(एक)
स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ ।
भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः कस्तो पतित ठाउँ हगि । अँग्रेजीमा “बी. ए. आर.” लेखेर पाटी झुन्ड्याएको भए कुरा बेग्लै थियो । तर यो त भट्टी पो त – जहाँ पैला गरीब, दोस्रा गरीब मतवाली, जसको इज्जत हुँदैन, स्तर हुँदैन, पो पस्छन् । तपाईं त उपाध्याय ब्राम्हण । त्यसमाथि वशिष्ठ गोत्रोय । वशिष्ठको सन्तान हुनुमा तपाईंलाई गर्व छ । हुन पनि पर्छ । (वशिष्ठ मूनि बेश्यापूत्र थिए) यो कटुसत्य म मनको ब्राकेटभित्रै राख्छु । भनें भने तपाई मलाई सकेदेखि फाँसीमा झुन्ड्याउन बेर लाउनुहुत्र भने पनि हुन्छ, तर तपाई यहाँको न्यायको ठेकेदार त होइन नि । हो केवल मेरो साथी । साथी होइन हाकिम । भर्ना त यौटै मितिमा यौटै खान्कीमा भएका थियौं, तर तपाईंको फरियाको नातो बलियो रहेछ, यहाँ तपाई मेरो हाकिम भएर आउनुभएको छ । यो मेरौ सोभाग्य हो । मैले यस गाउँका, यस ठाउँका, यस समाजका धेरै श्रेष्ठ वस्तुहरूको स्तुतिगान तपाईं समक्ष गर्नूछ । तपाईं प्रमोशन भएकोलाई र म पत्नीलाई एकै पतिमा सीमित राख्न खोज्दा डिमोशन भएकोले ।
“त्यो को ? रातो सारी लाउने ?” आखिर तपाईंले सोधिहाल्नु भो । किन त्यै रातो सारी लाउनेको त्यत्रो चासो ? किन सेतो सारी लाउने, हरियो सारी लाउने, बिनाबाहूलाको चोलो लाउने, नाइटो देखाएर सारी बाँध्नेहरूबारे वास्ता देखाउनूभएन ? के ती हुने खाने घरका बुहारी होलान् भनेर ? आखिर तपाईंलाई कुनै स्त्रीको इतिहास चाख लाग्यो, के फरक पर्छ त्यो बुहारी होस् वा सासु ? छोरी होस् वा आमा ? ... के जवाफ दिउँ म ? त्यो हाट भर्न आएकी कुनै आइमाई हो भत्रे कुरा तपाईंले देख्नेबित्तिकै बुझ्नुभएन र ?
“त्यो बशिष्ठकी आमा हो” – लौ तपाईंले हठै गर्नुभएकोले भनिदिएँ ।
“को बशिष्ठ ?” तपाईं सोधिहाल्नुभो । मलाई थाहा थियो तपाईंले सोध्नुहुन्छ भत्रे ।
त्यो वशिष्ठ जसबाट एउटा वंश परम्परा चल्यो । जुन वंशको प्रत्येक सदस्य आफूलाई वशिष्ठ गोत्रिय भन्दा गर्व अनुभव गर्छ । ... अर्थात् तपाईंजस्तै कूनै पवित्र मान्छे (अर्थात् वेश्याको सन्तान) को पूरूखाको पैलो व्यक्ति ...”
“तर त्यस वशिष्ठकी यो कसरी आमा भई ?” तपाईंले सोधिहाल्नुभो, स्वाभाविक हो । प्रत्येक जातको प्रत्येक परिवारमा आफ्ना पूर्खाउपर घमण्ड गर्न केटाकेटीमै सिकाइन्छ ।
“कुत्रि कसरी भई त्यो त म जान्दिंन, तर यो पनि वेश्या हो जसरी तपाईंको पुर्खाको प्रथम व्यक्तिकी आमा वेश्या थिई, कुख्यात वेश्या – उर्वशी ।
(दूई)
तपाईं रिसाउनुभयो । गुम्म फुलेर चूरोटका कूइरीमण्डल धूवाँ आकलेको देखेर मैले थाहा पाएँ । के यो सोच्न लाग्नुभयो, मैले संसारलाई वेश्याको सन्तान बनाउँदा के स्वार्थ सिद्धि हून्छ ? स्वार्थ त क्यै सिद्धि हुँदैन, तर कूरा साँचो हो के भने मातृसत्तात्मक समाजमा यौटी आमाका धेरै पति हुन्थे । मान्छेको इतिहास त्यै मूल बाटोबाट हिंडेको छ । आज पनि धेरै पति हुन्छन् । तर एउटा ठूलो फरक छ त्यो के भनें, त्यहाँ आर्थिक विवशता हुँदैनथ्यो ... ठात्रुहुन्छ भने यै हो मेरो स्वार्थ ... तर एक शव्द “वेश्या”सँग तपाईं यस्तो तर्सनु नहुने ... तपाईं यहाँ अझै नौलो हुनुहुन्छ, भर्खर एक हाट त देख्नुभो ... मैथिली भाषी र नेपाली भाषीको यस्तो भूमरी पैले देख्नुभएको थियो त ? अवश्य थिएन होला । भर्खर नयाँ सरुवा बढुवा भएर आउनूभएको छ, तथ्यहरूसँग यसरी तर्सन लाग्नूभयो भने मैले झूटो बोल्न थाल्नु पर्नेछ । तर सूर्यलाई पैसाले कति ढाक्नु ?
