19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटी पाठकको आत्मकथा

कथा विवश पोखरेल December 9, 2012, 1:18 am

सबैलाई थाहा छ, म उसलाई प्रेम गर्छु । यो सत्य हो प्रेम गर्नृु कुनै अपराध होइन । प्रेमले जात, उमेर राम्रो नराम्रो केही हेर्दैन रहेछ । ऊस“ग मैले यति प्रगाढ प्रेम गरेछु कि लाग्थ्यो ऊ मेरो जीवन हो । ऊविना म अपूर्ण छु ।

जीवनको कुनै मोडमा मेरो ऊस“ग भेट भएको थियो, तर प्रत्यक्ष होइन भावनात्मक भेट । ऊ र मेरो मिलनको चौतारी साहित्य थियो । जसको लेखनबाट म निकै प्रभावित भएकी थिए“ । थाहै नपाई जुन प्रभाव मायामा परिणत भयो ।

भन्नेहरू भन्,थे साहित्यले मनलाई जोड्छ, तोड्दैन । हो जस्तो पनि लाग्यो । संंंयोग भन्नुपर्छ एक दिन अकस्मात त्यो कागजमा भेटिएको मान्छेको ठेगानासहितको सम्पर्क नं पाए“ । ऊ म बसेकै सहरमा बस्दोरहेछ । साहसै गरेर फोन गरेंं – ‘म तपाईंको प्रिय पाठक अर्थात् ºयान †’

उसले सोध्यो –‘नाम ?’

‘आकृति ।’ मैले आºनो परिचय दिए“ ।

‘खुसी लाग्यो तपाईस“ग परिचय भयो ।’ उसले भन्यो ।

त्यस दिनको फोन वार्ताले अझ प्रभावित भए“ म ऊस“ग । त्यहा“ मेरो अपेक्षित प्रेमले एउटा स्वरूप र आकार लियो । त्यस दिनदेखि फोनको सिलसिला अविराम चलिरह्यो । अब हरेक पलपलमा ऊ मेरो कल्पनाको राजकुमार भएर आउन थाल्यो । म उसको सान्निध्यको आशासहित सपनाको इन्द्रेनी सहरमा हराउन थालेंं । साहसै गरेर एक दिन आग्रह गरें.– ‘मलाई आज अलिकति समय दिन सक्नुहुन्छ ? म हजुरलाई भेट्न चाहन्छु ।’

’‘सरी † सक्दिन“ ?’ उसले अस्वीकार ग¥यो ।’

नमीठो लाग्यो । कस्तो असम्भव इच्छा पालेछुं । सम्भवतः मैले टाढाको आकाशको जूनलाई आ“खा र मुटुमा टा“स्ने कल्पना गरिरहेछु जस्तो लाग्यो ।

‘किन, म आºनो प्रिय लेखकस“ग एक मिनेट पनि समय पाउ“दिन ?’ नम्र ह“ुदै अधिकार मागें ।

‘त्यसो होइन, पाइन्छ तर ...।’ उसले भेट नदिनुको कारणलाई अधुरै राख्यो ।

‘ठीकै छ, एउटा अज्ञानी सम्झेर माफ गरिदिनु होला । मन हो, कहिलेकाही“ एउटा असम्भव चाहना पनि राख्दो रहेछ, राख्यो । बाई ।’ मैले उसको थप कुरा सुन्न चाहि“न, मोबाइलको स्वीच अफ गरेंं ।

उसको व्यवहार नरमाइलो लाग्यो मलाई । ऊ मैले सोचेजस्तो मान्छे रहेनछ । लाग्यो, असम्भव कुराको कल्पना गर्नु बैंशालु उमेरको उपज हो सायद । गल्ती आºनै थियो, मनलाई थुमथुम्याए“ । तर पनि मन नमीठो गरी दुख्यो । सोच्दासोच्दै कुन बेला निदाए“छु थाहा भएन । ब्य“ूझदा घाम डा“डामाथि पुगिसकेको रहेछ । अघि स्वीच अफ गरेको मोबाइलको स्वीच अन गरें । मोबाइल खोल्नेसाथ टिनिन्न मोबाइलको घन्टी बज्यो । फोन उसैको रहेछ । रीस मरेको छैन । ‘हेलो †’ फोन उठाए“ ।

