परिचय
लामो समयसम्म सरकारी जागीरमा जीवन बिताउनु भएका कविवर श्री चिरञ्जीबी सिग्देलजी मेरो निकटम गाविसका निवासी र प्रिय मित्र पनि हुनुहुन्छ । उहाँ साहित्यमा रुचीराख्ने व्याक्ति हुनुहुन्छ जस्तो लाग्दैनथ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४औं लक्ष्मी जयन्ती मनाउने तरखरमा हामी जुटीरहेका अवस्थामा उहाँ पनि साहित्यिक जमघटमा रमाउने तरखरमा हुनुहुँदो रहेछ र मलाई उक्त अवसरमा सहभागी हुनको लागि बोलाउनु भयो । यही २०६९साल कार्तिक २८ गते पूर्ब र बहालवाला कर्मचारीहरुलाई जमघट गराएर लक्ष्मी जयन्ती मनाउने र नवलपरासी जिल्लामा एउटा साहित्यिक संस्थाको स्थापना गर्ने भनि मलाई बोलावट भयो । म आफ्नै कार्यक्रममा व्यस्त भएकोले उहाँको आग्रह स्वीकार्न सकिन तर मेरो आग्रहमा उहाँले लक्षीस्मृति साहित्य समाजको कार्यक्रममा उपस्थिति जनाउनु भयो र आफ्नो साहित्यिक जमघटको सुभकार्यमा जुट्न बिदा लिनुभयो । उक्त अवसरमा उहाँले आफ्नोे कवितासङ्ग्रह मनमनको गुनगुन म अनि केही साथीहरुलाई दिनको लागि छोडेर जानुभयो । प्राप्त कृति अध्ययन गरें र यसबारेमा सानो विवेचना प्रस्तुत गर्न यो मनले घचघच्यायो ।
चिरञ्जीवी सिग्देलको जन्म किहूँ –७, तनहूँ जिल्लामा भएको र हाल उहाँ नवलपरासी जिल्लाको शिवमन्दिर गाविस वडा नं ३ मा बसोबास गर्नु हुन्छ । उहाँ पिता स्व. श्री भवानी शंकर सिग्देल र स्व. माता श्री कौशिला सिग्देलको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म बि.सं. २००८मा भएको थियो । उहाँले स्नातक शास्त्री नव व्याकरणमा र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गर्नु भएको छ । उहाँ बर्दियाली साहित्यको संस्थापक र आजीवन सदस्य हुनुहुन्छ । उहाँले कलिकोटमा रहँदा सङ्गम भित्ते पत्रिकाको सम्पादन गर्नु भएको थियो र मुखपत्र मिलनको पनि सम्पादन गर्नु भएको थियो । जागिरमा छँदा उहाले विभिन्न पदकको साथै गोर्खा दक्षिण वाहु चौथाले विभूषित हुनु भएको थियो । ३६ बर्षसम्म सरकारी सेवामा रही उपसचिवको पदसम्म ओगट्न सफल भइ राष्ट्र सेवकको भूमिका निभाउनु भएको चिरन्जीवी सिग्देल हाल सेवा निबृत्तभै साहित्यतिर उन्मुख हुनुभएको छ । यो आफ्नो दैनिकीलाई व्यस्तताको साथै समाज सेवामा जुट्नु भनेको साह्रै प्रसंशनीय काम हो जस्तो लाग्दछ ।
कवितागत अभिव्याक्ति