“कस्ती टाइपकी वेश्या ? ओह । राम्रो, तपाईले सूर्यलाई पैसाले ढाक्न खोज्नुभएको रहेनछ । तपाई गहिरैमा पौडिन खोज्नुहुन्छ । म भत्रे प्रयास गर्छु तर भनूँ पो के ? वेश्या कति टाइपका हुन्छन् र ? घरमा हुने वेश्याहरू, वनमा हुने वेश्याहरू, गाउँले झूपडीमा, शहरी पसलमा हुने वेश्याहरू, अन्तर्राष्ट्रिय होटेल र सिनेमाका पर्दामा नाच्ने वेश्याहरू ... कुनैजस्ती यो होइन । खै के भनूँ । आज तपाईं मेरो हाकिम भएर आउनुभएको छ । मनले नमाने पनि मूखले मात्रै पर्छ – सवाल जागीरको छ ... साथी भएर के गर्नु ? आज तपाईं मेरो बँस हुनुहुन्छ । अब म कस्ती टाइपकी वेश्या भनूँ ? ... तैपनि भन्छु । जागीर खोसाएर मैले मेरी पतिब्रता पत्नीलाई पनि वेश्या बनाउनु त छैन जतिसुकै वेश्या रूचाउने खाले व्यक्ति भए पनि तपाईं आफ्नी आमा, दिदी, बैनी, भाउजू, बूहारी, छोरी वेश्या भएको मन पराउनुहुत्र होला । कुत्रि, मन पराउनु पो हुन्छ कि ? तपाई प्रमोशन प्रिय व्यक्ति । तर यति सत्य हो मचाहिं मन पराउत्र । किनभने म साधारण मान्छे हुँ, नेता होइन । साधारण जागीरे हुँ, अफिसर होइन । सर, म ठूलो बडो होइन । गफ गर्ने मेरो बानी हो जसरी सुकिला गुण्डाहरुको वेश्यागमन गर्ने ... ।
सूत्रस्त –
यो त्यस्ती टाइपकी वेश्या होइन जून लाईसेन्स लिएर बजारमा बस्छन् । यस पवित्र (ए, झण्डै “विश्वको एकमात्र” भत्र बिर्सेको) हिन्दू राज्यमा त्यस्तो अत्याचार छैन । हामी पवित्रता एवं न्यायप्रिय वीर गोर्खाली हौं) यो हरप कुनै नेताको भाषणबाट साभार उद्घृत गरिएको), यहाँ कोही वेश्या छैन । जसबारे तपाई सोद्धै हुनुहुन्थ्यो त्यो कान्छी हो, बूझ्नुभो – कान्छी । बजारमा तपाईं थूप्रै जेठी, माइली, साइँली, काइँली, ठाइँली, देख्नुहुन्छ, भेट्नुहुन्छ पाइलैपिच्छे ठेस लाग्ने गरी ।
प्रत्यके हिपटाइट हीरो अर्थात् साँघूरो सुकिलो मोहोता भएको टेरेलिनको प्यान्टधारी कुनै पनि सज्जनतिर फर्केर आँखा जुध्ने बित्तिकै यी मस्कि दिन्छन् । यै हो यिनीहरुको लाईसेन्स । अनि हिपटाइट हीरो नेता हुने मौका नगुमाएर तिनको पदानुसरण गर्छन् ।
मस्किने पाइला एउटा पसलमा भित्रिन्छ । हीरोहरुको नेता आँगनमा उभिएर एक गिलास पानी माग्छ वा सलाई वा चूरोट । अनि कुनै बृद्धा – संभवत ः मस्किनेकी आमा बाहिर निस्केर भन्छे “पाल्नुस् न भित्रै” । त्यो रक्सी बिक्ने पसल हुन्छ ।
हीरो नेता अथवा नेता हीरोको सवारी भित्रिन्छ ।
हेलमेल र आफन्तता बढाइन्छ । आफन्तता ओछ्यानसम्म पनि पुग्छ । तातो साससम्म पनि । हेलमेल धातुले नापिन्छ । धातु जून धितो नराखीकन अर्थशास्त्र नोट छाप्न दिंदैन ।