‘मैले राम्ररी जवाफै दिन नपाई स्वीच अफ गर्नुपर्छ ?’ रिसाएर बोल्यो ऊ ।

‘फुर्सदै नहुने मान्छेले अनि किन फोन गरिस्येको त ?’ मैले पनि रिसाएजस्तो गरें ।

‘लाटी † म अहिले सहर बाहिर छु, दुर्गम पहाडमा । अनि भेट कसरी सम्भव हुन्छ । कति चा“डो रीस उठेको ।’ उसले फोनमा नै सम्झायो ।

‘रीस उठ्दैन त, आफूलाई कस्तो भेट्न मन लागेको छ ।’ पूर्वपरिचितजस्तै मैले फेरि घुर्काए“ ।

‘ल म पर्सी आउ“छु एयरपोर्टमा नै ‘रिसिभ’ गर्न आउनु, एक बजेको ºलाइट छ ।’ बल्ल ढुक्क भए“ म । मलाई थाहा छ, यो तीन दिन मेरा लागि तीन महिना हुनेछ र पनि लाग्यो प्रतीक्षाको फल मीठो हुन्छ ।

आज ऊ आउने दिन । उसलाई भेट्ने चाहनामा एक दिनको कलेज छोड्छु । चङ्गाझै मन लिएर उसले दिएको समयमा एयरपोर्ट पुग्छु । चिन्न कुनै गाह्रो ह“ुदैन । किनकि उसको अनुहार किताबमा देखेकी छु । अभिवादन गर्छु । ऊ मेरो उपस्थितिमा ‘सरप्राइज’ हुन्छ । सायद उसले कल्पना पनि गरेको थिएन होला मेरो उपस्थिति । दुवै एयरपोर्टबाट बाहिरिन्छौ । त्यो दिन मेरा लागि एउटा अविस्मरणीय दिन हुन्छ । टयाक्सीमा स“गै बस्छौंं हामी ।

‘के गर्नुहुन्छ ?’ उसले सोध्छ ।

‘स्टुडेन्ट हु“, पढ्दै छु ।’

‘कहा“ ?‘

‘त्रिचन्द्रमा ’

‘के विषय ?’

‘साइन्स’

‘घर काठमाडौं नै हो ?’

‘हैन पश्चिम हो, कैलाली †‘

सभ्य र शालीन लाग्छ ऊ । उसले लेखेका शब्द शब्दमा म उसको स्वरुप र स्वभावको कल्पना गर्थें । मैले पढ्दै गरेका उसका किताबका पाना पानामा नायक भएर उभिन्थ्यो ऊ । बगैंचाका सुन्दर पूmलझै विभिन्न स्वरुप र आकृतिमा मेरो आ“खामा उसको अनुहार आउ“थ्यो । म कल्पना गर्थें.। नभन्दै मैले कल्पना गरेको रङ स्वरुप र स्वभावको रहेछ । पूmल देखेपछि भमराहरू आफै उडेर आउने संस्कार र प्राकृतिक नियम उल्लङ्घन गरेर म नै भत्काउ“छु त्यो परम्परावादी पर्खाल । अर्थात् म फूल नै उडेर गएकी छु, भमरासमीप ।

‘मेरो के के पढ्नुभएको छ ।’ उसले सोध्छ ।

‘सबै ।’छोटो उत्तर दिन्छु ।

‘छोटो भेटमा सबै पढ्न सकिन्छ ।’ उसले पत्याउ“दैन ।

‘मनले चाह्योभने त्यो सम्भव छ ।’ फेरि थप्छुं ।

‘मन कहा“ हुन्छ ?’ उसले जिस्काउ“छ ।

‘यहा“ ।’ एकाएक अन्जानमा नै मेरो हातले उसको हात समाउन पुग्छ । म उसको हातलाई मायाले समाएर आºनो छातीमा राख्छु । ऊ हा“स्छ, हाम्रो वार्ता सायद टयाक्सी डा«इभरले सुन्यो क्यार † ऊ पनि मुसुक्क हा“स्छ र नथाहा पाएजस्तो गरी अलिअलि लजाउ“छ ।

