आफ्नै यात्रा विवरणमा आधारित भएर धौलागिरिको परिचयात्मक कृति ‘धौलागिरिको काखबाट’ लेख्ने आ“ट, धैर्यता तथा लगनका लागि साधुवाद दिंदै र थुप्रिएर बसेका प्रकाशोन्मुख कृतिहरु यथाशक्य छिटो बाहिर आउन सकुन् भन्ने कामना सहित उनको लेखकीय क्षमता÷जा“गर थप उर्बर बन्दै जाओस् भन्ने हार्दिक सुभेच्छा प्रकट गर्दछु । धन्यवाद ।

पर्वत साहित्य सङ्गम

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।