२०६९मा प्रकाशित मनमनको गुनगुन कवितासङ्ग्रह संरचनामा ७६ पृष्ठको छ । यसमा लामा र छोटा गरी ५६वटा पुष्प गुच्छाले सुसज्जित भएको पाइन्छ । सिग्देलको यो कवितासङ्ग्रहलाई, कविताको आकारको रुपमा (छोटा, मझ्यौला र लामा कविता), प्राकृतिक सम्पदा तथा स्थान विषेषको रुपमा, चाडपर्वको रुपमा र कविता गीत र मुक्तकको रुपमा, पद्य लयात्मक तथा गद्य लयात्मक कविताहरुमा बर्गिकृत गरी अध्ययन गर्न सकिन्छ । सिग्देलजीको पहिलो कविता ‘म र मेरो जन्मभूमि चार पंक्तिको छोटो कविताबाट कवितासङ्ग्रहको थालनी भएको छ । प्रथम कवितामा कविले आफ्नो सारा बैंश राष्ट्रको सेवामा अपर्ण गर्नु भएको र अवको बाँकी जीवन पनि यसैमा अर्पण गर्न चाहानु हुन्छ र भन्नु हुन्छ– “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” । मेरो गौरव, कवि मोतीप्रति, हुने हो, चुइगम जस्तो जिन्दगी, देख्दै छाती फाटिरहेछ, चिया, प्रदूषित हुरी, रित्तो मन, मेरो देश, म अनि संसार, रिसाए पनि, बाडुली, कविता, कथा व्यथा जीवनको, राजनीति र कुर्सीमोह छोटा कविताहरु हुन् । यी कविताको शीर्षकबाटै थाहा लाग्छकि कविताले के बोलीरहेकाछन् । कविता छोटा छन् तर धेरै रसिला र ओजपूर्ण छन् । यी कविताहरुले गौरवमय जीवन विताउन, विशाल छातीको धारण गर्न, मोती जस्तो प्रेरणाको स्रोत बन्न, सिर्जनामा सोपान थप्न, जिन्दगीलाई चुइगमसँग दाँज्न सकिने, प्रेमपूर्ण जीवनको भोगाईमा व्याधाको आक्रमण हुने नियतिको भोगाइमा छाती जल्नु ,चियाको गिलासमा सम्पन्नता र विपन्नताको अनुभूती, हुरीले कुचोको काम नगरी प्रदूषण निम्त्याएको भावना, मनभित्र रहर पोखिदा नउठाउनु मन बरालिदा नसम्हालिनु आदिको खोजी गर्दा मन रित्तो पाउनु, देश मुटुभरी समेटिनु र सानु भए पनि विशालताको अनुभूति हुनु, रिसाए पनि रिसाएको सम्झना रहिरहनु, बाडुलीले वैलिएको मन पनि कोपिला झै फक्रिनु, कविता कहिले खेलाँची, कहिले कुखुरे बैंशको जुरो, अहिले मायाप्रीतिको चुरो, भए जस्तो भोली यो जिन्दगीको धुरो नै बन्न सक्ने अवधारणा, राजनीति हात्तीको देखाउने दाँतजस्तो, राजनेताहरुको कुर्सीमोहजस्ता धारणा, भावना र अनुभूतिले भरिएका छन् यी छोटा कविताहरु ।
लामा कविताहरुमा सल्यानी सुसेली, नयाँ बर्षलाई, दमौली, पहाडी साँझ, रमाइला दिनहरु, शालैदीको कलकलमा ढोरपाटन,, पूmलहरुको सन्देश, परदेशी भाइलाई पत्र, पुषको एक विहान, एक दिन खाँडा चक्रमा, मेरो पहिलो कविता, फिस्टे चरी, दशैं आयो, हुनहुनाउँदै छ कर्णाली, नौलो याम आयो, धरोहर जिन्दगी, छिस्तीको पानीमा र काठमाण्डौ पहिले र अहिले जस्ता कविताहरु पर्दछन् । यी कविताहरुमा स्थान विशेषको विशेषता, सामजिक संरचना, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक र धार्मिक महÏवको बारेमा प्रकाश पारिएको छ । सल्यानी सुसेलीमा ढुङ्गा र माटो मिलाएर घरका छानाहरु छाइने, भूतप्रेतलाई मान्ने, डाँगर र राँगा काटेर बली दिने, भदौमा जात्राहुने, कुभिण्डे दह देवी, विष्णु गणेश र मष्टोको पूजा गरिने र शिशुलाई