उस“गको भेटपछि अझ ऊप्रति आकर्षित हु“दै जान्छु म । ऊस“गको सम्बन्धले मेरो शिशिर जीवनमा वसन्त आएजस्तो लाग्छ । म उसको मायामा यसरी बेरिन्छु कि मानौ ऊ पीपल हो, म लहरा । ऊ आकाश हो, म ऊस“ग टा“सिएको नीलो रङ । म ओसिएको एउटा आ“गन ह«“, ऊ पारिलो घाम । ऊस“गको आकस्मिक भेटले उसको र मेरो सम्बन्ध अझ प्रगाढ बन्छ । मेरो अमूर्त प्रेमले एउटा स्वरूप र आकार लिन्छ ।

एक दिन पहिलोपल्ट ऊ मेरो डेरामा आउ“छ, आउ“छ हैन, म नै बोलाउ“छु उसलाई । मेरो अ“ध्यारो कोठामा उसको आगमनले कोठै उज्यालिएको अनुभव हुन्छ । बस्न आग्रह गर्छुं, विद्यार्थीको कोठा कुर्सी छैन । एउटा सा“गुरो कोठा, ऊ निसङ्कोच खाटमा बस्छ । म पनि उसकै छेउमा बस्छु ।

‘हेरिस्यो ? हजुरले लेखेका सबै किताबहरूलाई मैले कसरी माया गरेर राखेकी छु ।’ मैले माया गरेर ¥याकमा सजाएर राखेको उसका एक दर्जन किताबहरू देखाउ“छु । छक्क पर्छ ऊ ।

‘मेरो बढी माया लाग्छ कि किताबको ?’ सोध्छ ।

‘किताबको, हजुरलाई माया गर्नभन्दा पहिले म किताबलाई माया गर्थें । हजुर मेरो सेकेन लव †’ हा“स्छु, मस“गै ऊ पनि हा“स्छ । किन किन ऊ टाढाको जस्तो लाग्दैन मलाई ।

‘हजुरलाई थाहा छ मैले आज हजुरलाई किन यहा“ बोलाए“ ?’ प्रसङ्ग फेर्छु म ।

‘अह“ थाहा छैन, किन ?’ जिज्ञासासहित सोध्छ ।

‘आज मेरो बर्ड डे हो । आई एम भेरी हयाप्पी † आजको बर्थ डे हजुरस“ग मनाउन पाए“ ।’ आल्हादित हुन्छु म ।

‘हयाप्पी बर्ड डे ।’ उसले आºनो दुवै हात मेरो दुइटै गालामा राख्छ र बर्थ डे वीस गर्छ । एकाएक तरङ्गिगत हुन्छु म । म पनि आपूmलाई नियन्त्रण गर्न सक्दिन“ । उसको छातीमा टाउको अड्याउ“छु । उसले पनि आपूmलाई नियन्त्रण गर्न सक्दैेन । एकाएक एउटा भमराको ओठ फूलको ओठमा टा“सिन्छ । उसको मीठो चुम्बनले एकाएक रोमाञ्चित हुन्छु म । अप्रत्यासित स्पर्शले लजाएको लज्जावती झारजस्तै ऊसामु लल्याकलुलुक भएर ओइलिन्छु । त्यसपछि के के भयो म शब्दमा व्यक्त गर्न सक्दिन“ । त्यो दिन मेरो जीवनको एउटा अविस्मरमणीय दिन बन्छ । एउटा पूmल भमरास“ग समर्पित भएको दिन । नदीका दुई तृषित किनारा शीतल नदीमा समाहित भएको दिन । अर्थात् मेरो जीवनको उराठ उद्यानमा पे्रमको सुन्दर र सुवासित पूmल फुलेको दिन ।

