19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आलेखमा सुनिल बस्ताकोटी

कविता चन्द्र घिमिरे November 5, 2012, 3:33 am

ट्यामचरो बासे

जो कोही फकिन्छ

तन्नेरी टाँगा चढेको

सुनिल बस्ताकोटी पनि सल्कियो

जूनको म्यानहटनमा गुँड लाउने

‘ठूलो मान्छे’ बन्ने लोभमा

छिरेथ्यो राजमार्गको पाइपमा

बिसौनीमा भो जम्काभेट

ऊ र झल्लु साहुजी सहरको

त्यो पैलो एपिसोड ।

दोस्रो एपिसोड

सुनिल जुहारीमा

गरिखान सडकदेखि सडकसम्म

फलेन जीविकायोग्य धुन

दगु¥यो ऊ धावक झैँ

न मौलायो कुरिलोझैँ सुरिलो धुन

हरेश गुमे के गर्छ मान्छेले ?

....निस्सारताको तातो कुण्डमा स्नान ।

तेस्रो एपिसोड

बारीको लाईकिरा लागेको घाम

बाँझो तिघे्र दिन

थुइक्क...केही गर्न सकिनँ

एउटाको भिसा गँुथेर

उड्यो सुनिल रकेट गतिमा— अन्जान देशतर्फ ।

काफ्का भए किन्थे होलान्

अरूले किन किन्थे ?

डालामा नबिकेका

सुनिलका नैराश्य शेयरहरू ।

अन्तिम एपिसोड

पानी थाप्दा

भर्छ पँधेराले गलाउने प्रश्नहरू

सुनिल कहाँ छ अवतरित ?

दुखिया वा सुखिया टापूमा ?

विदुर ‘बस्ताकोटी बा’ र

बाइफोकल ‘बा–चश्मा’लाई

रिप्ले भैरहन्छ

दुःखले हुर्काएको छोरो ।

नगरवधु रेनुकाकहाँ

लाभ–खातालाई भा छ पिनास

गाउँदेखि सुनिल निक्लेदेखि ।

सुनिल...हुन्थ्यो कि आइन्स्टाइन !

चमडा उतारेर के छ गर्दै ?

सब–वेमा शरणार्थी उङदै ?

वा म्याकडोनाल्डमा उमेर ठुङदै ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।