जाइँना–जाइँनी , लोग्नेलाई लोकन्छोरो र स्वास्नी मानिसलाई स्वाञ्छरी, नाकलाई नाक्चो, मुखलाई खाप्चो, तन्नेरीलाई छोरेटो, तरुनीलाई छोरेटी, रातमा गीत गाउने चलनलाई छोट्टी बस्नु ,आगोको लागि झुलो र चकमक लिनु ककट् खानुजस्ता सामाजिक परिवेशलाई समेटेको छ । दमौलीै सेती, मादी, र बुल्दीको सङ्गम स्थल, लोकसाहित्यको केन्द्र बिन्दु, खैंजरी, मादल र मुजुराको तालमा पाङदुरेनाच र सोरठीको भाका, वेदव्यासको जन्म थलो ऋषि पारासरले माझी–पुत्रीमा रमण गरेको ठाउँ भनि उल्लेख गर्नु भएको छ । पहाडी सम्झना, रमाइला दिनहरुमा पहाडको प्राकृतिक सौनदर्य तथा त्यहाको वनस्पतिले मानवन जीवनमा आउने आनन्दलाई समेटेको छ । शालैदीको कलकलमा कविताले शलैदी नदीको गीतको गुञ्जन र शलैदी नदीको विभिन्न नामको साथै यस क्षेत्रको ऐतिहासिक विवरणलाई समेट्न खोजीएको छ । कही गैरी खोला कहीं, शाल ‘डी,” कहीं शाल ‘दी’ नामले कहलाउँदै जलाउँदीमा सुसाएर दोख मसानको खानी, बायुको खेल भन्ने मानवमा छाप छोड्दै, खेतबारीहरुलाईं सिँचित गर्देै, चाँपटारीको अजङ्गको चापको रुख जसमा मुस्किलले एउटा लाखु चढेछ तर तल झर्न सकेनछ त्यस्तो रुखको छाहारी हुँदै बग्ने शालैदीमा आज त्यो चापकोरुख नभएको हुँदा कविमा चाँप रोपनको धारणा उब्जनु, रेनुका नामकी नारी घरको खटपटले गर्दा दहमा हाम फल्दाको संझनामा रेनुकीदह नामकरण गरिनु , डुम्रीबेंसी हुँदै सेरा बूँदी कुलाङ्ग र दोभानमा गएर गङ्गामा मिसिनु आदि ऐतिहासिक बर्णन र प्राकृतिक सौनदर्यमा रमण गरेकी शालैदी खोलाको सम्झनामा व्यस्त देखिन्छन् कवि ।
ढोरपाटन अवलोकनमा काठमाण्डु जस्तो देखिने, ढोर खोला माझलाई चिरेर बगेको पाइने, बीचमै मिलेको उत्तरगङ्गाको दृश्य, बाग्लुङबाट चुईनेटा हुँदै जाँदा साथै आलु र स्याउ खाँदाको आनन्दता, नाउर, बुकी घाँसको कोमलता आदि मन रसाउने खालका प्राकृतिक दृश्यको बर्णन हेर्न सबै जानु राम्रो हुने कविको आग्रहले सजिएको छ ढोरपाटन कविता ।
पूmलहरुको सन्देशमा पूmलको फुल्ने क्रममा निरन्तरता, अति कठोर संक्रमिक कालमा पनि पाइने कोमलताले बर्णन छ कवितामा । परदेशी भाईलाई पत्रमा देशमा आफन्तले खोजिनु, देउरालीले पखिर्नु, जस्ता मार्मिक भावुकताको पोखाई छ । पुषको एक विहानमा काठमाण्डु र सिमभञ्ज्याङमा पर्दो हिउँ, यातयात चल्न नसक्नु र जनतताले भोग्न पर्ने जाडोको कठोरताको बर्णन छ । एकदिन खाडा चक्रमा रहदा कविले कर्णाली र तिलाको निरुदेश्य बगिरहेका, चुलीमालिकाजस्ता चुचुराहरु झुक्न नसकी उभिइरहेका प्राकृतिकसँग मानव जीवनको तुलना गर्न खोजिएको छ र यसै कवितामा कविले गोलाबारुद पड्काइलाई जोडेर जनयुद्धको त्रसादिलाई पनि समेट्नु भएको छ । धेरै