समयस“गै यसरी नै हाम्रो भेट बाक्लिदै जान्छ । मेरो कोठा एउटा खुल्ला बोर्डर हुन्छ उसका लागि । प्राय भेटिन्थ्यौ, च“ुडिन्थ्यौ । मायाका मीठा कुराहरू गर्छौं । एकदिन फेरि हामी दुवै एउटा निर्जन ठाउ“मा छौंंं । मेरो आ“खा अनायास हामी बसेको ठाउ“देखि अलिपरको एउटा रुखको हा“गामा ठोकिन्छ । त्यहा“को दृश्यले अझ रोमाञ्चित हुन्छु म । एक जोडी प्रेमिल ढुकुर आआºना चुच्चो जोडेर माया साटासाट गरिरहेका छन् । म उसलाई कोट्टयाउछु “ र देखाउ“छु । मुसुक्क हा“स्छ ऊ । म पनि आपूmलाई नियन्त्रण गर्न सक्दिन । हामी दुवै त्यही ढुकुरको अनुसरण गर्छाैं ।ं किन ढा“ट्नु त्यस दिन पनि भ“मराले होइन पूmलले नै चुस्छ भमराको ओठ । तर त्यस दिन भने उसलाई उदास देख्छु । उसको अनुहार उज्यालो छैन । कता कता हराइरहेको छ ऊ ।

‘के भो ? हजुरलाई आज किन गम्भीर देख्छु, सञ्चो छैन ?’ माया लाग्छ सोध्छु ।

‘केही भएको छैन’ उसले ढा“ट्छ, स्पष्ट बुझ्छु । किनकि म अब उसको अनुहार पढेर उसको सुख दुख बुझ्ने भएकी छु ।

‘मलाई थाहा ह“ुदैन ? अनुहारले नै जनाउ“छ । के भयो, नढा“टिस्योस् ?’उसको निधार छाम्छु, भुङ्रोजस्तै तातो छ ।

‘म ठीक छु , प्लिज टेन्सन नलेऊ ।’ मैले पीर लिन्छु भनेर होला उल्टै मलाई थुमथुम्याउ“छ ऊ ।

‘के भयो ? मलाई भन्न मिल्दैन ?’

‘तिमीलाई एउटा कुरा भन्छु, सहन सक्छ्यौ ?’ ऊ फेरि सोध्छ ।

‘हजुरका लागि म जस्तोसुकै चोट पनि सहन सक्छु ।’ मुटु दह्रो पार्छृृु । तर मनभने जान्न आतुर छु, ऊ के भन्न लागिरहेको छ ।

‘सत्य † दुख मान्दैनौ । ’फेरि ऊ मन तौलिन्छ ।

‘मान्दिन । म हजुरलाई छोएर भन्छु ।’

‘मैले तिमीलाई ढा“टे, सरी †’ ऊ अझ गम्भीर हुन्छ ।

‘के कुरामा ढा“टिस्यो ? पुनः जिज्ञासा राख्छु ।

‘म विवाहित ह“ुु † तर तिमीले मलाई यसबारे कहिले सोधिनौ ।’ अझ अ“ध्यारिन्छ ऊ । । उसको गम्भीरता अझ बढ्छ । सायद मेरो प्रतिक्रियाको अपेक्षामा छ ऊ ।

‘मलाई थाहा छ, हजुर विवाहित हो । मैले सोध्न आवश्यक देखिन र सोधिन“ । प्लिज † सिरियस नहुनुस् । यसमा मेरो कुनै गुनासो छैन । आई लव यू , दयाट्स अल सकियो ।’म आºनो विचार स्पष्ट राख्छुं । किनभने उसले भन्न भन्दा पहिले मैले थाहा पाइ सकेकी छु , ऊ विवाहित छ ।

मेरो जवाफले छक्क पर्छ ऊ । सम्भवतः उसले यस्तो जवाफको कल्पना पनि गरेको थिएन । सायद ढुक्क हुन्छ ऊ । अलिअलि हा“स्न खोज्छ र पनि उसको अनुहार उज्यालिंदैन ।

‘मायाको गहिरो समुद्र तर्नअघि डुङ्गा प्वाल परेको कुरा किन भन्नु भएन । स्वार्थको वैतरणी तरेपछि अहिले भन्नुहुन्छ । लोग्नेमान्छे स्वार्थी हुन्छन् ।’ जिस्काउ“छु उसलाई ।