(तीन)
तर तपाईंको बशिष्ठकी आमाको कथा यस्तो छैन । बाहिरका हिपटाइट हीरोहरूले उसलाई सूँघ्न पाएनन् । बाक्लो गाउँ, गाउँका सुकिला गूण्डाहरुको फिल्टर पेपरबाट उ तल उत्रन सकिन । गाउँको फिल्टर पेपर भनेर यस कान्छीका कथामा श्रीमान “क” र श्रीमान् “ख” को देशसेवालाई राख्न सकिन्छ वा पर्छ ।
पात्र परिचय
(एक) श्रीमान “क भनेको एकजना लव्धप्रतिष्ठ देशसेवी । उमेर पचासको लगभग । सबै ल्याइते, ब्याइते र बतासे पत्नीहरूबात भएका सन्तानको संख्या जोड्दा पचास ननाघेको । आँखा वरिपरिको कालो र अनुहारभरिको चाउरी मेट्न दिनको पाँच मिनेट शीर्ष आसन गर्ने प्रयास एवं भिटामिन “ई” लगातार सेवन । कपाल खुइलिएको ठाउँमा भिटामिनयुक्त भाइटेक्स एवं फूलेका ठाउँमा अभिनेत्री मार्का खिजाबको प्रयोक्ता । कामेन्द्रियमा समुचित शक्ति घट्न नदिन कस्तुरी बिनाको लगातार सेवन । हाल “च्वनप्राश लघु उद्योगालय” खोल्नमा व्यस्त, किनभने आनामासी ब्याज लगाउन छाडिसक्नुभएको छ, र व्यांकमा विश्वास छैन । पैसा अन्त राख्ने ठाउँ छैन । गफ गर्दा सधै उहाँ भत्रुहुन्छ – “सन्यास आश्रममा प्रवेश गर्ने तरखरमा छु ... ।”
(दूई) श्रीमान् “ख” भनेको एकजना पंडित बाजे । हाल देशसेवामा संलग्न । देशसेवा भनेको उधारो दारू खानु र गरीबका छोरी बुहारीको शरीरसँग खेल्नु । भट्टीवालले पैसा मागे भट्टीमै आगो लगाइदिनु, मुद्दा मामलाको जालमा फँसाएर उसलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु । अनि नयाँ भट्टीवाल मगाउनु र केही समयसम्म उही कुरा दोहो¥याउनु ... तेह¥याउनु । आफूले भूँडी बोकाएर निमूखालाई घाँडो भिराइदिनू । बेबातमा दूई थरीलाई लडाएर, मूद्दा गर्न लगाएर वादी प्रतिवादी दुवैको आफै वारेस हुनु, किसानहरुमध्ये नेता हुनु र नेताहरुको बीचमा किसान हुनु । सरकारी गैरसरकारी अनुदान लिएर कागतमा प्रगति गर्नु । अखबारमा छापिन रिपोर्टरको चाकडी गर्नु, गाउँका स्कूलमा कोषाध्यक्ष हुनु र ब्ल्याक बोर्ड बेचेर रक्सी खानु । निधारमा त्रिपूण्ड लगाएर महान् आस्तिकमा गनिनु । उहाँको उमेर पैंतिस बर्षको होला । मूख सुत्रिएजस्तो देखिन्छ । निश्चय नै त्यो कुनै भीषण रोग हुनु पर्छ, देशसेवामा लाग्नुभन्दा पहिले यस्तो थिएन । गृहस्थीको गाडा चलाउन उहाँसँग पूर्खाको सम्पत्ति छ र छ श्रम नाममा गरीब गाँउलेको शोषण । उहाँ कहिलेकाहीं राष्ट्रिय पंचायतमा पुग्ने सपना पनि देख्नुहुन्छ । एक पटक मसँग सोध्नुहुन्थ्यो – “राष्ट्रिय पंचायतमा पुग्न कति नगद लगाउनु पर्ला र पुगेपछि कति नाफा होला अर्थात् चोखो मूनाफा कति होला ?”
