19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ December 14, 2012, 7:08 pm

हिजोभन्दा आज फरक फोटो जिन्दगीको

फरक भाको भ्रम पार्छ भोटो जिन्दगीको

कति सिउनु कति टाल्नु टालैटालो भो

यता टाल्यो उता फाट्छ भोटो जिन्दगीको

सृष्टि उसकै जीवन उसकै मृत्यु उसैको

उसकै भरमा छोडें अब रोटो जिन्दगीको

आऊ आज बात मारौँ जून तारा र तिम्रो

बिर्सिएर सारा दोष छोटो जिन्दगीको

एउटा शेर गाउँछु सुन तिम्रै परेलीको

कति काट्नु कुरा सधैं खोटो जिन्दगीको ।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।