सदानन्द अभागी
१०४ औं लक्ष्मीजयन्तीको अवसर पारेर गजल प्रवाह नवलपरासीले ‘गजल प्रवाह –२०६९ नवलपरासी, नवलपरासी जिल्लाका गजलकारहरुको खोजमूलक साहित्यिक अनुसन्धात्मक कृति’ दिनेश बस्यालको सम्पादनमा, प्रकाशन गरेको छ । यस गजलसङ्ग्रहको् संरचना नियाल्दा प्रतिनिधि गजल भनि डा. घनश्याम न्यौपाने, खगेन्द्र प्रसाद बस्याल, गोविन्दराज विनोदी, स्व. रमेश हरिलठ्ठक स्व. शंकर पन्थी “ज्योतिविन्दु” र विष्णुमाया विभू गरी ६वटा गजल स्रष्टाहरुको साथै ४१जना गजल स्रष्टालाई समेटेको देखिन्छ । कृति सय पृष्ठको छ । प्रकाशन गजल प्रवाह ,नवलपरासीले गरेको छ । यो गजल प्रधान पत्रिकाले नवलपरासी जिल्लालाई मात्र नभएर देश भरीका गजलकारहरुको गजललाई समेट्ने उद्देश्य लिएको छ । दिनेशबस्यालले ५बर्षसम्म गरेको गजल बाचनले पनि कावासोतकिो गजललेखनमा तीब्रता आएको छ ।
भूपेन्द्र शर्मा भट्टराई ज्यूले ‘नवलपरासीको गजलः पृष्ठभूमिदेखि गजल प्रवाहसम्म’ भनि गजल इतिहासलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । यस भूमिकालाई नियाल्दा नवलपरासीको गजलकारितामा प्रथम स्थान ओगट्ने स्रष्टाको रुपमा डा. घनश्याम परिश्रमी जसको गजल २०४४मा मधुपर्कमा प्रकाशन भएको थियो, लाई लिएको देखिन्छ । यस पछि खगेन्द्रप्रसाद बस्यालको देवचुली मासिकको साउन अंक (२०४८), देवचुलिकै बर्ष– २, २०४९, बैशाख गजल विशेषांक प्रकाशित भएको पाइन्छ । गजलकृतिको रुपमा खगेन्द्र प्रसाद बस्यालको ‘दैलातुङ्गको फाँटबाट शुरु भएको यात्रा ’(२०४९)’ ले प्रथम स्थान ओगटेको छ । भूपेन्द्र शर्मा भट्टराईको यो भूमिकामा थुप्रै गजलकारहरुको नाम र कृतिहरु पढ्न पाइन्छ जो नवलपरासीको गजलकारिताको क्षेत्रमा देखिएको एउटा गौरवमय इतिहास हो । नवलपरासीको गजल लेखनको इतिहास र विकास क्रमलाई अझै गहिरो अध्ययनको खाँचोे छ भन्नु स्वभाविक हुन आउँछ किनकि मोतीराम भट्ट (१९२३–१९५३)ले भिœयाएको गजलको लेखन नवलपरासीमा १०० बर्ष पछिमात्र शुरु भएको देखिन्छ । गजल लेखनको कालक्रमिक बिभाजनको हिसाबले हेर्दा प्रथम चरण (प्रारम्भिक काल), बि.सं साल १९४० देखि २००२ द्वितीय चरण (बिलुप्त काल) बि.सं साल २००२ देखि २०३५ तृतीय चरण (पुनर्जागरण काल)ं बि.सं साल २०३६ देखि २०५० भनिएको छ । डा. घनश्याम परिश्रमी२०५०बाट पुस्तककारको रुपमा उदाएका छन् त्यस पछि गोविन्दराज विनोदी(२०५६) सरोज उजाड (२०५७), हरिप्रसाद लम्पूm (२०५८), श्याम न्यौपाने(२०५९), विष्णुमाया विभू (२०६०), उपेन्द्र प्रधान(२०६०) गर्दै पुस्तककार कृतिको जन्म हुँदै गएको छ । नवलपरासीमा गजल लेखन पुनर्जागरण कालको अन्त्यतिरबाटमात्र शुरु भएको देखिन्छ । २०५१ देखि यताको काललाई चतुर्थ चरण (उर्बरक काल अर्थात विकास काल) भनिएको छ । यही विकास कालमा नवलपरासीमा गजल मौलाएको छ । तर म भने २०६० देखि यताको काललाई गजल क्रान्तिको युग भन्दछु ।. किनकि यस समयमा नेपालमा गजलको लेखन व्यापकरुपमा भएको देखिन्छ र नवलपरासीमा पनि गजल लेखनले व्यापकता पाएको छ । नवलपरासीका कृति प्रकाशन गरेर या पत्रपत्रिका मार्फत गजल प्रकाशन गरेर गजललाई उच्चाइमा पु¥याउने गजलकार रमेश हरिलठ्ठक, शम्भू गिरी, भू.श.भ. गण्डर्षि, मदन भट्टराई, तिलक भट्टराई, लेखाराम सापकोटा, ईश्वरबा खनाल, उत्तम महतो कृेष्णादेवी शर्मा श्रेष्ठ, नारायण खनाल ‘भाबुक” सदानन्द अभागी, उपेन्द्र प्रधान, कोपिला शर्मा गोरखसागर, दुर्गा भुसाल, शालिकराम भुसाल, भेषराज पौडेल, कल्याणी, मुवारक अलि, राधापाण्डे, रामकान्त न्यौपाने, लीला पाठक, विनोद यात्री, शालिकराम लम्साल ,शिब शर्मा चोट, शावित्री तिमल्सिना, सुजन अधिकारी, सुवास अगम, हरिदत्त शर्मा, हिमलाल चापागाई, हिमा न्यौपाने, पीताम्बर चापागाई, भानुभक्त सापकोटा, डिल्लीराम कंडेल, उत्तमध्वज के.सी दीपक बराल, प्रदिप बस्याल आदि (थुप्रैे गजल स्रष्टाको नाम संकलन हुन सकेको छैन) को साथै अनामिका, आदर्श, सहयात्री, देवचुली, हिमायती, आदान–प्रदान, द स्पार्कल, इन्दैणी, बाल सरोकार, इन्द्रधनुष, दियालो, अस्तित्व, अमिटस्मृति, बाडूली, शान्तिदीप, नव–प्रभात, सुनौलो प्रभात, श्रेय, दाउन्ने, मध्यविन्दु, सामर्थ, नवलपरासी पोष्ट आदि पत्रकिाहरु, स्मारिकाहरु, वीजय, परासी, मध्यविन्दु,, दाउन्ने, एफ एम् आदिले गजललाई उच्चाइमा पु¥याउन प्रयास गरेको पाइन्छ ।
अब म गजल प्रवाह –२०६९ नवलपरासीले समेटेका गजलकार र तिनका प्रकाशन कृति गजलहरुको बारेमा सङ्क्षेपमा प्रस्तुत गर्न गइरहेको छु । यस कृतिको मूख्य विशेषता भनेको यस क्षेत्रका नयाँ र पुराना पुस्ताका गजलकारहरुलाई समेटेर प्रतिनिधि गजलकोरुपमा प्रकाशन गर्न प्रयास गरिएको छ, जो गौरवको विषय हो, तापनि पूर्ण प्रतिनिधित्व भने हुन सकेको छैन । बर्ण–क्रमानुसार गजलकारहरुलाई प्रस्तुत गरिएका यी गजलकारहरुमा अर्जुन चालिसे प्रथममा आउनु भएको छ र उहाँको साहित्यिक लेखन २०५५बाट शुरु भएको २०५६मा गजल लेखन प्रारम्भ गरी अनामिका (गजल) इन्दु (गजल, विशेशांक) कालिका गजल संग्रहमा गजल प्रकाशन भएको पाइन्छ । अर्जुनजीको प्रथम प्रकाशित रचना चिन्न नसक्दा देशको माटो हो र सम्पादित पत्रपत्रिका कृतिमा हिमकिरण पाक्षिक अंक ३–१८सम्म देखिन्छ। कमल चापागाईको साहित्यिक लेखनारम्भ २०५९ र प्रथम प्रकाशित रचना गजल, सम्पादित पत्रपत्रिका कृतिमा जनज्योति साहित्यिक समाज स्मारिका, भित्ते पत्रिका, लगायत स्थानीय पत्रपत्रिकामा लेख प्रकाशित