(तीन) श्रीमान् “ग” भनेको बिहार विश्वविद्यालयबाट चोरेर बी. ए. पास गरेपछि जीविकारूपी शिकारको पछि–पछि भौतारिंदै यहाँसम्म (यो उमेर, यो ठाउँ यस स्थितिसम्म) । डिंग हाँक्ने ठूलो मान्छे भएको अथवा ठूलो बडो भनाउंदाले डिंग हाँकेको बालखैदेखि आफ्नू गाउँ ठाउँमा देखिराखेको, जति ठूलो हुँदै डिंग हाँक्नमा कूशलता प्राप्त गर्दै गयो । जस्तो, “पूरा बिहारमा न मेरी सौसे अधिक गाडी किरायामा चालू छ” अथवा, “साला आफ्नू छे सौ विघाका फार्म छ, एस्ता–एस्ता जमिन्दारको त म नौकर राखेको छु ।”
तर जनि हाँके पनि उसको डिंगका सीमित संसार दरभंगादेखि पटनासम्म मात्रै थियो । बिहानभरि ट्यूशन गथ्र्यो, दिउँसो स्कूलमा मास्टरी र बेलूका श्रीमान् “क” र श्रीमान् “ख” को चाकडी । यसको काम पी. ए. को जस्तो थियो – पछि लाग्नु । भट्टी खाली छ छैन – बुझ्नु । चूरोट सलाई कित्र दौडनु । उनीहरु जूवा खेलको खाल र रण्डीबाजी गरेको ठेलोमा वफादार कुकुर वा नोकरझैं पाले बसिदिनू ।
(चार)
मास्टर पाले बसेको छ । “क” र “ख” भित्र पसेका छन् । यो कान्छीको पसल हो । झूपडीमा कान्छी र कान्छीकी बूढी आमा छन् । श्रीमान् “क” ले कान्छीलाई र श्रीमान् “ख” ले कान्छीको आमालाई अँगालो हालेका छन् । “क” सोच्दछ कान्छी उसको अँगालोमा छे । “ख” सोच्दछ कान्छी उसको अँगालोमा छे । दुवैले कान्छी अँगालेका छन् । तर कान्छी यौटै छे । रहस्य के छ त ? रहस्य छ – जंगबहादुरको घोडा । बेलगाम जंगबहादुरी घोडा उनीहरुभित्र आज बिहानैदेखि कुद्धै, उफ्रंदै, हिनहिनाउंदै छ । मास्टर बिहानैदेखि पाले बसेको छ । कान्छीका आमा छोरी बिहानदेखि व्यस्त छन् खुवाउन, पियाउन र अँगालो बाँधिन । आज चाड छ । श्रीमान् “ख” ले कुनै चुनाव जितेको खुशियालीमा यस्तो भएको ... सधैं यस्तो हुत्रथ्यो । हप्ताकोदुई चारचोटि राति या झमक्क साँझ परिसकेपछिमात्र सुटुक्क कुनै श्रीमान् कान्छीको झुपडी आबाद गर्दथ्यो ।
बाहिर निस्कँदै कुनै श्रीमान् भन्थ्यो – “थुक्क मोरो नपुङ्सक मास्टर । कान्छीलाई भनिदिनै प¥यो । तेरो आफ्नू त्यति तागत छैन ? जान मन लाग्दैन कान्छी भाठौं ... ?”
मास्टर कान्छीलाई भनिदिइमाग्ने कूरो लोभिन्थ्यो, बाख्रापट्टिखसी आकृष्ट भएझैं । कान्छी राम्री छ, तरुनी छ, गोरी छ, आह । के के छ, के के छैन कान्छी । “तर हजूरहरुको प्राइभेट माल, हजूर” उ मन मारेर भन्दथ्यो ।
“धत पाजी । नाचकी पाँचकी बजारकी हजारकी । हैन हामी मात्रै । तेरो पनि हो ।”
मास्टर पछि लागेर निहुरमुन्टी न जस्तो मून्टो लगाउँदै अर्की (जेठी माइली साइँली या कुनै) को ठेलोसम्म, जूवाघरको दैलोसम्म वा भट्टीसम्म जान्थ्यो । श्रीमानरूलाई उनीहरूको आँगनमा नपु¥याई फर्कदैनथ्यो ।
डिंग मण्डलीमा डिंग हाँकिदिन्थ्यो – “यस्ता साला बूढाहरु (श्रीमान् “क” र “ख”) के सक्छन् र दारू पिएर एकातिर ढल्छन् अनि मैले कान्छीको चित्त बुझाइदिनु पर्छ ।”
मान्छे पत्याउँथे पनि श्रीमान् “क” र “ख” सँग “ग” को त्यस्तो गाढा मित्रता देखेर । उ आफ्नू सफलता देखेर गजक्क पर्दथ्यो ।
तर त्यो गजक्क पराइ धेरै दिन टिकेन । मानौं गजक्क पर्नु हिरोसिमा थियो र त्यहाँ बम फुट्यो । बम थियो, कान्छीले पेट बोकी भत्रे हल्ला ।
“त्या” त मैले बुझिसकेको थिएँ तपाईंले भत्रुभयो । बुझक्कड नव–नेताजस्तै चुरोटको सर्को तानेर मुन्टा हल्लुउनुभयो । निअसन्देह यो तपाईंको महानता हो । तपाईं यसरी नै इतिहासमा अमर हुन सक्नुहुन्छ । तर कान्छी गर्भवती भएको कुरा केवल हल्ला रहेछ ।
तपाईंले अँध्यारो मूख लगाउनुभयो । आफू गलत साबित भएको कुरामा आफ्नू जूनियर स्टाफअगाडि यस्तो तीब्र प्रतिव्रिmया देखाउनु आफैं हल्का हुनु होइन ? त्यसो नगर्नूस है, सर । म जम्मै कथा मेलैसँग सुनाउँछु । मेरो कथा भत्रे बानी छ र तपाइँको सूत्रे । यसै गरी त सरकारको तलब पकाउनु पर्छ नि, काम गरेर कल्ले पकाउँछ र ?