भाषा, शब्द, कापी, कलम, पुस्तक, पत्रिका विनानै धोविनी, रानी चरी, जुरेला जुरेली, विभिन्न बोटमा बसेर मादलु र मुरली बजाएर काफल पाक्यो भन्ने गीतको लयलाई श्रवण गर्दा केवल आँखाँको अवलोकन र मनमनको गुनगुनमै रक्तिम पोती आउने सविता नै कविको बन्यो पहिलो कविता । शरद ऋतु जो प्राकृतिक सौन्दर्यताले भरेका बेलाको रामइलो दशैंको आगमन, फिस्टे चरीले, पूmलमा बसेर कविसँग बार्तालाप गर्नु र कविलाई आनन्दता प्रदान गर्दा कविले जाने बेलामा पनि कविजीको खुसी, मन मुटुको पराग कुनै न कुनै शन्देस लिएर जाने अनुरोध, अथाह वेदना र अवरोधहरुलाई छिचोलेर थामिनसक्नु वेगले उर्लदो रैछ र हुनहुनाउँदो रैछ कर्णाली, नौलो यामले ल्याएको पवरिवर्तन, रुनु हाँस्नु जिन्दगीका धरोहरहरु हुन् यिनै भित्र जिन्दगी साँचिएको हुन्छ भन्ने कविको कथन, छिस्तीको पानीको झगडा मिलाउन जाँदा प्राप्त हिड्दाको यातनालाई मिटाउने प्राकृतिक सुन्दरता, काठमाण्डौ पहिलेर अहिलेको यथार्थताले सजिएका छन् लामा कविताहरु । काठमाण्डौ पहिले र अहिले यस कृतिको अन्तिम कविता हो । यसमा कविले ४० बर्ष यता काठमाण्डौमा देखिएको गन्दगीको यथार्थ चित्र उतार्न सफल देखिनुहुन्छ कविजी ।
युवा तिमी देशका अखण्ड शक्ति हौ कवितामा युवाहरुलाई देशको माटो ढुङ्गा आदिले देशलाई सिङ्गारनको लागि जाग्नु पर्नेै र देशको गौरव बढाउन युवा लाग्नु पर्ने शन्देस बोकोको छ । भानुको सम्झनामा, भानुले नेपाली भाषामा पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली ब्यक्त गरिएको छ । यस्तै रैछ सत्य तथ्य कुरा व्यक्त गर्नु भन्दा हरेक बिकृतिपूर्ण तथा असत्य कुरालाई पनि सबै ठीक छ भनि अघि बढनु पर्ने कुरा प्रतिको पोखाइ छ कवितामा । सल्लेरीको सम्झनामा चौरी र चौरीको नौनी, स्याउ, योवनमत्त युवती प्रति प्रेमको आकर्षण प्राकृतिक सौन्दर्यको बर्णन पाइन्छ । रमाइलो शरदमा कविले चाड पर्ब, जाँते, रोटे , लठ्ठे पिङको साथसाथै रमाइलो वातावरणको बर्णन गरेका छन् । रित्तो जिन्दगीमा कविले अल्प उमेरदेखिनै आफ्नो यौवनको व्यपार गर्नेले पछि गएर जीवनलाई रित्तो प्राप्त गर्ने कुरा दर्शाएका छन् । गाउँ–बेसीमा जता हे¥यो प्राकृतिक सौन्दर्यता तथाा रमणीयताले भरिएको पाउँछन् कविले । कति रमाइलो नाम्चे जहाँको सौन्दर्यको दर्शनले मात्र पनि युवापन आउने र सगरमाथाको दृश्यले भल्कनै आनन्दता छाउने कविको अभिव्यक्ति छ । भिन्दै भयो देउराली किन नहोस् सबै युवाहरु विदेश पलायन्, भएकाहरुको कलह, लालुमै भाका गाइदैन, पिङ पनि हालिदैन, मालचरा पनि उड्दैनन्, केवल लालुपातेमात्र देखिन्छ यो दशैमा भन्दै मीठो गीतमा बहकिएका छन् कवि । अर्को देरालीमा भने