घरको अर्थनीति
आमाले मात्र बुझ्छे ।
देशको अर्थनीति बुझ्ने
एम कम गरेको छोराले
बुझ्दै बुझ्दैन
घरको अर्थनीति ।
छोरा छक्कै पर्छ
आमाको प्रब्नधन कला देखेर
घरको बजेट चिटिक्क मिलाउँदा ।
कोमल मुटु र खस्रा हातहरुले
सपना टिप्ने मेरी आमा
अहँ! रोएको कहिले देखिनँ ।
चियाबारीलाई पसिनाले सिंचेर
हरियो-परियो बनाइराख्न
कहिले चुक्दिनन आमा
जहिले ठाडो भएर बाँच्छ
कहिले झुक्दिनन आमा ।
दार्जीलिङ