अँ त, कान्छीले पेट बोकेको कुरा विरोधीहरुको हल्ला थियो । विरोधी दल नभएको यस देशको यो गाउँ मानौं बेलायत हो जहाँ विरोधीमा मान हुन्छ । विरोधी गाउँकै भद्र भलाद्मी, धनीमानी थिए, जो आपूm श्रीमान् “क” र श्रीमान् “ख” जत्तिको सफल देशसेवी हुन नसकेकोले क्रुद्ध थिए । क्रोध अथवा ईष्र्यावश पनि कैलकाहीँे कुनै गाउँले केटी गर्भवती भएको र त्यसको कारण कुनै कारण कुनै स्थानीय भद्र मान्छे रहेको हल्ला उडाइरहन्थ्यो ।
श्रीमान् “क” र श्रीमान् “ख” किन वास्ता गरिरहन्थे ! तर कूरा एक दिन साँच्चै यस्तै भो जस्तो फिल्मी कथामा हून्छ । कान्छी साँच्चै गर्भवती भईछ । एक दिन यस्तो सूर्य पनि उदायो जसले गर्भवती कान्छीलाई भिटामिन “डी” दिनु थियो ।
कान्छीकी आमा खुशी भई । छोरीले यौटा धनीको कटेरोमा बास पाउने भई भनेर । उसलाई त के छ र मर्ने बेला भैसक्यो । एक्लो जीउ जसरी भए पनि पालिहाल्ली । यत्रो नाटक त्यै छोरीको लागि गरेकी थिई । यसै बदमानी भैसकेकी थिई, त्यसैले कसैले लैजान खोजेन । अतअ नाटक गरेर पेटभरि खान दिन सक्नेको संघारमा बाँधिदिनु थियो उसलाई ... ।
श्रीमानहरुले वास्ता गरेका थिएनन् ।
(पाँच)
श्रीमान् “क” को पाउमा छाँद हालेर बूढी रोइदिई – “सरकार । प्रभू । काजीसाहेब । कान्छी साँच्चै दोजिया भैछ ...अब म के गरूँ नि प्रभू । हजूरहरूबाहेक कसैको मूख हेरेनौं मालिक । हजूरकै शरणमा छौं । हजूरका दासी हौं । आज्ञा होस् अब के गर्ने ?” उस्ले सकेसम्म अभिनय गरेकी थिई ।
श्रीमान् “क” को सिकुटे खुट्टा लल्लगी काम्यो । घर लग्ने हो भने कतिओटी थुपार्ने घरमा ? नलग्ने हो भने के गर्ने ? क्यै त गर्नै प¥यो ।
“तुहाइदे न ।” श्रीमान् “क” ले आज्ञा दियो । “आम्मै नि हजूर । भर्खर सोह्र पुगी, कसरी तुहाउनु हुन्छ ? ज्यान जोखिम पर्छ । यो त हुँदैन सरकार ।” उसले जवाफ दिई । नाटकको चरमावस्थामा उ किन फेल हुन्थी । उ त्यस्तो मूर्खता किन गर्थी ।
श्रीमान् “क” ले संझाउन बूझाउनमा रात बितायो तर बूढीले मानिन । फूल्याउँदा–फकाउँदा भएन । जीउ ज्यान धन सर्वस्वको धम्की दिंदा पनि भएन । हार मानेर श्रीमान् फर्कियो, फर्कदा उसले लामो तपस्यापछि प्राप्त भएको कान्छीसँगको प्रथम सूअवसर संझ्यो । त्यतिखेर उसले अलिकति चिल्लो मागेको थियो .... ।
उसले श्रीमान् “ख” लाई बोलाउन मास्टरलाई दौडायो ।
दिनभरि श्रीमान् “क” र श्रीमान् “ख” बीच बाघचालको अघिल्लो चालबारे विचार गरिरहे ।
साँझ श्रीमान् “ख” ले भन्यो – “अब क्यै कुरा होइन । मेरो हरूवा (हली भने तपाईं राम्ररी बुझ्नुहोला । यता हरूवा भन्छन्) छ नि ठूले । ... अब त्यसैसँग कान्छीको बिहा गरिदिनुप¥यो । कान्छी पनि त मन पराउँछे ठूलेलाई ... ।
“किन मन नपराउनु ? हजूरहरूको हरूवा पाए । हजूरहरूकै नजरअगाडि रहन पाए । हजूरहरूकै सेवा गरिरहन पाए ...” बूढीले आफन्तता जिन्दगीभरि मालिकको ओछयानमाथि उक्लिरहन पाउने दूरदर्शिता दर्शाइ । शायद भीष्मले शरशय्याबाट यूधिष्ठिरलाई “राज्यको उत्पत्ति” – बारे व्याख्या यति दुरदर्शितापूर्ण ढंगले गरेका थिएनन् ।
