रात एघाह्रमा
छ, गल्ली बजार र
एउटा पुरानो मार्केट निस्तब्ध छ। दिनभरिको
थकाइले।
त्यसमाथि
सदर मरेर बनिएको भन्छ
सार्बजनिक ठाउँ। कताकता चहपहल
हुँदैछ निस्तब्धता।
एक्कासी चिच्च्यायो
निस्तब्धता चारैतिर सुन्नेगरी। आँखा
फुकालेर निद्राले निधो गर्छ। एउटा अन्योलको
मृत्यु भयो रे ! चिच्च्याउँछ...
गाउँ ! गाउँ ! गाउँ !
हवा बिसञ्चोमा
छ। दार्जीलिङ पुरै लकलकलक
कामिरहेकोछ। मीनपचासमा अहिले।
गाउँहरू किरिङमिरिङ भइरहेछन्।
गाउँमा हल्ला
चल्छ मृत्युको बिमारै
थाहा छैन रे...
बजारबाट वियोगान्त हावा गाउँमा डुलिरहेकोछ अहिले!!