छन्, । कृष्णप्रसाद पाठक (साहित्यिक नाम उदासी)– साहित्यिक लेखनारम्भ २०६३–१०–०३,साहित्य लेखनको यात्रा गजलद्वारा, प्रथम प्रकाशित रचना गजल र “दियालो”मा प्रकाशित कृति गजल “अनुराग” हो । कृष्णादेवी शर्मा श्रेष्ठको साहित्यिक लेखनारम्भ २०५१सालमा भएकोृ र प्रथम प्रकाशित रचना साथी एक्लै हो (कविता) र उहाँको साथै प्रथम प्रकाशित गजल कृति निर्झरिणी गजलङ्ग्रह,, प्रकाशित कृतिहरुमा सुनाखरी र लालीगुराँसको देश (कवितासङ्ग्रह, २०५७), नारायणहिटी पर्व (तीजगीतसंगालो २०५८), अत्याचारी घर (तीजगीत संगालो, २०५९), घरभेटी भाउजु, (कथासङ्ग्रह, २०५९), प्रजातन्त्रमा प्रश्नचिन्ह (तीजगीतसंगालो, २०६०), स्मृतिको एक झिल्को (खण्डकाव्य २०६२), निर्झरिणी गजलङ्ग्रह, २०६२), सृष्टि सौगात ( छन्दोबद्ध कवितासङ्ग्रह) बजारमा आइसकेका छन् । खमराज सापकोटा (अमानुस)को साहित्यिक लेखनारम्भ २०५४ साल, प्रथम प्रकाशित रचना कविता (२०५६,) र गजल २०६१, सम्पादित पत्रपत्रिका–हिमवती साहित्यिक पत्रिका । गोविन्द नेपाली (साहित्यिक नाम अनमोल)को साहित्यिक लेखनारम्भ २०५८–०५–०९, प्रथम प्रकाशित रचना–कविता र गजलमा ‘उनको संझनामा’ को साथै प्रकाशित कृति झिलिमिली झ्वार्इँ (हाँस्य पत्रिका ) देखिन्छ । गणेश सापकोटा ( साहित्यिक नाम सालिन) –साहित्यिक लेखनारम्भ, २०६२, प्रथम प्रकाशित रचना (राजनीतिमा विद्यार्थीको भ”मिका लेखन) र गजलमा देशभक्त, । तारा खरालको साहित्यिक लेखनारम्भ–२०६२ भएको र प्रथम प्रकाशित रचना गजल हो । तारा थनेतको साहित्यिक लेखनारम्भ, २०५३सालमा भएको र, प्रथम प्रकाशित रचना–कविता (तिमी,२०५४) । दिनेश बस्याल (साहित्यिक नाम दिनेश बस्याल “प्रवाह”)–साहित्यिक लेखनारम्भ, २०५६, प्रथम प्रकाशित रचना– गजल, २०५४ (दियो मैले जलाउँदिन लैजा तेरो पाला ईश्वर ), सम्पादित पत्रपत्रिका कृति– नवलपरासीको गजल कारितामा गजल प्रवाह –२०६९को साथै मध्यविन्द’ एफ एममा साहित्यिक र गजलको कार्यक्रम सञ्चालक हुनुहुन्छ । दिपक बस्याल– साहित्यिक लेखनारम्भ, २०५८, प्रथम प्रकाशित रचना– गजल,(निष्ठूरीलाई माया गरे तर मलाई मारी हजुर) । दीपक भट्टराई( निश्छल) )–साहित्यिक लेखनारम्भ, २०५०÷०५१, प्रथम प्रकाशित रचना– कविता, गजल (२०६०माघ अंक १० देखि देवचुली मासिकि पेज नं १०)। प्रकाशित कृति –मृत्यु मलाई बोलाइ रहेछ कविता सङ्ग्रह(२०५९), मेरो रातो घोडा कविता संग्रह (२०६९) । धनपति कोइराला (साहित्यिक नाम डी.