(विचरा भीष्मलाई के थाहा, राज्य र बेश्यासत्ता सँगसँगै उदाएका हुन, एक अर्काका पूरक हुन् अथवा पर्याय हुन्)
हली ठूलेको आडमा घिउ पिउने आशालो श्रीमान् “ख” दंग थियो तर ठूले ले कान्छी बेहोर्न मन्जूर गरेन कूनै हालतमा पनि ।
“घर बाँधिदिन्छु । खेतमा मोहियानी दिन्छु । रिन मिनाहा दिन्छु ।” उसले भन्यो ।
“अहँ” –ठूले ले भन्यो । उसलाई चोखै केटी पाउने विश्वास थियो ।
“गिरहत (गृहस्थ) भएर बस्लास्, मोरा । विचार गर् ।”
“अहँ ।”
“उसो भए रिन तिर् । तँलाई म आजैदेखि राख्दिनँ । । होश गर बाबै ।”
“आफ्नू गाउँ – घर र दाजू भाइ छोडेर पहाडदेखि आइयो, यो छुसी गाउँको कत्रो मोह । छोडिदिउँला छोड्नुपरे । रिन भन्या भाको बेलाँ तिरूँला जाबो एक सय रुपियाँ ।”
“एक हजारको तमसूक गरेर एक सय भन्छस् ?”
ठूले खङरग भयो । उसले एक सयमात्रै रिन खाएको थियो सावाँ ब्याज गरेर । तमसूक साँच्चै एक हजारको थियो । उसले सय रुपियाँ लेखेको भनेको तमसूकमा ल्याप्चे लगाएको थियो ।
“बिहा गर्छस् भने भन् अझै सब माफ गरिदिन्छूु
बिहाको स्वीकृति परै जाओस् ठूलेले खुकुरी झिक्यो ।
बाहूनका अरु भरौटेहरुले लठ्ठी झिके । लात खुट्टा र लठ्ठीका चोटले खुट्टा भाँचिएको ठूले पुलीसको पाउमा पु¥याइयो । उ पाता फर्काइएको थियो । यसमाथि अब धेरै मुद्दा चल्ने थियो ।
झन्झट सिध्दिएपछि श्रीमान् “ख” श्रीमान् “क” को घरमा नयाँ चाल सोच्न लागे ... ।
(छः)
चकमत्र सुतेका गाउँले एक्कासि बिउँझाउँदै कोकोहोलो फैलियो । छाती पिटेको र चीत्कार गरेको स्वर सुनेर गाउँले जम्मा भए । बूढी छाती पिटेर कराउँदै, रुँदै थिई – “मेरो कान्छीलाई यै मेरा मास्टरले सधँै राख्तो छ । मध्यराति कहाँ जान्छे भन्थेँ, म त ... ठाउँको ठाउँ नै पव्रmे । यो राँडी पनि उस्तै, यो कहाँको, कहाँको लुठासँग सल्कन पुगेकी ... यो कलिकाल । गाउँका छोरीबुहारी क्यै रहने भएनन् यस्तो अत्याचार भएपछि । आज त ठाउँका ठाँवै समातेको छु । लु पञ्चमरमेश्वर मेरो नियाँनिसाफ गरिदिन प¥यो ... ।”
स्कूलको यौटा कोठामा, जसमा दिउँसो पढाइ चल्थ्यो र राति मास्टर सुत्थ्यो, कान्छी र मास्टर सबका सामुत्रे बरामद गरिए । बूढीले चाल मारेर आएर बाहिरबाट साँग्लो लगाइदिएकी थिई र गुहार मागेकी थिई । कान्छीले उसको मास्टरसँग महिनौँ अघिदेखि लसपस भएको कुरा स्वीकार गरी । मास्टर अवाक् थियो । उसले त अधिकांशसँग डिँग हाँकिसकेको थियो कान्छी उसैको हो भनेर ।
(सात)
बिचरो मास्टर जिल्ल प¥यो । उसले आफ्नू ठाउँमा पनि देशसेवी नै देखेका थियो । तर यहाँ देशसेवीका त तिनका बाजेबराजु रहेछन् भत्रे कुरा बल्ल थाहा पायो । यसलाई यो भुमरीमा पार्ने देशसेवी श्रीमान् “क” र श्रीमान् “ख” नै थिए भत्रे कुरा त्यतिन्जेल थाहा पाएन जतिन्जेल उसकी सासू अर्थात् कान्छीकी आमाकहाँ चाँदनी भत्रे यौटी अर्की तरुनी आइन । बूढीको भनाइअनूसार त्यो उसकी नन्दकी छोरी हो र त्यो त्यै पसलको व्यापार धात्रका लागि जुन कान्छीले धानेकी थिई ... (श्रीमान् देशसेवीद्धय “क” र “ख” को निम्ति ...)