‘मन र आ“खा सौन्दर्यमा लट्टिएपछि मान्छेले केही देख्दैन । त्यस्तै भयो । सत्य † म तिम्रो प्रेममा अन्धा भएको छु ।’ स्पष्टीकरण दिन्छ ऊ । अहिले भने ढा“ट्दैन ।

‘प्रेममा कि वासनामा ..... ।’ म फेरि जिस्काउ“छु ।

‘वास्तवमा तिमी कवि हुनुपर्ने ।’ कुटिल जवाफ दिएर पन्सिन खोज्छ ऊ ।

‘म कवि ? असम्भव †’ म र कविता ? जुन कुरा म कल्पना पनि गर्न सक्दिन“ । कवि हुन त्यति सजिलो छैन । असङख्य इष्र्याहरूबीच पनि हाम्रो प्रेम झ्“याङ्गिन्छ । त्यसपछिका परस्पर सम्बन्धले धेरै पीडा भोग्छौं. हामीे । धेरै आ“सुका घुट्काहरू पिउ“छौं । धेरै बदनाम सहन्छौं । तर पनि एकअर्कास“ग टाढिन सक्दैनौ ।

सम्बन्ध प्रगाढ भएको केही महिनापछि एकाएक हराउ“छ ऊ । भेट ह“ुदैन । के भयो ? कहा“ गयो ? एउटा रिक्तता र शून्यपन महसुस गर्छु । उसको माया र यादले पिरोलिन्छु, छट्पटिन्छु । पछि थाहा हुन्छ, विचरो ऊ विरामी भएछ, हेर्न जान सक्दिन“ । हामीबीचको प्रेमको हल्ला सहर र इष्र्यालु मनसम्म मात्र होइन उसको र मेरो घरसम्म पुगेको छ । पछि सुन्छु, ऊ उपचारका लागि बाहिर गएको छ, देशबाहिर । मानसिक तनावका कारण बसेको ठाउ“मा नै एकाएक बेहोस भएछ । त्यसबेला भने मलाई नरमाइलो लाग्छ । मेरो मन सा“च्चै नै म नमीठो गरी दुख्छ । लाग्छ, हामी सम्बन्ध भएर पनि सम्बन्धहीन सम्बन्ध बा“चेका रहेछौं, सम्बन्ध छ र छैन पनि । ऊ विरामी छ र पनि उसलाई हेर्न जाने अधिकार छैन । यस्तो लाग्छ, हामीले कस्तो प्रेम गरेका रहेछौं । कस्तो सम्बन्ध रहेछ हाम्रो । मन र भावनाले नजिक छौं तर बाध्यताले टाढा । एउटा नदीको किनाराजस्तै ।

ऊस“गको विछोडको तीन महिना मेरा लागि तीन वर्ष प्रतीत हुन्छ । मभित्रको अधीरताको बा“ध भत्काउ“दै बल्ल ऊ आउ“छ । खुसी लाग्छ, तर निकै दुब्लो भएछ ऊ, उदास र गम्भीर पनि । अझ बढी माया लाग्छ । केही नबोली त्यस दिन छा“द हालेर रून्छु म उसको अ“गालोमा । त्यो रुवाई मिलनको पनि हुन्छ, र विछोडको पनि । यहीबीचमा समयले ऊ र मबीचको सम्पूर्ण खुसी खोस्छ । मेरो विवाहको कुरा चल्दै थियो । उसलाई यो दुखद समाचार सुनाउन सकिरहेको थिइन । मेरो प्रयास निरन्तर असफल भइरहेको थियो । बल्ल आज भेटेको छु । मन दह्रो पारेर भन्छु– ‘मेरो विवाह ह“ुदैछ ?’ मौन हुन्छ ऊ, कुनै जवाफ दिन सक्दैन । यो सत्य हो, हामी परस्पर प्रेम गर्छौ । तर विवाह गर्नें आ“ट ऊ पनि गर्न सक्दैन, म पनि गर्न सक्दिन“ । म बुबाआमाको टीठलाग्दो अनुहार सम्झन्छु । उसको प्रतिष्ठा सम्झन्छु । सम्भवतः ऊ पनि आपूm सम्झन्छ । आºनो परिवार सम्झन्छ । र त्यस दिन एउटा निष्कर्षमा पुग्छौं हामी, जुन निष्कर्ष हुन्छ – प्रेमको अन्त्य विवाह होइन । त्यसपछि परस्पर छा“द हालेर आ“खाका आ“सु रित्तिन्न्जेल अन्तिम पटक रून्छौं हामी । आ“सुको झरीले निथ्रुक्क रुझ्छौं । ‘मेरो विवाहमा तिमी आउन पर्छ ?’ रु“दै आग्रह गर्छु उसलाई । ऊ स्थिर सालिक हुन्छ, केही बोल्दैन ।