पी. कोइराला))– साहित्यिक लेखनारम्भ, २०४७, प्रथम प्रकाशित रचना– कविता, र गजल, प्रकाशित कृति – साधारण नेपाली (२०६६), सहलेखन अनिवार्य नेपाली (२०६८), सहलेखन भाषा विज्ञान (२०६९), मेरो सहर (कवितासङ्ग्रह, २०६९), सम्पादित पत्रपत्रिका कृति हिमावति, देवचुली, नवलपुर, सामर्थ साप्ताहिक । प्रेम बस्नेत (साहित्यिक उपनाम स्पन्दन) । उत्तम भुजेल (साहित्यिक नाम प्रितम भुजेल अभागी)– प्रथम प्रकाशित रचना (२०५६ कविता) । विजयराज ज्ञावली–साहित्यिक लेखनारम्भ–विद्यालयका अतिरिक्त क्रियाकलाप कार्यक्रमबाट, प्रकाशित कृतिहरु–जिन्दगीका बिम्बहरु(गजलसङ्ग्रह, २०६५), समयका स्वरहरु (सं.रा. कवितासङ्ग्रह २०५६), गजल यात्रा –२, सं.रा. गजलसङ्ग्रह २०६५ , गजल उत्सब–३ सं.रा. गजलसङ्ग्रह २०६७ । भगवती अर्याल (पाण्डे) प्रकाशित कृतिहरु–तीजको चछनी (२०५१),नवलपरासीको साहित्यिक गतिविधी( २०६३ ), सम्पादित पत्रपत्रिका कृति –गाउँ सहरका तीज(२०६७),साहित्यिक यात्रामा लीला(२०६७)बजारमा आएका छन् । भूपेन्द्र शर्मा भट्टराई (भू.श.भ.गण्डर्षि) – साहित्यिक लेखनारम्भ–२०३७ देखि, प्रथम प्रकाशित रचना पृथ्वीनारायण प्रति (२०३८), प्रथम प्रकाशित गजल (गजल २०४९ बैशाख देवचुली मासिक, सम्पादित पत्र पत्रिका कृति –शिवबस्तीदेखि शिवबस्तीसम्म (कवितासङ्ग्रह, २०४५), केही द्रष्टा केही दृष्टि, (समालोचनासङ्ग्रह, २०४७), रित्तो गिलास र अनारका आँखाहरु (कवितासङ्ग्रह, २०५९), करुवाको पानी, (गजल–गोजिकासङ्ग्रह,२०६१), नवलपरासीका साहित्यक ब्याक्ति र कृ,ित (समालोचना – २५२), गण्डर्षिका कविताहरु (कवितासङ्ग्रह,२०६७) । मुक्तिनाथ ढकाल (उपमन्यु), –साहित्यिक लेखनारम्भ–२०५३, प्रथम प्रकाशित रचना वैदिक परम्परामा कुशको महत्व सांस्कृतिक लेख(२०५३) र गजल (२०६१) प्रकाशित कृतिहरु– अनिवार्य नेपाली (२०६५), साधारण नेपाली(२०६६),सहलेखन अनिवार्य नेपाली(२०६८),सहलेखन भाषा विज्ञान (२०६९) सहलेखन , सम्पादित पत्रपत्रिका कृति –कुञ्जिनी (२०६०) बजारमा आइसकेका छन् । मोहन पोख्रेल (साहित्यिक नाम निश्चल) – साहित्यिक लेखनारम्भ – २०६५, प्रथम प्रकाशित रचना –गजल हो । मनोज पाण्डे ––साहित्यिक लेखनारम्भ – २०६३, प्रथम प्रकाशित रचना कविता र गजल । मञ्जरी भुसाल । मित्रलाल पाठक ( मित्र पाठक राजु)–– साहित्यिक लेखनारम्भ – २०५२, प्रथम प्रकाशित रचना धनहुनेको मन (लघुकथा) आदान–प्रदान द्वैमासिक , २०५७, प्रथम प्रकाशित गजल –तिमी रैछ्यौ हिराको हार गलामा नै..,को साथै प्रकाशित कृति भलाद्मी श्रीमती (लघुकथासङ्ग्रह,२०६३), सम्पादित पत्र पत्रिका कृति दियालो साहित्यिक द्वैमासिक –प्रधान सम्पादक, इन्दु गजल प्रधान द्वैमासिक अतिथी सम्पादकसमेत रहेको । रामचन्द्र पोख्रेल । राधा पाण्डे –प्रकाशित कृति गुनाशाहरु( कवितासङ्ग्रह प्रथम) पत्र पत्रिकामा लेख रचना प्रकाशन भएका छन् । सदानन्द जैसी ( सदानन्द अभागी)– )––साहित्यिक