मास्टरले डेरा सा¥यो र नयाँ श्रीमतीसँगै बस्न लाग्यो । यस काममा सुन्दरले उसलाई धेरै मद्दत ग¥यो । सुन्दर साँच्चै सुन्दर थियो । सुन्दर अघि मास्टरसँग ट्युसन पढ्दथ्यो । पढ्नमा तेज विद्यार्थी थियो । मास्टर सुन्दरलाई खन–खाँचोमा मनपराउँथ्यो । अड्केको –पडकेको बेला पैसा पनि दिन्थ्यो । तर आज ऊ विवाहित छ । उसले कान्छीलाई नै मनपराउनु पर्नेछ । यो कुरा उसले खसी होइन बोको भएर सोच्यो । साँच्चै उसले धेरै समयसम्म सुन्दरलाई मनपराउनुप¥यो । वस्तुतः आफ्नू स्कूले जीवनमा नै उसलाई कुनै मास्टरले मन पराइदिएका थियो । यसअघि कुनै ठूलो विद्यार्थीले मन पराइदिएको थियो । ऊ सुरु सुरुमा त्यो मनपराइ भएथ्यो । पछि मनपराउन थालेको थियो । त्यसै कारणले होला उसले कान्छीलाई त्यत्ति मन पराउन सकेन जति कल्पना गरेको थियो ... उसले सोच्यो, कान्छी सुन्दर भएको भए । उ चेष्टा गर्नेछ ... कान्छीले मानिदेली । के फरक पर्छ र ?
(आठ)
कान्छीको टुङ्गो लागेर पनि बूढी सुख पाउत्र । उसको जिन्दगीको यौटै धोका पूरा हुने भएन । यसको अब धर्म गर्ने मन थियो । मर्ने बेलामा पनि उसले धर्म गर्न पाउने भइन । साँझ पर्छ श्रीमान् “क” आउँछन्, श्रीमान “ख” आउँछन् । रक्सीले मातेका हून्छन् । वैद्यनाथ मकरध्वजको पौरुष थेग्न सक्ने तागत उसमा छैन । तर नथेगी हुँदैन । रक्सीको सुरमा कान्छीको प्रोक्सी उसैले गर्नुपर्छ ... ।
एक दिनको बाटो परबाट उसले नन्दकी छोरीलाई ल्याउनै प¥यो । चाँदनीलाई केही दिनको लागि माग्दा उसले भनेकी थिई “छोरी हिंडिहाली । घरमा एक्लै साह्रै नियास्रो लाग्छ । फेरि पसल पनि आफ्नै हो, बन्द गर्नु भएन चलाउनै प¥यो र सबै बेचेर जनकपुरधामतिरै बस्ने विचारगरेकी छु । तेतिन्जेल यो चाँदनी मैसँग रहोस् ...”
यो कुरा उसले साँच्चै भनेकी थिई । भएको झुप्रो, बोतल, रक्सी लाउने भाँडो, घडेरी सबै बेचेर उसको जनकपुरधाममै बस्ने विचार थियो । त्यहाँ ऊ यौटा सानु पानपसल खोलेर गुजारा गर्ने विचारमा थिई ... ।
(नौ)
एक दिन मास्टर भागेछ । कान्छीको बनावटी झगडाको अन्त भयो । ऊ विधिवत् गर्भवती घोषित गरिई । अब ऊ समाजकी दुखी नारी थिई । चुत्था उपन्यासहरूको शव्दावलीमा कूनै पत्थर हृदय पुरुषले उसलाई प्रेमको अभिनयमा फसाएर रस चुसेर, भमरासरि भागेको थियो । अब ऊ माइत बस्न थालेकी थिई ।
श्रीमान “क” श्रीमान् “ख” कान्छी र बूढी आफ्नू – आफ्नू अभिनयदेखि सन्तुष्ट थिए ।
चाँदनी बाहिर गएकी थिई, श्रीमान् “क” श्रीमान “ख” भित्र पसेका थिए । ईष्र्याले बलेकी कान्छीले चाँदनीलाई बाङ्गा बचन – बाँण हानी– भित्र तेरा पोइहरू आएका छन् ।
“तेरा पनि त पोइ नै हुन् नि ।” उसले जवाफ दिई ।
“मेरो पोइ त घर गएको छ ।”
“मेरो पोइ पनि आफ्नै गाउँमा छ ।” चाँदनी भनी ।
कान्छीको रिस ठन्डा भयो । अब ऊ मैत्रीको मुद्रामा थिई । “अन्त को तेरो पोइ ?”