विवाहको दिन आउ“छ, तर ऊ आउ“दैन । मेरो आ“खाले उसलाई खोजी रहन्छ, तर आ“खामा निराशाको कुहिरो लाग्छ । मनलाई थुमथुम्याउ“छु, विचरा आउन पनि कसरी सक्छ र † पूmलझंै कोमल मान्छे कठोर ढुङ्गो हुन सक्दैन । त्यस दिन घरबाट अन्मिएर जाने बेलामा एकपल्ट फोन गर्छु उसलाई –‘ मन नदुखाउनु आपूmलाई नियन्त्रण गर्नु । आखिर जीवन यस्तै रहेछ, जे हुनुपर्नै थियो त्यही भयो । हाम्रो प्रेम मरेन बा“च्यो ।’

‘शुभयात्रा ।’ भक्कानिंदैं यति मात्र बोल्छ ऊ र एक्कासि फोन काट्छ ।

आज डेरा छाड्दैछु । पुराना कोठाका सामानहरू नया“ घर लानुछ । कोठामा बसुन्जेल उसैको अनुहार आख“ामा आउ“छ । उसको याद गा“सिएको छ यो कोठामा । सिरक पट्टाउ“छु त्यहा“ पनि उसको स्नेहको सुवासले पिरोल्छ । सिरानी समाउ“छु ऊ नै नजिक भएजस्तो लाग्छ । ¥याकमा भएका किताबहरू निकाल्छु । मैले माया र जतन गरेर राखेका उसका किताबहरू हातबाट खुस्किएर एक्कासि भुइ“मा झर्छन् र असरल्ल छरिन्छन्, बोक्न सक्दिन“ । छरिएका किताबभरि ऊ हा“सिरहेको देख्छु । मलाई उसको औधि माया लाग्छ । एकाएक आखा“बाट तररर झर्छन् आ“सु । आ“सु लुकाउन खोज्छु सक्दिन ।

‘के भो ? किन रोएकी ? अप्रत्यासित श्रीमान्को प्रश्नले झस्किन्छु ।’

‘केही होइन, धेरै वर्ष बसेको डेरा छाड्नु पर्दा माया लाग्यो, अनि आ“सु झ¥यो ।’ ढा“ट्छु । आपूmस“गका सबै किताबहरू बोरामा हाल्छु उसको किताब हाल्न सक्दिन“ । किताबहरू एक छेउ लाउ“छु । उदास अनुहारस“गै डेरामा मस“ग बसेका साथीहरू विदाईका लागि ढोकामा उभिएका छन् ।

‘पूजा † यी किताबहरू त“ लैजा । त“लाई साहित्य मनपर्छ ।’ आ“सु पुछ्दै उसका सबै किताबहरू मेरी प्रिय साथीको हातमा राखिदिन्छु । उसले किताब लिन्छे, पुलुक्क मलाई हेर्छे र तरक्क आ“सु झार्छे । उसलाई पनि थाहा छ म यो किताब र किताब लेख्ने मान्छेलाई कति माया गर्छु । मलाई पनि थाहा छ, अब म यो किताब घर लान सक्दिन“ । यहा“ उसको याद गा“सिएको छ, माया गा“सिएको छ । किताबमा प्रतिविम्बित उसको तस्विर हेर्न सक्दिन“ । जसले मलाई पिरोल्न सक्छ, विथोल्न सक्छ । अब उसको मायालाई म यो किताबमा होइन हृदयको एक कुनामा राखेर भन्छु – मेरो प्रिय मान्छे ! मलाई माफ गर !

विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।