सिङ्गारले भरिएको छ बिजुली बत्ती बलेको छ, सिरिसिरि हावा चलेको छ कति रमाइलो छ त्यो देउराली । अभावैे अभावले ग्रस्त टाढिएको एउटा जीवन, आनन्दतामा रमाएको बाल बिनोद, नगरेको अनुभवलाई अनुभव गरेर हेर्दा आउने मजा, आजकल रानीचरी आउन छाड्दाको एक्लो अनुभूति, मर्मज्ञ भवराहरुलाई पूmलहरुमा पराग छर्ने आग्रह, देउताकै पालादेखि चलि आएको साँढेको जुधाई बाच्छाको मिचाई, आलस्य बोकेको सबैबाट आक्रमिक तर पनि योे प्रेमका प्रतिक ढुकुर हो । भँगेराहरुमा नकुनै अभावको चिन्ता छ नमानवबाट प्राप्त ती त्रूmर यातनाको प्रवाह छ तर मानिस भन्दा धेरै आनन्दमा रमेको बर्णन छ भँगेरो चरो मान्छे बिचरो कवितामा, अनेकौ गरिमा र सत्यं शिवं, सुन्दरम् बोकेको देश आज आएर टाक्सिन पुगेको कविको अनुभूति, रमाइलो बेसी शहरको प्राकृतिक सौन्दर्यतालाई समेटेर लेखिएका यी मझेउला खाले कविताले कविको प्राकृतिप्रतिको प्रेमले भरिएको धारणा, मानिसका दयापूर्ण र क्रुरताले भरिएको पशुपंछी बीचको सम्बन्ध, स्थान विशेषले बोकेको प्राकृतिक सौन्दर्यता, मानवीय संवेदनशीलतामा प्रकाश पार्ने प्रयास गरिएको छ कवितामा ।
कविता नेपाली साहित्यमा सबै भन्दा बढ्ता लेखिने विधा हो । साहित्य समाजको दर्पण हो । कविता साहित्य भित्रको एउटा विधा भएकोले यो पनि समाजको ऐना हो । यो स्वत ः स्फुरणमा लेखिने कला हो । यस कविता सङ्ग्रहमा कविले विविधता अपनाएका छन् । कविताको निमार्णमा छवटा तत्वहरु ( बस्तु, सहभागी, परिवेश, लद्देश्य, दृष्टिविन्दु र भाषाशैलीय विकास) बाट कविता निर्मित भएको हुन्छ । यहाँ कविले सरलरुपमा कविताको यथार्थ भनाइलाई सबैले बुझन सक्ने रुपमा निर्माण गर्नु भएको छ । भाषाशैलीमा हामीले सरलता कोमलता विशिष्टता र श्रुतीमधुरता पाउन सक्छौ । कविका यी कविताहरुलाई प्रयोगात्मक कविताको रुपमा लिन सकिन्छ भने कविलाई प्रयोगवादी कविको रुपमा गणना गर्न सकिन्छ । केही कविताहरु र गीतहरुलाई लयात्मकरुपमा प्रस्तुत गरिएका छन् । गाउँ, शहर, पहाड, स्थान विशेष, प्राकृतिक सौन्दर्यता, नदीनाला हरियाली, सामाजिक, धार्मिक, ऐतिहासिक, आदिलाई सुन्दर परिवेशमा प्रष्ट्याउन खोज्नु भएको छ । कवितामा भावपूर्ण काल्पना, नैतिकवादी प्रस्तुती, सामाजिक बिकृति, बिसङ्गति प्रति कटाक्ष र देशप्रेमले भरिएका छन कविता । अतः माथी नै प्रत्येक कविताको भावलाई प्रष्ट्याउने प्रयास गरेको हुँदा कविले पोखेका भावनालाई सुन्दर शैलीमा भावपूर्ण तरिकाले कविताको रचना भएको छ भन्दै यो सानो विवेचनालाई यहीं बिट मार्दछु र भावी दिनमा अझै सुन्दर कविताको निमार्णको कामना गर्दै कविजीलाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।