“गाउँमा म मालिककहाँ बसेकी थिएँ पोहोर ... यस पालि पनि बस्छु ... ।”
“मालिकको त – छोरा कि बूढा ?”
“छोरी । ।”
उ झस्किई । उसले साँचो भनेकी थिई ।
चाँदनीले स्पष्टीकरण दिई । मालिकका छोरी कलकत्तामा, ऊ अँग्रेजीको स्कूलमा पढ्ने रे बाबै, त्यहाँ पढ्ने जे पनि जान्दा रहेछन् ... लोग्नेमान्छे हुन पनि, स्वास्नीमान्छे त छँदैछे ।
कान्छीको लागि त्यो ख्याल–ख्याल थियो ।
चाँदनीले सोची, यस्तो कुरा अर्को जुनीमा थाहा पाउनु पनि तेरो भाग्यमा छैन ... ।
(दस)
तपाईंले भत्रुभो, यस्ता कुरा उपन्यासमा मात्रै पढ्नुभएको थियो र मलाई लाग्छ तपाईंले खुब ठीक भत्रूभो सर । मलाई पनि लाग्थ्यो यस्ता कुरा उपन्यासका मात्र हुन् । त्यहीँ हुन्छन् । तर अलि गहिरिएर हेर्नुस् त, माटाको प्रत्येक चोइली, ईंटाको प्रत्येक टूव्रmामा महान् उपन्यास हुँदोरहेछ, त्यो म यहीं आएर बूझ्दैछु ... ।
कान्छीले छोरो पाई । मैले त्यसको नाउँ वशिष्ठ राखिदिएको थिएँ, तर त्यो मरिसक्यो । अब कान्छी सार्वजनिक भएको छे फेरि, श्रीमान् “क” र श्रीमान् “ख” को लागि चाँदनी छँदैछ । चाहूनहून्छ भने म भरेका निम्ति बन्दोबस्त मिलाउँछु, सर । तपाईंका प्रसत्रता नै मेरो जागीर हो, चाकडी नै मेरो धर्म हो ।
(तपाई मौन रहनुभयो । अतः भरे मैले ठीक गर्नु नै पर्ने भयो । तपाईं महान् ... हाकिम हुनुहुन्छ । मेरो पत्नी नै भरेको निम्ति नमागेर अरु नै बन्दोबस्तसम्म गरिदिने मौन स्वीकृति दिनुभयो) यो मैले मनमनै भनेको ।
“तर यो श्रीमान् “क” र श्रीमान् “ख” भनेकी को मान्छे हुन् ? नाउँ नभन्दा कथै बुझ्न असजिलो भयो ।” तपाईंले भनिहाल्नुभयो । मलाई पनि लागेको थियो तर के गर्नु ? नाउँ भने भने मेरो ज्यान जान्छ । जागीर जान्छ । आखिर यै गाउँमा बसेर काम गर्नु छ । यै गाउँका, ठाउँका, समाजको, देशको शिष्ट र सभ्य नागरिक भएर बाँच्नू छ, ठूला–वडा, पावरदार, सोर्सदार, भलादमीहरुका पर्दाभित्रका कुरा बेपर्दा गरेर कसरी बाँच्न सकूँला ?
“मैले ती मान्छेलाई चिनेको छु कि छैन त ?” आह । तपाईंको जिद्दी स्वभाव भत्रे प¥यो । श्रीमान् “क” भनेको चाहिं हिजो छाडी अस्ति सुनाएको कथाको नायक क्या, त्यै, आप्mनै बूहारी पर्नेसँग सुतेको समातेर तेह्रदिने भलाद्मीहरु र गाउँले महान् मान्छेहरु मिलेर खूब ब्ल्याकमेल गरे भनेर सुनाएको थिएँ नि यौटा कथा ...
“ए ... अँ ... अँ ।”
हो त्यही ब्ल्याकमेल गरी भाग्नेका छोराको जेठान हो श्रीमान् “क” भनेको ।
श्रीमान् “ख” नि ?
श्रीमान् “ख” भनेको चाहिं यौटा समाजसूधारक यौटी अधबैसेंलाई मकैबारीमा तात्र गएछ र उसले भनिछ – “हो – हल्ला गरिदिउँ कि दुई सय रुपियाँ दिन्छस् ?”
त्यो दुई सय रुपियाँ अझै किस्ताबन्दीमा तिर्दैछ भनेर सुनाएको नाइकको मित ।
(एघार)
“अब तरकारी किन्नुहोस् । तपाईं यी थाङ्ना कथादेखि बोर हुनुभो ।
हुन त तरकारी बजारमै पनि पाइन्छ कित्र, तरकारीको हरितिमा साथै यौवनको हरितिमा । अन्तर्राष्ट्रिय–पसलहरुको हरितिमा ।
हजुरको च्वाइस हो सर । म त सेवक हुँ, गुलाम हुँ, क्रीतदास हुँ, ... ।