पराई आफ्ना भए बरु, आफ्नैसंग डराउँदैछु
तिमी रम्यौ रंगहरुमा, म आफैमा हराउँदैछु
घर आँगन आफ्नै बारी, जोतिखाने गह्रो छैन
त्यसैले त माटो छोडी, डेरा अन्तै सराउँदैछु
बास्मतिकै पसल थाप्दा, बोल्ने बुद्धि पलाएन
जिन्दगीले नेटो काट्दा, बल्ल आज कराउँदैछु
के भएको अन्तिमकाल, आफ्नै आस्था डगमगायो
जमानालाई पच्छ्याउन, म पनि मन पराउँदैछु