लेखनारम्भ २०२१ , प्रथम प्रकाशित रचना कविता (आमा) प्रथम प्रकाशित गजल– ‘समभोग –समाधि’ प्रकाशत कृतिहरु– आप्mनै व्यथा (कवितासंग्रह २०५७ जेष्ठ २५), बुढो जवानी ( कवितासंग्रह २०५८ जेष्ठ ३०) पश्चतापको आँसु (कथासंग्रह , २०५८ –८–५), जीवन लीला (खण्डकाव्य २०५८ मंसीर), कोपिला (लघुकाव्य, २०५९ जेष्ठ ) ,तीन युग एक कथा –महाकाव्य २०६० –२ –१६), जीवन लीला (उपन्यास, २०६०), काठमाण्डौ देहरादूून (यात्रा विवरण २०६०), म र मेराहरु –जीवनी २०६० फाल्गुन १३), अग्नि ज्वाला (महाकाव्य २०६१ –१–२ ) , नीयती (उपन्यास २०६१ अषाढ)्, तन्नेरी हजुरबा (उपन्यास, २०६१ मंसीर), माटो र बिरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य २०६१ फाल्गुन), मोहनीको मीठोम्वाइँ ( कवितासङ्ग्रह, २०६२), परिवर्तन कथासङ्ग्रह (२०६३), भुटानी शरणार्थीको कथा व्यथा (२०६३), समभोग समाधि ( गजलसङ्ग्रह, २०६४) गजल गुटिका ( गजलसङ्ग्रह, २०६५), बुढौतीका रहरहरु ( गजलसङ्ग्रह, २०६५), अभागकिा गजलहरु (गजलसङ्ग्रह २०६६), अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह, २०६८), यात्री (उपन्यास २०६८), गजल परिकार (गजलसङ्ग्रह, २०६८), र सृष्टिमा अभागीको दृष्टि(समालोचना २०६९) बजारमा आइसकेका छन् । शान्ति अधिकारी– साहित्यिक लेखनारम्भ २०६१, प्रथम प्रकाशित रचना–कविता र गजल । सरस्वती तिमल्सिना–– साहित्यिक लेखनारम्भ (स्कुले जीवन), प्रथम प्रकाशित रचना–कविता र गजल । सरस्वती पाण्डे । सरस्वती सापकोटा । सागर भण्डारी प्रथम प्रकाशित रचना सहयात्री साहित्यिक हवाई पत्रिका (२०५८)मा, गजल हाम्रो मझेरीमा भएको पाइन्छ । सूर्य पाठक (समर्पण)–साहित्यिक लेखनारम्भ ( २०६५÷४÷१२ ), प्रथम प्रकाशित रचना– गजल (भैगो अब मलाई तिम्रो साथ चाहिदैन) । सूर्य भट्टराई –साहित्यिक लेखनारम्भ –२०५९, प्रथम प्रकाशित रचना–कविता(२०५९) र गजल(२०६२) सम्पादन पत्र पत्रिकामा –आँकुरा, नवलपरासी पोष्ट राष्ट्रिय साप्ताहिक देखिन्छन् । सुरेश गिरी –साहित्यिक लेखनारम्भ –२०६० प्रथम प्रकाशित रचना– हाइकु र गजलमा कसम तोड्यौ......., प्रकाशित कृतिहरु– संयुक्त गजलसङ्ग्रह (गजलदीप, गजलयात्रा, गजल गङ्गा र विभिन्न पत्र पत्रिका) , सम्पादन पत्र पत्रिका –प्रयास युवा आवाज । हिमलाल चापागाई ––साहित्यिक लेखनारम्भ – नवलपरासी साहित्य परिषदको घुम्ती कार्यक्रमबाट, प्रथम प्रकाशित रचना–गजल (फोन गर्दा थाहालायो) विभिन्न पत्रपत्रिकामा समालोचना गजलहरु प्रकाशित । नवलपरासीका समसामयिक गजलमा गजल प्रकाशित (२०६१)। सम्पादित पत्रपत्रिका कृति हिमवती साहित्यिक पत्रिका (सम्पादक) देवचुली मासिक पत्रिका (सम्पादक सहयोगी) । हुम कली अर्याल – एच.