19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अखवारिया

कविता ओमप्रसाद शर्मा घायल January 18, 2013, 12:17 pm
ओमप्रसाद शर्मा घायल
ओमप्रसाद शर्मा घायल

अखवारमा

जबजब, म लेख्न थाल्छु

स्वतन्त्रताका नविन गीतहरु

म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु

र प्रकाशन गर्छु आफ्नो अखवारमा

तिम्रा बेहिसाव ज्यादतीहरु

त्यतिबेला तिमी मेरो कलम बिरुद्ध

तरवार लिएर जाइ लाग्छौ

आक्रमण गर्छौ मेरो अखवारमा

खोसिदिन्छौ मेरो कलम

र शिकार गर्छौ

निर्भिक र स्वाभिमानी अखवारियाहरुको

ए महाशय !

आखिर कति दिन तिमीले

ढा“टेर हिंड्छौ इतिहासलाई

र शिकार गर्छौ अखवारियाहरुको !

इतिहास ढा“ट्ने नाममा

मात्र क्षणभरका निम्ति

तिमी मेरो आवाज थुन्न सक्छौ

मेरो कलम भा“च्न सक्छौ

र मेरो अखवार च्यात्न सक्छौ

अर्थात् तिमीले रेट्न सक्छौ

ज्ञानेन्द्र खड्काका घा“टीहरु

आक्रोशमा छप्काउन सक्छौ

डेकेन्द्र थापाहरुलाई

तर ए महाशय !

लेखकीय स्वतन्त्रताका पक्षमा

निरन्तर उभिरहनेछन्

कयौं वीरेन्द्र शाह र उमा सिंहहरु

र गाइरहनेछन् अखवारमा

स्वतन्त्रताका कालजयी गीतहरु

यतिखेर लोकतान्त्रिक गणतन्त्रको

अभिशप्त भूगोलमा उभिएर

म प्रेस स्वतन्त्रताको

गुहार मागिरहेको छु तिमीस“ग

ए महाशय † मलाई

स्वतन्त्रताको गीत लेख्न देऊ ।

म स्वतन्त्रताको गीत बोकेर मेची पुग्छु

म जागरणको संगीत लिएर महाकाली पुग्छु

र ब्यू“झाउनेछु

वर्षौंदेखि निदाएका अ“धेरीखोलेहरुलाई

ए महाशय !

यो स्वतन्त्रताको संग्रामी मोर्चामा

तिमी बन्दुक बोकेर प्रतिकार गर

वा तरवार बोकेर प्रतिकार गर

यहा“ कलम लिएरै डटिरहनेछन्

लाखौं कृष्णसेनहरु

र खोजिरहनेछन् निरन्तर–निरन्तर

अन्यायमा दविएका स्वरहरुलाई

लेखिरहनेछन् अखवारमा

हामी बीचमै हराएका आवाजहरुलाई

एक दिन

मेरो क्रान्तिको सूर्य पनि उदाउनेछ

पक्कै पूर्वबाट

र त्यही दिन सकिनेछ तिम्रो बन्दुकको गोली

त्यति बेला म प्रेस स्वतन्त्रताको गीत लेखेरै फर्कनेछु

लेखन धर्मको मोर्चाबाट

र सुनाउनेछु

लेखकीय आन्दोलनका शहीदहरुलाई

‘हाम्रो प्रेस स्वन्त्रताको खवर !'

प्रेस स्वतन्त्रता जिन्दावाद !!

प्रेस स्वतन्त्रता जिन्दावाद !!!

बलेवा, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।