के अर्याल, निश्चल) –साहित्यिक लेखनारम्भ –२०६२ प्रथम प्रकाशित रचना– मनको कगैंचा (२०६४) र गजल (आफैलाई पन्छाएर पराइलाई.....) , सम्पादित पत्रपत्रिका कृति समर्पण साहित्यिक त्रैमासिक –प्रधान सम्पादक ) । हेमा आले (बोमी) –साहित्यिक लेखनारम्भ –२०६१, प्रथम प्रकाशित रचना–कविता र गजल, प्रकाशन कृति (रिक्सा, मगर भाषाको गजलसङ्ग्रह) । नवलपरासीमा गजलकारको कमी छैन भन्ने यथार्थता प्रष्र्टिको छ ।
गजल प्रवाहामा सहभागी गजलकारको साहििित्यक संघसंस्थामा आवधता पनि राम्रो देखिन्छ । साहित्यिक संस्थाहरुको संख्या पनि धेरै नै छन् तर सकृयताको खाँचो भने महसुस भएको छ । नवरपरासीमा साहित्यिक संस्था जे जती जन्मेका छन्, तिनको सकृयता राम्रो हुने हो भने नवलपरासीको साहित्यिक आकाश निकै चक्किलो हुने थियो भन्ने लाग्दछ ।
प्रस्तुत गजलसङ्ग्रहमा उमेर, गजलकृति प्रकाशन, गजलका भावनाको अभिव्यक्ति, आदिको दृष्टिले हेर्दा हरेक क्षेत्रमा विविधता देखिन्छ । यस गजलसङ्ग्रहमा महाकाव्यकारदेखि बामेसरेका गजलकारहरुको सहभागिता भएकोले पनि गजल लेखनलाई तीब्रता दिन थालिएको हो भन्नेकुरा प्रष्ट दर्शिृछ । गजलले प्रेमप्रणय, राष्ट्रियताप्रतिको चिन्तन्, मानजीवनको भोगाई राष्ट्रप्रेमले भरिएका, विकृति विसङ्गतिप्रतिको प्रहार, दर्शन, आदेशात्मक, राजनीतिमा देखिएको अन्यौल, सकरात्मक र नकरात्मक सोचाइको पहिचानका प्रश्न बुद्धको खोजी, अतिक्रमित भूमिको खोजी, आशावादिता, निराशावादिता, प्रेमका पीडा, प्रेममा बिछोड, देशको राजनीतिप्रतिको वितृष्णता, नारीवादी चिन्तन, जीवनमरणको यथार्थता, बर्तमा परिस्थिति राज्यप्रति राजनीतिक नेताहरुको उदासिनता आदि लाई समेट्न सफल देखिन्छन् गजलहरु ।
केही गजलहरुको प्रस्तुति
गर्छु भन्नेहरुले क्यै गर्ने देखिएन
यो राष्ट्रको दुखपीडा हर्ने देखिएन
कृष्णा देवी शर्मा श्रेष्ठ, गजल २, पृष्ठ १८
सूर्य र चन्द्र ग्रहणमा फरक के छ बा
जीवन र मरणमा फरक के छ बा
कृष्ण सापकोटा गजद १ पृष्ठ १५
त्यसै ढलेन ऊ तिम्रो नजर पापी रहेछ
प्यासी रहिछ्यौ तिमी त्यो रहर पापी रहेछ
दिनेश बस्याल ‘प्रवाह’, गजल १, पृष्ठ ३२
बन्दुक सिरानी राख्नेलाई काल मतलव हुन्न
नालबाट निस्केको गोली लाईढाल मतलव हुन्न
विजय राज ज्ञावली, गजल २, पृष्ठ ४२
रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ संघर्ष पथ नरोज भो
सदानन्द अभागी, गजल १, पृष्ठ ६३
आज गजलको प्रवाह जुन रुपमा बगेको छ, त्यस अनुरुपको प्रतिनिधित्व यस गजल कृतिले प्रस्तुत गर्न सफल देखिन्छ । यो प्रथम प्रयास भए पनि सफलताको साथमा अघिबढेको छ । यस कदमले अग्रगामी मार्गमा निरन्तरता पाअोस् यही मेरो शुभ कामना छ ।
धन्यवाद